Friday, May 22

प्रदेश

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा बागलुङका र तनहुँ गरि दुई जिल्ला संक्रमित थपिएका छन् । बागलुङ काठेखोला वडा नम्बर ३ का १ पुरुष , ७ का २ पुरुष र ५ का १ पुरुष गरि ४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै तनहुँ शुक्लागण्डकी वडा नम्बर ८ का २ पुरुष , वडा नम्बर ४ का १ पुरुष , वडा नम्बर ५ कि ५७ वर्षिय महिला रहेका छन् । तनहुँको एक संक्रमितको वडा खुलाइएको छैन । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ४९ पुगेको छ । सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङको क्रममा पहिचान भएका हुनर । संक्रमित सबैलाई आईसोलेसनको व्यवस्था गर्ने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ ।...
प्रहरी व्यवसायीकता झल्किने गरी सेवा प्रवाह गर्न गराउन मातहतका प्रहरी कर्यालयका प्रमुखहरुलाई निर्देशन
प्रदेश ४, प्रशासन, समाचार

प्रहरी व्यवसायीकता झल्किने गरी सेवा प्रवाह गर्न गराउन मातहतका प्रहरी कर्यालयका प्रमुखहरुलाई निर्देशन

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षकघनश्याम अर्यालले प्रत्येक प्रहरी कर्मचारीहरुले सेवा प्रवाह गर्दा जनताक हितलाई मध्येनजर गर्दै तत्कालै जनताले अनुभुती गर्ने गरी उच्च आचरणयुक्त र प्रहरी व्यवसायीकता झल्किने गरी सेवा प्रवाह गर्न गराउन मातहतका प्रहरी कर्यालयका प्रमुखहरुलाई निर्देशन दिएकाछन् । आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले मातहतका प्रदेश ट्राफिक प्रहरी कार्यालय, गण्डकी प्रदेश सशस्त्र प्रहरी गण, दंगा नियन्त्रण प्रहरी गण साथै ११ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसंग आयोजित भिडियो कन्फरेन्स कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । तालुक गृह-मन्त्रालयका सचिवज्यू साथै संगठन प्रमुख प्रहरी महानिरीक्षकज्यूबाट भएका निर्देशन सम्बोधनहरुलाई मातहतका प्रहरी कर्मचारीहरु समक्ष पुर्‍याई प्रभावकारी कार्यान्वयन गर्ने साथै प्र...
तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ७० प्रतिशत सम्पन्न
प्रदेश ३, समाचार

तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ७० प्रतिशत सम्पन्न

नेपालअखबार, ललितपुर। गोदावरीमा निर्माणाधीन तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम ७० प्रतिशत सम्पन्न भएको छ । शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागले गोदावरी नगरपालिका–३ मा उक्त केन्द्र निर्माण गरिरहेको छ । विभाग र केसी–समानान्तर जेभीबीच विसं २०७६ कात्तिक २० गते सम्झौता भएर भोलिपल्ट २१ गतेबाट भवन निर्माणका लागि खाडल खन्न शुरु गरिएको जेभीका परियोजना प्रबन्धक महेश भट्टले बताए । उनले भने, “गत वर्षको चैत महिनाभित्र यस भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । दुई महिना साइटमा भएका रुख काट्न समय लागेको र बेलाबेलामा पानी परेर बिहान अनि बेलुका दुई समय काम गर्ने भनिएकामा मौसमले पनि साथ नदिएका कारण तोकिएको समयभित्र सम्पन्न गर्न सकेनौँ ।” विश्वव्यापीरूपमा फैलिरहेको कोभिड महामारीका कारण गत वर्षको चैतदेखि असार मासान्तसम्म काम गर्न नपाएको र विगतमा २०० कामदार...
स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता
प्रदेश ६, समाचार, स्वास्थ्य

