Friday, May 22

प्रदेश

पहिरोले बुटवल–तानसेन सडक अवरुद्ध
प्रदेश ५, समाचार

पहिरोले बुटवल–तानसेन सडक अवरुद्ध

नेपाल अखबार, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल तानसेन सडकखण्डमा पहिरोको कारण गए रातिदेखि सडक अवरुद्ध भएको छ  । उक्त सडकखण्डको सिद्धबाबा क्षेत्रमा गत रातिदेखि परेको वर्षाले तीन ठाउँमा पहिरो गएको प्रहरीले जनाएको छ ।पाँच नम्बर प्रदेश ट्राफ्रिक प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धबाबा क्षेत्रमा झरेको पहिरो हटाउने कार्य जारी रहेको छ । तीन ठाउँको पहिरो एक ठाउँमा हटाइएको छ । दुई ठाउँमा बाँकी रहेकोले अझै २ घण्टा लाग्ने अनुमान गरिएको छ । सडक अवरुद्ध भएपछि पाल्पाबाट बुटवल आउने र बुटवलबाट पाल्पा जाने सवारी साधन रोकिएका छन् ।...
जनमुखी प्रशासनमा कर्मचारीको भूमिका महत्वपूर्ण: मुख्यमन्त्री गुरुङ
प्रदेश ४, समाचार

जनमुखी प्रशासनमा कर्मचारीको भूमिका महत्वपूर्ण: मुख्यमन्त्री गुरुङ

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनमुखी प्रशासनमा कर्मचारी संयन्त्रको महत्वपूर्ण भूमिका हुने बताएका छन  । प्रदेश सरकारको दुई वर्षका अवसरमा छनोटमा परेका उत्कृष्ट कर्मचारीको आज सम्मान एवं प्रदेश प्रमुख सचिवको बिदाइ कार्यक्रममा उनले सरकारका निर्णयलाई कार्यन्वयनका तहमा लैजाने प्रमुख माध्यम कर्मचारी संयन्त्र भएको उल्लेख गरे । प्रदेशमा राम्रो काम गर्ने कर्मचारीको मनोवल उच्च बनाउन सरकारले उचित मूल्याङ्कन गर्दै पुरस्कृत गर्ने निर्णय गरेको बताउँदै उनले यसबाट काममा लगनशीलता एवं जिम्मेवारिता बढ्ने विश्वास लिइएको बताए । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार जिल्लास्थित अस्पताललाई साधनस्रोत सम्पन्न बनाउनेतर्फ सरकार लागेको उनले जानकारी दिए । त्यस अवसरमा मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सचिव हरिप्रसाद बस्याल, सचिव दलबह...
कास्कीको मादीमा खुला वन्यजन्तु उद्यान बनाइँदै
प्रदेश ४, समाचार

कास्कीको मादीमा खुला वन्यजन्तु उद्यान बनाइँदै

कृष्ण दवाडी ।जङ्गली जनावरलाई निश्चित क्षेत्रमा थुनेर चिडियाखाना तथा उद्यानको रुपमा विकास गरिएका देशभित्र तथा बाहिर थुप्रै ठाउँ छन् । पर्यटन विकासका लागि हिंस्रक जङ्गली जनावरलाई खोरभित्र राखेर चिडियाखानाको रुपमा विकास गरिएभन्दा पृथक रुपमा कास्कीको मादी गाउँपालिकाले भने ‘जनावर मेरो साथी’को अवधारणासहित खुला वन्यजन्तु पार्क निर्माण शुरु गरेको छ । गाउँपालिकाको गौरवको आयोजनाको रुपमा वडा नं ६ को तप्राङमा एक हजार ७ सय रोपनी क्षेत्रफलमा ‘तप्राङ खुला वन्यजन्तु पार्क’ निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी गत आर्थिक वर्ष २०७६/७७ बाट निर्माण प्रक्रिया शुरु गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)ले बताए । उनका अनुसार सो पार्कमा देश तथा विदेशमा भएका चिडियाखानामा जस्तो जङ्गली जनावरल्याई थुनेर व्यवस्थापन गर्ने भन्दा भिन्नरुपमा तोकिएको क्षेत्रभित्र अहिंस्रक र जोखिममुक्त जनावरला...
कोरोनाका कारण स्थगित हाइकिङ पुनःसञ्चालन
प्रदेश ४, समाचार

