Thursday, May 7

राजनीति

रुपामा दीपक कोइरालालाई ‘वान्स अगेन’
राजनीति, समाचार

रुपामा दीपक कोइरालालाई ‘वान्स अगेन’

नेपालअखबार, पोखरा  । कास्की निर्वाचन क्षेत्र नम्बर १ को १ अन्तर्गत रुपा गाउँपालिका–५ देउरालीमा आइतबार पाँच दलीय गठबन्धनको चुनावी सभा थियो । गठबन्धनका तर्फबाट उम्मेदवार दीपक कोइरालाको बोल्ने पालो आयो । उनी मञ्चमा झुल्किने वित्तिकै दर्शकबाट कसैले नारा लगायो, ‘दीपक कोइराला, वान्स अगेन ।’ चुनाव सभामा चर्को स्वरमा कोइरालाको पक्षमा नाराबाजी गर्ने स्थानीय अप्सरा श्रेष्ठ थिइन् । पाँच वर्षमा रुपामा कोइरालाले गरेका विकास निर्माणका काम देखेर पुनः जिताउनुपर्छ भन्ने आशयले आफूले ‘वान्स अगेन’ को नारा लगाएको उनले बताइन् । ‘अब ३०औं वर्षदेखि चुनाव लड्नेलाई नो नट अगेन भन्ने हो,’ उनले भनिन्, ‘दीपक कोइरालाजस्तो युवा नेतालाई वान्स अगेन नै भन्नुपर्छ ।’ रुपामा कोइराला सांसद हुँदा थुप्रै विकास निर्माणका योजना सुरु भएकाले तिनलाई पूरा गर्न फेरि उनले जित्नुपर्ने श्रेष्ठको तर्क छ । देउरालीकै स्थानीय निसान श्रेष्ठले ...
लुम्ले–लान्द्रुकका जनताको अपेक्षा पिचबाटो र पानी
राजनीति, समाचार

लुम्ले–लान्द्रुकका जनताको अपेक्षा पिचबाटो र पानी

नेपालअखबार, पाेखरा । कास्की ३ का एमाले उम्मेदवारहरुले कास्कीको अन्नपूर्ण गाउँपालिका ७ र ८ को लुम्ले, पात्लीखेत, माझगाउँ, भिरचोक, टोल्का, लान्द्रुक लगायत क्षेत्रका जनताहरुसंग भेटघाट गरेका छन् । सो क्षेत्रका प्रतिनिधी सभा उम्मेदवार दामोदर बैरागी र प्रदेश सभा उम्मेदवार राजीव पहारीसंग त्यहाँका जनताहरुले पिचबाटो र खानेपानीको अपेक्षा राखेको बताए । ‘हामीलाई पनि नयाँपुल–घान्द्रुकको जस्तै पिच चाहिएको छ, लान्द्रुकमा भएको भेटघाटमा त्यहाँका स्थानियहरुले उम्मेदवारलाई सुनाए । ‘राजीव पहारीले लुम्रे–लान्द्रुक बाटो खन्नुभएको छ, अब पिच गर्ने पनि उहाँलेनै हो’उनीहरुको भनाई छ । आमा समुहका भवन, विद्यालय निर्माण लगायतमा सहयोग गर्न पनि उहाँहरुले उम्मेदवार समक्ष माग राखे । घरदैलोमा एमाले नेता सोमनाथ अधिकारी प्यासीले एमालेको पक्षमा मत माग्दै देशको समृद्धीका लागि एमालेलाई जिताउन आग्रह गर्नुभयो । चुनावी भेटघाट कार...
कालिकाको खानेपानी समस्या मुक्त गराउँछु : गुरुङ
राजनीति, समाचार

