Friday, August 14

राजनीति

आन्दोलन जारी रहन्छ,माओवादीले धोका दियाे : रास्वपा
राजनीति, समाचार

आन्दोलन जारी रहन्छ,माओवादीले धोका दियाे : रास्वपा

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले दुई बुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरूलाई धोका दिएको बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भिजिट भिसा र अध्यागमनको विषयमा माओवादीले गरेको सहमति झारो टार्ने काम भएको बताए । सरकारले मानव बेचबिखनको मुद्दालाई गम्भीरताका साथ नलिएको उनले  बताए । सुशासनमा एउटा कदम अघि बढौँ भन्दा कुनै सुनुवाइ नभएको गुनासो रास्वपाको छ । उनले गृहमन्त्रीको राजीनामाबाट आफूहरु पछि नहटेको बताए । सदनको काम कारबाहीमा रास्वपा जिम्मेवार रहेको उनको भनाइ छ ।  आफूहरुले बुझाएका पाँच बुँदामा सहमति र उच्चस्तरीय छानविन समिति नबनाएसम्म सदन चल्न नसक्ने परियारले बताए ।...
इरानले मिसाइल हानेपछि इसराइलमा धेरै क्षति
राजनीति, विश्व, समाचार

इरानले मिसाइल हानेपछि इसराइलमा धेरै क्षति

नेपालअखबार,काठमाडौँ ।इरानले इसराइल विरूद्धको आक्रमणमा शनिबारदेखि नयाँ प्रविधि र उन्नत क्षमताको ब्यालिस्टिक मिसाइल प्रयोग गरेको दाबी गरेको छ। इरानको सरकारी समाचार संस्था फार्सले इसराइल विरूद्धको तेस्रो चरणको हमलामा इरानले शनिबार रातिदेखि आइतबार बिहानसम्म हाज कासेम प्रशिक्षित ब्यालिस्टिक मिसाइल प्रयोग गरेको जनाएको छ। इरानी रक्षा मन्त्री जनरल अजिज नासिरजादेहले सरकारी टेलिभिजनलाई बताएअनुसार यो मिसाइलले अमेरिकी सेनाको टर्मिनल हाइ अल्टिच्युड डिफेन्स (थाड) र इसराइलले प्रयोग गर्ने प्याट्रियट मिसाइल डिफेन्स र अन्य रक्षा प्रणालीलाई छल्न सक्छ। उक्त मिसाइलको नाम इस्लामिक रिभोलुसनरी गार्ड कोरको कुर्द्स फोर्सका पूर्वकमान्डर कासिम सुलेमानीको सम्मानमा राखिएको थियो। यो मिसाइल सन् २०२० को अगस्टमा पहिलोपटक सार्वजनिक गरिएको र गएको मे महिनामा हालका रक्षामन्त्री नासिरजादेहले यसको उन्नत संस्करणको उद्...
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
राजनीति, समाचार

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने निश्चित भएको छ । प्रधानमन्त्री ओलीकाे भारत भ्रमण पछिल्लो भेटघाटले निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भारत भ्रमणमा जाने मिति तय भइनसके पनि तयारी भने थालिएको मन्त्रालयका एक अधिकारीले बताए । परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास यसकाे तयारीमा जुटेको छ । भ्रमणमा के–के विषयमा छलफल हुने, समझदारी र सम्झौता हुने त्यसको खाका तयार भइरहेको मन्त्रालय स्रोतको भनाइ छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले तयारी धेरै अघिदेखि भएको र पछिल्लो अपडेट के छ त्यो बुझेर मात्र भन्न सकिने बताए । भ्रमणको मिति तय भइसकेपछि सबैलाई यसबारे जानकारी दिइने उनले बताए । प्रधानमन्त्री ओली असार १५ गते स्पेन भ्रमणमा जाँदैछन् । उताबाट फर्केपछि भारत भ्रमण तालिकाबारे छलफल हुने उनको भनाइ थियो । भारतीयसँग ओलीको सम्बन्ध चि...
०८३ को मंसिर अघि नै महाधिवेशन हुन्छ : गगन थापा
राजनीति, समाचार