कोरोनाका कारण स्थगित हाइकिङ पुनःसञ्चालन

नेपाल अखबार, कास्की । हाइकिङका माध्यमबाट पोखरा आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ पोखरेली युवाको सक्रियतामा गत वर्षदेखि सञ्चालित हाइकिङ पुनः सञ्चालनमा आएको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’ भन्ने मूल नाराका साथ प्रत्येक महिनाको तेस्रो शनिबार गर्दै आइएको हाइकिङ झण्डै चार महिनासम्म स्थगन भएको थियो । बन्दाबन्दी खुलेको अवस्थामा सामाजिक दूरी एवं मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्दै स्थगन हाइकिङ पुनःसञ्चालनमा ल्याइएको हाइकर्स क्लब नेपालका उपाध्यक्ष तथा हाइकिङ व्यवस्थापन संयोजक कृष्ण रानाभाटले जानकारी दिए । पुनःसञ्चालित हाइकिङको शृङ्खलाअन्तर्गत साउन महिनामा भने दोस्रो शनिबार हिजो पोेखरा महानगरपालिका– १६ स्थित पर्यटकीयस्थल महेन्द्र गुफादेखि घार्मी गाउँ, ढिकीडाँडा हुँदै हरिपाउसम्म हाइकिङ गरिएको रानाभाटले बताए । हाइकिङका सहभागील...
वीरगञ्जमा आरडिटी पोजेटिभ भएका एक जना वृद्धको मृत्यु
प्रदेश २, समाचार

वीरगञ्जमा आरडिटी पोजेटिभ भएका एक जना वृद्धको मृत्यु

इफान अलि, वीरगञ्ज । वीरगञ्जमा आरडिटी पोजेटिभ देखिएका एक जना वृद्धको मृत्यु भएको छ । नारायणी अस्पतालअन्तर्गतको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज आदर्शनगरका ६५ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको हो । मधुमेह र मुटुरोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो । उनको पीसीआर परीक्षणको रिपोर्ट आइसकेको छैन । नारायणीमा स्वाब दिएपछि उनलाई उपचारका लागि शनिबार साँझ वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचारका लागि लगिएको थियो । हेल्थ केयरमा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि शनिबार राति नै ८ बजेतिर गण्डक अस्पतालमा भर्ना गरिएको थियो । गण्डक अस्पतालमा उपचारका क्रममा राति ११ बजेतिर स्थिति गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उपचार गर्दागर्दै आइतबार बिहान ६ः४० बजे उनको मृत्यु भ...
झापामा कार्यरत १८ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण
प्रदेश १, समाचार, स्वास्थ्य

झापामा कार्यरत १८ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण

नेपाल अखबार, झापा । झापामा कार्यरत १८ जना सशस्त्र प्रहरीका अधिकारीलाई कोरोना भाइरसको संक्रमण भएको छ । पूर्वी सीमा काँकरभिट्टामा कार्यरत अधिकांश सशस्त्र प्रहरीका अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका जीवन चौंलागाईँका अनुसार सबै प्रहरीलाई थप उपचारका लागि बिराटनगर पठाइएको छ भने कन्ट्याक ट्रेसिङ पनि थालिएको छ ।...
सुदूरपश्चिममा थप २१ जनामा कोरोना पुष्टि
प्रदेश ७, समाचार, स्वास्थ्य

