Saturday, November 15

राजनीति

सन्तोष परियारलाई रास्वपाले दियो आगामी यात्राका लागि शुभकामना
राजनीति, समाचार

सन्तोष परियारलाई रास्वपाले दियो आगामी यात्राका लागि शुभकामना

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारलाई नयाँ यात्राका लागि शुभकामना दिएको छ । रास्वपाले शुक्रबार प्रेस नोटमार्फत परियारले कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीसमक्ष राजीनामा बुझाएको पुष्टि गरेको छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य तथा पूर्वसांसद साथै विघटित प्रतिनिधि सभाको रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका सन्तोष परियारज्यूले कार्यवाहक सभापति तथा महामन्त्रीज्यूलाई पत्र बुझाएर पार्टी छोड्नु भएको जानकारी गराउनु भएको छ । राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा उहाँले जानकारी गराउनुभयो । आगामी यात्राको लागि उहाँलाई शुभकामना’, प्रेस नोटमा भनिएको छ । परियारले आजै पदबाट राजीनामा दिएका थिए ।...
मधेस प्रदेश सभाका पाँच सदस्यमाथिको कारबाही उपसभामुखले गरिन् बदर
राजनीति, समाचार

मधेस प्रदेश सभाका पाँच सदस्यमाथिको कारबाही उपसभामुखले गरिन् बदर

नेपालअखबार,जनकपुरधाम । मधेस प्रदेश सभाका पाँच सदस्यमाथि सभामुख रामचन्द्र मण्डलले गरेको कारबाहीलाई उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन् । सभामुख मण्डलले बिहीबार जसपा नेपालका चार र जनमत पार्टीका एक सांसदलाई लगातार १० वटा बैठकमा उपस्थित नभएको भन्दै सांसद पदबाट हटाउने निर्णय गरेका थिए । उपसभामुख ईशरले सभामुखद्वारा गरिएको उक्त कारबाही प्रतिशोधपूर्ण रहेको भन्दै ती पाँच सांसद कात्तिक २२ गतेको बैठकमा उपस्थित रहेको प्रस्ट पारेकी छन् । उनले पाँचै जना प्रदेश सभा सदस्यमाथिको कारबाही बदर गरिएको भन्दै बिहीबार सूचना जारी गरेकी छन्...
कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज युवा भेला गर्दै
राजनीति, समाचार

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज युवा भेला गर्दै

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले युवा भेला आह्वान गरेको छ । विशेष महाधिवेशनका लागि पार्टीमा हस्ताक्षर बुझाएको समूहले आज (शुक्रबार) नयाँ बानेश्वरमा युवा भेला गर्न लागेको हो । विशेष महाधिवेशन पक्षधरले सामाजिक सञ्जाल फेसबुकमा साझा गरेका पोस्टअनुसार युवा भेला शुक्रबार साढे १२ बजेबाट नयाँ बानेश्वरस्थित थापागाउँको एक ब्यांक्वेटमा सुरू हुनेछ । उनीहरूले बिहीबार थापागाउँमै महिला भेला आयोजना गरेका थिए । विशेष महाधिवेशन पक्षधरले २९ असोजमा १४औं महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको थियो । ठीक एक महिनाअघि २८ असोजबाट सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको तिथिमितिबारे विवाद छ । संस्थापन पक्षले २१ फागुनका लागि तय भएको निर्वाचपछि मात्रै महाधिवशेन गर्नपर्ने बताइरहेको छ । कांग्रेसको संस्थापन इ...
४ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र
राजनीति, समाचार

४ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

नेपालअखबार,काठमाडौं । चार देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहका बीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । नेपालका लागि इजिप्टका राजदूत शरिफ मुस्तफा अलसैयद, नर्वेकी राजदूत डाग्नी म्योस, श्रीलंकाकी राजदूत रुवान्थी डेलपिटिया, म्यानमारका राजदूत थान्त सिनले आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति पौडेलसमक्ष पेश गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए । समारोहमा सरकारका उच्च पदस्थ अधिकारहरू समेत थिए । नवनियुक्त राजदूतहरूलाई काठमाडौंको होटल डुसिट प्रिन्सदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।...
पाकिस्तानका सेना प्रमुख मुनिरलाई संविधान संशोधन गरेर दिइयो जीवनभर कानूनी उन्मुक्ति
राजनीति, विदेश, समाचार

