Wednesday, September 16

प्रशासन

गोरखामा ५५० जनाले पाए घरमै राहदानी
प्रशासन, समाचार, समाज

गोरखामा ५५० जनाले पाए घरमै राहदानी

नेपालअखबार, गोरखा । जिल्ला हुलाक कार्यालयमार्फत गोरखाका ५५० जनाले घरमै राहदानी (पासपोर्ट) प्राप्त गरेका छन् । गत वैशाख १५ गतेदेखि जिल्लाभर ६०० जनाले घरमै राहदानी प्राप्त गर्न फाराम भरेकामा हालसम्म ५५० जनाले सेवा लिएका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । बाँकी राहदानी आउने क्रममा रहेको उनले बताए । गत चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले हुलाकमार्फत नागरिकको घरघरमै राहदानी पुर्‍याउने निर्णय गरेको थियो । सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत हुलाक सेवामार्फत राहदानी घरमै पुर्‍याउने नीतिअनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच वैशाख १५ गते सम्झौता भएको हो । सम्झौताअनुसार जिल्ला प्रशासन कार्यालयमा हुलाक कार्यालयको एउटा काउन्टर स्थापना गरी कर्मचारी खटाइएको जिल्ला हुलाक अधिकृत विनोद गैरेले बताए । राहदानीको फाराम भर्न प्रशासन कार्यालय आउने सेवा...
अवकासको मुखमा रहेका जिल्ला न्यायाधीश बेल्बासेलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस
प्रशासन, समाचार

अवकासको मुखमा रहेका जिल्ला न्यायाधीश बेल्बासेलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस

नेपालअखबार, काठमाडौँ । जिल्ला अदालत कास्कीका प्रमुख न्यायाधीश हिमलाल बेलबासे आउँदो असार ३ गतेबाट ६३ वर्षको उमेर हदका कारण अवकासमा जाँदै छन् । २०२० साल असोज ४ गते जन्मेका बेलबासेलाई नियमित अवकासमा जान नपाउँदै मंगलबार न्याय परिषद्को बैठकबाट उच्च अदालत जनकपुरको न्यायाधीशमा पदस्थापन हुने गरी सिफारिस गरिएको हो । न्याय परिषद्को बुलेटिन अनुसार उनी जिल्ला न्यायाधीशको बरियात सूचीमा १३ औँ नम्बरमा पर्छन् । उच्च अदालतमा पाँच जना न्यायाधीश खाली रहेकोमा न्याय परिषद बैठकले बेलबासेसहित सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल र फैसला कार्यान्वयन महानिर्देशनालयका गजेन्द्रबहादुर सिंहलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । जिल्ला अदालतका न्यायाधीश बेलबासेले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा दर्ता भएको सूर्यदर्शन सहकारी ठगीसँगै संगठित अपराध र ...
अफवाह फैलाउने १३ फेसबुक पेजलाई कारबाही गर्न साइबर ब्युरोलाई काउन्सिलको पत्राचार
प्रशासन, समाचार

अफवाह फैलाउने १३ फेसबुक पेजलाई कारबाही गर्न साइबर ब्युरोलाई काउन्सिलको पत्राचार

नेपालअखबार, काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमका रूपमा दर्ता वा सूचीकरण नभएका भ्रम तथा अतिरञ्जना फैलाउने १३ फेसबुक पेजमाथि कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरेको छ । फेसबुकमा अतिरञ्जित शीर्षक र थम्बनेल राखी भ्रम तथा अफवाह फैलाउने सामग्री प्रकाशन गरेको पाइएपछि ती पेजमाथि अनुसन्धान र कारबाही गर्न साइबर ब्युरोमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ । त्यस्ता पेजहरूमा युथ अफ पर्सा(वाईओपी), हाम्रो सहयात्रा, नेपाल खबर(फेसबुक पेज), न्युज कलेक्सन नेपाल, हिमाल अपडेट, एमओ नेपाल, डेली न्युज एनपी, सार्वजनिक सूचना, नेपाल नोब्स खबर, जितपुर सिमरा नेपाल, एक नम्बर टीभी, न्युज निष्पक्ष आवाज र आवाज उदयपुरको नामक फेसबुक पेज रहेको काउन्सिलले जनाएको छ । यी सबै पेज नन मिडियाका रहेको पनि काउन्सिलले जनाएको छ । तीमध्ये केही पेजले निर्देशन पालना नगरेको र केहीको सम्पर्क विवरणसमेत नभेटिएको काउन्...
हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण
प्रशासन, समाचार, समाज