सुदूरपश्चिममा थप २१ जनामा कोरोना पुष्टि

नेपाल अखबार, कैलाली  ।  सुदुरपश्चिम प्रदेशमा शनिबार गरिएको परिक्षणमा थप २१ जनामा कोरोना पुष्टि भएपछि संकृय संक्रमित संख्या १ हजार ७६१ पुगेको छ । शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट  १ र डडेल्धुरा प्रयोगशालाबाट थप २० जना कोरोना पुस्टी भएपछि सकृय संक्रमितको संख्या १ हजार ७६१ पुगेको हो । कंचनपुरमा १ पुरुष , डोटी ७ पुरुष, ६ महिला, डडेल्धुरा ४ पुरुष, र बैतडीमा ३ जना पुरुषमा संक्रमण पुस्टी भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । यसअघि ८ जना संक्रमितको मृत्यु भइसकेको छ । प्रदेशमा हालसम्म ३० हजार ९५६ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २६ हजार ८९१मा नेगेटिभ आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले जानकारी दिए । ३ हजार ३६७ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २३ हजार ५६२ जनामा परिक्षण गरिएको छ । हालसम्म फे...
क्वारेन्टिनमासँगै बसेकी पत्नीलाई मात्र कोरोना सङ्क्रमण
प्रदेश १, समाचार, स्वास्थ्य

क्वारेन्टिनमासँगै बसेकी पत्नीलाई मात्र कोरोना सङ्क्रमण

नेपाल अखबार,झापा । मेचीनगर नगरपालिका वडा नं १० को होटल क्वारेन्टिनमा भारतबाट आएर एउटै कोठामा बसेका एक दम्पतीमध्ये पत्नीमा मात्र कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । एक साताभन्दा अघिदेखि धुलाबारीको रोयल निर्वाण होटलको एउटा कोठामा बसेका दम्पतीको स्वाब परीक्षण गर्दा पत्नीमा कोभिड–१९ पुष्टि भएको र पतिमा सङ्क्रमण नदेखिएको मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले बताए । उनीहरुको स्वाब परीक्षण धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको थियो । पतिमा कोरोना नभएको रिपोर्ट शुक्रबार नै आएको थियो भने पत्नीमा कोरोना सङ्क्रमण रहेको रिपोर्ट आज मात्र आएको हो । सङ्क्रमण पुष्टि भएकी महिलालाई उपचारका लागि कोभिड हस्पिटल लगिएको र उनका पतिलाई पुनः क्वारेन्टिनमै राखिएको संयोजक बरालले जानकारी दिए । सङ्क्रमित बसेको कोठालाई निसङ्क्रमित गरिएको र सङ्क्रमित पत्नीसँगै क...
गण्डकीका ३ जिल्लामा ११ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीका ३ जिल्लामा ११ संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। गण्डकीका ३ जिल्लामा ११ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १३७२ पुगेको छ । कास्कीमा १, गोरखामा २ र नवलपुरमा ८ संक्रमित गरि कुल ११ संक्रमित थपिएका हुन् । कास्कीको रुपमा गाउँपालिकामा एक पुरुष र गोरखाको पालुङटार र भीमसेनमा एक, एक जना गरि २ पुरषमा कोरोना पुष्टि भएको छ । नवलपुरको मध्यविन्दुमा ६ पुरुष, विनेयीत्रिवेणी र कावासोतीमा एक, एक जना गरि ८ पुरुष संक्रमित थपिएका छन् । संक्रमित एघार जनाको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल र जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा गरिएको थियो । अहिले एघारै जनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी हुँदैछ ।...
वीरगञ्जमा कोरोना संक्रमणबाट १७ बर्षीया युवतीको मृत्यु
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगञ्जमा कोरोना संक्रमणबाट १७ बर्षीया युवतीको मृत्यु

इफान अलि, वीरगञ्ज । पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट एक युवतीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया सबनम खातुनको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए । नारायणी अस्पतालमा उपचारको क्रममा अवस्था गम्भीर भएपछि बुधबार उनलाई वीरगञ्ज हेल्थ केयर अस्पताल ल्याइएको थियो । ईर्मजेन्सीमा भर्ना भएपछि हेल्थ केयरमा उनको आरडिटी परीक्षण गरिएको थियो । आरडिटी पोजेटिभ देखिएपछि कोरोनाको आशंकामा उपचार शुरु गरिएको थियो । उनको पीसीआर परीक्षण पनि पोजेटिभ आएको छ । बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह उनको निधन भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । शुक्रबार बिहान पनि वीरगन्ज महानगरपालिका ११ श्रीपुर रानीघाटका ८५ वर्षीय महिलाको  नारायणी अस्पतालमा उपचारका क्रममा निधन थियो ।...