Wednesday, May 20

प्रदेश ३

प्रदेश लोक सेवा आयोग ऐन सर्वसम्मत पारित
प्रदेश ३, समाचार, हाइलाइट-समाचार

प्रदेश लोक सेवा आयोग ऐन सर्वसम्मत पारित

हेटौंडा- वाग्मती प्रदेशसभाको आज बसेको बैठकले प्रदेश लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसहमतिबाट पारित गरिएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लोकसेवा आयोग ऐन २०७६ को प्रदेश मामिला समितिको प्रतिवेदनलाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा विधेयकमाथि उठेका प्रश्नको जवाफमा मुख्यमन्त्री पौडेलले लोकसेवा आयोगलाई स्वायत, पारदर्शीका साथ आफ्नो जिम्मेवारी बहन गर्न केही सुविधायुक्त सेवाहरु थप गर्नुपर्ने सदस्यको सुझाव अनुरुप समावेश गरिएको जानकारी दिए । उक्त बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशमा युवा परिषद् गठन गर्न बनेको विधेयकलाई पूर्ण छलफलको लागि प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावको विधेयकमाथि सैद्धान्तिक पक्षमा सहभागी हुँदै सदस्यले प्रदेशका युवा समुदायलाई उद्यमशीलता, परोपकारी, दक्ष जनशक्ति उत्पादन गर्न...
सिंहदरबारभित्र आगलागी !
प्रदेश ३, समाचार, हाइलाइट-समाचार

सिंहदरबारभित्र आगलागी !

सिंहदरबारस्थित नेपाल टेलिभिजन नजिक हुलाक सेवा विभागको भवनमा आइतबार साँझ आगलागी भएको छ । प्रहरीका अनुसार भवनको भ-याङतर्फको सिरानतलामा आगलागी भएको हो । साँझ ७:२५ बजे सुरु भएको आगलागी ७:५० नियन्त्रणमा आएको थियो । आगलागीबाट प्यासेजमा रहेका केही कागजात जलेर नष्ट भएका छन् । मानवीय क्षति भने भएको छैन । घटनास्थाल पुगेका महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी निरीक्षक युवराज तिमल्सिनाले चुरोटको ठुटा फोहोरमा सल्किँदा आगलागी भएको बताए । डस्टबिनमा चुरोटको ठुटा फाल्ने व्यक्तिको सम्बन्धमा खुल्न सकेको छैन । आगो सल्किएको खबर पाउनासाथ प्रहरी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएकाे थियाे ।...
एमसीसी परिमार्जनसहित पास हुन्छ : प्रचण्ड
प्रदेश ३, राजनीति, समाचार, हाइलाइट-समाचार

एमसीसी परिमार्जनसहित पास हुन्छ : प्रचण्ड

चितवन – नेकपा अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गराउने बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारसँग कुरा गरेको खुलाशा गरेका छन् । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले एमसीसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने समेत बताएका छन् । शुक्रबार एमसीसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै उनले यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास व्यक्त गरे । अध्यक्ष दाहालले सरकारको कामका विषयमा आजदेखि शुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने जानकारी दिए ।...
‘प्रकाण्ड’ का छोरा नरेन्द्र पक्राउ
प्रदेश ३, राजनीति, समाचार

‘प्रकाण्ड’ का छोरा नरेन्द्र पक्राउ

काठमाडौं – प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोरा नरेन्द्र विश्वकर्मा सोमबार नयाँ वानेश्वरबाट पक्राउ परेका छन्। चन्दा असुली, आतंक, नाराजुलुसजस्ता अराजक क्रियाकलापमा संलग्न पाइएको भन्दै महानगरीय अपराध महाशाखा टेकुको टोलीले हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो। उनीसँगै सोही पार्टीनिकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य प्रकाश विक पनि पक्राउ परेका छन्। उनीहरू अहिले महाशाखाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुवै जनामाथि केही दिन अनुसन्धान गरिने महाशाखाका प्रवक्ता मुकेश सिंहले जानकारी दिए।...
महराको अन्तिम सुनुवाइ जारी, आजै फैसला हुनसक्ने
प्रदेश ३, समाचार, हाइलाइट-समाचार

महराको अन्तिम सुनुवाइ जारी, आजै फैसला हुनसक्ने

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ भइरहेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा आइतबार मुद्दाको सुनुवाइ भइरहेको छ। अहिले  महरा पक्षका वकिलहरूले बहस गरिरहेको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए। उनका अनुसार सरकारी वकिलको बहस यसअघि नै सकिइसकेको छ। ‘अरू कुनै कुरा झिकाउने आदेश नभए आजै फैसला हुन सक्छ,’ श्रेष्ठले भने। यसअघि महराले आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले जिल्लाको फैसलालाई सदर गरिदिएको थियो। उच्चले महिना दिनभित्र उक्त मुद्दाको अन्तिम टुंगो लगाउन पनि भनेको थियो।...
सिन्धुपाल्चोकको जुगल हिड्याे स्वास्थ्य मन्त्रालयकाे टाेली
प्रदेश ३, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