०८३ को मंसिर अघि नै महाधिवेशन हुन्छ : गगन थापा

नेपालअखबार,काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ०८३ साल मंसिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुने दाबी गरेका छन् । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ०८४ सालको आम निर्वाचनपछि अधिवेशन हुन्छ की भन्ने आशंका भए त्यो भ्रमबाट बाहिर निस्किन महामन्त्री थापाको आग्रह थियो । ‘अधिवेशनका बारेमा कोही पनि कन्फ्युजनमा नरहनु होला । हामीसँग लास्ट डेट भनेको ०८३ को मंसिर हो । त्यहाँसम्म पुर्‍याउनु हुन्न,’ महामन्त्री थापाले भने, ‘त्यसले हाम्रो स्थानीय चुनावलाई प्रभावित गर्दछ । सकेसम्म अगाडि तान्नुपर्छ । तपाईंहरूले जति छिटो क्रियाशिल सक्याइदिनुहुन्छ, त्यति छिटो हामी अधिवेशनमा लिएर जानसक्छौँ ।’ स्थानीय निर्वाचनलाई प्...
मुख्यमन्त्री कार्की र चिनिया राजदूत सोङबीच भेटवार्ता
राजनीति, समाचार

मुख्यमन्त्री कार्की र चिनिया राजदूत सोङबीच भेटवार्ता

नेपालअखबार,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र चीनका राजदूत चेन सोंगबीच भेटवार्ता भएको छ। शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदूत र मुख्यमन्त्रीबिच भेटघाट भएको हो । भेटघाटको अवसरमा दुई पक्ष हितका विषयमा कुराकानी भएको थियो । सो भेटघाटमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले अहिले गरिरहेको काम का विषयमा प्रकाश पारेका थिए । कृषि, पर्यटन, सूचना प्रविधिका विषयमा सहयोग गर्नका लागि पनि राजदूत सोंगलाई मुख्यमन्त्री कार्कीले आग्रह गरे । उनले किमाथांका–जोगबनी सडकका विषयमा पनि राजदूतलाई जानकारी गराउँदै सडकले नेपालको पर्यटन र विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताए । सो अवसरमा चीनका राजदूत चेन सोंगले कोशी प्रदेशको  कृषि  उत्पादनलाई प्रविधिसँग जोडेर गुणस्तरीय उत्पादन गर्न सके बजार विस्तार हुने बताए । उनले कोशी प्रदेशको कृषि उत्पादन ...
खाएको विष लाग्ने हो, नखाएको विष लाग्दैन : अध्यक्ष  नेपाल
राजनीति, समाचार

खाएको विष लाग्ने हो, नखाएको विष लाग्दैन : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको बताएका छन् । शुक्रबार काठमाडौँमा पार्टीको सुदूरपश्चिम प्रदेश सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपाललले आफूले कहिल्यै घुस नखाएको दाबी गर्दै डराउनुपर्ने कुनै कारण नरहेको बताए । खाएको विष लाग्ने र नखाएको विष नलाग्ने चर्चा गर्दै उनले घुस लिएको प्रमाणित गर्न चुनौति समेत दिए ।...
नेपाल र चीनबिचको मित्रता नयाँ युगमा प्रवेश : परराष्ट्रमन्त्री राणा
राजनीति, समाचार

