Wednesday, July 22

राजनीति

नेपाल र बंगलादेश बीचको सम्बन्ध प्रगाढ बनाउन आवश्यक –  नेता झाक्री
राजनीति, समाचार

नेपाल र बंगलादेश बीचको सम्बन्ध प्रगाढ बनाउन आवश्यक – नेता झाक्री

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी ) का सचिव तथा पूर्व सहरी विकास मन्त्री रामकुमारी झाक्रीले नेपाल र बंगलादेश बीचको सम्बन्ध प्रगाढ बनाउन आवश्यक रहेको बताउनुभयो । अभिवादन एक्सपिडिशन होलिडेजले आयोजना गरेको साउथ यशिया बिजनेश पार्टनरशिप र नेपाल बंगलादेश फ्रेण्डशिप सोसाईटीको कार्यक्रममा पूर्व मन्त्री झाक्रीले नेपाल बंगलादेशका पुराना सम्बन्धहरुलाई बलियो बनाउनका लागि समुदाय समुदायबीचको साझेदारी गर्दै अगाडी बढ्दा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । दुईदेश बीचको व्यापार साझेदारीकालागि नेपालका विभिन्न कानुन बनाउनुपर्ने र कतिपय कानुन परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो । विगत लामो समयदेखिको नेपाल बंगलादेशबीचको सम्बन्धलाई थप व्यवसायिक तथा साँस्कृतिक आदन प्रदान गर्नुपर्ने समेत उहाँले बताउनुभएको हो । साउथ एशिया बिजनेश पार्टनरशिपका अध्यक्ष गोलाम फारुक मजनुल...
सुरु गर्‍यौं एमालेलाई सुदूरपश्चिमबाट धक्का दिन : माधव नेपाल
राजनीति, विचार, समाचार

सुरु गर्‍यौं एमालेलाई सुदूरपश्चिमबाट धक्का दिन : माधव नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई सुदूरपश्चिमबाट धक्का दिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीको केही काम छैन भनेको प्रसंग सम्झिँदै सुदूरपश्चिमबाट एमालेलाई नै धक्का दिएको बताएका हुन् । ‘सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो, नयाँ सरकारमा अहिले को को छ ? एउटा नेपाली काँग्रेस, अर्को (एकीकृत समाजवादी) छ । यो पार्टीको केही अर्थ छैन, यसको भविष्य खत्तम छ भनेको होइन, कहाँबाट उदायो त्यहाँ ? ठूलो धक्का एमाले पार्टीलाई परेको छ । त्यो सुरुवात हो’ उनले भने । सुदूरपश्चिममा २७ पुसमा मुख्यमन्त्री बनेका राजेन्द्र रावल विश्वासको मत नपाएपछि बिहीबार पदमुक्त भएका थिए । अहिले नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री भएका छन् र नेकपा एकीकृत समाजवादीका नरेश शाही पनि मन्त...
भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ : प्रधानमन्त्री प्रचण्ड
राजनीति, समाचार

भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ : प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकको विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताए । अख्तियार स्वतन्त्र, निष्पक्ष र निर्भीक तवरले भ्रष्टाचार र अनियमितताविरुद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको उनले बताए । सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुमा ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्ययोजना बनाई काम थालेको उनले बताए । उनले अघि भने, ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अगाडि बढाउने प्रतिबद्धता सरकारले गरेको छ ।’ यसका लागि सबल, सक्...
वडाध्यक्षको दिनचर्या – दिनभरि जनताको काम, साँझ बिहान तरकारी खेती
कृषि, राजनीति, समाचार, समाज