पाकिस्तानका सेना प्रमुख मुनिरलाई संविधान संशोधन गरेर दिइयो जीवनभर कानूनी उन्मुक्ति

पाकिस्तानको संसदले संविधान संशोधन गरेर सेना प्रमुख फिल्ड मार्शल असीम मुनिरलाई जीवनभर कानूनी उन्मुक्ति प्रदान गरेको छ। संशोधन अनुसार मुनिर र अन्य पाँच-तारे जर्नेलहरूले जीवनभर कानूनी उन्मुक्ति पाउने भनेर फाइनान्सियल टाइम्सले लेखेको छ। उनीहरू अवकाश पाए पनि ओहोदा पनि रहिरहनेछ। मुनिरको अहिलेको कार्यकाल २०२७ मा सकिँदैछ। त्यसपछि पाँच वर्षका लागि कार्यकाल थपिन सक्नेछ। त्यस्तै विगतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप खेपेका पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले पनि जीवनभर अभियोगबाट उन्मुक्ति पाउनेछन्। संशोधन माथि छलफलका क्रममा हाल जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले नेतृत्व गरेको विपक्षी दल पाकिस्तान तेहरीक-ए-इन्साफका (पीटीआई) सांसदले संशोधनका प्रतिहरू च्यातेका थिए। तर पनि तल्लो सदनले दुई तिहाई बहुमतका साथ संशोधन पारित गरेको छ। सो संशोधनले मुनिरको सेनामाथिको नियन्त्रण थप विस...
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनबारे आयोगद्वारा दलहरूसँग छलफल
राजनीति, समाचार

राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनबारे आयोगद्वारा दलहरूसँग छलफल

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोग माघमा हुन राष्ट्रिय सभा निर्वाचन र फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनबारे दलहरूसँग छलफल गरेको छ । कान्तिपथस्थित आयोगको कार्यालयमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय मान्यताप्राप्त एवं राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत दलका प्रतिनिधि सहभागी थिए । राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ निर्धारण गरिएको छ भने प्रतिनिधि सभा निर्वाचन फागुन २१ मा हुँदैछ । छलफलमा निर्वाचन कार्यतालिका, आवश्यक तयारीका लगायतका विषयमा दलहरूसँग सुझाव मागिएको आयोगका सचिव माहादेव पन्थले जानकारी दिए । उनका अनुसार मतदाता नामावली अद्यावधिक गर्न दलहरूसँग सहयोग मागिएको छ । मृत्यु भइसकेका, दोहोरिएका व्यक्तिको नाम सूचीबाट हटाउने कार्य भइरहेको उनले बताए । ...
भारतीय मिडियामा हसिनाको अन्तर्वार्ता, ढाकाद्वारा भारतीय कूटनीतिज्ञसँग स्पष्टीकरण माग
राजनीति, विश्व, समाचार

भारतीय मिडियामा हसिनाको अन्तर्वार्ता, ढाकाद्वारा भारतीय कूटनीतिज्ञसँग स्पष्टीकरण माग

नेपालअखबार,ढाका । बंगलादेशको विदेश मन्त्रालयले पूर्वप्रधानमन्त्री शेख हसिनाको भारतीय मिडियामा आएको अन्तर्वार्तालाई लिएर ढाकास्थित भारतीय उपउच्चायुक्त पवन बदेहलाई स्पष्टीकरणका लागि बोलाएको छ। बीबीसी बंगला सेवाका अनुसार बंगलादेशले यस विषयमा गम्भीर चिन्ता व्यक्त गरेको हो। बंगलादेशमा आफ्नो सरकार ढलेपछि शेख हसिना हाल भारतमा बसिरहेकी छन्। बंगलादेशको सरकारी समाचार एजेन्सी बीएसएसले बुधबार साँझ एक कूटनीतिक स्रोतलाई उद्धृत गर्दै यस खबरको पुष्टि गरेको छ। बीएसएसका अनुसार, बंगलादेशको विदेश मन्त्रालयले भनेको छ, ‘मानवता विरुद्धको अपराधमा मुद्दा खेपिरहेकी एक अभियुक्तलाई शरण दिनु र उनलाई बंगलादेशविरोधी बयान दिन तथा देशमा आतङ्कवादी गतिविधिहरूलाई भड्काउन अनुमति दिनु दुई देशबिचको द्विपक्षीय सम्बन्धका लागि उचित छैन।’ बंगलादेशले भारतीय कूटनीतिज्ञलाई शेख हसिनाको मिडिया पहुँचलाई तुरुन्तै रोक्न भनेको छ। ग...
निर्वाचनको वातावरण निर्माणमा सबै पक्ष सक्रिय हुनुपर्छ : मुख्यमन्त्री शाह
राजनीति, समाचार