कालिकाको खानेपानी समस्या मुक्त गराउँछु : गुरुङ

नेपालअखबार, पोखरा । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र १ (ख) का दिपक गुरुङ माइलाले स्थानीयलाई पानीको समस्याबाट मुक्त गर्ने बताएका छन् । आइतबार पोखरा महानगरपालिका–२८ को कालिकाका विभिन्न टोलमा घरदैलो कार्यक्रममा गुरुङले पानीको ट्याङ्की बनाएर भएपनि स्थानीयको समस्या समाधान गर्ने बताएका हुन् । ‘पाँच वर्षपछि फेरी यही ठाउँमा आउँदा पानीको समस्या हुनेछैन्,’ उनले भने, ‘अहिले पानीको समस्या सुन्छु अर्को पटक अर्कै समस्या सुनाउनुहोला । त्यो बेलासम्म पानीको समाधान भइसकेको हुनेछ ।’ उनले पाँच दलीय गठबन्धन मिलेर आएकोले विकास सम्भव रहेको बताए । टोल, गाउँमा बेरोजगारको समस्या सुनेका गुरुङले उद्यमशील फ्याट्री खोल्ने आश्वासन बाडे । ‘बहुउद्धेश्यीय समाज घर, आमा समूह घरमा युवालाई सिप सिकाएर उद्यमशिल बनाउनेछु,’ उनले भने, ‘त्यसपछि गाउँमै विकास हुनेछ । विदेशको मोह हराउनेछ ।’ घरदैलो अन्तर्गत क...
पोखरा २१ पिपलडाली पुगेर विश्वप्रकाशले भने–‘निशुल्क स्वास्थ शिक्षा र रोजगारी सबैले पाउनुपर्छ’
राजनीति, समाचार

पोखरा २१ पिपलडाली पुगेर विश्वप्रकाशले भने–‘निशुल्क स्वास्थ शिक्षा र रोजगारी सबैले पाउनुपर्छ’

नेपालअखबार, पोखरा  । आगमी मंसिर ४ मा हुने प्रदेश सभा निर्वाचनमा पाँच दलीय गठबन्धनमा साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले नागरिकले निशुल्क शिक्षा र स्वास्थ्य अनि रोजगारीको सुनिश्चितता पाउनुपर्ने बताएका छन् । नेपालको संविधानले नै यस्तो व्यवस्था गरेको बताउँदै लामिछानेले यसका लागि आफुले निरन्तर लँडाई जारी राख्ने दावी समेत उनले गरेका छन् । निर्वाचन अभियान अन्तरगत आईतवार पोखरा महानगरपालिका २१ पिपलडालीका मतदातालाई सम्बोधन गर्दै नागरिकका धेरै मौलिक हक सुनिश्चित गरेको संविधान सिद्धाउने षडयन्त्र भएकाले गठबन्धन गरेर निर्वाचनमा जानुपरेको स्पष्ट पारे । ‘संविधानको रक्षा र कार्यनयन गर्न गठबन्धन भएको हो । संविधानमै शिक्षा निशुल्क सबैले पाउनुपर्छ, स्वास्थ्य निशुल्क सबैले पाउनुपर्छ र सबैले रोजगारी पाउनुपर्छ भनेर लेखियो ।’ उनले भने । ‘जनताका धेरै हकहरु सुनिश्चित गरिएको संविधानका धाराको उल्लंघन ग...
कम्युनिस्ट र काँग्रेस मिल्दा नै महत्त्वपूर्ण सफलता मिलेको इतिहास छ : गठबन्धन
राजनीति, समाचार, हाइलाइट-समाचार

कम्युनिस्ट र काँग्रेस मिल्दा नै महत्त्वपूर्ण सफलता मिलेको इतिहास छ : गठबन्धन

नेपालअखबार, पोखरा । नेपालको इतिहासमा काँग्रेस र कम्युनिस्टहरू एक ठाउँमा उभिँदा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएका पाँच दलीय गठबन्धनका उम्मेदवारहरूले बताएका छन् । २००७, ०४६ र ०६२र०६३ लगायतका आन्दोलन सहित परिवर्तनहरूमा काँग्रेस र कम्युनिष्टहरुको मिलन महत्त्वपूर्ण साबित भएको उनीहरूले बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला पटक पटक संसद विघटन गरी देशलाई अँध्यारो तर्फ धकेल्ने प्रयास गरेको अवस्थामा गरिएको यस गठबन्धनले देशलाई बचाएको उनीहरूको बुझाई छ । काँग्रेस र कम्युनिस्ट महत्त्वपूर्ण घडीमा मिलेकाले स्थानीय तहदेखिको आफूहरूको मिलन प्रतिनिधि र प्रदेश सभाको निर्वाचनसम्म कायम रहेको गठबन्धनको तर्फबाट कास्की २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले बताए । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्यसमेत रहेका बरालले यस निर्वाचनपछि पनि देशलाई समृद्धि तर्फ डो¥या...
युवालाई रोजगारका लागि विदेश होइन गाउँमै व्यवस्था गर्नुपर्छ : बराल
राजनीति, समाचार

