Sunday, April 19

प्रदेश ४

प्रशिक्षकबिनै गण्डकीमा नवौं खेलकुदको तयारी
खेलकुद, प्रदेश ४, समाचार

प्रशिक्षकबिनै गण्डकीमा नवौं खेलकुदको तयारी

नेपालअखबार, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न गण्डकी प्रदेशमा शुक्रबारदेखि विशेष प्रशिक्षण सुरू भएको छ । पहिलो चरणमा पोखरासहित नवलपुर, बागलुङ, स्याङजा र गोरखामा विभिन्न १४ खेलको विशेष प्रशिक्षण सुरू भएको हो । विशेष प्रशिक्षणमा सहभागी खेलाडीलाई २० दिन बन्द प्रशिक्षणमा सहभागी बनाएर नवौं संस्करणको राष्ट्रिय खेलकुदका लागि छनोट गरिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ । तर, नवौं राष्ट्रिय खेलकुदमा अधिकांश खेलका खेलाडी भने मुख्य प्रशिक्षकबिनै प्रशिक्षणमा भाग लिनेछन् । ३६ वटा खेल समावेश गरिएको नवौं राष्ट्रियमा मुस्किलले ५ खेलमा मात्रै आधिकारिक प्रशिक्षक रहेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले बताए । शुक्रबार पोखरामा विशेष प्रशिक्षण उद्घाटन कार्यक्रममा उनले नेपालमै प्रशिक्षक उत्पादमा ध्यान नदिइएकाले त्यसको असर गण्डकीले पनि व्यहोर्नु परेको सुनाएका हुन्...
निजीको विरोध गर्नुभन्दा सरकारी विद्यालय सुधारमा केन्द्रीत होऔँ : अर्थमन्त्री बराल
प्रदेश ४, राजनीति, समाचार

निजीको विरोध गर्नुभन्दा सरकारी विद्यालय सुधारमा केन्द्रीत होऔँ : अर्थमन्त्री बराल

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सरकारी नुन पानी खानेहरुले सरकारी बिद्यालयमा आफ्ना छोरा छोरी पढाएमा शिक्षामा सुधार हुने बताउनु भएको छ । पोखरा महानगरपालिका वडा नं १६ लामाचौर स्थित इन्द्रराज्यलक्ष्मी माविको ६९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस एवं बृहत शैक्षिक प्रर्दशनीको बुधबार उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । उहाँले निजी विद्यालयहरुको बिरोध गर्नु भन्दा सरकारी विद्यालयमा सुधार गर्न तर्फ सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनु भयो । सीपयुक्त शिक्षा आजको आवश्यकता भएको बताउदै मन्त्री बरालले श्रोतसाधनलाई ठिक ढंगले प्रयोग गरी उद्यमशिल तथा स्वरोजगार हुुपर्नेमा जोड दिनुभयो । माओबादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री बरालले संघ सरकारले प्रदेशहरुलाई दिनुपर्ने अधिकार नदिएको कारण पछिल्लो समयमा संघीयता माथ...
संसदमा अर्थमन्त्रीको जवाफ:प्रगतिशील सिद्धान्तका आधारमा कर समायोजन
प्रदेश ४, राजनीति, समाचार

संसदमा अर्थमन्त्रीको जवाफ:प्रगतिशील सिद्धान्तका आधारमा कर समायोजन

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रगतिशील कर सिद्धान्तको आधारमा कर समायोजन गरिएको बताउनु भएको छ । गण्डकी प्रदेश सभाको सुन्य र विशेष समयमा सांसदहरुले उठाउनुभएको प्रश्नको विहिबार सदनबाट जबाफ दिदै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नु भयो “कर सिद्धान्तको आधारमा थोरै हुने सँग कम र धेरै हुने सँग सो भन्दा बढि कर लिने गरी समायोजन गरिएको बिषयलाई अहिले कार्यान्वयनमा आएको दुई महिना पछि अनावश्यक रुपमा आलोचना गरिएको छ । ” सरकारको राजश्व संकलन प्रति वितृष्णा जगाउन खोज्नु सहि हुन्छ भन्दै मन्त्री बरालले सदनमा प्रति प्रश्न गर्नु भयो । यस्ता गतिविधिले संघीय गणतन्त्रात्मक व्यवस्था विरोधीहरुलाई सहयोग पु¥याउने उल्लेख गर्दै मन्त्री बरालले यस बिषयमा गंभिरतापुर्वक चिन्तन मनन गरिदिनुहुन अनुरोध समेत गर्नु भयो । आर्थिक ऐन करिब दुई महिना देखि का...
गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण

