कास्कीमा भदौं २७ गते देखि सार्वजनिक यातायात संचालन हुने
नेपाल अखबार,पोखरा । कास्की जिल्लामा भदौं २७ गते राती १२ बजेपछि सार्वजनिक यातायात संचालनमा अाउने छ ।
जिल्ला प्रशासन कार्यलयले जारी गरेको पछिल्लो निषेधाज्ञा भदौं २७ अर्थात् भोली राती १२ बजेदेखी सकिदैछ । सिसिएमसीको शुक्रबारे बसेको बैठकले जिल्लामा स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेको छ । सार्वजनिक यातायातमा चढ्ने यात्रुहरुले अनिवार्य मास्क र बसमा ढोकामा नै सेनिटाइजरको व्यवस्था गर्नु पर्ने छ ।
यस्तै भौतिक दुरी कायम गरेर बसको एक लहरमा एक जना अर्थात् कुल सिटको आधा भन्दा नबढ्ने गरी यात्रु बस्ने व्यबस्था मिलाउनुपर्ने निर्णय वैठकले गरेको छ । सार्वजनिक यातायात विहान ६ बजेदेखी ८ बजे सम्म संचालन गर्न पाइनेछ ।
मानिसहरु भेला हुन,भीडभाड गर्न ,जुलुलस निकाल्न, जात्रा , महोत्सव , मेला गर्न तथा सबै धर्म संस्कृती,प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्य गर्न पाइ...
