Wednesday, July 22

राजनीति

सुदुरपश्चिममा एकीकृत समाजवादीले नरेश शाहीलाई मन्त्री बनाउने
राजनीति, समाचार

सुदुरपश्चिममा एकीकृत समाजवादीले नरेश शाहीलाई मन्त्री बनाउने

नेपालअखबार, कैलाली। सुदुरपश्चिममा नेकपा (एकीकृत समाजवादी ) ले  प्रदेशसभा सदस्य नरेश शाहीलाई सरकारमा पठाउने भएको छ। बाजुराबाट निर्वाचित शाहीलाई सरकारमा पठाउने सहमति भएको हो । उहाँलाई मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गोपनियताको सपथ लिएपछि मन्त्रीमा नियुक्त गर्नेछन् । समाजवादीले आर्थिक मामिला मन्त्रालयमा दाबी गरेको छ तर मुख्यमन्त्री शाह आजै  विभाग तोक्ने वा बिना विभागिय मन्त्री बनाउने भन्ने विषयमा छलफल छन् ।...
माओवादीले कसरी मनाउँदै छ जनयुद्ध दिवस ?
राजनीति, समाचार

माओवादीले कसरी मनाउँदै छ जनयुद्ध दिवस ?

नेपालअखबार, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आगामी फागुन १ गते देशैभर जनयुद्ध दिवस मनाउने तयारी गरेको छ । तत्कालीन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गते दीर्घकालीन जनयुद्धमा जाने उद्घोष गरेको दिनलाई हरेक वर्ष जनयुद्ध दिवस मनाउँदै आएको छ । माओवादीबाट विभाजित भएका पार्टीहरुले समेत आगामी फागुन १ गते २८ औँ जनयुद्ध दिवस मनाउँदै छन् । मूल पार्टी माओवादी केन्द्रले फागुन १ गते केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा भव्य कार्यक्रमको आयोजना गर्ने पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताए । ‘हामी फागुन १ गते बिहान ८ बजे जनयुद्ध दिवस मनाउने निर्णय गरेका छौँ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित जनयुद्ध दिवस कार्यक्रममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड कमरेड आउनुहुने छ’ ढकालले भने,‘कार्यक्रममा प्रचण्ड कमरेडले सम्बोधन गर्नुहुने छ । एक आपसमा शुभकामना आदानप्रदान गर्ने छौँ । जनयुद्धले ल्याएक...
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु
राजनीति, समाचार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

नेपालअखबार, काठमाडौँ । सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुर भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल हुने बताइएको छ । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्तिको खोजी हुनुपर्ने बताएपछि एमाले सशंकित देखिएको छ ।  यस विषयमा पनि दलका शीर्ष नेताहरुले आ आफ्नो धारण राख्ने भएका छन् ।...
आज संसद बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति
राजनीति, समाचार

आज संसद बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति

नेपालअखबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदमा सम्बोधन गर्दैछिन् । आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ । संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले दिउँसो तीन बजे सम्बोधन गर्ने तय भएको छ । राष्ट्रपतिको कार्यकाल सकिन लागेको छ । आगामी फागुन २८ गते उनको कार्यकाल सकिने भएकोले राष्ट्रपति भण्डारीले संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन् । भण्डारीको यो दोस्रो कार्यकाल हो । संवैधानिक व्यवस्था अनुसार एकै व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति हुने व्यवस्था छैन । फागुन २८ गते राष्ट्रपतिको कार्यकाल सकिने भएकोले त्यसअघि २५ गते नै राष्ट्रपति निर्वाचनको मिति तय गरिएको छ । त्यसका लागि तयारी थालिएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिको सम्बोधनपछि संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाह...
तीन दिने भ्रमणका लागि भारतीय विदेश सचिव नेपाल आउँदै
राजनीति, समाचार

तीन दिने भ्रमणका लागि भारतीय विदेश सचिव नेपाल आउँदै

नेपालअखबार, काठमाडौं । भारतीय विदेश सचिव विनया मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन । आगामी १ फागुन, सोमवार उनी नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो तीन दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् । सो अवसरमा विदेश सचिव क्वात्राले नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो दिने छन।...
राष्ट्रपतिले शुक्रबार संघीय संसदको बैठकलाई सम्बोधन गर्ने
राजनीति, समाचार

