Tuesday, August 11

राजनीति

आज पनि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
राजनीति, समाचार

आज पनि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । कांग्रेस बैठक यही असोज २८ गतेदेखि सुरु भएको हो । पहिलो दिनको बैठकबाटै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर बिदा लिएका थिए । २९ गते बुधबार भने कांग्रेसको बैठक बसेन । दोस्रो बैठक ३० गते बिहीबार बसेको थियो । दोस्रो बैठकमा सात जना नेताले आ-आफ्नो धारणा राखेका छन् । दोस्रो बैठकमा बोल्ने अधिकांशले नियमित महाधिवेशनमा जोड दिएका थिए ।...
११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय
राजनीति, समाचार

११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

नेपालअखबार,काठमाडौं । सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले बताए। उनका अनुसार चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको हो। उनीहरूलाई कात्तिक २० गतेभित्र फर्किसक्न निर्देशन पनि दिइएको उनले बताए।...
शीतल निवासमा राष्ट्रपतिले जेनजीसँग छलफल गर्दै
राजनीति, समाचार

शीतल निवासमा राष्ट्रपतिले जेनजीसँग छलफल गर्दै

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार जेनजीसँग छलफल गर्न लागेका छन् । उनले अपराह्न साढे ५ बजे जेनजीका प्रतिनिधिसँग छलफल गर्न लागेका हुन् । त्यसका लागि राष्ट्रपति कार्यालयले जेनजी प्रतिनिधिलाई बोलाइसकेको छ भने सो क्रममा प्रधानमन्त्री सुशीला कार्कीसमेतको सहभागिता रहने छ । जेनजी आन्दोलनसँग जोडिएको विषयका साथसाथै चुनावका विषयमा आवश्यक छलफल हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।...
कांग्रेस केन्द्रीय समिति बैठक भोलि बिहान ११ बजे बस्ने
राजनीति, समाचार

कांग्रेस केन्द्रीय समिति बैठक भोलि बिहान ११ बजे बस्ने

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि पुनः बस्ने भएको छ । बैठक भोलि बिहान ११ बजे पुनः  बस्ने  गरी आजको बैठक स्थगित भएको कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिए । आजको बैठक सुरु गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि आएका हस्ताक्षरको बारेमा जानकारी गराएका थिए । विशेष महाधिवेशनको माग गर्नेहरूको जोड नियमित महाधिवेशन गर्ने रहेकाले बैठकका क्रममा नियमित महाधिवेशनमा समझदारी हुने जानकारी गराएका थिए ।...
दल विभाजन रोक्न माग गर्दै सर्वोच्च पुगे सिके राउत
राजनीति, समाचार

दल विभाजन रोक्न माग गर्दै सर्वोच्च पुगे सिके राउत

नेपालअखबार,काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउत दल विभाजन रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । उनले दायर गरेको रिट बिहीबार दर्ता भएको छ । दर्ता भएको रिटको पहिलो पेसी शुक्रबार तोकिएको छ । राउतले रिटमा अलग्गै दल दर्ता गराउन दिएको निवेदन अघि नबढाउनु भनी अन्तरिम आदेश जारी गर्न माग गरेका छन् । राउत नेतृत्वको जनमत पार्टी विभाजित भएर एउटा पक्षले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो । उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।...
सहकारी ठगलाई कानुन संशोधन गरेर भए पनि कारबाही गर्नैपर्छ : प्रधानमन्त्री कार्की
राजनीति, समाचार

सहकारी ठगलाई कानुन संशोधन गरेर भए पनि कारबाही गर्नैपर्छ : प्रधानमन्त्री कार्की

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगहरूलाई जुनसुकै अवस्थामा पनि अहिलेकै सरकारले कारबाही गर्ने प्रतिबद्धता जनाएकी छिन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री, सचिव, संकटग्रस्त समस्या समाधान आयोगका सदस्य, सहकारी समस्या नियमन प्राधिकरण, सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका सदस्यहरूलाई एकै ठाउँमा राखेर छलफल गरेकी थिइन् । सो छलफलमा उनले सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हातमा छाड्न नहुने बताइन् । ‘ठगेर खाएर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न हुँदैन । यिनीहरू महंगा सुनका घडी लगाएर हिँड्छन् । गाडी चढेर हिँड्छन् । नक्कली डिभोर्स गराएर हिँड्छन्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उनीहरूलाई छाड्न मिल्दैन । बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौं ।’ अहिलेकै सरकारले यो समस्या समाधान नगरे अरु कसैले पनि नगर्ने उनको भनाइ थ...
दलहरू चुनावबाट भाग्ने र सरकारले वातावरण नबनाउने हो भने थप संकटः प्रवक्ता सापकोटा
राजनीति, समाचार