स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

नेपाल अखबार, जुम्ला। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न अग्रभागमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । जुम्लाको पातारासी गाउँपालिकाका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका हुन् । गाउँपालिकाको पटमारा स्वास्थ्य चौकीका इन्चार्ज कृष्ण बुढाका अनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारले कोरोना महामारीमा जोखिम भत्ता दिन्छौँ भनेर हौस्याएर काममा खटाएको तर अहिलेसम्म जोखिम भत्ता उपलब्ध गराउने विषय कुनै चासो देखाएको छैन । यस गाउँपालिकाअन्र्तगत चारवटा स्वास्थ्य चौकीका ४२ स्वास्थ्यकर्मी र ६७ महिला स्वयंसेविका कोेरोना महामारीमा आफ्नो ज्यान जोखिममा राखेर खटिए पनि जोखिम भत्ता उपलब्ध नभएको इन्चार्ज बुढाले बताए । कोरोना माहामारी रोकथाम तथा नियन्त्रणमा खटिएबापत प्रतिमहिला स्वयंसेविका एकमुष्ट रु एक हजार ५०० उपलब्ध गराउने गाउँपालिकाले निर्णय गरेको थियो तर अहिलेसम्म उपलब्ध नभएक...
पोखरामा एक नवजात शिशुसहित थप ३ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा एक नवजात शिशुसहित थप ३ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । पोखरामा भर्खर जन्मिएका २० घण्टाको नवजात शिशु सहित थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा २० घण्टाको नवजात शिशु सहित ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नवजात शिशु पोखरा ४ का हुन् । शिशुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एनआइसियुमा भर्ना गरिएको छ । त्यस्तै अन्य संक्रमितमा पोखरा महानगरपालिका वडा नम्बर २ तथा २० का ६५ वर्षीय १/१ जना पुरुष रहेका छन् । संक्रमित सोही अस्पतालको फिभर क्लिनिकबाट पहिचान भएका हुन् । संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ८ सय ६६ पुगेको छ ।...
विद्यालयमा भीड कम गर्न रोल नम्बरमा जोरबिजोर प्रणाली अपनाएर पढाइ
प्रदेश १, शिक्षा, समाचार, हाइलाइट-समाचार

विद्यालयमा भीड कम गर्न रोल नम्बरमा जोरबिजोर प्रणाली अपनाएर पढाइ

दिक्तेल । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठनपाठन शुरु गराएको हो । गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा सतर्कता अनपाएर विद्यालयको अनुकूलतामा विद्यार्थीको रोल नम्बरमा जोर–बिजोर प्रणाली अपनाएर सिकाइ सहजीकरण शुरु गरिएको जनाइएको छ । यसबाहेक गाउँपालिकाले जारी गरेको ‘गाउँटोल बस्ती सिकाइ सहजीकरण अभियान कार्यविधि’ अनुसार गाउँटोल बस्तीमा सिकाइ केन्द्र व्यवस्थापन गरी पठनपाठन गर्न सकिने व्यवस्था छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लामो समयदेखि घरमा बसेका विद्यार्थी गाउँपालिकाले व...
अर्थ तथा विकास समितिले बजेट कार्यान्वयन पारदर्शी रुपमा गर्न निर्देशन
प्रदेश ४, समाचार

अर्थ तथा विकास समितिले बजेट कार्यान्वयन पारदर्शी रुपमा गर्न निर्देशन

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बजेट कार्यान्वयन समयमै र पारदर्शी रुपमा गर्न निर्देशन दिएको छ । आफ्नो कार्य क्षेत्रभित्र पर्ने ४ वटा मन्त्रालयका सचिवसंग पोखरा नदीपुरस्थित आफ्नै सभाहलमा छलफल गर्दै समितिले चालु आर्थिक वर्ष २०७७/७८को बजेट कार्यान्वयन समयमै गर्न निर्देशन दिएको छ । समितिका सभापति दीपक कोइरालाले बजेट कार्यान्वयनको ठिक समयमा हुन नसकेको गुनासो सधैं आउने गरेको भन्दै अहिलेदेखिनै बजेट कार्यान्वयनमा ध्यान दिन सचिवहरुलाई निर्देशन दिएका छन् । सभापति कोइरालाले कहिले कर्मचारी अभाव त कहिले कोभिड भनेर बजेट पूर्ण कार्यान्वयनमा नआएको भन्दै अहिले देखिनै बजेट कार्यान्वयन हुने गरि काम गर्न निर्देशन दिएका छन् । समितिका सदस्य इन्द्रलाल सापकोटाले प्रदेशका योजनामा कोर्डिनेसनको अभाव देखिएको बताए । उनले योजनाको अनुगमन नहुँदा ठीक समयमा काम हुन नसकेको जनाए । समितिका अर्का सदस...
गण्डकी प्रदेशमाथपिए १८ जना कोरोना संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमाथपिए १८ जना कोरोना संक्रमित

