Sunday, September 13

प्रशासन

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
प्रशासन, समाचार, समाज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

नेपालअखबार,काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय विद्युत् केन्द्र तथा घरमा फसेका व्यक्तिको जीवितै उद्धार सम्भव भएको छ । प्रलयकारी विपद्को यस दुःखद् घडीमा अर्थहीन सल्लाह दिने, नकारात्मक टीकाटिप्पणी गर्ने र विशेषगरी सरकारले केही गरेन भन्ने भाष्य निर्माण गर्ने प्रवृत्ति बढिरहको अवस्थामा नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त प्रयासबाट पछिल्लो दुई दिनमा चार जनाको जीवितै उद्धार गरिएको हो । नेपाली सेनाको नेतृत्वमा शुक्रबार माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् केन्द्रको दुई जना कर्मचारी र आज एक चिनियाँ नागरिक तथा सशस्त्र प्रहरी वल तथा नेपाल प्रहरीको प्रयासबाट नुवाकोट विदुरमा एक जना महिलाको जीवितै उद्धार सम्भव भएसँगै सुरक्षाकर्मीको मेहनत र बहादुरीको सर्वत्र प्रशंसा गरिएको छ । भोटेकोशी हुँदै त्रिशूली नदीमा भदौ १० गते गएको अकल्पनीय...
तराईकै उद्योगमा भरेर काठमाडौं भित्र्याइँदैछ ग्यास सिलिन्डर
प्रशासन, समाचार

तराईकै उद्योगमा भरेर काठमाडौं भित्र्याइँदैछ ग्यास सिलिन्डर

नेपालअखबार,काठमाडौं । भदौ १० गतेको रसुवा बाढीपछि देशको प्रमुखमध्येको पृथ्वीराजमार्गमा पनि कटान र पहिरोले क्षति पुर्‍याएको छ। राजमार्गको कृष्णभिरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध छ। उक्त सडक हुँदै काठमाडौं भित्रिने ठूला मालबाहक र सवारी साधनहरू वैकल्पिक सडक भएर गुडिरहेका छन्। नेपाल आयल निगमले पनि व्यवसायीहरूसँग समन्वय गरेर उक्त सडक भएर आउजाउ गर्न नसकेपछि त्रिभुवन राजपथको बाटोबाट पेट्रोलियम पदार्थ भित्र्याइरहेको बताएको छ। यही सडकखण्ड हुँदै एलपी ग्यास अहिले तराइकै उद्योगमा सिलिन्डर भरेर काठमाडौं ल्याउन थालिएको निगमले जनाएको छ। भदौ १८ गते उपत्यकाको लागि विभिन्न ब्रान्डका साढे २४ हजार र १९ गते ३२ हजार १३४ थान भरिएको सिलिन्डर ल्याइएको निगमको दाबी छ। त्यस्तै खोज तथा उद्धारमा प्रयोग भएका हेलिकप्टरका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमै तेल भर्ने व्यवस्था मिलाइएको छ।...
भोटेकोशी बाढी : डीएनए परीक्षणबाट पहिचानको आशमा आफन्त
प्रशासन, समाचार, समाज

भोटेकोशी बाढी : डीएनए परीक्षणबाट पहिचानको आशमा आफन्त

नेपालअखबार,चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफ्ना सन्तान र आफन्तको खोजतलासमा रहेका परिवार अहिले डीएनए परीक्षणमार्फत भए पनि पहिचान हुने आशमा छन् । चितवनको भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा मङ्गलबारदेखि बाढीमा हराइरहेका व्यक्तिका आफन्तहरूको डीएनए नमुना (रगत) सङ्कलन भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवन, बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर (सेवा इकाइ चितवन) र जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा हराएका आफन्तबाट रगतको नमुना सङ्कलन भइरहेको छ । बारा कलैयाका भगवान शर्मा भोटेकोशीको बाढीपछि छोरा हराएपछि सम्भावित स्थानमा खोजी गर्दै भौँतारिए । छोराको कुनै पत्तो नपाएपछि डीएनए परीक्षण गराएमा पहिचान हुनसक्छ भन्ने थाहा पाएर उनी नागरिकताको फोटोकपी र आफ्नो फोटोसहित चितवन आइपुगे । डीएनए नमुना दिए पनि उहाँको मन अझै ढुक्क ह...
बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द
प्रशासन, शिक्षा, समाचार

