उपसभामुखमा रास्वपा सांसद इन्दिरा राना निर्वाचित
नेपालअखबार, काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर निर्वाचित भएकी छिन् । शनिवार बसेको प्रतिनिधि सभाको बैठकमा रानाको पक्षमा १६६ जना सांसदले समर्थन जनाए भने उनको विपक्षमा जनाले मत ९७ हाले । यस्तै तटस्थमा नेमकिपा सांसद प्रेम सुवालले एक मत दिए । प्रतिनिधि सभामा कूल २७५ सांसद मध्ये २६४ सांसद उपस्थित भएका थिए । राना सत्तागठबन्धनको सझा उम्मेदवार रहेकी थिइन् ।
सभामुख देवराज घिमिरेले सबैभन्दा पहिला रानाको उम्मेदवारीलाई सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए । मत विभाजनको क्रममा रानाको पक्षमा बहुमत सांसद देखिएपछि उनको प्रर्तिस्पर्धी रहेकी कांग्रेस सांसद मुक्ताकुमारीको उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्नुपरेन ।
सत्ता गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेकी रानालाई सत्ता गठबन्धनको तर्फबाट रास्वपा सांसद सोविता गौतमले उपसभामुख पदमा निर्वाचित गरि...