नेपाल अखबार, पोखरा । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा एकै दिन थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशका अनुसार पछिल्लो २४ घण्टामा २८७ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा मात्र सक्रिय कोरोना संक्रमितहरुको संख्या ५० छ । मन्त्रालयका अनुसार हाल सम्मका कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४७६ रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६३ जना संक्रमितहरु निको भएका छन् ।...
कोभिड संक्रमणदर बढेपछि बस्यो सिसिएमसी बैठक
प्रदेश ४, राजनीति, समाचार

कोभिड संक्रमणदर बढेपछि बस्यो सिसिएमसी बैठक

नेपालअखबार, पोखरा । कोभिडको संक्रमणदर बढेपछि रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार तयारीमा जुटेको छ । यसका लागि बिहीबार प्रदेशस्तरीय कोभिड १९ नियन्त्रण निर्देशक समितिको बैठक बसेको छ । समितिको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ । बैठकले सबै सरकारी, गैरसरकारी कार्यालयहरू तथा मानिसको भीडभाड हुने स्थान, विश्वविद्यालय, विद्यालय र शिक्षण संस्था, धार्मिक स्थल र नियमित भिडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरञ्जनस्थलहरूका साथै गोष्ठी, सेमिनार, बैठक जस्ता मानिसको जमघट हुने कार्यक्रममा अनिवार्य मास्क लगाउने, सेनिटाइजरको व्यवस्था गर्ने जस्ता जनस्वास्थ्यका मापदण्डहरूको अनिवार्य पालना गर्ने व्यवस्था मिलाउन समन्धित सबैलाई अनुरोध गर्ने निर्णय गरेको छ । कोभिड १९ संक्रमणको पछिल्लो अवस्था र सो को तयारी तथा प्रतिकार्यका अतिरिक्त संक्रमण रोकथाम र जोखिम नियन्त्रणका लागि गण्डकी प्रदेशका अस्पताल र स...
बिपीका सिद्धान्त नेपालका दलहरुको मुलमन्त्र ः मुख्यमन्त्री पोखरेल
प्रदेश ४, राजनीति, समाचार

बिपीका सिद्धान्त नेपालका दलहरुको मुलमन्त्र ः मुख्यमन्त्री पोखरेल

नेपालअखबार, पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्र एवं संसदीय अभ्यासमा विश्वास गर्ने राजनीतिक दलहरुका लागि बिपी कोइरालाका सिद्धान्त र आदर्श मुल मन्त्रका रुपमा स्थापित भएको बताएका छन् । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक जननायक बिपी कोइरालाको ४० औं स्मृति दिवस (साउन ६) का सन्दर्भमा वक्तव्य जारी गर्दै उनले राष्ट्रियताको सवालमा बिपीले लिएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता मुलुकमा अहिले झन् बढ्दै गएको उल्लेख गरेका हुन् । उनले भनेका छन्, ‘राणा शासनविरुद्धको आन्दोलनका अगुवा युगनायक विपी कोइराला प्रजातान्त्रिक समाजवादको विश्वव्यापी आन्दोलनमा समेत उत्तिकै छाप छाड्न सफल हुनुभएको छ । मुलुकले अहिले पनि उहाँले देखाएको मार्गलाई नै अनुशरण गर्दै आएको छ ।’ मुलुक र नागरिकको हितका लागि बिपीले थालेका दुरगामी सोचबाटै अहिले मुलुक अ...
गण्डकीका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ । सचिवालयका अनुसार उनलाई मंगलबार पीसीआर परीक्षण गरेकोमा कोरोना पुष्टी भएको हो । पोखरेल आइतबार देखि नै अस्वस्थ थिए । रुघा र ज्वरो समेत आएपछि उनको पीसीआर परीक्षण गराइएको हो । उनले सोमबार नै चिकित्सकसँग परामर्श लिएका थिए उनलाई अहिले पनि ज्वरो आइरहेको छ । अक्सिजनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । उनी सरकारी निवासमै आराम गरिरहेका छन् ।...
अनुसन्धानका लागि गण्डकी प्रदेश छुट्यायो १० करोड
प्रदेश ४, राजनीति, समाचार