दलहरू चुनावबाट भाग्ने र सरकारले वातावरण नबनाउने हो भने थप संकटः प्रवक्ता सापकोटा

नेपालअखबार,काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले केही दलहरू चुनावबाट भाग्न खोजिरहेको बताएका छन् ।  सरकार पनि मिति तोक्ने तर वातावरण बनाउनेतर्फ नलागेको उनको आरोप छ । दलहरू चुनावबाट भाग्ने र सरकारले पनि वातावरण नबनाउने हो भने थप संकट निम्तिने उनको चेतावनी छ । बिहीबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै सापकोटाले वर्तमान सरकार जेनजीको मर्मभन्दा फरक ‘काम–कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तै भएकोसमेत बताए । सापकोटाले आफ्नो पार्टी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने र अरू सबै दलहरू पनि सहभागी हुनुपर्ने धारणा राखे । उनले भने, 'हामी तयार छौँ, अरू कुनै पनि दल त्यसबाट भाग्न पाइँदैन र वर्तमान सरकारले पनि निर्वाचनको वातावरण बनाउने कुरामा ध्यान दिनुपर्छ ।' उनले वर्तमान अन्तरिम सरकारको मुख्य जिम्मेवारी भनेको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नु र अहिले ...
आज निर्वाचन आयोगले दलहरुसँग छलफल गर्दै
राजनीति, समाचार

आज निर्वाचन आयोगले दलहरुसँग छलफल गर्दै

नेपालअखबार,काठमाडौं । आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ । छलफल बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा हुनेछ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरुलाई छलफलमा बोलाइएको छ । २९ राजनीतिक दललाई पत्र लेखेर प्रमुख वा प्रतिनिधि पठाइदिन भनिएको छ । ‘निर्वाचन आयोगमा दर्ता भएका र कुनै पनि वडास्तरमा एक जना मात्र जनप्रतिनिधि चुनिएको भए पनि निर्वाचन आयोगमा छलफल र राय परामर्शका लागि पत्र पठाइएको छ,’ उनले भने । आजको छलफलमा आयोगको निर्वाचनको तयारीका सन्दर्भमा प्रशासनिक काम र निर्वाचन तालिकाबारे जानकारी गराउने प्रवक्ता भट्टराईले बताए । उनले भने, ‘हामीले आज हाम्रो तयारीबारे जानकारी दिने र दलहरुबाट सकेसम्म धेरै सल्लाह सुझाव लिने गरी तयारी गरेका छौं ।’ गत...
भारतले अबदेखि रूसबाट तेल नकिन्ने ट्रम्पको दाबी
राजनीति, विश्व, समाचार

भारतले अबदेखि रूसबाट तेल नकिन्ने ट्रम्पको दाबी

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रूसबाट तेल नकिन्ने दाबी गरेका छन्। बुधबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रूसबाट तेल नकिन्ने आश्वासन दिएको बताएका हुन्। 'अबदेखि भारतले रूसबाट तेल किन्दैन। मेरा साथी मोदीले रूसी तेल अब भारतले किन्दैन भन्ने कुराको सुनिश्चितता मसँगको कुराकानीमा गर्नुभएको छ,' ट्रम्पले पत्रकारहरूसँग भने। उनले लामो समयदेखि भारतको सत्तामा रहेका मोदीको तारिफ गर्दै उनलाई महान् व्यक्ति समेत भने। यसरी नै चीनलाई पनि रूसबाट तेल नकिन्नका लागि मनाउन सकिने ट्रम्पले बताएका छन्। रूसबाट तेल किनेकै कारण ट्रम्पले भारतलाई २५ प्रतिशत भन्सार लगाएका छन्। तेल किनिरहे भन्सार बढाएर ५० प्रतिशत पुर्‍याउने धम्की ट्रम्पले यसअघि नै दिएका थिए अमेरिकाले भन्सार बढाएपछि भारतले चीनसँग सम्बन्ध सुधारको नीति...
एमाले केन्द्रीय कमिटी बैठक सुरु
राजनीति, समाचार

एमाले केन्द्रीय कमिटी बैठक सुरु

नेपालअखबार,काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु गर्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो । बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा सुरु भएको छ । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा धारणा राख्ने क्रम जारी रहने एमालेले जनाएको छ । पहिलो दिन बुधबारको बैठकमा ५० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका थिए । आज बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।आज करिब एक सय जनाले धारणा राख्ने अनुमान गरिएको छ । यस हिसाबले भोलि शुक्रबार बैठक सक्ने भनिए पनि सबैले बोल्न चाहेकाले बैठक लम्बिने संकेत देखिएको एमाले नेताहरु बताउँछन् ।...