भुसालले भने–ओलीका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा पर्यो
नेपालअखबार, काठमाडौं । वामपन्थी नेता घनश्याम भुसालले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको स्वघोषणा गरेका छन् । शुक्रबार काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा एकीकृत समाजवादी प्रवेश गरेको घोषणा गरेका हुन् ।
भुसालले नेकपा एकीकृत समाजवादी सैद्धान्तिक वैचारिक रूपमा तत्कालीन नेकपाको खास उत्तराधिकारी रहेकाले आफूले यो पार्टी रोज्नुपरेको बताए । भुसाल गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । उनी एमालेका सचिव समेत रहेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।
भुसालले नेकपा एकीकृत समाजवादीले वाम एकताका लागि गठन गरेको वार्ता समितिसमक्ष ५ बुँदे प्रस्ताव राखेका थिए । भुसालको प्रस्तावलाई एकीकृत समाजवादीले स्वागत गरेपछि उनी पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेशको घोषणा गर्दै भुसालले नेकपा विभाजनका कारण ...









