Tuesday, July 21

राजनीति

बागमतीका मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा देवी ढकाल नियुक्त
राजनीति, समाचार

बागमतीका मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा देवी ढकाल नियुक्त

नेपालअखबार, काठमाडाैं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा (माओवादी केन्द्र) का युवा नेता देवीप्रसाद ढकाल नियुक्त भएका छन्। भक्तपुर निवासी ढकाललाई आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो। विशेष गरी अर्थ राजनीतिक विषयका जानकार ढकालको ‘समाजवाद र नेपाल’ पुस्तक प्रकाशित छ। यसअघि उनका विभिन्न छ वटा पुस्तक समेत प्रकाशित भइसकेका छन्। मुलुकको अर्थतन्त्र तथा सामाजिक न्यायका विषयमा चासो राख्ने र सोही विषयमा कलम चलाउने ढकाल माओवादीभित्र बौद्धिक नेताको परिचय बनाएका छन्। यसअघि तत्कालीन अर्थमन्त्री वर्षमान पुनको प्रमुख स्वकीय सचिवको जिम्मेवारी समेत सम्हालेका ढकाल गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको चुनावी घोषणापत्र लेखन समिति सदस्यका रूपमा समेत काम गरेका थिए...
समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री
राजनीति, समाचार

समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमसञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्ने बताएका छन् । नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राख्न सके राष्ट्रको कार्यभार पूरा गर्न सकिने बताए । उनले यस कार्यको नेतृत्वकारी भूमिका सरकारी सञ्चारमाध्यमले नै खेल्न सक्ने विश्वास व्यक्त गरे । वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधार निर्माणका साथै कानूनी र व्यावहारिक सुनिश्चितता गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ । उनले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवद्र्धन र हितका निम्ति सञ्चारमाध्यमको ...
गृह मन्त्रालयका कारण गठबन्धन नटुटोस् भन्ने मेरो कोसिस छ : प्रधानमन्त्री
राजनीति, समाचार

गृह मन्त्रालयका कारण गठबन्धन नटुटोस् भन्ने मेरो कोसिस छ : प्रधानमन्त्री

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण गठबन्धन टुट्न नदिने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफूले नपाए सरकार छोड्ने चेतावनी दिएको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकबाट निस्कदै गर्दा सञ्चारकर्मीले प्रधानमन्त्री प्रचण्डलाई यसबारे जिज्ञासा राखेका थिए । ‘हामी सल्लाह गर्दैछौं । सकेसम्म यो (गठबन्धन) नटुटोस् भन्ने मेरो कोशिस छ,’ जवाफमा प्रधानमन्त्रीले भने । पार्टीको पदाधिकारी बैठकमा रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्रालयबारे निर्णय नलिन सुझाव आएको समेत प्रचण्डले बताए । ‘अदालतको पूर्णपाठ नआएसम्म आफैंसँग राख्न सुझाव धेरैको छ,’ उनले भने, ‘हामी सल्लाहमै छौं ।’...
बालुवाटार गएर रविले दिए गृह नपाए सरकार छाड्ने चेतावनी
राजनीति, समाचार

बालुवाटार गएर रविले दिए गृह नपाए सरकार छाड्ने चेतावनी

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर लामिछानेले आफूलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग माग गरेका हुन्। गृह नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने लामिछानेको चेतावनी छ। नागरिकता प्रकरणमा सांसद पद गुमाएका लामिछानेले आइतबार पुन: नागरिकता लिएका छन्। नागरिकता लिएलगत्तै पुन: पार्टीको सभापति बनेका लामिछानेले आइतबार पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय मागेका थिए। प्रधामन्त्री प्रचण्ड भने रविलाई गृह दिन इच्छुक छैनन्। उनले गृह मन्त्रालय आफ्नै पार्टीसँग राख्न चाहेका छन्।...
अमेरिकाद्वारा युक्रेनलाई एफ–१६ लडाकु विमान दिन अस्वीकार
राजनीति, विश्व, समाचार