निर्वाचनको वातावरण निर्माणमा सबै पक्ष सक्रिय हुनुपर्छ : मुख्यमन्त्री शाह

नेपालअखबार,धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी निर्वाचनको वातावरण निर्माणमा सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिएका छन् । बुधबार अछाममा आयोजित जिल्लाका पालिका प्रमुखहरू, सङ्घ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले मुलुक निर्वाचनको दिशामा अघि बढिसकेको भन्दै राजनीतिक र प्रशासनिक सबै निकायले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । प्रधानमन्त्रीले केही दिनअघि सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग गरेको भेटघाटको प्रसङ्ग उल्लेख गर्दै मुख्यमन्त्री शाहले भने,‘प्रधानमन्त्रीज्यू संविधान, व्यवस्था र सङ्घीयताप्रति पूर्ण प्रतिबद्ध देखिनुभएको छ,’ उनी वर्तमान सरकारले फागुन २१ गते निर्वाचनको मिति घोषणा गरी सोहीअनुसार तयारी अघि बढाइरहेको जानकारी दिए । ‘जनआन्दोलनपछि बन...
सरकार निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्नेमा राष्ट्रिय सभाका सांसदहरुको जोड
राजनीति, समाचार

सरकार निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्नेमा राष्ट्रिय सभाका सांसदहरुको जोड

नेपालअखबार,काठमाडाैँ । राष्ट्रिय सभाका सांसदहरूले सरकारले निर्वाचनसम्बन्धी छलफललाई व्यापक बहसको विषय बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरूले निर्वाचन केन्द्रित छलफलमा ध्यान दिन सरकारलाई सचेत गराएका हुन । बैठकमा बोल्दै सांसद पदमबहादुर परियारले राष्ट्रिय महत्वको विषय भएकाले निर्वाचनको विषयमा सरकारले व्यापक छलफल अघि बढाउनुपर्ने बताए । उनले समितिले पनि सरकारलाई बोलाएर निर्वाचनको तयारीको बारेमा छलफल गर्नुपर्ने बताए । सांसद परियारले भने,‘यो निर्वाचन सम्बन्धी ऐनहरू आउँदै छ । निर्वाचन हुँदै छ । यसलाई फोकस गरेर केही छलफल राखाैँ । यो सार्वजनिक नीति नै भएकाले सोहीअनुसार छलफल अघि बढाउनु पर्छ । खासगरी निर्वाचन सम्बन्धी विषय समसामयिक पनि छ । यो राष्ट्रिय महत्वको विषय पनि भयो...
जसपा नेपालले गठन गर्‍यो संसदीय बोर्ड
राजनीति, समाचार

जसपा नेपालले गठन गर्‍यो संसदीय बोर्ड

नेपालअखबार,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय बोर्ड गठन गरेको छ । पार्टी विधानको धारा ९५ को उपधारा (१) मा भएको व्यवस्थाबमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धी आवश्यक कार्य गर्न विधानको धारा ९६ अनुसारको काम, कर्तव्य र अधिकार रहने गरी संघीय संसदीय बोर्ड गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार बोर्डमा केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष रकम चेम्जोङ, महासचिवद्वय लालबाबु राउत र रामकुमार शर्मा, केन्द्रीय सदस्यहरू कुन्ता राई र खेमनारायण यादव, शैलेशकुमार चौधरी, प्रमिला यादव, कैलाश गुरुङ, रामबहादुर जाग्री, मनबहादुर गुरूङ, लिला सिजापती र सन्तोष सिलवाल रहेका छन् । प्रदेश समितिका अध्यक्षहरू बोर्डको पदेन सदस्य हुने बताइएको छ ।...