नेपालअखबार, पाेखरा। गण्डकी प्रदेशमा थप १८ जना कोरोना संक्रमित थपिएका छन् । चितवन मेडिकल कलेज चितवन र क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा थप १८ जना कोरोना संक्रमित पुष्टि भएको हो । नवलपुरको गैडाकोट नगरपालिका वडा नं २ मा ३८ र २५ वर्षीय पुरुष, सोही नगरपालिकाको वडा नं ८ मा ४२ र २८ वर्षीय पुरुष, नवलपुरकै कावासोती नगरपालिका–३ मा १० र वडा नं १६ मा ३६ वर्षीय पुरुष र नवलपुरको देबचुली नगरपालिका १७ मा ५२ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । त्यस्तै गोरखाको शहिद लखनथापा गाउँपालिका–१ म ५२ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङ जिल्लाको राईनास नगरपालिका–४ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पष्टि भएको छ । त्यस्तै तनहुँको व्यास नगरपालिका–१३ मा ६० वर्षीया महिला, व्यास ७ मा २७ वर्षीय पुरुष, वडा नं १ मा ४१ र २४ वर्षीय पुरुष, वडा नं ३ मा ३२ वर्षीय पुरुष, वडा नं ३ मा ३२ र ४५ वर्षीया मह...
इलाम बन्यो कोरोना शून्य जिल्ला
प्रदेश १, समाचार, स्वास्थ्य

इलाम बन्यो कोरोना शून्य जिल्ला

नेपाल अखबार, इलाम । कोरोना सङ्क्रमण महामारीपछि पहिलो पटक इलाम कोरोना शून्य जिल्ला भएको छ । कोरोनाका सक्रिय सङ्क्रमितहरु घर फर्किएपछि इलाम कोरोना सङ्क्रमणमुक्त भएको हो । गत जेठ २७ गते जिल्लामा पहिलो सङ्क्रमित फेला परेकामा तीन महिनापछि कोरोना पोजिटिभको सङ्ख्या शून्य भएको हो । जिल्लामा अहिलेसम्म ९३ व्यक्ति सङ्क्रमित भएकामा सबैजना उपचारपछि घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पछिल्लोपटक चुलाचुली गाउँपालिकाका एक युवकमा कोरोना पोजिटिभ देखिएकामा उनको रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्लामा चार हजार ९७७ जनाको पिसिआर परीक्षण गरिएकामा चार हजार ८६१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । जिल्लामा गत जेठमा दुई, असारमा १४, साउनमा ६६ र भदौमा ११ जनामा कोरोना पोजिटिभ देखिएको थियो । जिल्लामा सबैभन्दा बढी इलाम नगरपालिका ५७, सूर्योदय नगर १५, सन्दकपुर गाउँपालिका आठ, माई नगर पाँच, देउम...
गण्डकी प्रदेश प्रहरी प्रमुख अर्याल कोरोना संक्रमणबाट मुक्त
प्रदेश ४, समाचार, हाइलाइट-समाचार

गण्डकी प्रदेश प्रहरी प्रमुख अर्याल कोरोना संक्रमणबाट मुक्त

नेपाल अखबार, पाेखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा रहनुभएका अर्यालको आइतबार पुनः स्वाब परीक्षण गरिएकोमा सोमबार नतिजा नेगेटिभ आएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिनुभयो । प्रमुख प्रहरी अर्यालमा गत भाद्र १८ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कै प्राङ्गणमा भएको कोरोना परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो ।...