Monday, June 1

प्रशासन

इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता
प्रशासन, समाचार

इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता

नेपालअखबार,काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा इराकमा शान्ति स्थापनाका निम्ति परिचालित शान्ति सैनिकको टोली फिर्ता भएको छ । आगामी पुर १६गतेसम्ममात्र राष्ट्रसङ्घको इराक ‘मिसन’सञ्चालन गर्ने योजनाअनुसार २७ जनाको अन्तिम टोली आज स्वदेश फिर्ता भएको हो ।नेपाली सेनाको जनसम्पर्क सूचना निर्देशनालयका अनुसार यसअघि इराक मिसनबाट तीनवटा टोलीको स्वदेश आगमन भइसकेको छ ।...
मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको ५१ हजार भायल खोप, सर्पदंश विरुद्धको औषधि पनि आपूर्ति
प्रशासन, समाचार, समाज, स्वास्थ्य

मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको ५१ हजार भायल खोप, सर्पदंश विरुद्धको औषधि पनि आपूर्ति

नेपालअखबार,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेविज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा पवनजङ्ग रायमाझीले यसअघि नै खरिद भएर आपूर्तिका क्रममा रहेको औषधि प्रदेश सरकारहरूका स्वास्थ्य संस्थामा वितरण गर्नेगरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको जानकारी दिए । रेविज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधि अभाव भएको समाचार आए लगत्तै चासो लिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई अभाव नहुनेगरी तत्काल आपूर्ति व्यवस्थापन गर्न निर्देशन दिए । उनले सम्बन्धित अधिकारीहरूलाई आपूर्ति अवस्था बढाएर तथा भावी दिनमा अभाव हुन नदिनेगरी आवश्यक सबै उपाय अपनाउन दिर्नेशन दिएका थिए । सोहीअनुसार स्वास्थ्य सेवा विभागले सबै प्रदेशहरूमा ...
एक वर्षमा ३७ सय बढी उजुरी प्रहरी कर्मचारीविरुद्ध
प्रशासन, समाचार

एक वर्षमा ३७ सय बढी उजुरी प्रहरी कर्मचारीविरुद्ध

नेपालअखबार,काठमाडौं। एक वर्षमा नेपाल प्रहरीका विभिन्न सुरक्षाकर्मीविरुद्ध ३७ सयभदा बढी उजुरी परेको छ । नेपाल प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१–८२ मा ३ हजार ७५३ उजुरी परेको हो । प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी बिनोद घिमिरेले उजुरी परेको बताउँदै ति मध्ये ८१ प्रतिशत पछ्यौंट भएको बताए । आइतबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मलेनमा बोल्दै घिमिरेले ७ सय उजुरी भने छानबिनकै क्रममा रहेको बताए । इ–कम्प्लेन, अख्तियार, गृहमन्त्रालय, टोल फ्रि नम्बर, प्रहरी महानिरीक्षकको सचिवालय, प्रधानमन्त्रीको कार्यालय तथा हेलो सरकार, राष्ट्रिय सतकर्ता केन्द्र, व्यक्ति स्वयंममार्फत र हुलाकबाट उजुरी आउने गरेको प्रवक्ता घिमिरेले बताए । जसमध्ये सबैभन्दा बढी हेला सरकारमार्फत १९ सय ६ उजुरी आएको प्रहरीको तथ्यांक छ ।...
रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु,भदौभित्र सम्पन्न गर्ने लक्ष्य
प्रशासन, समाचार, समाज

रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु,भदौभित्र सम्पन्न गर्ने लक्ष्य

नेपालअखबार,रसुवा । पाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ। गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्‍याएको थियो। चीन सरकारले पुल पुनर्निर्माण थालिनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए। उनका अनुसार  नेपाल–चीनबीच आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि प्रथम चरणअन्तर्गत चीन सरकारले बेलीब्रिज निर्माण गर्न पनि थालनी गरेको छ । यसका  लागि भुइँ सतह मिलाउने सुरु भइसकेको छ। पक्की पुल निर्माणका लागि साविकको स्थानलाई यथावत छाडी दुई मिटर पूर्वतर्फ सारेर पुरातात्विक  संरचनालाई कुनै असर नपार्ने गरी बेलीब्रिज निर्माण सुरु भइसकेको प्रजिअ पौडेलले जानकारी दिए। पुलका लागि चाहिने आवश्यक औजार चिनियाँ पक्षले रसुवागढी ल्याइसकेको जनाइएको छ ।  चार स्काभेटर उपकरणको सहायताले पुल बनाउने स्...
उपल्लो डोल्पाको मोरिम्ला नाका २० दिनका लागि खुला गरिने
प्रशासन, समाचार