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

नेपालअखबार,जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । नापी कार्यालय धनुषाका अनुसार विसं २०७२ मा उक्त क्षेत्रको नाप नक्सा भए पनि जग्गाधनी प्रमाणपुर्जा वितरण हुन सकेको हंसपुर नगरपालिका–५ का ३६५ परिवारलाई आज जग्गाधनी पुर्जा वितरण गरिएको हो । उनका अनुसार स्ववासी जग्गा दर्ता गरी जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएपछि वर्षौँदेखि जग्गाको स्वामित्व स्थापित गर्न नसकेका परिवारले कानुनी रूपमा आफ्नो सम्पत्तिको मालिक बन्ने आधार पाएका छन् । “पुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुन्छ”, प्रमुख उमेशकुमारले भने, “जग्गाको बिक्री–वितरण गर्न सकिने भएकाले आर्थिक गतिविधि बढ्नुका साथै राज्यले राजस्वसमेत प्राप्त गर्...
बाढीले पक्की पुल बगाएपछि फड्के तथा तुइन निर्माण
प्रशासन, समाचार, समाज

बाढीले पक्की पुल बगाएपछि फड्के तथा तुइन निर्माण

नेपालअखबार, रसुवा । रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ। फलाखु खोलामा रहेको पक्की पुल तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पक्की पुल बाढीले बगाएपछि सो सडकखण्डमा आवतजावत अवरुद्ध भएको थियो। ‘आवागमनलाई तत्काल सहज बनाउन वैकल्पिक संरचना निर्माण गरिएको हो,’ सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले भने, ‘पहिलो चरणमा पैदल यात्राका लागि आवागमन सहज बनाउन बेत्रावतीमा बाँस तथा काठ प्रयोग गरी फड्के निर्माण गरिएको छ। स्याफ्रुबेँसीमा फलामे तुइन जडान गरिएको छ।’ भण्डारीका अनुसार स्याफ्रुबेँसीमा तुइन निर्माण सम्पन्न भए पनि दायाँबायाँको पदमार्ग व्यवस्थित गर्ने काम भइरहेको छ। यो संरचना एक–दुई दिनभित्र पूर्ण रूपमा सञ्चालनमा आउनेछ। बेत्रावतीमा फड्के निर्माण भएपछि नुवाकोटतर्फबाट गेर्खु, छापटार, केराघारी हुँदै बेत्रावतीसम्म...
मलेसिया रोजगारीमा सिन्डिकेट : २५ म्यानपावरमाथि छानबिन जारी
प्रशासन, समाचार, समाज

मलेसिया रोजगारीमा सिन्डिकेट : २५ म्यानपावरमाथि छानबिन जारी

नेपालअखबार, काठमाडौं । मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनीलाई मात्रै श्रमिक पठाउन दिने गरी अघि बढाइएको प्रक्रियामाथि सरकारले छानबिन अघि बढाउने भएको छ । मलेसियाले नेपालबाट श्रमिक लैजान २५ वटा म्यानपावर कम्पनीको सूची सार्वजनिक गरेपछि उत्पन्न विवादका बीच युवा, श्रम तथा रोजगार मन्त्रालयले ती कम्पनीमाथि स्थापनाकालदेखि हालसम्मको कारोबारसमेत छानबिन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । मन्त्रालयले विभागलाई सूचीमा परेका २५ संस्थाको कारोबार र उनीहरूलाई मलेसिया पठाउने अधिकार प्राप्त हुनुको आधारबारे अनुसन्धान अघि बढाउन निर्देशन दिएको हो । यसअघि मलेसियाले २५ वटा म्यानपावरमार्फत मात्रै नेपालबाट श्रमिक लैजाने गरी सूची सार्वजनिक गरेको थियो । त्यसको चौतर्फी विरोध भएपछि सरकारले मलेसिया जाने श्रमिकको पूर्वस्वीकृति तथा प्रमाणीकरण प्रक्रियामै रोक लगाएको थियो । उनीहरूलाई रोक लगाएको बेला...
बागमती नदीको गौरीघाटमा जलसतहले सतर्कता तह पार गर्‍यो, उच्च सतर्कता अपनाउन आग्रह
प्रशासन, समाचार, समाज

