Saturday, August 1

राजनीति

राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता
राजनीति, समाचार

राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबिच बिहीबार भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवास पुगेर सभामुख अर्यालले बिहान राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।  भेटका क्रममा सभामुख अर्यालले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र संसदीय कामकारबाहीका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ । संसद्मा भइरहेका गतिविधि, विधेयकहरूको अवस्था र सदनलाई प्रभावकारी बनाउने विषयमा समेत उनीहरूबिच संवाद भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेलले संसदीय अभ्यासलाई थप बलियो बनाउन र लोकतान्त्रिक मूल्य मान्यताको संवर्द्धनमा संसद्को भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका हुन् । नियमित भेटघाटकै क्रममा भएको यस वार्तामा समसामयिक राजनीतिक विषयवस्तुमा समेत संक्षिप्त चर्चा भएको सचिवालयले बताएको छ ।...
प्रतिनिधि सभाको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ। बिहीबार बिहान ११ बजे बैठक बस्ने तय भएको हो। बैठक असार ३१ गतेयता पहिलो पटक बस्न लागेको हो। आजको बैठकका लागि दुइटा मात्रै कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सभामुखले प्रतिनिधि सभाका पूर्व सदस्य एवम् संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।...
अमेरिकी–साउदी संयुक्त हवाई आक्रमणमा इराकको पपुलर मोबिलाइजेसन फोर्सेजका अड्डा निशानामा
राजनीति, विश्व, समाचार

अमेरिकी–साउदी संयुक्त हवाई आक्रमणमा इराकको पपुलर मोबिलाइजेसन फोर्सेजका अड्डा निशानामा

नेपालअखबार, बगदाद । बुधबार बिहान अमेरिका र साउदी अरबले आफ्ना विभिन्न सैन्य अड्डामाथि संयुक्त हवाई आक्रमण गरेको इरान समर्थित इराकी सशस्त्र समूह पपुलर मोबिलाइजेसन फोर्सेजले जनाएको छ । पपुलर मोबिलाइजेसन फोर्सेजले जारी गरेको विज्ञप्तिअनुसार प्रारम्भिक विवरणमा आक्रमणमा धेरै व्यक्तिको मृत्यु तथा घाइते भएको छ भने केही भवनमा पनि क्षति पुगेको छ । यद्यपि मृतक र घाइतेको यकिन संख्या सार्वजनिक गरिएको छैन । समूहले उक्त आक्रमणलाई इराकको सार्वभौमिकतामाथिको गम्भीर उल्लङ्घन तथा देशका आधिकारिक सुरक्षा निकायमाथिको हमला भएको भन्दै कडा निन्दा गरेको छ । उता अमेरिकी सेना र साउदी अरबको सेनाले भने इराकमा रहेका इरान समर्थित सशस्त्र समूहहरूमाथि संयुक्त आक्रमण गरिएको पुष्टि गरेका छन् । उनीहरूका अनुसार अमेरिकी सैनिक र साउदी अरेबियाको तेल पूर्वाधारमाथि भएका आक्रमणको जवाफस्वरूप यो सैन्य कारबाही गरिएको हो । के हो पप...
सर्वदलीय बैठकमा प्रचण्ड : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ
राजनीति, समाचार

सर्वदलीय बैठकमा प्रचण्ड : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनाव समाधानका लागि प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार बोलाएको सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले संवेदनशील अवस्थामा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्नुपर्ने बताए । उनको सचिवालयका अनुसार प्रचण्डले बैठक आयोजना गरेकोमा रास्वपा सभापति लामिछानेलाई धन्यवादसमेत दिएका छन्। ‘विगतमा भूकम्प, बाढी-पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, हामीले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थियौँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ, ‘आज पनि त्यही राजनीतिक परिपक्वता...
सर्वदलीय बैठकमा गगन : आवेग र उत्तेजनामा नआई धैर्यता र संयमका साथ संवाद गरौँ
राजनीति, विचार, समाचार