उपल्लो डोल्पाको मोरिम्ला नाका २० दिनका लागि खुला गरिने

नेपालअखबार,डोल्पा। उपल्लो डोल्पामा व्यापार गर्न यही साउन २५ गते नेपाल र चीनबीचको मोरिम्ला नाका खुला गरिने भएको छ। चीनको सिगात्से काउन्टीअन्तर्गत डोङ्बा प्रान्तका अधिकारीहरूसँग छलफल भई यही साउन २५ देखि भदौ १३ गतेसम्म सीमा क्षेत्र खोल्ने निर्णय भएको शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले जानकारी दिए। उपल्लो डोल्पाको तीन पालिकाका लागि मोरिम्ला नाका प्रत्येक वर्ष एक पटक खोलिँदै आएको छ। यस वर्ष सीमा पार गरेर व्यापार गर्न दुई हजार २०० जनाले सीमा प्रवेश ‘पास’ लिएको सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले जानकारी दिए।  पालिकाको मागअनुसार यस अवधिमा सशस्त्र प्रहरी र नेपाल प्रहरी सीमानाकासम्म परिचालन गरिने भएको छ। अघिल्लो वर्ष १५ दिनका लागि खुला गरिएको थियो। विगतदेखि खुल्दै आएको मोरिम्ला नाकाबाट उपल्लो डोल्पावासीले दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, विभिन्न मेसि...
खानेपानीमा महानगरको निगरानी : ६३ वटा जार जफत
प्रशासन, समाचार

खानेपानीमा महानगरको निगरानी : ६३ वटा जार जफत

नेपालअखबार,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जार मार्फत बिक्री हुने खानेपानीको निगरानी बढाएको छ । महानगर प्रहरीका अनुसार अहिले अभियान नै चलाएर खानेपानीको जारमा अनुगमन गरिरहेको हो । शुक्रबार बिहानै बालाजु माछा पोखरी चोकमा चेक प्वइन्ट राखी महानगर प्रहरी बल र कृषि तथा पशुपन्छी विभागको संयुक्त टोली अनुगमनले गर्दा ६३ वटा पानीको जार जफत गरेको छ । काठमाडौँ महानगरभित्र छिर्न लागेका २२ वटा सवारी साधनबाट ६३ वटा जारहरू जफत गरिएको नगर प्रहरीले जनाएको छ । ‘हामीले महानगरभित्र छिर्ने मुख्य नाकाहरूमा जारको पानी बोक्ने गाडीहरूमा निगरानी बढाएका छौँ । कुच्चिएको, अपारदर्शी, टुटफुट भएको र लेबल प्रस्ट नभएको पानीको जार तत्काल जफत गरेर नष्ट गरिरहेका छौँ,’ महानगर प्रहरीले भनेको छ ।...
मिश्रको थुनछेक बहस सकियो
प्रशासन, राजनीति, समाचार

मिश्रको थुनछेक बहस सकियो

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रको मुद्दामा थुनछेक बहस सकिएको छ । मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासमा वरिष्ठ अधिवक्ताहरु गोविन्द बन्दी, भिमार्जुन आचार्य, राजु बस्नेत र सतिशकृष्ण खरेलले मिश्रको तर्फबाट बहस गरेका हुन् ।  सरकारी वकिलका तर्फबाट ८ जनाले बहस गरेका थिए । उनीहरुले धरौटी समेत माग नगरी साधारण तारेखमा छाड्न माग गरेका छन् । सुनुवाइ सकिएकाले आदेश लेखनमा इजलास जुटेको छ । थुनछेक बहसको अन्तिममा मिश्रले आफ्नो भनाइ राखेका थिए । उनले आफ्नी ८२ वर्षीया आमाको कसम खाँदै राज्यविरुद्धको कसुर नगरेको दाबी गरेका हुन् । आमाको हेरचाह गर्नुपर्ने भएकाले आफू भागेर कतै नजाने पनि जिकिर उनले गरे । उनले यसअघि गत वैशाख १० गते जिल्ला र जेठ २ गते सर्वोच्चमा आमाको कसम खाएका थिए । तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान आफैँ अद...
सलामी मारिएपछि वाहिदी बने इरानको नयाँ आईआरजीसी प्रमुख
प्रशासन, विदेश, समाचार

