Sunday, February 15

प्रदेश ५

कपिलवस्तुमा भदौ १५ सम्म निषेधाज्ञा
प्रदेश ५, प्रशासन, समाचार

कपिलवस्तुमा भदौ १५ सम्म निषेधाज्ञा

नेपाल अखबार, कपिलवस्तु । कपिलवस्तुमा जारी निषेधाज्ञा ८ दिन थप गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को आइतबार बसेको बैठकबाट कोरोनाको जोखिम कायमै रहेकाले भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । यसअघि जारी गरिएको निषेधाज्ञा भदौ ७ सम्म थियो । बैठकले अत्यावश्यक बाहेकका सबै प्रकारका व्यवसाय सञ्चालन गर्न नदिने निर्णय गरेको छ । अति आवश्यकीय वस्तु ढुवानी, एम्बुलेन्स, शवबवहन र राजमार्ग भएर गुड्ने सवारी साधन (जिल्लाभित्र चढ्न ओर्लन नपाउने गरी) बाहेक सबै प्रकारका निजी र भाडाका सवारी साधन सञ्चालन नगर्ने निर्णय गरिएको पौडेलले बताए । बैङ्क तथा वित्तीय संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाएर दैनिक (कार्यालय दिन) विहान ८ बजेदेखि विहान १० वजेसम्म न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्न स...
चिकित्सकले गर्भवतीमा कोरोना भएको थाहा पाएपछि…
प्रदेश ५, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

चिकित्सकले गर्भवतीमा कोरोना भएको थाहा पाएपछि…

नेपाल अखबार, रुपन्देही । नियमित स्वास्थ्य जाँच गर्दै आएकी गर्भवती महिलालाई कोरोना पुष्टि भएपछि चिकित्सक,स्वास्थ्यकर्मी र समुदायले समेत कस्तो दृष्टिकोणले व्यवहार गर्दा रहेछन् भन्ने यहाँ पुष्टि भएको छ । संविधानमा सुरक्षित प्रजनन् अधिकार मौलिक अधिकारभित्र रहेको छ । ती महिलाले अधिकारको उपयोग गर्न त परै जाओस्, अपहेलना समेत भोग्नुपर्यो । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया गर्भवती पेट दुखेपछि गत आइतबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुगिन् । चिकित्सकले गर्भवतीको परीक्षण गरे । उनले पहिलो सन्तानलाई शल्यक्रिया मार्फत जन्म दिएकी थिइन् । दोस्रो सन्तानका लागि पनि शल्यक्रिया नै गर्नुपर्ने जनाउँदै अस्पतालले उनको छिटो विधिबाट पिसिआर परीक्षण गर्यो ।  नतिजा पोजेटिभ आयो । यसपछि चिकित्सकमा अन्यौलता छायो । तत्काल निर्णय हुन सकेन । तीन जना चिकित्सकले संयुक्तरुपमा टाढैबाट बिरामी जाँच गरे ।  तत्का...
प्रदेश नं ५ : समुदायमा बढ्दै कोरोना सङ्क्रमण
प्रदेश ५, समाचार, स्वास्थ्य

प्रदेश नं ५ : समुदायमा बढ्दै कोरोना सङ्क्रमण

नेपालअखबार,बुटवल ।  प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा कोभिड–१९ सङ्क्रमण बढ्दै गएको छ । आज रुपन्देहीमा पाँच जना सङ्क्रमित थपिएका छन् । बुटवलमा समुदायस्तरबाट आएको स्वाब परीक्षण रिपोर्टमा एक महिलासहित पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । रुपन्देहीमा कोभिड–१९ सङ्क्रमितको  सङ्ख्या ४०६ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । उनका अनुसार बुटवल उपमहानगरपालिकाकी २६ वर्षीया महिला र ३५, २८, २३, २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । नेशनल प्याथ ल्याबबाट एक जना र प्रादेशिक अस्पतालको ल्याबबाट चार जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमितको अवस्था सामान्य छ । सङ्क्रमण बढेसँगै आलोपालो प्रशासनिक सेवा कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय रुपन्देहीले आलोपालो प्रणालीमा सेवा दिने भएको छ । साउन ३० गतेदेखि अर्को सूचना जारी नहुञ...
धानखोला नजिक पहिरो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
प्रदेश ५, समाचार

धानखोला नजिक पहिरो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नेपाल अखबार, बुटवल  । भारी वर्षाका कारण कपिलवस्तुमा पहिरो जाँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार कपिलवस्तुको धानखोला नजिकै दोबाटामा पहिरो खस्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो ।बिहान ५ बजेदेखि अवरुद्ध सडक खुल्न अझै केही घण्टा लाग्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।...
कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु
प्रदेश ५, समाचार, स्वास्थ्य

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु

नेपालअखबार, बुटवल ।  कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए । जसमा एक जनामा कोरोना पुष्टि भइसकेको छ भने अर्का एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ। कोरोना भाइरसको लक्षण देखिएर यही साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षिय पुरुषमा २५ गते नै पिसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो भने अर्का २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट आउन बाँकी रहको हो । दुवैजनालाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । कपिलवस्तुका २५ वर्षीय युवालाई हिजो मात्रै प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि ल्याइएको थियो । उनलाई त्यहाँको अस्पतालले रिफर गरेर राति १२ बजे ल्याइएको थियो भने २ बजे मृत्यु भएको डा. गौतमले बताए । उनीहरुमध्ये एकजना...
कपिलवस्तु जिल्ला अस्पतालमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द
प्रदेश ५, समाचार