युवालाई रोजगारका लागि विदेश होइन गाउँमै व्यवस्था गर्नुपर्छ : बराल

नेपालअखबार, पाेखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की २ मा ५ दलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विदेश र स्वदेशकै पनि विभिन्न ठाउँमा रोजगारीमा गएकाहरुलाई गाउँमै फर्केर केहीगर्ने वातावरण बनाउने बताएका छन् । पोखरा २० लामडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्र्दै उनले यस्तो बताएका हुन् । आफूहरु विकासका लागि प्रतिवद्ध भएर लाग्ने भन्दै उनले वडामा रहेको मुख्य खानेपानीको समस्या हल गरेरै छाड्ने प्रतिवद्धता जनाए । वडा नम्बर २०को लामडाँडा र अन्य क्षेत्र पशुपालन, कफि र कृषि भूमि रहेकाले सबैक्षेत्रको समुचित विकास गरेर रोजगारीका लागि सहर झरेका र विभिन्न देशमा पुगेकाहरुलाई गाउँमै फर्केर गरिखाने वातावरण बनाउने उनको भनाई छ । विगतमा आफूले मत मागेर जिताएका प्रतिनिधिले काम गर्न नसक्दा विकास निर्माण र अन्य धेरैहिसावले वडा नम्बर २० अगाडि बढ्न नसकेक...
पर्यटकीय महत्व राख्ने ल्वाङको सडक स्तरोन्नती गर्ने उमेदवार बरालको वाचा
राजनीति, समाचार

पर्यटकीय महत्व राख्ने ल्वाङको सडक स्तरोन्नती गर्ने उमेदवार बरालको वाचा

पोखरा २०, कार्तिक| प्रतिनिधि सभा कास्की निर्वाचन क्षेत्र नम्बर–३ का पाँचदलीय गठबन्धनका साझा उमेदवार रामजीप्रसाद बराल जीवनले पर्यटकीय महत्व राख्ने ल्वाङको सडक स्तरोन्नती गर्ने वचनबद्धता दिएका छन् । घर दैलो गर्ने क्रममा आईतबार कास्कीको माछापुच्छ«े गाँउपालिकाका विभिन्न पर्यटकीय गाँउहरुमा पुगेका उनले स्थानिय जनतासामु पर्यटकीय महत्व रहेको ल्वाङमा पिच सडक निर्माण गर्न आफूले नेतृत्वदायी भूमिका खेल्ने वचनबद्धता व्यक्त गरेका हुन् । गण्डकी प्रदेश सरकारका अर्थमन्त्रीसमेत रहेका उमेदवार बरालले ल्वाङमा पिच सडक बनाउन आफू सहभागि सरकारले शुरु गरिसकेको बताउँदै उनले भने “यसै चालु आर्थिक वर्षमा ल्वाङ सडक स्तरोन्नतीको लागि एक करोड बजेट विनियोजन गरिएको छ, उक्त सडक पिच गर्न आवश्यक पर्ने रकमको व्यबस्था संघ र प्रदेशबाट हामी गछौं, यसमा तपाईहरुले हामीलाई मतदान गरी काम गर्ने वातावरण मिलाउनु पर्यो ।” स्थानियले सडक ...
ने.का. गण्डकी प्रदेश निर्वाचन परिचालनको वैठकबाट विविध निर्णय
राजनीति, समाचार

