Friday, May 22

प्रदेश

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा पछिल्लो १४ घण्टामा १ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना संकलनका क्रममा १ जना थपिएका हुन् । थप भएका संक्रमित पर्वतको कुश्मा नगरपालिका ४ का २३ वर्षीय पुरुष रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । संक्रमितलाई आइसोलेसन कक्षमा लगिसकिएको समेत प्रतिष्ठानले बताएको छ । योसंगै प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ६ सय १२ पुगेको छ । पछिल्लो २४ घण्टामा क्षयरोग उपचार केन्द्र पोखरामा पोखराका कुल ४ सय ६८ जनाको नमुना परीक्षण भएको छ । तीमध्ये कास्कीका १ सय ५७ सहित नवलपुर (ब.पु.पू) का १ सय ८८, तनहुँका ८१, लम्जुङका १, स्याङ्जाका २५, पर्वतका १० जनाको नमुना परीक्षण गरिएको हो । नमुना परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको बताइएको छ । त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २४ घण्टाको अवधीमा २...
एकताबद्ध हुन आजको दिन प्रेरणा देओस्ः मुख्यमन्त्री गुरुङ
प्रदेश ४, समाचार, हाइलाइट-समाचार

एकताबद्ध हुन आजको दिन प्रेरणा देओस्ः मुख्यमन्त्री गुरुङ

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिका सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको प्रयोग र रक्षा गर्दै थप अधिकारको सुनिश्चितताका लागि अघि बढ्ने बताएका छन् । मुख्मन्त्री गुरुङले २६ औं विश्व आदिवासी दिवसका अवसरमा आइतबार शुभकामना दिँदै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्न साझा दायित्वबोधका साथ एकताबद्ध भई लाग्न आजको दिनले प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् । बन्दाबन्दी हटे पनि कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेको हुँदा आवश्यक सुरक्षा र सजगता अपनाउन उनले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा आग्रह गरेका छन् । संयुक्त राष्ट्र संघले सन् १९९४ मा आदिवासी जनजातिका आधारभूत मानवाधिकार संरक्षण र संवद्र्धनका लागि विश्व आदिवासी दिवस मनाउने घोषणा गरेको थियो । नेपालमा पनि आदिवासी जनजातिको अधिकार र मागलाई उठान गर्न...
प्रदेश ५ की सांसद केसीलाई कोरोना संक्रमण
प्रदेश ५, समाचार, स्वास्थ्य

प्रदेश ५ की सांसद केसीलाई कोरोना संक्रमण

नेपाल अखबार, बुटवल ।  प्रदेश ५ की सांसद कृष्णा केसीलाई (नमुना ) कोरोना संक्रमण भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की केसीले गए राति फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको उल्लेख गरेकी छन् । उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सेल्फ आइसोलेसनमा बस्न र पिसीआर परीक्षण गराउन आग्रह समेत गरेकी छिन् । उनले फेसबुकमा लेखेकी छन् ‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्ता यता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पिसीआर जाँच गराउन अनुरोध गर्छु ।’ भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसीआर परीक्षणमा शनिबार बाँकेका ७ महिलासहित २० जना कोरोना संक्रमित थपिएका थिए । सांसद केसी कोरोना महामारीकै बीच आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा विभिन्न कार्यक्रममा सहभागी भएको बताएको छन् । उनको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ । रुघाखोकी लाग्न थालेपछि उनी कोरोनाको आशंकामा परीक्षण गराउन अस्पताल ...
पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

नेपाल अखबार, पाेखरा। पोखरामा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो । प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले दिएको जानकारीअनुसार उनलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उनको उपचार हुँदै आएको थियो । उनी डायबिटिजबाट समेत पीडित थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु भएको यो तेस्रो घटना हो । नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ ।...
पोखराका ३ सहित गण्डकीका थप २४ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराका ३ सहित गण्डकीका थप २४ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । पोखरा महानगरका ३ सहित गण्डकीमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान पोखरा महानगर वडा नम्बर १७ का १  जना पुरुष  तथा वडा ९ का १ -१ महिला  पुरुषसहित गण्डकी प्रदेशका ४  जिल्लाका थप २४  जनमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो । निर्देशनालयका अनुसार कास्कीका २  पुरुष तथा एक महिलासहित बागलुङका १३ जना पुरुष , स्याङ्जाका ७ जना पुरुष र म्याग्दीका १ पुरुषमा कोरोना देखिएको हो । संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६  सय ११  पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमण मुक्त हुनेको संख्या १४४३ पुगेको पनि निर्देशनालयले जनाएको छ ।...
सङ्क्रमित परिवारका कम्तीमा दुई जनाको कोरोना परीक्षण
प्रदेश ७, समाचार, स्वास्थ्य

