Tuesday, April 21

प्रदेश ४

गण्डकी प्रदेशमा थप २२ मा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप २२ मा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । स्याङ्जाका १८ सहित गण्डकी प्रदेशमा थप २२ मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार स्याङ्जाका १८, कास्कीका २ र लमजुङका २ गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । निर्देशनालयका अनुसार कोरोना पुष्टि हुनेमा कास्कीको ४२ र ३० वर्षका २ पुरुष, लमजुङका ३१ र २३ वर्षका २ पुरुष तथा स्याङ्जाका २७ देखि ४६ वर्ष समुहका १७ पुरुष र एक २६ वर्षीया महिला रहेका छन् । स्याङ्जाका सबै संक्रमित पुतलीबजारका रहेको जनाइएको छ । संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ९९ पुगेको छ । निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा कोभिड-१९ संक्रमण निको हुनेको संख्या १२ सय १ रहेको छ ।...
मणिपाल शिक्षण अस्पतालका डाक्टरमा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

मणिपाल शिक्षण अस्पतालका डाक्टरमा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ती डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका डा अर्जुन आचार्यले जानकारी दिए । ती डाक्टरलाई अहिले प्रतिष्ठानकै आइसोलेसनमा राख्न लागिएको आचार्यको भनाइ छ । यसैबीच ती डाक्टरमा संक्रमण पुष्टि भएपछि अस्पतालमा पछिल्लो १० दिनयता भर्ना भएका र उपचाररत बिरामीसहित अन्य स्वास्थ्यकर्मीलाई समेत ट्रेसिङ गरी स्वाव संकलनको तयारी थालिएको छ । अस्पताल स्रोतका अनुसार मेडिकल वार्डमा कार्यरत ती डाक्टर आइतबारसम्म बिरामीको जाँचमा खटिएका थिए ।...
जनमुखी प्रशासनमा कर्मचारीको भूमिका महत्वपूर्ण: मुख्यमन्त्री गुरुङ
प्रदेश ४, समाचार

जनमुखी प्रशासनमा कर्मचारीको भूमिका महत्वपूर्ण: मुख्यमन्त्री गुरुङ

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनमुखी प्रशासनमा कर्मचारी संयन्त्रको महत्वपूर्ण भूमिका हुने बताएका छन  । प्रदेश सरकारको दुई वर्षका अवसरमा छनोटमा परेका उत्कृष्ट कर्मचारीको आज सम्मान एवं प्रदेश प्रमुख सचिवको बिदाइ कार्यक्रममा उनले सरकारका निर्णयलाई कार्यन्वयनका तहमा लैजाने प्रमुख माध्यम कर्मचारी संयन्त्र भएको उल्लेख गरे । प्रदेशमा राम्रो काम गर्ने कर्मचारीको मनोवल उच्च बनाउन सरकारले उचित मूल्याङ्कन गर्दै पुरस्कृत गर्ने निर्णय गरेको बताउँदै उनले यसबाट काममा लगनशीलता एवं जिम्मेवारिता बढ्ने विश्वास लिइएको बताए । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार जिल्लास्थित अस्पताललाई साधनस्रोत सम्पन्न बनाउनेतर्फ सरकार लागेको उनले जानकारी दिए । त्यस अवसरमा मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सचिव हरिप्रसाद बस्याल, सचिव दलबह...
कास्कीको मादीमा खुला वन्यजन्तु उद्यान बनाइँदै
प्रदेश ४, समाचार

कास्कीको मादीमा खुला वन्यजन्तु उद्यान बनाइँदै

कृष्ण दवाडी ।जङ्गली जनावरलाई निश्चित क्षेत्रमा थुनेर चिडियाखाना तथा उद्यानको रुपमा विकास गरिएका देशभित्र तथा बाहिर थुप्रै ठाउँ छन् । पर्यटन विकासका लागि हिंस्रक जङ्गली जनावरलाई खोरभित्र राखेर चिडियाखानाको रुपमा विकास गरिएभन्दा पृथक रुपमा कास्कीको मादी गाउँपालिकाले भने ‘जनावर मेरो साथी’को अवधारणासहित खुला वन्यजन्तु पार्क निर्माण शुरु गरेको छ । गाउँपालिकाको गौरवको आयोजनाको रुपमा वडा नं ६ को तप्राङमा एक हजार ७ सय रोपनी क्षेत्रफलमा ‘तप्राङ खुला वन्यजन्तु पार्क’ निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी गत आर्थिक वर्ष २०७६/७७ बाट निर्माण प्रक्रिया शुरु गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)ले बताए । उनका अनुसार सो पार्कमा देश तथा विदेशमा भएका चिडियाखानामा जस्तो जङ्गली जनावरल्याई थुनेर व्यवस्थापन गर्ने भन्दा भिन्नरुपमा तोकिएको क्षेत्रभित्र अहिंस्रक र जोखिममुक्त जनावरला...
कोरोनाका कारण स्थगित हाइकिङ पुनःसञ्चालन
प्रदेश ४, समाचार

