Sunday, July 5

प्रशासन

रूपन्देहीमा ८ वर्षका बच्चालाई जिउँदै गाडेको आरोपमा बाबुसहित ४ जना पक्राउ
प्रशासन, समाचार

रूपन्देहीमा ८ वर्षका बच्चालाई जिउँदै गाडेको आरोपमा बाबुसहित ४ जना पक्राउ

नेपाल अखबार, रूपन्देही। रूपन्देहीमा ८ वर्षका बच्चालाई जिउँदै गाडेको आरोपमा उनकै बाबुसहित चार जना पक्राउ परेका छन्। रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हेमकुमार थापाले  दिएको जानकरीअनुसार बच्चाको शवसहित उनका बाबु र अन्य तीन जना पक्राउ गरिएको हो। उनका अनुसार रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगरका ८ वर्षीय राजेश परियारलाई गाडिएको अवस्थामा फेला पारिएको हो। उनलाई त्यही जिल्लाकाे तिलोत्तमा-४ को जंगलमा बोरामा लगेर गाडिएकाे थियाे। एसपी थापाका अनुसार ती बालक लामाे समयदेखि बिरामी थिए। त्यसका लागि उनका बाबुले गाउँमा चन्दासमेत जम्मा पारेका थिए। तर शुक्रबार बिहान अचानक ती बालकलाई जिउँदै गाडेकाे खबर आएपछि प्रहरी टाेली पुग्दा गाडिएकाे अवस्थामा फेला पारिएकाे हाे। तर उनकाे मृत्यु भइसकेकाे थियाे। एसपी थापाले घटना विस्तृत रुपमा खुलाउन चाहेनन्। ‘अहिले सबै कुरा नखुलाऔं,’ उनले भने,...
क्वारेन्टिनमा भएको बलात्कारको घटना दुःखद, संलग्नमाथि कारबाही अघि बढ्योः स्वास्थ्य मन्त्रालय
प्रशासन, समाचार

क्वारेन्टिनमा भएको बलात्कारको घटना दुःखद, संलग्नमाथि कारबाही अघि बढ्योः स्वास्थ्य मन्त्रालय

नेपाल अखबार,  काठमाडाैं। लम्कीचुहा नगरपालिका कैलाली १ को क्वारेन्टिनमा रहेकी एक महिलामाथि सामूहिक बलात्कार भएको घटनाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खेद प्रकट गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त घटनालाई दुःखद भन्दै खेद प्रकट गरेका हुन्। ‘उक्त घटनामा स्वास्थ्यकर्मी समेत संलग्न रहेको र समाजका अगुवा तथा शिक्षकसमेतको संलग्नता हुनु निकै दुःखद हो’, डा. गौतमले भने, ‘यस किसिमका घटना घट्नु तथा समाजका अगुवाकै संलग्नता भएकोमा नेपाल सरकार निकै चिन्तित भएको छ।’ उनले यस्ता गलत तथा घृणित काम गर्ने व्यक्तिलाई सबै क्षेत्रबाट निरुत्साहित गर्नु सबैको कर्तव्य भएको बताए। घटनामा संलग्नविरुद्ध कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइसकेको बताए।...
सरकारी कार्यालय आजबाट सञ्चालन, दुई सिफ्टमा सेवा
प्रशासन

सरकारी कार्यालय आजबाट सञ्चालन, दुई सिफ्टमा सेवा

नेपाल अखबार, काठमाडाैं । कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोभिड–१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सहकारी, बीमा सेवा आजबाट सञ्चालन गर्ने निर्णय गरेको हो । यसरी सञ्चालन हुनेमा शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयसमेत छन् । यी सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने छ । यस्तै सार्वजनिक तथा जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनसमेत आजबाट सञ्चालन हुन पाउने छ । उक्त सवारीमा एक लहरमा एक जना यात्रु मात्रै ...
कतारबाट नेपाल फर्किने ५ हजार १ सय १२ जनाको सूची सार्वजनिक (नामावलीसहित)
प्रशासन, समाचार

कतारबाट नेपाल फर्किने ५ हजार १ सय १२ जनाको सूची सार्वजनिक (नामावलीसहित)