नेपाल र चीनबिचको मित्रता नयाँ युगमा प्रवेश : परराष्ट्रमन्त्री राणा

नेपालअखबार,काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र चीन बिचको परम्परागत मित्रता नयाँ युगमा प्रवेश गरिरहेको बताएकी छिन् । परराष्ट्र मन्त्रालयको आयोजनामा ‘प्रोफेसर यादुनाथ खनाल लेक्चरल सिरिज’ कार्यक्रमको समापन गर्दै मन्त्री आरजुले आगामी दिनमा पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल र चीनबिचको  सम्बन्धलाई अझ सुदृढ बनाइने प्रतिबद्धता जनाइन् । नेपाल–चीन सम्बन्धको विकासशील यात्रालाई स्मरण गर्दै उनले प्राध्यापक यादुनाथ खनालको स्वतन्त्र, सन्तुलित र यथार्थपरक कूटनीतिक दृष्टिकोणमा आधारित रहेको बताइन् । सो अवसरमा परराष्ट्र मन्त्रालयले “दक्षिण एसियाको सन्दर्भमा नेपाल–चीन सम्बन्ध: अवसर, चुनौती र आगामी बाटो“ शीर्षकमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा परराष्ट्र विज्ञ एवं प्राध्यापक जयराज आचार्य र चीनको चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडीजका निर्देशक डा. याङ छेनसीले प्...
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै
राजनीति, समाचार

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

नेपालअखबारकाठमाडौं । विपक्षी दलहरुको विरोधका कारण जेठ १३ गतेदेखि प्रभावित प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । आजको बैठक दिउँसो १ बजे बोलाइएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै माओवादी केन्द्र, रास्वपासहितका प्रतिपक्षी दलहरुले जेठ १३ गतेदेखि संसद अवरुद्ध गर्दै आएका छन् । जेठ १५ गते बजेट प्रस्तुत हुन दिएका प्रतिपक्षी दलहरुले त्यसपछिका बैठकमा भने अवरोध पुर्‍याउँदै आएका छन् । गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागबाट पछि हटेर प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने माग राख्दा पनि सत्ता पक्ष तयार नहुँदा सहमति जुट्न सकेको थिएन । जसका कारण बजेटमाथिको छलफल सुरु हुन सकेको छैन । दुवै पक्षका पछिल्ला बैठक र छलफलहरुमा भिजिट भिसा प्रकरणमा छानबिन गर्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले लचक हुँदै छानबिन समिति गठनमा प्रतिबद्धता जनाएका छन् ।यद्यपि...
साझेदारी र कनेक्टिभिटी नेपाल–भारत साझा समृद्धिका आधार हुनुपर्छ : परराष्ट्रमन्त्री राणा
राजनीति, समाचार

साझेदारी र कनेक्टिभिटी नेपाल–भारत साझा समृद्धिका आधार हुनुपर्छ : परराष्ट्रमन्त्री राणा

नेपालअखबार,काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र भारतबिचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभिटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताएका छन् । नेपाल–भारत रणनीतिक संवाद सम्बन्धी आज काठमाडौँमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा राणाले  नेपाल–भारत बिच व्यापार, पारवहन र लगानीमा सहयोगलाई तीव्रता दिई कनेक्टिभिटीका माध्यमबाट आर्थिक साझेदारीलाई अगाडि बढाउनुपर्नेमा जोड दिइन् । नेपाल र भारतले दुई देशबिचको सम्पर्क सञ्जाललाई विभिन्न प्लेटफर्महरूमार्फत समृद्धिमा रूपान्तरण गर्ने समय आएको प्रसङ्ग उल्लेख गर्दै उनले भनिन् “म एउटा यस्तो भविष्यको प्रतीक्षामा छु कि जहाँ नेपाली किसानको अदुवा २४ घण्टामा मुम्बईको बजारमा पुग्छ र एक भारतीय पर्यटक दिल्लीमा बिहानको बैठक सकेर साँझको उडानमा पोखरा पुग्छ । यो त्यस्तो निकटता होस् कि दुई देशका नागरिकको...
दुईवटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

दुईवटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ। त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० का सुझाव र समितिले विभिन्न समयमा दिएको निर्देशन कार्यान्वयनको प्रगति अवस्थाबारे छलफल हुनेछ।...