अनुसन्धानका लागि गण्डकी प्रदेश छुट्यायो १० करोड

नेपालअखबार, पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो । त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान गरिएको हो । उक्त अवसरमा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान पु¥याउन सफल भएको भन्दै प्रशंसा गरे । शिक्षण पेसामा आबद्ध हुँदा २०२८ सालतिर पुनसँग चितवनमा भेट भएको स्मरण गर्दै प्रदेश प्रमुख गुरुङले निरन्तरको लगावले पुन यो स्थानमा पुगेको बताए । गण्डकी प्रदेश सरकारले निकै राम्रो कामको थालनी गरेको भन्दै आगामी वर्षमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त...
गण्डकीमा बजेट माथिको छलफल जारी
अर्थ, प्रदेश ४, राजनीति, समाचार

गण्डकीमा बजेट माथिको छलफल जारी

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेशसभामा बजेट माथिको छलफल जारी छ । देशसभाको आजको बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राखेका छन् । बैठकमा प्रदेशसभा सदस्य रामशरण बस्नेतले बजेटमा एउटा र रातो किताबमा अर्कै  आउने जस्ता प्रवृत्ति देखिएको बताए । जनताका आवश्यकतातर्फ बजेट केन्द्रित नभएको उनले बताए । यस बजेटबाट जनताका इच्छा र चाहना पूरा नहुने उनले बताए । बाढीका कारण जनजीवन अस्तव्यस्त भएको अवस्थामा सरकारले बेवास्ता गरेको आरोप लगाए। सरकारमा जवाफदेहिता नदेखिएको उनले बताए । मनकुमारी गुरुङले आफ्नो साधनस्रोतलाई ख्याल गर्नुपर्ने अवस्थामा हैसियत अनुसार बजेट आएको बताउँदै धेरै विषयलाई बजेटले समेटेको बताइन् । सरकारले जनतालाई अत्यावश्यक कतिपय नयाँ कार्यक्रम ल्याएको उनले बताइन् । कतिपय कार्यक्रम नीति तथा कार्यक्रममा परे पनि बजेटमा नसमेटिएको बताउँदै उनले रातो किताबमा ती विषय समेटिएर आउने विश्वास...
पोखरामा आर्थिक क्रियाकलाप बढाउन जरुरी : मुख्यमन्त्री पोखरेल
प्रदेश ४, राजनीति, समाचार

पोखरामा आर्थिक क्रियाकलाप बढाउन जरुरी : मुख्यमन्त्री पोखरेल

नेपालअखबार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसावमा पछि रहेको भन्दै ३ तहका सरकारको समन्वयमा यस्ता गतिविधि बढाउनुपर्ने बताएका छन् । पोखरा महानगरपालिकको ११ औं सभा उद्घाटनपछि बुधबार मुख्यमन्त्री पोखरेलले भने, ‘यसमा हाम्रा नीति नियम कमजोर हुन् या कहाँनेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनुपर्ने छ । पोखरा त अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ । पर्यटनमार्फत् त्यो सम्भावना पनि छ ।’ पोखराले बर्सेनि १२ देख १५ लाख व्यक्तिलाई कुनै न कुनै हिसावले सेवा दिनुपर्ने अवस्था रहेको औंल्याउँदै मुख्यमन्त्री पोखरेलले अबको ग्रेटर पोखराले समग्र प्रदेशलाई समेट्नुपर्ने बताए । उनले भने, ‘पोखरा भनेको यो कास्कीभित्रको सहरी क्षेत्रमात्र होइन पूर्वमा मादी र आँधिको बीच भन्दा पनि पनि प...