एकता र सहकार्यका लागि अशोक र रिजवानबिच भेटवार्ता
नेपालअखबार,काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारी बिच शनिवार भेटवार्ता भएको छ ।
भेटमा हालको राष्ट्रिय राजनीतिक परिस्थिति, जेनजी आन्दोलनको समीक्षा र त्यसबाट उत्पन्न राजनीतिक अवस्था, संसद् विघटन, निर्वाचनलगायतको विषयमा कुराकानी भएको अध्यक्ष रिजवान अन्सारीले बताए । जेनजी आन्दोलनले उठाएका मागको सम्बोधन गर्न संवैधानिक मार्ग र भविष्यको राजनीतिक स्थिरताबारे समेत छलफल भएको उनले बताए ।
दुई पार्टीबिच कार्यगत एकता सहकार्यका छलफल गर्दै जाने कुराकानी समेत भएको बताउँदै उनले पहिला कार्यगत एकता वा मोर्चाबन्दी गर्ने र त्यसपछि पार्टी एकताकै लागि अगाडि बढ्ने कुराकानी भएको उनले बताए । उनले देशलाई लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समावेशी राज्यव्यवस्थाको बाटोतर्फ लैजाने दुई दलबिचमा साझा अठोट समेत व्यक्त गरिएको बताए ।
जसपाका अ...