नेपाल अखबार, एजेन्सि। विश्वव्यापी कोरोना महामारीका कारण समस्यामा परेर कतारबाट नेपाल फर्किन चाहने नागरिकको पहिलो सूची सार्वजनिक गरिएको छ। कतारको दोहास्थित नेपाली राजदूतावासले स्वदेश फर्किने (सूची हेर्न यी हरिया अक्षरमा क्लिक गर्नुहोला)  ५ हजार १ सय१२ नेपालीको सूची सार्वजनिक गरेको हो। प्राथमिकतका आधारमा स्वदेश फर्किने नेपालीको सूची सार्वजनिक गरिएको दूतावासले जनाएको छ। दूतावासका अनुसार आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्ने, सुत्केरी तथा गर्भवती, कोरोना संक्रमणबाहेक अन्य गम्भीर रोग भएका बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका, अध्ययन समाप्त भएका विद्यार्थी (इन्टर्न समेत), पारिवारिक भेटघाटका लागि तथा पर्यटक तथा व्यापारिक भिसामा आएकालाई प्राथमिकतामा राखिएको छ। यस्तै श्रम करार अवधि सकिएका वा रोजगारी गुमाएका, कतार आईडी र भिसाको म्याद सकिएका तथा आईडी रद्द भएका, बेतलबी बिदामा रहेकालाई प...
मोटरसाइकल र साइकल चल्न पाउने, निजि सवारीलाई जोरबिजोर
प्रशासन, समाचार

मोटरसाइकल र साइकल चल्न पाउने, निजि सवारीलाई जोरबिजोर

नेपाल अखबार, काठमाण्डौ। सरकारले लकडाउन साइकल र मोटरसाइकल चल्न दिने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन केही खुकुलो बनाउँदै साइकल चल्न दिने र् मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो । सबै प्रकारका ढुवानी सहित व्यक्तिहरुको पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । सरकारले पैदल आवागमनका क्रममा भिडभाड नगर्न र सुरक्षा अपनाउन अनुरोध गरेको छ । काठमाडौं उपत्यकाको हकमा उपत्यका भित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने निर्णय समेत सरकारले गरेको छ ।  यसरी जोरबिजोरको आधारमा चल्ने सवारीसाधनमा चालकबाहेक थप २ जना मात्रै सवार हुन पाइने खतिवडाले जनाए । निजी सवारी चलाउँदा एक जिल्लाबाट अर्को जिल्लामा जान पाइने छ...
नवजात शिशुको हत्या गरी फरार महिला सात वर्षपछि पक्राउ
प्रशासन, समाचार

नवजात शिशुको हत्या गरी फरार महिला सात वर्षपछि पक्राउ

नेपाल अखबार, काठमाडौं । अवैध गर्भाधानबाट जन्मिएको नवजात शिशुको हत्या गरी फरार भएकी एक महिलालाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । पर्वतको साबिक आर्थर गाविस वडानम्बर ७ की ४७ वर्षीया अमृता भनिने तारा नेपालीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । २०७० फागुन १२ गते उनले अधेरी नेटामा बच्चा जन्माई सोही दिन हत्या गरेर फरार भएकी थिइन् । प्रहरी निरीक्षक बुद्धि सुबेदीको नेतृत्वमा खटिएको विशेष टोलीले उनलाई बिहीबार कास्कीको माछापुच्छ्र्रे गाउँपालिका घाचोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई कर्तब्य ज्यान (नवजात शिशुको हत्या) शीर्षकमा अनुसन्धानका लागि आज मिति शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय पर्वतमार्फत पर्वत जिल्ला अदालत कुश्मा पर्वतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
जबर्जस्ती नेपाल प्रवेश खोज्ने समूह प्रहरीको नियन्त्रणमा
प्रशासन

जबर्जस्ती नेपाल प्रवेश खोज्ने समूह प्रहरीको नियन्त्रणमा

नेपाल अखबार, सर्लाही । सशस्त्र प्रहरी बलले यहाँको पर्सा गाउँपालिका–३ नारायणपुरस्थित नेपाल–भारत सीमानाकाबाट  जबर्जस्ती नेपाल प्रवेश खोज्ने एक समूहलाई रोकेको छ । ती समूहले सीमामा खटिएका सुरक्षाकर्मीमाथि हातपात गर्न खोज्दा एकजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी जिल्ला सुरक्षा बेसक्यामका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिए । उनले सीमालाई सिल गरिएको बताए । रासस...