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

नेपालअखबार, नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् । बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ । बाढीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना, सडक र पुलमा पुगेको क्षतिले आवतजावत गर्न कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार दैनिक जनजीवन केही सरल र नदी वारपार गर्नसक्ने भएपछि मात्रै विद्यालय सञ्चालन हुनेछ । शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढी आउँदैछ भन्ने सूचना प्राप्त भए पनि त्यसको प्रभाव अकल्पनीय होला भन्ने अनुमान नहुँदा क्षतिको आकार ठूलो भएको छ । “...
नेपाल खानेपानी संस्थानका १९८ पदको विज्ञापन रद्द
प्रशासन, समाचार, समाज

नेपाल खानेपानी संस्थानका १९८ पदको विज्ञापन रद्द

नेपालअखबार,काठमाडौं । नेपाल खानेपानी संस्थानले कर्मचारी पदपूर्तिका लागि आह्वान गरेको १९८ पदको विज्ञापन रद्द गरेको छ। संस्थानको केन्द्रीय कार्यालय त्रिपुरेश्वरले आज एक सार्वजनिक सूचना जारी गर्दै गत वैशाख ६ गते गोरखापत्रमा प्रकाशित खुला, आन्तरिक र बढुवा प्रतियोगिताका सबै विज्ञापनहरू रद्द गरिएको जानकारी दिएको हो। संस्थानका अनुसार, पूर्वाधार विकास मन्त्रालयको गत असार ३२ गतेको पत्रअनुसार साविकको संस्थान अस्तित्वमा रहने नदेखिएको र सम्बन्धित स्थानीय तहहरूमा हस्तान्तरण प्रक्रिया अघि बढाउनु पर्ने भएकाले विज्ञापन रद्द गर्न निर्देशन प्राप्त भएको थियो। सोही निर्देशन र लोक सेवा आयोगको भदौ ३ गतेको सहमतिअनुसार संस्थानको पदपूर्ति समितिको बैठकले विज्ञापन रद्द गर्ने निर्णय गरेको हो। विज्ञापन रद्द भएसँगै दरखास्त दिएका आवेदकहरूले आफूले बुझाएको परीक्षा दस्तुर फिर्ता पाउने भएका छन्। दस्तुर फिर्ता लिन इच्छ...
रसुवा बाढी प्रभावितलाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहायता
अर्थ, प्रशासन, समाचार

रसुवा बाढी प्रभावितलाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहायता

नेपालअखबार, काठमाडौं । विनाशकारी बाढी र पहिरोबाट प्रभावित नेपाललाई श्रीलंकाले १० लाख अमेरिकी डलर मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ। श्रीलंकाको वैदेशिक रोजगार तथा पर्यटन मन्त्रालयले २७ अगस्ट २०२६ मा एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। विज्ञप्तिका अनुसार, श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नेपालमा भइरहेको मानवीय तथा राहत कार्यमा सघाउन सरकारलाई उक्त आर्थिक योगदान उपलब्ध गराउन निर्देशन दिएका हुन्। राष्ट्रपति दिसानायकेले विपद्का कारण भएको ज्यानको क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवार, नेपाल सरकार र नेपाली जनताप्रति श्रीलंकाको तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन्। नेपाल र श्रीलंकाबीचको लामो र घनिष्ठ मित्रता तथा ऐक्यबद्धताको स्मरण गर्दै राष्ट्रपतिले यस सङ्कटको घडीमा श्रीलंका नेपाली जनताको साथमा दृढतापूर्वक उभिएको बताएका...
१३ लाख बढीको मदिरासहित ४ भारतीय युवक पक्राउ
प्रशासन, समाचार, समाज

१३ लाख बढीको मदिरासहित ४ भारतीय युवक पक्राउ

नेपालअखबार, जनकपुरधाम ।  बिना बिलबिजक ठुलो मात्रामा मदिरा लिएर जाँदै गरेको ४ जना भारतीय कार सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कर्मैया पोस्टमा शनिबार राति बारा जिल्लाबाट सर्लाहीको मलंगवा तर्फ जाँदै गर्दा चेकजांचको क्रममा कारको पछाडिको सिटमुनि र अगाडी फल्स बटन बनाई लुकाइछिपाई बिना बिलबिजक लिएर जाँदै गरेको अवस्थामा १३ लाख ५५ हजार रुपैयाँ मूल्य बराबरको मदिरा सहित ४ युवकलाई पक्राउ गरेको जनाएको छ । उनीहरूको साथबाट रेडलेभल ५० बोटल, रोयल स्टेग २४ बोटल, म्याकडोवल ठुलो ३५ र सानो ३९ बोटल बरामद भएको छ । सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी बेद प्रसाद गौतमका अनुसार पक्राउ पर्नेमा कार चालक भारत जिल्ला सीतामढी हरनैंया पञ्चायत वडा नम्बर ३ का ३३ वर्षीय दीपक कुमार, बेतिया जिल्ला हतिया पञ्चायत वडा नम्बर ८ निवासी ३६ वर्षीय अल्बु यादव, सोही जिल्ला लैरिया पञ्चायत वडा नम्बर ६...
नेपाली नागरिक पक्राउ गर्न कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा
प्रशासन, समाचार, समाज