सङ्क्रमित परिवारका कम्तीमा दुई जनाको कोरोना परीक्षण

नेपाल अखबार, कैलमली। सुदूरपश्चिम प्रदेश सरकारले समुदायस्तरमा समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तरमा कोरोना परीक्षणका लागि निर्देशन दिइएको बताए । “कोरोना पोजेटिभ भएर होम क्वारेन्टिनमा बसेका सङ्क्रमितका घरका कम्तीमा दुई सदस्यको पनि कोरोना परीक्षण गर्न निर्देशन दिएका छौँ”, उनले भने, “सोहीअनुसार जनस्वास्थ्य कार्यालयले स्वाब सङ्कलन शुरु गरिसकेका छन् ।” शुक्रबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी ४० हजार ५३७ को पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको निर्देशनालयले जनाएको छ । जसमध्ये चार हजार ७६० जना कोरोना पोजेटिभ देखिएका छन् । “यहाँ अहिलेसम्म समुदायस्तरसम्म कोरोना फैलिसकेको छैन ।” निर्देशक डा अवस्थीले भने, “सङ्क्रमित अधिकांश बाहि...
मेयर र नेपाली सेनासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

मेयर र नेपाली सेनासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि

इरफान अलि, वीरगञ्ज  ।  वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना,  मेयर सहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ४७ जना पुरूष र ८ जना महिला रहेका छन् । संक्रमित हुनेमा २२ वर्षका देखि ७४ वर्ष सम्म रहेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए अनुसार शनिबार बिहान संक्रमण हुनेहरुमा बारा जिल्ला कलैया वडा नम्बर १० घर भइ ३१ बर्षका १ जना नारायणी अस्पतालका प्रयोगशाला प्राविधिक रहेका छन् । वीरगन्जस्थित चण्डी प्रसाद गणमा कार्यरत ३२ बर्षका १ जना नेपाली सेना रहेका छन् । पर्सा जिल्ला बहुदरमाइ नगरपालिकाका ४० बर्षिय मेयर रहेका नारायणी अस्पतालका मेसु उपाध्यायले बताए । त्यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २२ बर्ष देखि ७४ बर्षका सम्मका २१ जना,...
पोखरामा ८ कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा ८ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पोखरा ।  पोखरा महानगरपालिकामा थप ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिका वडा नम्बर १९ का ३ जना ५८, ६८, ८८ वर्षीया महिला र ५७ तथा ६० वर्षीया २ जना पुरुषमा कारोना संक्रमण पुष्टि भएको छ । त्यस्तै वडा नमबर १५ की ३२ वर्षीया महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिएका छन् । त्यस्तै वडा नम्बर ३२ का १९ वर्षीया १ जना पुरुषमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अगाडि आज बिहान माबै पोखरामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८७ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने संख्या १३ सय ८३ रहेको निर्देशनालयले जानकारी दिएको छ ।...
वीरगञ्जमा नेपाली सेना, नेपाल प्रहरी र डाक्टरसहित १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगञ्जमा नेपाली सेना, नेपाल प्रहरी र डाक्टरसहित १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

इरफान अलि,वीरगञ्ज  ।  वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना,  नेपाल प्रहरी र डाक्टरसहित १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय २१ जना पुरूष र २१ जना महिला रहेका छन् । संक्रमित हुनेमा १५ वर्षका देखि ७९ वर्ष सम्म रहेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए अनुसार बिहिबार बिहान संक्रमण पुष्टि भएका १ सय ४२ जना सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४४ जना प्रहरी रहेका छन् । वीरगन्ज कारागारमा सुरक्षार्थ खटेका ५ जना नेपाली सेना र ५ जना डाक्टर रहेका छन् । त्यसैगरी संक्रमितहरु बीरगन्ज महानगरपालिकाको चिनीमिल, श्रीपुर, तेजारथ टोल, गण्डक बहुअरी, मुर्ली, भिस्वा, घडिअर्वा, सबैठवा, पिपरा, रानीघाट, खल्वाटोला श्रीसिया, छपकै...
पोखरामा आइसोलेसन भरिएपछि संक्रमितलाई घरमा नै बस्न सुझाव
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा आइसोलेसन भरिएपछि संक्रमितलाई घरमा नै बस्न सुझाव

नेपाल अखबार, पाेखरा। कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गर्दा पोखरामा आइसोलेसन वार्ड भरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी अस्पतालमा आइसोलेसनको लागि बनाइएको ४० बेड भरिएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताएका छन् । आचार्यका अनुसार अहिलेको अवस्थामा थप संक्रमितलाई अस्पतालमा राख्ने अवस्था छैन । प्रदेश सरकारले कोरोना तयारीको ठुलाठुला हल्ला गरे पनि त्यसको तयारी भने गरेको देखिँदैन । आइसोलेसन त भरिएछ थप संक्रमितको उपचारका लागि के व्यवस्था छ भन्ने प्रश्नमा जिल्ला जनस्वास्थ्य कार्यालयका निर्देशक बाबुराम आचार्य भन्छन्, ‘गण्डकी अस्पतालको आइसोलेसन भरिएको छ । निको भएका विरामीलाई घर फर्काएर दुईचार सिट म्यानेज गर्ने सोचेका छौँ । अर्को कुरा होम आइसोलेसन कार्यविधि पनि बनेको छ । होम आइसोलेसनमा बस्न सक्नेहरुलाई हामीले होम आइसोलेसनमा नै बस्न सुझाव दिएका छौँ । कास्की कै लेखनाथमा रह...