सिन्धुपाल्चोकको जुगल हिड्याे स्वास्थ्य मन्त्रालयकाे टाेली

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ज्वरो, रुघाखोकी र झाडापखालाको विरामी बढेपछि स्वास्थ्य मन्त्रालयको टोली जाँच गर्न त्यसतर्फ गएको छ । टाेली बुधबार साँझसम्म सिन्धुपाल्चोकको जुगल पुग्ने बताइएकाे छ । सिन्धुपाल्चोकको बिरामीको अवस्था सुन्दा कोरोनाकाे लक्षण नभएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।...
सिन्धुपाल्चाेकमा काेराेना भाइरसकाे लक्षण, गाउँपालिकाले बाेलायाे विशेषज्ञ चिकित्सक (पत्र सहित)
प्रदेश ३, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

सिन्धुपाल्चाेकमा काेराेना भाइरसकाे लक्षण, गाउँपालिकाले बाेलायाे विशेषज्ञ चिकित्सक (पत्र सहित)

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका १०० भन्दा बढी स्थानीय बिरामी परेका छन् । गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत बिरामी बढेपछि त्रास फैलिएकाे छ । केहिदिनयता गाउँमा बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखेका छन् । त्यस्तै, संघीय सरकारसँग पनि विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध गरिएको छ। हेर्नुस पत्र :...
पूर्वसचिव कार्की पत्नीको 'घाटी थिचेर' हत्या भएको पुष्टि
प्रदेश ३, समाचार, समाज, हाइलाइट-समाचार

पूर्वसचिव कार्की पत्नीको 'घाटी थिचेर' हत्या भएको पुष्टि

काठमाडौं ।  पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ। पोस्टमार्टम रिपोर्टले घाटी थिचेर हत्या भएको पुष्टि गरेको हो। ललितपुरको सानेपास्थित आफ्नै घरमा सोमबर बिहान रगताम्मे अवस्थामा भेटिएकी कार्किको उपचरको क्रममा अस्पतालमा मृत्यु भएको थियो।
पूर्वसचिव कार्कीको विलापः मुना तिमी किन चिच्याइनौ ?
प्रदेश ३, समाज, हाइलाइट-समाचार

पूर्वसचिव कार्कीको विलापः मुना तिमी किन चिच्याइनौ ?

‘ओ गड, मैले दुई घण्टा लगाएर गरेको प्रार्थनाको के सजाय दियौ?’ सोमबार बिहान मर्निङवाक र पूजापाठ सकेर घर आइपुग्दा श्रीमतीलाई मृत फेला पारेपछि भावविह्वल भएका पूर्वसचिव अर्जुन कार्की पशुपतिनाथसँग गुनासो गरिरहेका थिए। सरकारी सेवाबाट अवकाश पाएपछि कार्की सधैँजसो बिहान गल्फ खेल्न सिनामंगल जाने गर्थे। सोमबार पनि गए तर, उनले गल्फ खेलेनन्। पशुपतिनाथको मन्दिर गएर दुई घण्टा लगाएर पूजापाठ गरे। ११ बजेतिर घर फर्केर हर्न बजाए तर ढोका खुलेन। आफैँले खोलेर गाडी पार्क गरे र घरभित्र पसे। घरभित्र पस्नेबित्तिकै कामदार विजय चौधरी झुण्डिएको अवस्थामा देखे। उनको सातो उड्यो। हतार हतार दौडिएर पहिलो तल्लामा रहेको भान्सामा पुग्दा उनले जस्तो दृश्य देखे, तत्काल उनलाई सारा जीवन अन्धकार लाग्न थाल्यो। उनकी ४९ वर्षीया श्रीमती मुना कार्की रगतको आहालमा डुबेकी थिइन्। उनले केही सोच्नै सकेनन्। उनी त्यहीँ मुर्छा परेर ढ...
महायज्ञमा मुस्लिम समुदाय पुग्दा पण्डितले भने ‘वाह ! हाम्रो असली समाज त यो हाे नि’
अर्थ, धर्म/संस्कृति, प्रदेश ३, प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

महायज्ञमा मुस्लिम समुदाय पुग्दा पण्डितले भने ‘वाह ! हाम्रो असली समाज त यो हाे नि’

धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा चितवनको रामपुर छेवैमा निर्माणधिन गौतम बुद्ध क्रिकेट रंगशालाको सहयोगार्थ सञ्चालन गरिएको धन धान्यान्चल महोत्सवमा अन्य दिनको दाँजोमा शनिबार बेग्लै माहोल बन्यो । रंगशाला निर्माणका लागि निर्माणाधिन परिसरभित्रै गरिएको महोत्सवमा प्रशिद्ध प्रवचक पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिइरहेका थिए । प्रवचन स्थलमा हजारौ हिन्दु धर्मावलम्बीहरु उनको प्रवचनमा ध्यानमुग्द थिए । तर एकैछिनमा माहोल फेरियो । हातमा ‘गोरखा बजार मुस्लिम समाज’ लेखिएको ब्यानर बोकेर ८/१० जनाको समुह प्रवचन स्थलमा प्रवेश गर्दा केहि समय तालीको बर्षात नै भयो । गेटबाट मुस्लिम समुदायको समुह प्रवेश गरेको देखेर प्रवचन गरिरहेका पण्डित पोखरेलले प्रवचन नै रोके र भन्न थाले ‘वाह हाम्रो असली समाज त यो हो नि ।’ ब्यानर बोकेर अघि बढिरहेको मुस्लिम समुदायको समुहलाई मञ्चमा बसिरहेका सिताराम कट्टेल (धुर्मस) र कुञ्जन...