नेपाली नागरिक पक्राउ गर्न कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा

नेपालअखबार,धनगढी । नेपाल प्रहरीले कञ्चनपुरबाट दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो कर्नाटकबाट आएका भारतीय प्रहरीका असईसहितका दुई जना इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले नियन्त्रणमा लिएको हो । उनीहरू दोधारा चाँदनीका शंकर लुहारलाई पक्राउ गर्ने भन्दै उनको घरसम्म पुगेका थिए । त्यसरी अनुमतिबिनै नेपालभित्र पसेर नेपाली नागरिक पक्राउ गर्न खोजेको सूचना पाएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले उनीहरूलाई इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको नियन्त्रणमा राखिएको पुष्टि गरे । उनकाअनुसार घटनाबारे माथिल्लो निकायमा जानकारी गराइएको छ । माथिल्लो निकायबाट आउने निर्देशनअनुसार थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।प्रहरी स्रोतकाअनुसार नेपाल प्रहरीसँगको समन्वय र पूर्व...
चिनियाँ पक्षको सूचना : निरन्तर निगरानीमा छौं, विस्फोटक बहाबको जोखिम कम हुनसक्छ
प्रशासन, समाचार

चिनियाँ पक्षको सूचना : निरन्तर निगरानीमा छौं, विस्फोटक बहाबको जोखिम कम हुनसक्छ

नेपालअखबार, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेपछि त्यसको नियमित नगरानी गरिरहेको सूचना चिनियाँ पक्षले पठाएको छ । सरकारी स्रोतका अनुसार ताल फूटेर पानीको बहाब बढ्दै गए पनि तत्काल ठूलो बाढी (आउटबर्स्ट) को जोखिम कम रहेको आंकलन गरेको छ । चिनियाँ पक्षले नेपाली अधिकारीलाई पठाएको सन्देशमा छ’,तालबाट पानी निरन्तर ओभरफ्लो भइरहेको छ र पानीको मात्रा बढेसँगै तालको आकार पनि ठूलो हुँदै गएको छ। यद्यपि, अहिलेको अवस्थामा ठूलो पानीको विस्फोटक बहाव हुने जोखिम कम छ ।’यसअघि तालभन्दा तल्लो क्षेत्रमा बरफ–चट्टान (आइस रक) खस्ने घटना भएको चिनियाँ पक्षले घटनास्थलको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। थप जानकारी प्राप्त भएमा त्यसबारे जानकारी गराउने पनि चिनियाँ पक्षले बताएको छ।...
भोटेकोशी बाढीमा कास्कीका १४ जना सम्पर्कविहीन
प्रशासन, समाचार

भोटेकोशी बाढीमा कास्कीका १४ जना सम्पर्कविहीन

नेपालअखबार, पोखरा । रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा कास्की जिल्लाका १४ जना सम्पर्कविहीन भएका छन् । कास्कीबाट त्यस क्षेत्रमा पुगेका १४ जना नागरिकहरू सम्पर्कविहीन भएका विवरण आफन्तले प्रशासनमा टिपाएका हुन् । बाढी आएपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएका उनीहरूको खोजीका लागि परिवारजनले जिल्ला प्रशासन कार्यालय कास्कीमा निवेदन दिएका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिए । काम, भ्रमण तथा अन्य प्रयोजनका सिलसिलामा रसुवा पुगेका आफ्ना आफन्तहरू सम्पर्कविहीन भएको जानकारी सहितको विवरण आफन्तले प्रशासनलाई जानकारी गराएका छन् । तिमध्ये कास्की जिल्ला घर भएकामात्रै १० जना छन् भने अन्य ४ जना कास्कीमा बसोबास गर्दै आएका तर स्थायी घर कास्की नभएकाहरू पनि छन् । पोखरा १७ की सविना पौडेल, पोखरा १५ का छमप्रकाश थापा, सोही वडाका मनु बुढा, पोखरा ५ की सृष्टि बास्तोला, पोखर...