Saturday, July 18

राजनीति

न्युजिल्याण्डमा ४४ वर्षे हिपकिन्स नयाँ प्रधानमन्त्री बन्ने
राजनीति, विश्व, समाचार

न्युजिल्याण्डमा ४४ वर्षे हिपकिन्स नयाँ प्रधानमन्त्री बन्ने

नेपालअखबार, काठमाडाैं । क्रिस हिपकिन्स न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। लेबर पार्टीबाट नेतृत्वका लागि एक मात्र उम्मेदवार बनेसँगै ४४ वर्षे हिपकिन्सले प्रधानमन्त्रीमा जेसिन्डा अर्डर्नको ठाउँ लिने पक्का भएको बीबीसीले जनाएको छ। सन् २००८ मा पहिलो पटक सांसद चुनिएका उनी नोभेम्बर २०२० मा कोभिड-१९ विशेष मन्त्री बनेका थिए।  हिपकिन्स अहिले प्रहरी, शिक्षा तथा सार्वजनिक सेवा मन्त्री छन्। शुक्रबार अर्डर्नले आगामी महिनाबाट प्रधानमन्त्री पद छोड्ने घोषणा गरेकी  थिइन्। उनले पदछोडेसँगै हिपकिन्स न्यूजिल्याण्डको नयाँ प्रधानमन्त्री बन्नेछन्। न्युजिल्याण्डमा आगामी अक्टुबरमा आम चुनाव हुँदैछ। प्रधानमन्त्री बन्नुअघि उनलाई प्रतिनिधिसभामा लेबर पार्टीको औपचारिक समर्थनको आवश्यकता पर्नेछ। यदि उनले उक्त समर्थन पाएमा अर्डर्नले ७ फेब्रुअरीमा गभर्नर जनरललाई राजीनामा बुझाउने छिन्। त्यसपछि हिपकिन...
आज उपसभामुख पदका लागि निर्वाचन
राजनीति, समाचार

आज उपसभामुख पदका लागि निर्वाचन

नेपालअखबार,  काठमाडाैं । प्रतिनिधि सभाको उपसभामुख पदका लागि शनिबार निर्वाचन हुँदैछ । यस पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार अपरान्ह चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको थियो । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका हुन् । रानाको प्रस्तावक सोविता गौतम र समर्थक एमालेका कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् । त्यसैगरी यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे छन् भने समर्थकमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यक्रम छ ।...
प्रधानमन्त्री प्रचण्डसँग यूएई र कतारका राजदूतको भेट
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डसँग यूएई र कतारका राजदूतको भेट

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अरब इमिरेट्स (यूएई) र कतारका राजदूतले  शुक्रबार छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाल र यूएईका राजदूत अब्दुल्ला सईद मुवारक जरवान अल्सामीबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै, प्रधानमन्त्री दाहाल र कतारी राजदूत युसुफ वीन मोहम्मद अल हेलबीच पनि दुई देशको सम्बन्ध, आसपी हित र चासोका विषयमा कुराकानी भएको थियो । यूएई र कतारका राजदूतले नेपालको प्रधानमन्त्रीमा नियुक्त हुन भएका प्रधानमन्त्री दाहाललाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए ।...
थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग पर्यटनमन्त्रीको अनुरोध
राजनीति, समाचार

थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग पर्यटनमन्त्रीको अनुरोध

नेपालअखबार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाललाई थप हवाई प्रवेश (रूट) मार्ग उपलब्ध गराउन भारतसँग अनुरोध गरेका छन् । मन्त्रालयमा शुक्रबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । नेपालमा अहिले एक मात्र हवाई प्रवेश बिन्दु छ । यसमा अत्यधिक चाप छ । सोहीकारण थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह गरिएको मन्त्री किरातीले जनाएका छन् ।भेटमा श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सधै सकारात्मक रहेको बताएको समेत मन्त्री किरातीले उल्लेख गरेका छन् । नेपालमा अहिले सिमरा बिन्दुबाट मात्र जहाज प्रवेश गर्न सक्छन् । नेपालले लामो समयदेखि भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट हवाईजहाज प्रवेश गर्न सक्ने गरी रुट मागिरहेको छ ।...
नेपालमा कम्युनिस्टहरूको एउटै केन्द्र आवश्यक छ: प्रधानमन्त्री
राजनीति, विचार, समाचार

नेपालमा कम्युनिस्टहरूको एउटै केन्द्र आवश्यक छ: प्रधानमन्त्री

नेपालअखबार, काठमाडौं । मन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘‘संविधानमा समाजवादोन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा लेखिएको होइन। नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस छलफल चलिरहेको छ। नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीहरूबीच अहिले यसवपषयमा छलफल सुरू भएको छ। तपाईहरूको रचनात्मक भूमिका रहने अपेक्षा छ।’ भेटमा नेकपा (बहुमत) का नेताहरूले प्रधानमन्त्रीसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेका थिए । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै स...
ओलीले भने माधव नेपालको छेउमा बसेपछि- ओहो, फेरि सँगै परिएछ
राजनीति, समाचार