अमेरिकाद्वारा युक्रेनलाई एफ–१६ लडाकु विमान दिन अस्वीकार

नेपालअखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सबै सहयोगको घोषणा गरे पनि युक्रेनलाई आफ्नो एफ–१६ लडाकु विमान दिन अस्वीकार गरेका छन् । सोमबार, एक पत्रकारले अमेरिकाले युक्रेनलाई एफ–१६ विमान युक्रेनलाई उपलब्ध गराउँछ भनेर सोधिएको प्रश्नमा उनले यसको जवाफ ‘दिँदैन’ भनेर दिए बाइडेनको टिप्पणी यस्तो समयमा आएको हो जब जर्मनीले एक दिन अघि युक्रेनमा लडाकु विमान पठाउन अस्वीकार गरेको थियो । युक्रेनले रुससँग चलिरहेको युद्धमा आफ्नो हवाई क्षेत्र प्राप्त गर्न लडाकु विमान आवश्यक रहेको बताएको छ । एफ–१६ लडाकु विमानहरू संसारको सबैभन्दा भरपर्दो लडाकु विमानमध्ये एक मानिन्छ । अमेरिका बाहेक बेल्जियम र पाकिस्तान जस्ता अन्य देशहरूले पनि यसको प्रयोग गर्छन् । यदि युक्रेनले यो पाएको भए, यो हवाई लडाइँमा ठुलो स्तर वृद्धि हुने थियो किनभने युक्रेनले अझै सोभियत युगको लडाकु विमान प्रयोग गरिरह...
आर्थिक समस्या समाधान गर्न अल्पकालीन र दीर्घकालीन नीति कार्यान्वयनमा ल्याउन एकीकृत समाजवादीको माग
राजनीति, समाचार, हाइलाइट-समाचार

आर्थिक समस्या समाधान गर्न अल्पकालीन र दीर्घकालीन नीति कार्यान्वयनमा ल्याउन एकीकृत समाजवादीको माग

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले देशको आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादीले जिम्मेवार प्रतिपक्षको हिसाबले देशको आर्थिक अवस्था र समाधानका लागि पहल गर्न आग्रह गरेको हो । प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापन पत्रमा देशको आर्थिक अवस्था गम्भीर सङ्कटतर्फ उन्मुख भएको भन्दै मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै तत्काल आर्थिक रणनीति अपनाउन उल्लेख गरिएको छ । माधवकुमार नेपालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा देशको आर्थिक समस्या समाधान गर्न अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन ढिला गर्न नहुने सुझाव समेटिएको छ । ज्ञापनपत्र बुझाएपछि सो पार्टीका उपमहासचिव समेत रहेका डा. विजय पौडेलले २० बुँदे सुझावमार्फत आर्थिक नीति कार...
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
राजनीति, समाचार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नेपालअखबार, काठमाडाैँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । सोमबारबाट सुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ ।...
परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलङ्का जाँदै
राजनीति, समाचार

परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलङ्का जाँदै

नेपालअखबार, काठमाडाै । परराष्ट्रमन्त्री विमला राई पौड्याल श्रीलङ्का जाने कार्यक्रम तय भएको छ। श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्र मन्त्री पौड्याल बिहीबार कोलोम्बोतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रीको श्रीलङ्का भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिसकेको छ। परराष्ट्रमन्त्री भएपछि पौड्यालको यो पहिलो विदेश भ्रमण हो। श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेले माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने विशेष समारोहमा दक्षिण एसियाली मुलुकका विदेश मन्त्री र अन्य विशिष्ट पाहुनालाई निमन्त्रणा गरेका थिए। भ्रमणका दौरान मन्त्री पौड्यालले उच्चस्तरीय द्विपक्षीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ। श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री र विदेश मन्त्री, भारत र माल्दिभ्सका विदेश मन्त्री लगायतसँग उच्चस्तरीय द्विपक्षीय भेटवा...
राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी दर्ता
राजनीति, समाचार

राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी दर्ता

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले राष्ट्रपति र उपराष्टपति निर्वाचनको मिति जानकारी गराएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीवार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने बताए । उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्ने गरी आवश्यक तयारी गर्ने प्रयास गरेपनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौंमा नै हुने बताए । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले राष्ट्रपतिको निर्वाचनका लागि १० फागुनमा मतदाता नामावली प्रकाशन गर्ने, १० र ११ गते दाबी, बिरोध र उजुरी, ११ र १२ गते निवेदन तथा उजुरी उपर छानबिन गर्ने कार्यतालिका बनाएको जानकारी दिए । आयोगले १२ फागुनमा अन्तिम मतदाता नामाव...
मन्त्रिपरिषद बैठक बस्दै
राजनीति, समाचार

मन्त्रिपरिषद बैठक बस्दै

नेपालअखबार, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो । यो नियमित बैठक हो । नियमित बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने छ।