सर्वदलीय बैठकमा गगन : आवेग र उत्तेजनामा नआई धैर्यता र संयमका साथ संवाद गरौँ

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी लगायत देशका विभिन्न स्थानमा शान्ति र सद्भावका लागि सबै पक्षले आआफ्नो क्षेत्रबाट प्रयत्न गर्नुपर्ने बताएका छन् । सुनसरी घटनालाई लिएर रास्वपा सभापति रवि लामिछानेले बुधबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा सभापति थापाले यस्तो आग्रह गरेको बैठकपछि जानकारी दिए । ‘यो बेलामा निभाउनुपर्ने भूमिकाबारे जानकारी गराएका छौँ । अरू दलका नेताहरूले पनि सोही कुरा राख्नुभएको छ’, सभापति थापाले भने, ‘धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति हो यो कसैले वरदान दिएको होइन ।’ उनले वर्षौँदेखि नेपालका नागरिकहरूले समुदायको साझा प्रयत्नबाट आर्जन गरेको पुँजी भएकाले धार्मिक सहिष्णुतालाई जोगाउनुपर्नेमा जोड दिएका छन् । ‘यसका निम्ति, आवेग र उत्तेजनामा नआई धैर्यता र संयमका साथ संवाद गर्नुपर्छ भनेर आहा्वान गरिरहेका छौ’, थापाल...
युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव
राजनीति, विश्व, समाचार

युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव

नेपालअखबार, तेहरान । युक्रेनले क्यास्पियन सागरमा इरानी मालवाहक जहाजलाई लक्षित गरी गरेको आक्रमणपछि आएको इरानको प्रतिरोधात्मक धम्कीलाई अस्वीकार गरेको छ । शनिबार भएको उक्त घटनाले युक्रेन–रुस युद्ध र इरानसँग सम्बन्धित क्षेत्रीय तनावबिच पहिलो प्रत्यक्ष सम्बन्ध स्थापित गरेको मानिएको छ । युक्रेनका विदेशमन्त्री आन्द्री सिबिहाले सामाजिक सञ्जाल एक्समार्फत इरानका धम्कीहरू निराधार र अनुचित भएको बताएका छन् । उनका अनुसार तेहरानले सन २०२२ देखि रुसलाई हतियार उपलब्ध गराएर युक्रेनविरुद्धको आक्रमणमा प्रत्यक्ष सहयोग गर्दै आएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार क्यास्पियन सागर क्षेत्रमा गरिएको लामो दूरीको आक्रमण अत्यन्त सफल भएको बताएका थिए । उनले इरानसँग सम्बन्धित सैन्य सामग्री ढुवानी गर्ने जहाजहरूलाई पनि निशाना बनाइएको जानकारी दिएका थिए । युक्रेनको सुरक्षा सेवा एसबीयूका अनुसार ड्रोन ...
अर्को साता रोममा भेटवार्ता गर्दैछन् इजरायल र लेबनानका अधिकारीहरू
राजनीति, विश्व, समाचार

अर्को साता रोममा भेटवार्ता गर्दैछन् इजरायल र लेबनानका अधिकारीहरू

नेपालअखबार, तेल अभिभ । इजरायल र लेबनानका अधिकारीहरू आगामी साता इटालीको राजधानी रोममा भेटवार्ता गर्ने भएका छन् । अमेरिकी मध्यस्थतामा भएको सम्झौताको कार्यान्वयनलाई अघि बढाउँदै दुवै देशबिच दीर्घकालीन शान्ति स्थापना गर्ने उद्देश्यले वार्ता हुन लागेको हो । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीका अनुसार अमेरिकी नेतृत्वमा हुने प्राविधिक वार्ता अगस्ट ४ देखि ६ सम्म रोममा आयोजना हुनेछ । यो वार्ता दक्षिणी लेबनानका प्रारम्भिक परीक्षण क्षेत्रहरूमा कार्यान्वयन सुरु भएपछि हुन लागेको हो । इजरायली सेनाले गत साता ती क्षेत्रहरूको सुरक्षा नियन्त्रण लेबनानी सशस्त्र बललाई हस्तान्तरण गरेको जनाएको थियो । साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र लेबनानका राष्ट्रपति जोसेफ आउनबीच गत साता भएको भेटवार्तापछि यो संवाद हुन लागेको हो । अमेरिकी विदेश मन्त्रालयका अधिकारीका अनुसार प्राविधिक वार्तामा जुन महिनाको अन्त्यम...
अमेरिकाको आक्रमण रोकिन्जेल इरानले पनि हमला नगर्ने!
राजनीति, विश्व, समाचार

अमेरिकाको आक्रमण रोकिन्जेल इरानले पनि हमला नगर्ने!