बागमती नदीको गौरीघाटमा जलसतहले सतर्कता तह पार गर्‍यो, उच्च सतर्कता अपनाउन आग्रह

नेपालअखबार, काठमाडौँ। काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा पानीको सतहले सतर्कता तह पार गरेको छ। मंगलबार दिउँसो ०२:५० बजे गौरीघाट केन्द्रमा जलसतह बढेर सतर्कता विन्दुभन्दा माथि पुगेको हो। जलसतह बढेपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नदी आसपासका बासिन्दालाई पूर्वसावधानी अपनाउन अपिल गरेको छ। महाशाखाले सूचना जारी गर्दै भनेको छ, ‘नदी आसपासका क्षेत्र र डुबान भइरहने ठाउँका बासिन्दा उच्च सतर्क रहनुहोला।’...
बाढीले पुल बगाएपछि मनास्लु र लार्केपास पदयात्रा नगर्न प्रशासनको आग्रह
प्रशासन, समाचार, समाज

बाढीले पुल बगाएपछि मनास्लु र लार्केपास पदयात्रा नगर्न प्रशासनको आग्रह

नेपालअखबार, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–४ नामरुङस्थित थेराङखोलामा आएको बाढीले दुईवटा पुल बगाएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा तत्काल पदयात्रा नगर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म मनास्लु तथा लार्केपास पदमार्गमा पदयात्रा नगर्न–नगराउन सम्बन्धित सबैलाई अनुरोध गरेको हो। प्रशासनका अनुसार २१ भदौ बिहान करिब साढे ३ बजे आएको बाढीले चुमनुब्री गाउँपालिका–४ र वडा नं. २ जोड्ने फलामे पुल तथा गापदेखि नामरुङ जंगल जाने बूढीगण्डकी नदीमाथिको झोलुङ्गे पुलसमेत बगाएको थियो । पुल बगाएपछि उक्त क्षेत्रको आवागमन प्रभावित हुनुका साथै पदमार्गसमेत जोखिमपूर्ण बनेको प्रशासनले जनाएको छ। मनास्लु पदमार्ग वा लार्केपास पदमार्गमा जाने तयारीमा रहेका तथा यात्रामा रहेका पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म या...
आज जेन्जी सहिद दिवस: सार्वजनिक विदा
प्रशासन, समाचार, समाज

आज जेन्जी सहिद दिवस: सार्वजनिक विदा

नेपालअखबार,काठमाडौं । आज जेन्जी सहिद दिवस मनाइँदै छ। गत भदौ २३ गतेको जेन्जी आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो। आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ। यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।...
इजरायलका स्याहार केन्द्रमा १,४६४ नेपाली कामदारका लागि आवेदन खुला
प्रशासन, समाचार, समाज

इजरायलका स्याहार केन्द्रमा १,४६४ नेपाली कामदारका लागि आवेदन खुला

नेपालअखबार,काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार एक हजार १३२ जना महिला र ३३२ जना पुरुष गरी कुल १४६४ जना कामदार माग गरिएको हो। आवेदन दिन २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन वैदेशिक रोजगार विभागको वेबसाइटअन्तर्गत ferms.dofe.go.np मार्फत आवेदन दिन सकिनेछ। छनोट भएका कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली मुद्रा तलब पाउनेछन्। इजरायली सरकारको नियमानुसार ओभरटाइम सुविधासमेत उपलब्ध हुने सूचनामा उल्लेख छ। कामदारले सातामा ४२ घण्टा अनिवार्य काम गर्नुपर्नेछ भने हप्तामा एक दिन मात्र बिदा पाउनेछन्। वार्षिक बिदा भने इजरायली सरक...