Wednesday, August 12

राजनीति

प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रियसभालाई अझ जिम्मेवार बनाउनुपर्छः उपाध्यक्ष घिमिरे
राजनीति, समाचार

प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रियसभालाई अझ जिम्मेवार बनाउनुपर्छः उपाध्यक्ष घिमिरे

नेपालअखबार,काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष विमला घिमिरेले राष्ट्रियसभालाई जनमुखी बनाउन आह्वान गरेकी छिन् । संविधान दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले राष्ट्रियसभाअन्तर्गतका समितिलाई सबल बनाउने, नीतिगत छलफललाई गहिरो बनाउने, नागरिक सरोकारका मुद्दामा नियमित बहस गर्ने र सरकारलाई आवश्यक सुझाव प्रदान गर्ने अभ्यास बढाउनुपर्ने आवश्यकता औँल्याइन् । उनले भनेकी छिन्, “जनप्रतिनिधि तथा संस्थामाथि भएका आक्रमण र असुरक्षाका घटनाले लोकतन्त्रको आधारलाई कमजोर पार्ने प्रयास भएको देखिन्छ, लोकतन्त्रलाई बलियो बनाउन संवाद, सहमति र सहकार्य अपरिहार्य हुन्छ । हिंसा र असहिष्णुताले कुनै समाधान दिँदैन, बरु समाजलाई अझै ध्रुवीकरणतर्फ धकेल्छ ।” उनले हाम्रा प्रयासहरू व्यवस्था परिवर्तन गर्नेतर्फ नभई  व्यवस्था सुदृढ र संस्थागत गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउँदै लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो भन्ने ...
एमालेले कमीकमजोरी सच्याउन डराउनु पर्दैन : अष्टलक्ष्मी शाक्य
राजनीति, समाचार

एमालेले कमीकमजोरी सच्याउन डराउनु पर्दैन : अष्टलक्ष्मी शाक्य

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमालेसहित सबै राजनीतिक दलहरूले आफ्ना कमीकमजोरीको समीक्षा गर्न जरुरी भएको बताएकी छन् । संविधान दिवसका अवसरमा एमालेले पार्टी कार्यालयमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष शाक्यले यस्तो बताएकी हुन् । उनले जेनजी आन्दोलनमा स्वार्थी तत्त्वहरूको घुसपैठका कारण युवाहरूले ज्यान गुमाउनुपरेको समेत बताइन् । ‘शोकलाई शक्तिमा बदल्न नयाँ ढङ्गले अघि बढ्नुपर्छ । निराश हुनुपर्ने छैन, निदान छ, हामीसँग लक्ष्य बोकेको संविधान छ’, उनले भनिन, ‘निर्वाचित प्रतिनिधि सभा अत्तालिएर विघटन गर्न पुगियो भन्ने लागिरहेको छ । संविधान अपरिवर्तनिय होइन, यसमार्फत नयाँ नेपाल निर्माण गर्नुपर्छ ।’ उनले अहिले देश रोइरहेको भन्दै गणतन्त्रलाई कमजोर बनाउने गरी अहिले पनि चलखेल भइरहेकाले सचेत हुन जरुरी रहेको बताइन् । ‘गणतन्त्रलाई अहिले पनि कमजोर बनाउन चलखेल...
जेनजी आन्दोलनमा प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानियो : ओली
राजनीति, समाचार

जेनजी आन्दोलनमा प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानियो : ओली

नेपालअखबार,काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएको दाबी गरेका छन् । संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले आन्दोलनमा भएको घुसपैठको छानबिन हुनुपर्ने बताएका छन् । ओलीले तत्कालीन सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको पनि प्रस्ट पारेका छन् । ओलीले भनेका छन्– 'आन्दोलनमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवङ्गत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु। ' ओलीले थप भनेका छन्–' प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ । नेपालको नक्...
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
राजनीति, समाचार

संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना आज सन्देश दिँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिनेछ भनी शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको बताए। उनले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित...
अमेरिकाले नेपाललाई भन्यो: संविधान पालना गर्ने पारदर्शी सरकारलाई समर्थन गर्नेछौं
राजनीति, समाचार

अमेरिकाले नेपाललाई भन्यो: संविधान पालना गर्ने पारदर्शी सरकारलाई समर्थन गर्नेछौं

नेपालअखबार,काठमाडौं । अमेरिकाले दक्षिण एशियामा स्थायित्व प्रवर्द्धन गर्ने तथा सुरक्षित र स्थिर विश्व निर्माणमा योगदान पुर्‍याउने कार्यमा नेपाललाई साथ दिने जनाएको छ । साथै देशको संविधान पालना गर्ने पारदर्शी सरकारका लागि नेपाली जनताको चाहनालाई समर्थन गर्ने अमेरिकाले स्पष्ट पारेको छ । संविधान दिवसको अवसरमा नेपाली जनतालाई बधाई तथा शुभकामना सन्देश दिँदै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका छन्, ‘दक्षिण एशियामा स्थायित्व प्रवर्द्धन गर्ने तथा सुरक्षित र स्थिर विश्व निर्माणमा योगदान पुर्‍याउने कार्यमा नेपालको साथमा घनिष्ठ सहकार्यलाई निरन्तरता दिन उत्सुक छौं ।’ नेपालका जनता आर्थिक वृद्धिलाई अगाडि बढाउने, क्षेत्रीय सुरक्षालाई सबल पार्ने र सबैको समृद्धि प्रवर्द्धन गर्ने आशावादी भविष्यको हकदार रहेको अमेरिकाले जनाएको छ । साथै मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्टले नेपालको यातायात तथा ऊर्जा...
संविधान विरोधी गतिविधिलाई समयमा नै बुझ्न जरुरी छ: सभामुख घिमिरे
राजनीति, विचार, समाचार

