Tuesday, July 14

राजनीति

चीन र साउदी अरबबीचको यो सम्झौताले अमेरिकाको चिन्ता बढाउन सक्ने
राजनीति, विश्व, समाचार

चीन र साउदी अरबबीचको यो सम्झौताले अमेरिकाको चिन्ता बढाउन सक्ने

नेपालअखबार,  एजेन्सि ।चिनियाँ राष्ट्रपति सी जिनपिङको साउदी अरब भ्रमणका क्रममा दुई देशबीच प्राविधिक कम्पनी हुवावेसँगको ठूलो सम्झौतालगायत धेरै सम्झौतामा हस्ताक्षर भएको छ । खाडीमा कम्पनीको बढ्दो प्रभुत्व अमेरिकाका लागि चिन्ताको विषय हुन सक्छ । अमेरिकाले हुवावेलाई सुरक्षा खतरा मानेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार राजा सलमानले जिगपिङसँग ‘व्यापक रणनीतिक सम्झौता’ गरेका छन् । जिनपिङले युवराज र प्रधानमन्त्रीसँग पनि वार्ता गरेका छन् । यति मात्र होइन, साउदी अरबमा जिनपिङलाई न्यानो स्वागत गरिएको थियो । यो जुलाईमा जो बाइडेनको ‘चिसो स्वागत’ भन्दा पूर्ण रूपमा फरक छ । साउदीको उर्जा नीति र जमाल खग्गोशीको हत्यापछि अमेरिका र साउदी अरबबीचको सम्बन्ध खासै राम्रो छैन ।...
काठमाडौँ महानगरले फोहोर न्यूनीकरण अभियान थाल्ने
राजनीति, समाचार

काठमाडौँ महानगरले फोहोर न्यूनीकरण अभियान थाल्ने

नेपालअखबार, काठमाडौं। काठमाडौं महानगरपालिकाले फोहर न्यूनीकरण अभियान सुरू गरेको छ। महानगरपालिकाकाले घरबाट निस्कने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन सहुलियत दरमा कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो। महानगरले फोहर न्यूनीकरणका लागि यस्तो अभियान थालेको जनाएको छ। महानगरको वातावरण विभागले सूचना जारी गर्दै फोहर न्यूनीकरणमा सहयोगका लागि बिन वितरण गर्न लागिएको भनेको छ। ‘काठमाडौं महानगरपालिकाले घरबाट निष्कासन हुने कुहिने फोहोरलाई स्रोतमा वर्गीकरण गरी घरमा नै कम्पोस्ट मल बनाई फोहोर न्यूनीकरण कार्यमा काठमाडौँ महानगरपालिकालाई सहयोग गर्न सम्पूर्ण महानगरवासीलाई सूचित गरिन्छ’, सूचनामा भनेको छ, ‘साथै सो कार्य प्रोत्साहन गर्न सहुलियत दरमा कम्पोस्ट बिन काठमाडौं महानगरवासीलाई वातावरण तथा कृषि विभाग, टेकूबाट एक हजार ५ सय रूपैयाँमा उपलब्ध गराउने यसै सूचना मार्फत जानकारी समेत गराइन्छ।’...
महिनावारीकाविषयशैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्छः सांसद भट्टराई
राजनीति, समाचार

महिनावारीकाविषयशैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्छः सांसद भट्टराई

नेपालअखबार, पोखरा । नवनिर्वाचित नेकपाएमालेकीप्रतिनिधिसभा सांसदविद्या भट्टराईले महिलाप्रजननसंग जोडिएको महिनावारीको विषयमा समाजलाई सचेत र सकरात्मकबनाउनको लागि शैक्षिक पाठ्यक्रममै समावेश गर्नुपर्ने बताएकी छन् । सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशले आयोजना गरेको लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानअन्तर्गत महिनावारी शिक्षाविषयकअन्तरक्रियाकार्यक्रममाउनले यस्तो बताएकीहुन् । महिलाको प्रजननअंगसंग जोडिएर गरिएकाबहसहरु अझैपनिअपहेलितभएका कारण विद्यालयमा शिक्षण सिकाईमै यो विषय समावेश गर्न आवश्यक रहेको बताईन् । उनले बदलिँदो समयमा केहि हदसम्म समाज यस विषयमा सकरात्मकभएपनि पुर्ण रुपमाव्यवहारमालागु गर्नका लागि राज्यकानीतिनियमहरु बन्नुपर्नेमाउनले जोड दिईन् । कार्यक्रममाग्लोवलएक्सन नेपालकाविकेश्रेष्ठले महिलाहरुको शैक्षिकप्रगति, महिलाको स्वास्थ्यप्रजननप्रति समाजको दृष्टिकोणलाई राज्यले नै अवलम्वनगरिनुका साथै न...
रास्वपा कार्यकर्ताहरुद्वारा पार्टी कार्यालयमा धर्ना
राजनीति, समाचार