सलामी मारिएपछि वाहिदी बने इरानको नयाँ आईआरजीसी प्रमुख

नेपालअखबार,काठमाडौं । इजरायली आक्रमणमा इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) का प्रमुख हुसेन समाली को मृत्यपछि पूर्व कुड्स फोर्स प्रमुख जनरल वाहिदीलाई नयाँ कमान्डर इन चिफ नियुक्त गरिएको छ । नयाँ कमान्डर इन चिफ नियुक्त भएसँगै जनरल वाहिदीले इजरायली आक्रमणको जवाफ दिन आदेश जारी गरेका छन् । यो जानकारी इरान रिभोलुसनरी गार्डको एक्स ह्यान्डलमा दिएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । आक्रमणमा परी मृत्यु हुनेमा सलामीसहित खातम-अल-अन्बिया केन्द्रीय मुख्यालयका कमान्डर घोलामली रशिद र चिफ अफ स्टाफ मोहम्मद बघेरी छन् । यसबाहेक, आणविक ऊर्जा संगठनका पूर्व प्रमुख फेरिदुन अब्बासी, आणविक वैज्ञानिक तथा तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानचीको पनि आक्रमणमा मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।...
नेपाल र साउदीबिच सीपयुक्त श्रमिक लैजाने विषयमा सहमती
प्रशासन, समाचार

नेपाल र साउदीबिच सीपयुक्त श्रमिक लैजाने विषयमा सहमती

नेपालअखबार,काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच नेपाली श्रमिक लैजाने महत्त्वपूर्ण विषयमा सहमति भएको छ । सोमबार जेनेभामा भएको साइडलाइन द्विपक्षीय भेटवार्ता र छलफलका क्रममा नेपाल र साउदी अरेबियाबिच श्रमिक लैजाने सम्बन्धमा महत्त्वपूर्ण सहमति भएको हो । मन्त्री भण्डारीले घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रमसम्बन्धी गरी तत्काल दुई वटा सम्झौता गर्न साउदी अरब तयार बताए । नेपालले साउदीसँगको सामान्य श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा सहमति जनाइसकेको छ । ‘साउदीसँग सामान्य श्रमिक लैजाने श्रम सम्झौतामा यसअघि नै सहमति भइसकेको छ । यसमा हस्ताक्षर हुन मात्रै बाँकी छ,’ उनले भने, ‘साउदीले घरेलु श्रमिकसम्बन्धी सम्झौता भएपछि मात्रै सामान्य सम्झौतामा हस्ताक...
यात्रुको सहजताका लागि उपत्यकामा निशुल्क बस सेवा दिँदै प्रहरी
प्रशासन, समाचार

यात्रुको सहजताका लागि उपत्यकामा निशुल्क बस सेवा दिँदै प्रहरी

नेपालअखबार, काठमाडौं ।नेपाल प्रहरीले यात्रुको सहजीकरणका लागि दुई वटा बस चलाउने भएको छ। यातायात व्यवसायीको आन्दोलनले सार्वजनिक यातायात सेवा अवरूद्ध भएपछि आइतबार नेपाल प्रहरीले दुई वटा बस चलाउन लागेको केन्द्रीय प्रवक्ता रमेश थापाले जानकारी दिए। दुई वटा बस दुई वटा छुट्टाछुट्टै रूटमा चल्नेछन्। नेपाल प्रहरीले चलाएको उक्त बसमा यात्रा गर्दा भाडा तिर्नुपर्दैन। पहिलो रूटअनुसार नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल र पुन: नक्साल घुम्नेछ। त्यस्तै, अर्को रूटमा नक्साल, रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकबाट फर्केर आउने र चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्नेछ। यातायात व्यवसायीहरूले गण्डकी सरकारले ल्याएको राइड सेयरिङ न...