संविधान विरोधी गतिविधिलाई समयमा नै बुझ्न जरुरी छ: सभामुख घिमिरे

नेपालअखबार,काठमाडौँ । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आजको नेपाली जनताले संविधान विरोधी गतिविधिलाई समयमा नै बुझ्न सकेमात्रै संविधानको रक्षा र विधिको शासनको प्रवर्द्धन हुने विश्वास व्यक्त गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले संविधान घोषणाको एक दशक पुग्न १० दिन बाँकी रहँदा नै गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताले गरेको आन्दोलनले मूलतः समाज र राष्ट्रलाई नयाँ सोचका साथै पारदर्शिता र सुशासन दिनुपर्ने महत्त्वपूर्ण चेतना दिएको उल्लेख गरेका छन् । उनले भ्रष्टाचार र कुशासन अन्त्यको माग अघि सारेका निर्दोष युवाहरूको विरोधलाई देखाएर देशमा असामान्य स्थितिको सृजना गरिएको र जननिर्वाचित सर्वोच्च विधायीकी संस्थालाई विघटन गर्ने गैर संवैधानिक कार्य भएको उल्लेख गरेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मार्गचित्रलाई कार्यान्वयन गर्...
आज विविध कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै
राजनीति, समाचार, समाज

आज विविध कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै

नेपालअखबार,काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् । नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउने तयारीसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन गरिएको थियो । तर ७४ जनाको ज्यान जाने गरी जेनजी युवा आन्दोलनले राजनीतिक उथलउपुथलपछि सामान्य कार्यक्रम गरेर दिवस मनाउने तयारी गरिएको हो । ‘अघिल्ला वर्ष जस्तै यस वर्ष पनि संविधान दिवसको अवसरमा टुँडिखेलस्थित सैनिक...
चिनियाँ राजदूतले प्रधानमन्त्री कार्कीलाई भेटेर दिए बधाई
राजनीति, समाचार

चिनियाँ राजदूतले प्रधानमन्त्री कार्कीलाई भेटेर दिए बधाई

नेपालअखबार,काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा शुभकामना दिएका छन् । काठमाडौंस्थित चिनियाँ दूतावासले बिहीबार राजदूत सोङले प्रधानमन्त्री कार्कीलाई भेटेको जानकारी दिएको हो । भेटमा राजदूत सोङले प्रधानमन्त्रीमा नियुक्त भएकोमा शुभकामना तथा बधाई दिँदै चिनियाँ सहयोगको प्रतिबद्धता जनाएका थिए । साथै भेटमा आपसी दृष्टिकोण आदानप्रदान गर्दै मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउनेबारे दुवै पक्ष सहमत भएको चिनियाँ दूतावासले उल्लेख गरेको छ । जेनजी आन्दोलनपछि कार्की गत २७ भदाैमा अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।...
सैनिक ब्यारेकबाट फर्किए ओली
राजनीति, समाचार

सैनिक ब्यारेकबाट फर्किए ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् । जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आएका हुन् । सुरक्षा स्रोतका अनुसार ओली भक्तपुरको गुण्डु सरेका छन् । त्यहाँ उनका निम्ति भाडाको घर लिइएको छ । बालकोटस्थित ओलीको घर भने प्रदर्शनकारीले जलाएका छन् । बालकोटको घर जलेकाले ओली गुण्डु सरेका हुन् । ओलीलाई यहाँ ल्याउने पहल एमाले पोलिब्युरो सदस्य महेश बस्नेतले गरेका हुन् । बस्नेतले ओलीलाई भव्य कार्यक्रम मार्फत् सार्वजनिक गरिने सार्वजनिक बक्तव्य नै दिएका छन् ।...
जेनजी प्रदर्शनका क्रममा भएका तोडफोड र आगजनी षड्यन्त्रपूर्ण छन् : पोखरेल
राजनीति, समाचार

जेनजी प्रदर्शनका क्रममा भएका तोडफोड र आगजनी षड्यन्त्रपूर्ण छन् : पोखरेल

नेपालअखबार,काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी षड्यन्त्रपूर्ण रहेको टिप्पणी गरेका छन् । बिहीबार च्यासलस्थित क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गरेका हुन् । एमालेले विधान महाधिवेशनमार्फत जेन–जी पुस्ताका मागहरू सम्बोधन गर्नेगरी वक्तव्य सार्वजनिक गरेको भएपनि योजनाबद्ध ढंगले राज्यका महत्त्वपूर्ण निकाय र राजनीतिक दलका कार्यालयहरूमाथि आगजनी गरिएको उनको भनाइ छ । ‘जेनजी पुस्ताका मागहरूलाई सम्बोधन गरिनुपर्छ भन्ने पार्टीको तर्फबाट जारी भएका वक्तव्यहरूमा हामीले उल्लेख गरेका थियौं । तर त्यसको भोलिपल्ट जुन वितण्डा मच्चाइयो त्यो एकदमै षड्यन्त्रपूर्ण छ भन्ने मलाइ लाग्छ,’ पोखरेलले भने, ‘त्यही शिलशिलामा राज्यका महत्त्वपूर्ण संस्थाहरूमाथि आगजनी भयो । जननिर्वाचित प्रतिनिधि संस्थाहरूम...