वडाध्यक्षको दिनचर्या – दिनभरि जनताको काम, साँझ बिहान तरकारी खेती

नेपालअखबार, तुलसीपुर । दिनभरि वडाको काममा व्यस्त । जनतासँग भेटघाट र साक्षात्कार । दिनभरको खटाइले थकान महसुस हुँदा थकाइ बिसाउने ठाउँ बनेको छ तरकारी खेती । तुलसीपुर उपमहानगरपालिका–१२ का वडाध्यक्ष खुसीराम चौधरीको बारीमा लटरम्म टमाटर फलेका छन्, प्याजका बेर्ना उम्रिदै छन् ।  पुर्खौदेखि तरकारी खेती गर्दै आएकाले पनि होला कचिला निवासी खुसीरामले जनप्रतिनिधि हुँदा पनि तरकारी खेतीलाई समय दिनुहुन्छ । उनले भने, “म जनप्रतिनिधि हुँदा पनि यो काम जारी छ, यो काम दिनभरको थकान भुलाउने माध्यम पनि बनेको छ ।”  वडाध्यक्ष चौधरी बिहान ४ बजे उठेर बारीमा फलेका तरकारी लिएर बजारसम्म पनि पुग्नुहुन्छ । “जनप्रतिनिधि होस्, या अरु कुनै पेसा व्यवसायमा हात हालेको व्यक्तिले प्रायः खेतबारीमा काम गरेको देखिँदैन”, वडाध्यक्ष चौधरीले भने, “तर, म भने उत्पादनमा जोडिनु पर्छ, ता की यो कुराले अरुलाई पनि शिक्षा होस् भन्ने चाहन्छु ।”...
विवेकशील साझालाई सीके राउतका राजनीतिक टिप्स
राजनीति, विचार, समाचार

विवेकशील साझालाई सीके राउतका राजनीतिक टिप्स

नेपालअखबार, काठमाडौं । पाँच वर्षमा दुई पटक फुटेर त्यति नै पटक जुटेको विवेकशील साझा पार्टी यतिखेर आफ्नो पहिलो महाधिवेशन गरिरहेको छ । ‘विचारभन्दा माथि देश’ नामक दस्तावेज लेखेर विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र राप्रपातिर मार्ग परिवर्तन गरेका थिए । मिश्रले दिएको चोटमा यतिखेर विवेकशील साझा महाधिवेशनको मल्हम लगाउँदैछ । ‘हामीले भोगेको चोटको मल्हम हो यो महाधिवेशन,’ विवेकशील साझा अध्यक्ष समिक्षा बाँस्कोटा भन्छिन् । वैकल्पिक राजनीतिको अभ्यास गर्ने भन्दै उदाएका विवेकशील र साझाको संयोजनबाट जन्मेको विवेकशील साझा टुटफुटमा अल्झिरहँदा उसैले बनाएको बाटो हिडेर अरु वैकल्पिक राजनीतिक दलहरु संसदमा पुगे । वैकल्पिक राजनीतिमा नयाँ दलहरुको जर्बजस्त हस्तक्षेप देखेरै हुनुपर्छ यसपटक विवेकशिल साझाले आफूलाई ‘वैकल्पिक राजनीतिको नयाँ मुलधार’का रुपमा स्थापित गर्न खोजीरहेको छ । टुटफुटको अनुभवब...
अर्थतन्त्र सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक भइसक्यो : राष्ट्रपति
राजनीति, समाचार

अर्थतन्त्र सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक भइसक्यो : राष्ट्रपति

नेपालअखबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक भइसकेको बताएकी छन् । शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक अवस्था जटिल मोडमा अर्थतन्त्रका सूचकहरुमा सुधारको संकेत देखिएपनि यसको दिगोपनामा आस्वस्त भइहाल्ने अवस्था नरहेको बताइन् । मौद्रिक तरलताको समस्या, लगानीका लागि यथेस्ट स्रोतको अभाव र बाह्य कारणले समेत गर्दा उत्पादन क्षेत्र मजबुत हुन नसकेको उनले बताइन् । अर्थतन्त्रको कतिपय समस्या उतारचणवपूर्ण विश्व अर्थतन्त्र, कोभिड महामारीका कारणबाट पनि सिर्जित भएको भन्दै राष्ट्रपति भण्डारीले अघि भनिन्, ‘यथापि यिनीलाई कारण देखाएर पन्छिने सुविधा हामीलाई छैन ।’ उनले अर्थतन्त्रमा प्रभाव पार्ने आन्तरिक बाह्य कारणको समग्र अध्ययन गरेर सरकारको वृत्त नीतिमा संरचनागत सुधार गर्नुपर्ने आवश्यक औंल्याइन् । ...
घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छु : पर्यटनमन्त्री किराँती
राजनीति, समाचार

घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छु : पर्यटनमन्त्री किराँती

नेपालअखबार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन क्षेत्रमा काम गर्दा १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किराँतीले सुशासन विधिको शासनभन्दा बाहिर कोही चल्न नसक्ने बताए । उनले भने, ‘पर्यटन क्षेत्रमा काम गर्दा १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छु ।’ उनले त्रिभुवन विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू सार्वजनिक हुँदै जाने बताएका छन् । उनले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताए । उनले भने, ‘ सुविधामा होडबाजी गर्ने काममा राजनीतिक हस्तक्षेप भएर मात्रै नभएको हो त होइ...
फौजदारी अभियोग लागेका सांसदको पद कायम नै रहने
राजनीति, समाचार

फौजदारी अभियोग लागेका सांसदको पद कायम नै रहने

नेपालअखबार, काठमाडौँ । फौजदारी अपराधको मुद्दाको अन्तिम किनारा नहुन्जेल आरोपित सांसदको पद कायम नै रहने भएको छ । प्रतिनिधि सभा नियमावली मस्यौंदा समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकले फौजदारी अभियोग पत्र दायर भएदेखि अदालतले दोषी प्रमाणित नगर्ने समयसम्म आरोपित सांसदको पत्र कायम नै राख्ने सम्बन्धमा सहमति जुटाएको हो । तर सम्पूर्ण कानूनी प्रक्रियाका क्रममा आरोपित सांसदको सेवा सुविधा भने स्थगित गर्नेमा समिति सदस्यहरुले सहमति गरेका छन् । समितिका सदस्य सांसदहरुले आम नागरिक भन्दा सांसद पद उच्च रहेको दाबीसहित मुद्दा चलिरहेको समयमा पदबाट निलम्वन गर्न नहुने अडान लिएपछि समिति यस्तो निर्णयमा पुगेको हो । प्रतिनिधि सभा नियमावलिको प्रस्तावित मस्यांैदामा भनिएको छ – ‘अदालतको आदेशबाट पुर्पक्षमा रहेको अवस्थामा वा प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद...
सुदूरपश्चिमका मुख्यमन्त्री शाह र थप दुई मन्त्रीले लिए शपथ
राजनीति, समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र थप दुई मन्त्रीले लिए शपथ

नेपालअखबार, धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई पद तथा गोपनियताको शपथ गराए । नेपाली कांग्रेस संसदीय दलका नेता शाह बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री शाहले शुक्रबार नै दुई सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गरेका छन् । उनले कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्ति दुई मन्त्रीले पनि आजै शपथ लिए ।...
संयन्त्रको बैठकमा ओलीको चासो राष्ट्रपति र मन्त्रिपरिषद् पूर्णतामा
राजनीति, समाचार

संयन्त्रको बैठकमा ओलीको चासो राष्ट्रपति र मन्त्रिपरिषद् पूर्णतामा

नेपालअखबार, काठमाडाैं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषदको पूर्णताबारे चासो देखाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको उच्चस्तरिय समन्वय समितिको बैठकमा एमाले अध्यक्ष ओलीले राष्ट्रपति निर्वाचबारे चासो देखाएका हुन्। उनले मन्त्रिपरिषदको पूर्णताबारे समेत कुरा राखेका थिए। ओलीको चासोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्ट जवाफ नदिएको स्रोतले बतायो। ‘आज राष्ट्रपतिको निर्वाचन अनि मन्त्रिपरिषदको पूर्णताबारे छलफल भयो। जनजीविकाका विषयमा समेत कुराकानी भयो। तर कुनै निष्कर्ष आएन,’ स्रोतले भन्यो,‘रास्वपाको सरकारमा पुनः सहभागितबारे समेत छलफल भयो। तर केही विषयमा विस्तृतमा कुराकानी भएन।’ रास्वपाले सरकार छोडेसँगै ५ ओटा मन्त्रालय खाली भएका छन्। रास्वपाले लिएका गृह, शिक्षा र श्रमसहित युवा तथा खेलकुद र वन मन्त्रालयमा मन्त्री छैनन्।...