मस्कोमा अमेरिकी टोलीले पुटिनसँग गरे तीन घन्टा छलफल
नेपालअखबार, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ ज्यारेड कुश्नरले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घण्टा लामो वार्ता गरेका छन्।
मस्कोस्थित क्रेमलिनमा शनिबार भएको भेटमा विटकफ र कुश्नरले युक्रेनमा जारी युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्ताव तथा सम्भावित समाधानका उपायबारे पुटिनसँग छलफल गरेको अमेरिकी अनलाइन एक्सियसले जनाएको छ।
जाडोयाम नजिकिँदै गर्दा दुवै पक्षबीच सैन्य गतिविधि बढेपछि रूस-युक्रेन वार्ता पुनः सुरू गराउने प्रयास स्वरूप अमेरिकी टोली मस्को पुगेको हो।
विटकफ र कुश्नर आइतबार युक्रेनको राजधानी किभ जाने तयारीमा छन्।
उनीहरूको किभ भ्रमणलाई सहज बनाउन रुस र युक्रेन छोटो समयका लागि हवाई आक्रमण रोक्न सहमत भएको पनि एक्सियसले जनाएको छ।
वार्ताको सुरुवातमै पुटिनले रुस–युक्रेनबीचको मध्यस्थतामा अमेरिकी ...