अमेरिकाले इरानमाथि हमला नगरिन्जेल इरानले पनि आफ्ना आक्रमण स्थगित गर्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहाकारहरूले इरानमा निसाना लगाउने क्षेत्र सकिँदै गएको र अमेरिकी हतियारको भण्डार पनि रित्तिने चिन्ता व्यक्त गरेपछि उनले इरानमाथिको बमबारी रोकेका छन्। यस्तोमा अमेरिकाले इरानमाथि हमला रोकिन्जेल इरानले पनि आक्रमण नगर्ने भनेर एक वरिष्ठ इरानी अधिकारीले समाचार संस्था रोयटर्सलाई आइतबार बताएका छन्। इरानमाथि १३ रातसम्म लगातार तीव्र हवाई आक्रमण गरेपछि अमेरिकाले शुक्रबार ढिलो गरी उक्त अभियान स्थगित गरेको थियो। त्यसपछि शनिबार वा आइतबार दुवै दिन कुनै पनि अमेरिकी आक्रमण भएको छैन। प्रत्येक रात अमेरिकी आक्रमण पछि अमेरिकी सैन्य अखडा रहेका छिमेकी मुलुकहरूमा प्रहार गरिरहेको इरानले पनि दुई दिनदेखि आक्रमण रोकेको छ। इरानको नीति ‘जस्तालाई त्यस्तै’ रहेको औंल्याउँदै ती अधिकारीले भने, 'यद...
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
राजनीति, समाचार

सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

नेपालअखबार, विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा प्रहरीले चलाएको गोलीबाट २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु तथा अन्य व्यक्ति घाइते भएको घटनाप्रति भर्त्सना गरेका छन्। झडपस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद थापाले सामान्य विवादका क्रममा छातीलगायत शरीरका अङ्ग ताकेर सिधै गोली चलाइएको आरोप लगाए । उनले थप व्यक्ति हताहत भएको हुन सक्ने आशङ्का व्यक्त गर्दै घटनाबारे प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले जिम्मेवार जवाफ नदिएको भन्दै असन्तुष्टि जनाए । सांसद थापाले मृतकका परिवारलाई न्याय दिलाउन निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे। साथै, घाइतेहरूको उपचारका लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता पनि जनाए। डिजे बजाउने विषयमा भएको विवाद उग्र बन्दै झडपमा परिणत भएपछि प्रहरीले गोली चलाएको थियो। घटनापछि उक...
अमेरिका जाँदै जेलेन्स्की, ह्वाइट हाउसमा ट्रम्पसँग भेट्ने
राजनीति, विश्व, समाचार

अमेरिका जाँदै जेलेन्स्की, ह्वाइट हाउसमा ट्रम्पसँग भेट्ने

नेपालअखबार,काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने भएका छन्। ट्रम्पलाई भेट्न जेलेन्स्की मंगलबार नै वासिङ्टन पुग्ने निश्चित भएको अमेरिकी अनलाइन एक्सियसले जनाएको छ। ह्वाइट हाउसमा दुई राष्ट्रपतिबीच भेटवार्ता हुने कार्यक्रम छ। पछिल्लो समय रूसले युक्रेनमाथि आक्रमण तीव्र बनाइरहेको बेला हुन लागेको यो भेटलाई महत्त्वका साथ हेरिएको छ। युक्रेनले पनि रुसभित्रका लक्ष्यविरुद्ध लामो दूरीका ड्रोन आक्रमणलाई तीव्र बनाएको छ। ट्रम्प र जेलेन्स्कीबीच यसअघि यही महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनका क्रममा भेट भएको थियो।त्यसबेला उनीहरूले युक्रेनको हवाई प्रतिरक्षा क्षमता सुदृढ बनाउने र युद्ध अन्त्यका लागि कूटनीतिक प्रयासलाई अघि बढाउने विषयमा छलफल गरेका थिए। पछिल्लो समय अमेरिका इरानसँगको युद्धमा भएकाले रूस-युक्रेन युद्ध अन्त्य गर्ने विषयलाई त...