सहिदहरुको प्रेरणा मार्गदर्शन सहित समृद्ध लोकतन्त्र र समाजवादको दिशातर्फ अघि बढाउनु आजको आवश्यकता हो -सम्मानित नेता खनाल
नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले सहिदहरुको प्रेरणा लिएर आजको लोकतन्त्रलाई अझ समृद्ध बनाउँदै समाजवादको दिशातर्फ अघि बढाउनु अहिलेको आफूहरुको कर्तव्य भएको बताउनु भएको छ ।
शहीद दिवस २०७९ को अवसरमा शुभकामना सन्देश मार्फत पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता खनलले अमर शहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शुभकामना सन्देशमा भन्नु भएको छ तिनै वीर अमर सहिदहरूको समेत योगदानको परिणाम स्वरूप आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा आइपुगेका छौं। हामीले वहाँहरूबाट समेत निरन्तर प्रेरणा लिएर आजको लोकतन्त्रलाई अझ समृद्ध बनाउँदै नेपाली समाजलाई समाजवादको दिशातिर अघि बढाउनु हामी सबैको कर्तव्य भएको उल्लेख गर्नु भएको छ ।
उहाँले निरंकुश तानाशाही राणा शासनका विरुद्ध लोकतन्त्रको आवाज घन्काउने हाम्रा वीर सहिदहरु शुक्रराज शास्त्री, गङ्गालाल श्...