राष्ट्रपतिले शुक्रबार संघीय संसदको बैठकलाई सम्बोधन गर्ने

नेपालअखबार, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्। राष्ट्रपतिको सम्बोधनका लागि संघीय संसद सचिवालयले आवश्यक तयारी गरिसकेको छ। शुक्रबार अपरान्ह ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रपतिले गर्ने सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन्।त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते तीन बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन्। संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति ...
राष्ट्रपतिमा सबैलाई मान्य हुने पात्रको खोजी गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
राजनीति, समाचार

राष्ट्रपतिमा सबैलाई मान्य हुने पात्रको खोजी गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा सबैलाई मान्य हुने पात्रको खोजी गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय समितिलाई भचूअल मार्फत सम्बोधन गर्दै प्रचण्डले कांग्रेस, एमाले, माओवादी तथा सबैलाई मान्य हुने व्यक्ति राष्ट्रपति बनाउनुपर्ने बताए । अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव नजिकिँदै गएकाले छिटोभन्दा छिटो सहमति गरेर जानुपर्ने बताएको एक वैकल्पिक केन्द्रीय सदस्यले बताए । ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति गरेर सबैलाई स्वीकार्य हुनेगरी चयन गर्नुपर्छ भन्ने हाम्रो चाहना छ । जसले हामी सबैका अनुभवहरूलाई करेक्सन गर्न सकोस् । हामीले गर्न खोजेका कामहरू संविधान र ऐनका कानुनलाई पालना गर्ने व्यक्ति भएमा सजिलो हुन्छ’ प्रचण्डको भनाई उदृढ गर्दै ति केन्द्रीय सदस्यले भने, ‘हामीले प्राप्त गरेका अनुभवले पनि राष्ट्रपति कुनै दलको इ...
सरकारलाई समर्थन गरेकै छौं, सरकारमा भने जाँदैनौं : झलनाथ खनाल
राजनीति, विचार, समाचार

सरकारलाई समर्थन गरेकै छौं, सरकारमा भने जाँदैनौं : झलनाथ खनाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफूहरु सरकारमा तत्कालै नजाने बताएका छन् । बिहीबार सिंहदरबारमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सरकारलाई समर्थन भने राम्रो काम गरुन्जेलसम्म रहने बताए । समर्थन चाहिँ हामीले गरेकै छौँ । समर्थन हाम्रो जारी नै रहन्छ । सरकारले राम्रो काम गरुन्जेल अथवा नराम्रो काम नगरुन्जेल । तर अहिले सरकारमा जानेकुरा हाम्रो त्यस्तो केही छैन’, उनले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन आग्रह पनि नगरेको बताए ।...
अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री किराँती
राजनीति, समाचार

अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री किराँती

नेपालअखबार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलको आज तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए । उनले भने, ‘यो नै पूर्ण सुधार होइन । तर क्रमिकरुपमा सुधार भइरहेको छ । यसबाट म आंशिक सन्तुष्ट छु । २४सै घण्टा खटेर विमानस्थललाई सुन्दर बनाउने ब्यूटीसियनलाई विशेष धन्यवाद छ ।’ बिहानै पुगेका मन्त्री किराँतीले विमानस्थलको सबै सेवाको सुधारबारे स्थलगत अनुगमन गरेका थिए । विमानस्थलको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्यूआर कोड सञ्चालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने अपेक्षा उनको छ । हरेक ३० मिनेटमा शौचालय अनुगमनको व्यवस्थासमेत गरिएको छ । सेवाग्राहीको सहजता नै आफ्नो पहिल...
ओली नेतृत्वको राजनीतिक संयन्त्रको बैठक ३ बजे बालुवाटारमा
राजनीति, समाचार

ओली नेतृत्वको राजनीतिक संयन्त्रको बैठक ३ बजे बालुवाटारमा

नेपालअखबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको छ । संयन्त्रको बैठकको तयारीका लागि मंगलबार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो सुदूरपश्चिम प्रदेश सरकारको विषयमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा बढी छलफल भएको थियो । नेताहरुका अनुसार सुदरपश्चिम प्रदेश सरकारको विषयमा सत्तासाझेदार दलहरुका बीचमा सहमति जुटेको छैन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ पार्टीका संस्थापक रेशम चौधरीसँग सल्लाह गर्न डिल्लीबजार कारागार पुगेकी छन् । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीसहितका नेताहरुको रिहाइलाई पहिलो सर्तका रुपमा अगाडि सारेको छ ।...