कोरोनाका कारण स्थगित हाइकिङ पुनःसञ्चालन

नेपाल अखबार, कास्की । हाइकिङका माध्यमबाट पोखरा आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ पोखरेली युवाको सक्रियतामा गत वर्षदेखि सञ्चालित हाइकिङ पुनः सञ्चालनमा आएको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’ भन्ने मूल नाराका साथ प्रत्येक महिनाको तेस्रो शनिबार गर्दै आइएको हाइकिङ झण्डै चार महिनासम्म स्थगन भएको थियो । बन्दाबन्दी खुलेको अवस्थामा सामाजिक दूरी एवं मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्दै स्थगन हाइकिङ पुनःसञ्चालनमा ल्याइएको हाइकर्स क्लब नेपालका उपाध्यक्ष तथा हाइकिङ व्यवस्थापन संयोजक कृष्ण रानाभाटले जानकारी दिए । पुनःसञ्चालित हाइकिङको शृङ्खलाअन्तर्गत साउन महिनामा भने दोस्रो शनिबार हिजो पोेखरा महानगरपालिका– १६ स्थित पर्यटकीयस्थल महेन्द्र गुफादेखि घार्मी गाउँ, ढिकीडाँडा हुँदै हरिपाउसम्म हाइकिङ गरिएको रानाभाटले बताए । हाइकिङका सहभागील...
गण्डकीका ३ जिल्लामा ११ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीका ३ जिल्लामा ११ संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। गण्डकीका ३ जिल्लामा ११ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १३७२ पुगेको छ । कास्कीमा १, गोरखामा २ र नवलपुरमा ८ संक्रमित गरि कुल ११ संक्रमित थपिएका हुन् । कास्कीको रुपमा गाउँपालिकामा एक पुरुष र गोरखाको पालुङटार र भीमसेनमा एक, एक जना गरि २ पुरषमा कोरोना पुष्टि भएको छ । नवलपुरको मध्यविन्दुमा ६ पुरुष, विनेयीत्रिवेणी र कावासोतीमा एक, एक जना गरि ८ पुरुष संक्रमित थपिएका छन् । संक्रमित एघार जनाको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल र जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा गरिएको थियो । अहिले एघारै जनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी हुँदैछ ।...
गण्डकीमा १० नयाँ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा १० नयाँ संक्रमित थपिए

नेपाल अखबार, पोखरा ।  गण्डकी प्रदेशमा कोरोनाका १० नयाँ संक्रमित थपिएका छन् । प्रदेशका ४ जिल्लामा गरि १० संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार कास्की, लमजुङ, बागलुङ र तनहूँका १० जनामा संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये कास्कीको अन्नपूर्ण गाउँपालिकामा एक जना पुरुष र एक जना महिला छन् । यसैगरी, पोखरा महानगरपालिकामा ३ पुरुष रहेका छन् । लमजुङको क्होलासोथर, मध्यनेपाल र बेशिँसहरमा एक, एक गरि ३ जना संक्रमित थपिएका छन् । बागलुङको तमानखोला र तनहूँको शुक्लागण्डकीमा एक एक जना पुरुष संक्रमित थपिएका छन् । संक्रमित व्यक्तिलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए । प्रदेशको कुल संक्रमित संख्या १३६० पुगेको छ ।...
गण्डकी प्रदेशमा ५ जना कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा ५ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा पाँच जना कोरोना संक्रमित थपिएका छन् । पर्वतमा दुई, कास्कीमा दुई र स्याङ्जामा एक जना कोरोना संक्रमित थपिएका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ३ सय ५० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार पर्वतको मोदी गाउँपालिकामा एक जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण देखिएको छ । उनीहरु २५ र ३१ वर्ष उमेर समूहका छन् । यसैगरी कास्कीको पोखरा उपमहानगरपालिकामा २५ र ३८ वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको चापाकोट नगरपालिकाका २८ वर्षीय एक जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।...
गण्डकीमा थपिए १६ जना कोरोना संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा थपिए १६ जना कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा मं‌गलबार फेरि १६ जना कोरोना भाइरस (कोभिड-१९)का नयाँ संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणबाट मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार थपिएका १६ जाना मध्ये ७ जना स्याङजाको पुतलीबजारका ७ जना रहेका छन् । तीमध्ये ३ जना नयाँ पुष्टि भएका हुने भने ४ जना यसअघि गणना हुन छुटेका गल्याङ र वालिङका हुन् । यस्तै, लमजुङका राईनाश का ३ पुरुष, बेशीसहर, सुन्दरबजार र मध्यनेपालका ३ गरी ६ जना पुरुष रहेका छन् । अन्य ३ जना बागलुङको बागलुङ नगरपालिका र जैमिनीका रहेका छन् । मंगलबार बिहानै मात्रै गण्डकीमा  ९ जनामा काेराेना संक्रमण पुष्टिभएको थियो । यससँगै गण्डकीमा मंगलबार मात्रै २५ मा संक्रमण पुष्टि भएको छ भने जम्मा संक्रमित संख्या १३४५ पुगेको छ ।...
गण्डकीमा थप ९ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा थप ९ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकीमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १३२९ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, बागलुङ र स्याङ्जामा गरि ९ संक्रमित थपिएका हुन् । आज थपिएका संक्रमितमध्ये म्याग्दीको अन्नपूर्णमा २ र बेनीमा १ पुरुष संक्रमित थपिएका छन् । यसैगरी, स्याङ्जाको फेदीखोलामा र बागलुङको ताराखोलामा ३, ३ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये १ हजार २० जनाले कोरोना जितेर घर फर्कि सकेका छन् । ४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।...