कपिलवस्तु जिल्ला अस्पतालमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

नेपाल अखबार, तौलिहवा । सदरमुकाम तौलिहवास्थित कपिलवस्तु जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । अस्पतालका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको अस्पतालका मे.सु. किशोर बन्जाडेले बताए । अस्पतालको आन्तरिक बैठकले गरेको निर्णयअनुसार संक्रमणको सम्भावित जोखिममा रहेकाहरुको स्वाब परीक्षण रिपोर्ट नआएसम्म अति आवश्यक इमरजेन्सीबाहेका सम्पूर्ण सेवा बन्द रहने छन् । आइतबार अस्पतालका एक नर्सिङ कर्मचारी, एक ल्याबका कर्मचारी, एक्सरे र ओपीडीमा काम गर्ने कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अस्पतालमा कार्यरत एक कर्मचारी दुई महिनाअघि संक्रमित भएकी थिइन् ।...
बुटवलस्थित नेकपा कार्यालय सिल
प्रदेश ५, समाचार

बुटवलस्थित नेकपा कार्यालय सिल

नेपाल अखबार, बुटवल ।  नेकपाको बुटवलस्थित प्रदेश ५  कार्यालय आजदेखि तिन दिनको लागि सिल गरिएको छ।  बुटवल उपमहानगरपालिका वडा नं. १३ का नेकपाका एकजना सदस्यलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि ७२ घण्टाको लागि कार्यालय सिल गरिएको हो । ती कोरोना संक्रमण पुष्टि भएका कार्यकर्ता कार्यालयमा आउने-जाने भएकाले  ७२ घन्टाका लागि कार्यालय सिल गरिएको पार्टी कार्यलय सचिव वालकृष्ण पाण्डेयलेबताए । उनका अनुसार संक्रमित व्यक्ति पछिल्ला १० दिनमा दुई पटक कार्यालयमा गएका थिए। सोही बीचमा पार्टी कार्यालयमा दूरी कायम गरेको भए पनि  बैकठ समेत भएका थिए ।...
प्रदेश ५ की सांसद केसीलाई कोरोना संक्रमण
प्रदेश ५, समाचार, स्वास्थ्य

प्रदेश ५ की सांसद केसीलाई कोरोना संक्रमण

नेपाल अखबार, बुटवल ।  प्रदेश ५ की सांसद कृष्णा केसीलाई (नमुना ) कोरोना संक्रमण भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की केसीले गए राति फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको उल्लेख गरेकी छन् । उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सेल्फ आइसोलेसनमा बस्न र पिसीआर परीक्षण गराउन आग्रह समेत गरेकी छिन् । उनले फेसबुकमा लेखेकी छन् ‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्ता यता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पिसीआर जाँच गराउन अनुरोध गर्छु ।’ भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसीआर परीक्षणमा शनिबार बाँकेका ७ महिलासहित २० जना कोरोना संक्रमित थपिएका थिए । सांसद केसी कोरोना महामारीकै बीच आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा विभिन्न कार्यक्रममा सहभागी भएको बताएको छन् । उनको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ । रुघाखोकी लाग्न थालेपछि उनी कोरोनाको आशंकामा परीक्षण गराउन अस्पताल ...
पहिरोले बुटवल–तानसेन सडक अवरुद्ध
प्रदेश ५, समाचार

पहिरोले बुटवल–तानसेन सडक अवरुद्ध

नेपाल अखबार, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल तानसेन सडकखण्डमा पहिरोको कारण गए रातिदेखि सडक अवरुद्ध भएको छ  । उक्त सडकखण्डको सिद्धबाबा क्षेत्रमा गत रातिदेखि परेको वर्षाले तीन ठाउँमा पहिरो गएको प्रहरीले जनाएको छ ।पाँच नम्बर प्रदेश ट्राफ्रिक प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धबाबा क्षेत्रमा झरेको पहिरो हटाउने कार्य जारी रहेको छ । तीन ठाउँको पहिरो एक ठाउँमा हटाइएको छ । दुई ठाउँमा बाँकी रहेकोले अझै २ घण्टा लाग्ने अनुमान गरिएको छ । सडक अवरुद्ध भएपछि पाल्पाबाट बुटवल आउने र बुटवलबाट पाल्पा जाने सवारी साधन रोकिएका छन् ।...
प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३१ सय बढी
प्रदेश ५, समाचार, स्वास्थ्य

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३१ सय बढी

नेपाल अखबार, बुटवल । प्रदेश ५ मा थप १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार प्रदेशका १० जिल्लामा बिहीबार रातिसम्म १ सय २४ नयाँ संक्रमित थपिएका हुन् । योसँगै प्रदेश नं. ५ मा कारोना संक्रमितको संख्या ३ हजार १ सय १० पुगेको छ । नयाँ संक्रमित थपिनेमा दाङमा सबैभन्दा धेरै ५४ जना, पाल्पामा २१ जना, गुल्मीमा १२ जना, रुपन्देहीमा ९ जना, प्युठानमा ७ जना, बर्दियामा ६ जना, नवलपरासी पश्चिममा ६ जना, बाँकेमा ४ जना र कपिलवस्तुमा १ जना थपिएका हुन् । यसअघि बिहीबारै पाल्पाका १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्लागत रुपमा कोरोना संक्रमितको संख्या कपिलबस्तुमा ७०८, पाल्पामा ३९३, दाङमा ३८२, बाँकेमा ३५४, रुपन्देहीमा २७५, गुल्मीमा २५९, अर्घाखाँचीमा २५४, प्युठानमा १९१, बर्दियामा १६१, नवलपरासीमा ८४, रोल्पामा ४५ र रुकुमपूर्वमा ...