ओलीले भने माधव नेपालको छेउमा बसेपछि- ओहो, फेरि सँगै परिएछ

नेपालअखबार, काठमाडाैं । शुक्रबार शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा नवनिर्वाचित सभामुख देवराज घिमिरेको शपथ ग्रहण थियो। संवैधानिक प्रमुखहरूको शपथग्रहणमा उपस्थित हुने परम्परा अनुसार पूर्वप्रधानमन्त्रीहरू पनि पुगेका थिए। समारोहमा उपस्थित हुने पूर्वप्रधानमन्त्रीहरूमा थिए, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल। सभामुखको शपथ ग्रहणमा पूर्वप्रधानमन्त्रीहरू एकै लहरमा बसेका  थिए। संयोगले पूर्वप्रधानमन्त्री नेपाल केपी ओलीको छेउमै परे।नेपालको छेउमा बाबुराम भट्टराई  थिए। आफ्नै छेउमा नेपाल परेपछि ओलीले ठट्टा गरेको पूर्वप्रधानमन्त्री भट्टराईले बताए। ‘सँगै परेपछि ओलीजीले ओहो, हामी फेरि सँगै परिएछ भनेर ठट्टा गर्नुभयो। एकछिन हाँसीमजाक भयो,’ उनले भने। ओलीको टिप्पणीप...
थप एक मन्त्रालय दिन प्रधानमन्त्रीले मागे जनमतसँग आइतबारसम्मको समय
राजनीति, समाचार

थप एक मन्त्रालय दिन प्रधानमन्त्रीले मागे जनमतसँग आइतबारसम्मको समय

नेपालअखबार, काठमाडौँ । सरकारसँग असन्तुष्ट रहेको सीके राउत नेतृत्वको जनमत पार्टीसँग प्रधानमन्त्री प्रचण्डले आइतबारसम्मको समय मागेका छन् ।  उद्योग मन्त्रालयमा सहमति भएर पछि खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै जनमत पार्टी सरकारसँग असन्तुष्ट छ । सुरुमा विना विभागीय मन्त्री रहेका सो पार्टीका अब्दुल खानलाई माघ ३ गते भएको मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, असन्तुष्टि जनाउँदै खानले अहिलेसम्म पदभार ग्रहण गरेका छैनन् । जनमत पार्टीले थप एउटा मन्त्रालय दिएमात्र खानपानी मन्त्रालय स्वीकार गर्न सकिने सन्देश प्रधानमन्त्री प्रचण्डलाई दिएको छ । जनमतको सन्देशपछि प्रधानमन्त्री प्रचण्डले आफूसँग रहेको वन तथा मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमध्ये एउटा जनमतलाई दिने परिस्थिति बन्न सक्ने आश्वासन दिएका छन् । हिजो साँझ पनि जनमतका अध्यक्ष डा।सिके राउत र प्...
मुक्ताकुमारी यादवलाई उपसभामुख उम्मेदवार बनाउने कांग्रेसको तयारी
राजनीति, समाचार

मुक्ताकुमारी यादवलाई उपसभामुख उम्मेदवार बनाउने कांग्रेसको तयारी

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसले उपसभामुख पदमा पनि उम्मेदवारी दिने तयारी गरेको छ। शुक्रबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा भएको बैठकमा उपसभामुखमा उम्मेदवारी दिनेबारे छलफल भएको थियो। बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले पार्टीबाट उपसभामुख पदमा उम्मेदवारी दिने तयारी रहेको बताए। कांग्रेसले नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चालगायत दलहरूसँग पनि उसभामुखमा समर्थन लिन छलफल गर्ने भएको छ। लेखकका अनुसार शुक्रबार अपरान्ह उपसभामुख पदमा मनोनयन दर्ता गर्ने तयारी छ। कांग्रेसले उपसभामुख पदमा सांसद मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने तयारी गरेको पार्टीका एक पदाधिकारीले जानकारी दिए। उपसभामुख पदमा उम्मेदवारी आज दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म दिन सकिन्छ। यादव धनुषाकी हुन्। उनी समानुपातिकतर्फबाट कांग्रेस सांसद बनेकी थिइन्। ...
इन्दिरालाई उपसभामुख उम्मेदवार बनाउने रास्वपाको निर्णय
राजनीति, समाचार

इन्दिरालाई उपसभामुख उम्मेदवार बनाउने रास्वपाको निर्णय

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ । भर्खरै सम्पन्न रास्वपा संसदीय दलको बैठकले मगरलाई अघि सार्ने निर्णय गरेको हो ।झापाकी मगर समानुपातिक सांसद हुन् । यसअघि सोविता गौतमको चर्चा थियो । सातदलीय गठबन्धनको भागबन्डामा रास्वपालाई उपसभामुख दिने समझदारी बनिसकेको छ । सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् । संवैधानिक व्यवस्थाअनुसार सभामुख/उपसभामुखमा एकजना महिला अनिवार्य छ ।...
ल्होछारले पहिचान, अधिकार र सामाजिक सद्भावको सम्बन्ध स्थापित गरेको छ- अध्यक्ष नेपाल
राजनीति, समाचार

ल्होछारले पहिचान, अधिकार र सामाजिक सद्भावको सम्बन्ध स्थापित गरेको छ- अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष  माधवकुमार नेपालले सांस्कृतिक परम्परा समाज र राष्ट्रको पहिचान भएको बताउनु भएको छ । तामाङ समुदायको महान पर्व मञ्जुश्री सम्वत् २८५९ औँ सोनाम ल्होछारको अवसरमा कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा अध्यक्ष नेपालले सो कुरा बताउनु भएको हो । तामाङ समुदायको सांस्कृतिक परम्पराले समाज र सिंगो राष्ट्रलाई परिवर्तनमा ल्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै उहाँले पर्वहरुलाई पहिचानको रुपमा लिएर त्यसले इतिहासमा खेलेको भूमिकालाई गौरवका साथ लिनुपर्ने बताउनु भयो  । तामाङ समुदायको महान पर्व सोनाम ल्होछारले पहिचान, अधिकार र सामाजिक सद्भावको सम्बन्ध स्थापित गरेको भन्दै मौलिक धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्नु राज्यको दायित्व रहेको उल्लेख गर्दै २०५१ सालमा तत्कालीन मनमोहन अधिकार...