ने.का. गण्डकी प्रदेश निर्वाचन परिचालनको वैठकबाट विविध निर्णय

पोखरा, २० कार्तिक ।नेपाली कांग्रेस केन्द्रीय परिचालन समितिद्वारा गठित गण्डकी प्रदेश निर्वाचन परिचालन समन्वय समितिको बैठक आज नेपाली कांग्रेस गण्डकी प्रदेश सभाहलमा बसेको छ । आसन्न ०७९ मंसीर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुलाई निर्वाचित बनाउनको लागि विशेष वैठक बसेको हो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले अहिलेको निर्वाचन व्यक्ति–व्यक्ति विचको लडाई पार्टी केन्द्रीत भएको जानकारी गराएका थिए उनले संविधानको रक्षा, जनताको सुरक्षा र स्थायी नेतृत्व पक्ष र विपक्षका विचको लडाई हो उनले भने । सभापति शर्माले निर्वाचनमा गठबन्धनका साझा प्रत्यक्ष तथा समानुपातिकका उम्मेदवार प्रतिनिधि पात्र भएको हुँदा प्रजातन्त्र र संविधान रक्षाको लागि नेपाली कांग्रेस लगायतका गठबन्धनको साझा निर्णय अनुसार मतदाताले कार्यान्यव...
खाडीमा होइन, स्वदेशमै जवानीः मीना
राजनीति, समाचार

खाडीमा होइन, स्वदेशमै जवानीः मीना

पोखरा, २० कात्तिक |  व्यवस्था फेरिएपछि दिनहुँ काठमाडौंबाट विदेश उड्नेको लर्को टुटेको छैन, अझ लामो हुँदै छ । देशको अर्थव्यवस्थामा रेमिट्यान्सको ठूलो हिस्सा छ । नेपालको समृद्धि देशमै राजगारी र आत्मनिर्भर अर्थतन्त्रको विकास नभएसम्म सम्भव छैन । यही कुरालाई दृष्टिगत गरी कास्की २ का एमाले उम्मेदवारले युवालाई देशमै रोजगारीको अवसर सिर्जना गर्न पहलकदमी लिने प्रतिवद्धता गरेका छन् । एमालेबाट कास्की २ ९२० की उम्मेदवार मीना गुरुङले नयाँ नेपालको सपना देशमै रोजगारी र दह्रो अर्थतन्त्र निर्माण नभएसम्म सम्भव नहुने बताइन् । आइतबार पोखरा ८ का मतदातासँग उनले भनिन्, ‘हाम्रो पार्टीले खेतबारीमा पानी, खाडीमा हैन, स्वदेशमै जवानी भन्ने नारा साकार गर्ने प्रण गरेको छ । दूरदर्शी नेतृत्व, स्थिर सरकार र जनताको साथले मात्र यो सम्भव छ ।’ गण्डकी प्रदेशकी पूर्व सांसदसमेत रहेकी गुरुङले अघिल्लो कार्यकालमा आरम्भ भएका र सर...
‘देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य’–एमाले उम्मेदवार गुरुङ
राजनीति, समाचार

‘देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य’–एमाले उम्मेदवार गुरुङ

नेपाल अखबार, पोखरा  । कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरूङले देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य भएकोे बताएका छन् । मादी गाँउपालिका वडा नम्वर ८ पाखुरीकोटमा उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै गुरूङले गठबन्धन सरकारले देशमा समस्या मात्रै सिर्जना गरेको उल्लेख गर्दै देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य भएकोे बताएका हुन् । नेकपा एमाले कास्की जिल्ला अध्यक्ष समेत रहेका उम्मेदवार गुरूङले जनताका चासो, गुनासो र आशालाई पूरा गर्ने पार्टी एमाले मात्रै भएको स्पष्ट पारे । उनले एमाले सबैको साझा पार्टी भन्दैै सूर्य चिन्हमा मत दिएर अत्यधिक बहुमतले विजयी बनाउन मतदातासँग आग्रह गरेका छन् । अन्य राजनीति पार्टीभन्दा तुलनात्मक रूपमा एमाले बलियो रहेका बताउँदै उनले मंसिर ४ गते हुने निर्वाचनमा एमालेले तुलनात्मक रूपमा राम्रो नतिजा ल्याउने दावी गरे । नेकप...