रास्वपा कार्यकर्ताहरुद्वारा पार्टी कार्यालयमा धर्ना

नेपालअखबार, काठमाडाैं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समानुपातिक सांसद चयनका लागि कार्यकर्ताले खबरदारी गरेका छन् । समानुपातिक चयनमा चलखेल भएको भन्दै बिहीबार कार्यकर्ताले केन्द्रीय कार्यालयमा धर्ना दिएर खबरदारी गरेका हुन् । प्रत्यक्षतर्फ सात सिट जितेको रास्वपाले समानुपातिकमा १३ सिट पाएको छ ।  १३ सिटमा सांसदको नाम पठाउने क्रममा चलखेलको आशंकासहित कार्यकर्ताले पार्टी कार्यालयमा खबरदारी गरेर नेतृत्वलाई सचेत गराएका हुन् । बुधबार निर्वाचन आयोगले निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाएका राजनीतिक दलहरुलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन भनेको छ ।...
मधेसको मुद्दामा एक साथ काम गर्न उपेन्द्रलाई सिके राउतको प्रस्ताव
राजनीति, समाचार

मधेसको मुद्दामा एक साथ काम गर्न उपेन्द्रलाई सिके राउतको प्रस्ताव

नेपालअखबार, काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेस केन्द्रित दुई दलका अध्यक्षलाई भेटेर मधेसको मुद्दामा मिलेर काम गर्न प्रस्ताव गरेका छन् । अध्यक्ष राउतले हिजो जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई छुट्टा छुट्टै भेटेर सो प्रस्ताव गरेका हुन् । सप्तरी २ मा आफूले पराजित गरेका जसपाका अध्यक्ष यादवलाई अध्यक्ष राउतले उनकै निवासमा हिजो साँझ भेट्न गएका थिए । सो भेटमा अध्यक्ष यादवले राउतलाई जितको उपलक्ष्यमा बधाई तथा शुभकामना दिँदै मधेसको मुद्दामा प्रतिवद्ध भएर काम गर्न सुझाव दिएको बताइन्छ । सोही क्रममा अध्यक्ष राउतले मिलेर मधेसको हितमा काम गर्न अध्यक्ष यादव समक्ष प्रस्ताव गरेको सो पार्टीका महासचिव चन्दन सिंहले बताए । एक अर्काको सहयोगले मात्र मधेसको मुक्ति सम्भव रहेको कुरा अध्यक्ष राउतले राखेको र त्यसमा अध्यक्ष य...
‘टाइम पर्सन अफ दी इयर २०२२’को उपाधि युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई
राजनीति, विश्व, समाचार

‘टाइम पर्सन अफ दी इयर २०२२’को उपाधि युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई

नेपालअखबार, काठमाडौं । सन् २०२२ को ‘टाइम पर्सन अफ दी इयर’को उपाधि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पाएका छन् । विश्वप्रसिद्ध म्यागेजिन टाइमले जेलेन्स्कीलाई उक्त उपाधि दिएको हो । यो उपाधि पछिल्लो १२ वर्षदेखि विश्व घटनामा सबैभन्दा बढी प्रभाव पारेको व्यक्तिलाई दिने गरिन्छ । सन् २०२२ को यो उपाधिका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ लगायतका नेताहरु नोमिनेसनमा परेका थिए । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले गरेको आक्रमणको डटेर सामना गर्दै आएका छन् । त्यसैले उनी यो उपाधिका लागि उपयुक्त भएको टाइम म्यागेजिनको निष्कर्ष छ । टाइम म्यागेजिनका प्रधानसम्पादक एडवर्ड फेलसेन्थलले भनेका छन्, युक्रेनको लागि लडाइँ चाहे कसैको डरले होस् वा विश्वासले होस्, भ्लोदोमिर जेलेन्स्कीले यसरी प्रेरित गरेकि, यस्तो हामीले यो दशकमा देखेका थिएनौं ।’ सन् २०२१ का ‘टाइम पर्सन अफ दी इयर’को उपाधि एलन मस्कले...
नेपाली आकाश हवाई उडानका लागि सुरक्षित छ: मन्त्री श्रेष्ठ
राजनीति, समाचार

नेपाली आकाश हवाई उडानका लागि सुरक्षित छ: मन्त्री श्रेष्ठ

नेपालअखबार, काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली आकाश हवाई उडानका लागि सुरक्षित रहेको बताएका छन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा बुधबार भएको कार्यक्रममा उनले अन्तर्राष्ट्रिय निकायले हवाई सुरक्षाका विषयमा प्रश्न उठाउनुपर्ने अवस्था नरहेको बताए। ‘प्राधिकरणले अझ सुरक्षालाई व्यवस्थित बनाउने काम गरिरहेको छ’, उनले भने। नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षाका विषयमा जिम्मेवारीपूर्वक काम गरिरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले नेपालको हवाई उडान ‘आइकाओ’को कालोसूचीबाट हट्ने अवस्थामा पुगेको बताए। हवाई सुरक्षा नीतिका विषयमा सरकारले आफ्नो नीति स्पष्ट बनाएको बताउँदै उनले आइकाओले नेपालको नीति, प्राधिकरणले हवाई सुरक्षामा गरेका कामका आधारमा चाँडै कालोसूचीबाट हट्ने विश्वास व्यक्त गरेका थिए। नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्...
उधौली पर्वले सामाजिक सद्‌भाव अभिवृद्धि गर्न अहम् भूमिका निभाएको छ : प्रधानमन्त्री देउवा
राजनीति, समाचार

उधौली पर्वले सामाजिक सद्‌भाव अभिवृद्धि गर्न अहम् भूमिका निभाएको छ : प्रधानमन्त्री देउवा

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र सम्बृद्धिको शुभकामना व्यक्त गरेका छन् । उधौली पर्वका अवसरमा शुभकामना दिँदै उनले यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । किराँत समुदायमा जाडो मौसम सुरु भएछि हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरू भई १५ दिनसम्म विभिन्न क्रियाकलापका साथ उधौली पर्व मनाउने परम्परा रहेको छ । यस पर्वका अवसरमा किराँत समुदायका मूलतः राई, लिम्बू, याख्खा र सुनुवारले नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गर्ने गरिन्छ । उधौली पर्वका अवसरमा परम्परागत वेषभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिकरूपमा साकेला नृत्य गर्ने प्रचलनसमेत रहेको छ । ...
जर्मनीको संसद भवनमा आक्रमण गर्ने योजना बनाइरहेका २५ जना पक्राउ
राजनीति, विश्व, समाचार

जर्मनीको संसद भवनमा आक्रमण गर्ने योजना बनाइरहेका २५ जना पक्राउ

नेपालअखबार, एजेन्सि। जर्मनीमा व्यवस्था परिवर्तनको उद्देश्यसहित हिंसा मच्चाउन खोजेको भन्दै २५ जनालाई  गिरफ्तार गरिएको छ। संसदमा सशस्त्र आक्रमणको योजना बनाइरहेका उग्र-दक्षिणपन्थी विचारधाराका २५ जनालाई प्रहरीले गिरफ्तार गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। आधुनिक जर्मनीको वैधतामा विश्वास नगर्ने समूहले हिंसा भड्काउने प्रयत्न गरेको जर्मनीका गृहमन्त्री न्यान्सी फिजरले बताएकी छन्। ती समूहका सम्पूर्ण प्रयासलाई सरकारले निष्प्रभावी पार्ने उनको घोषणा छ। जर्मनीको पूर्वराजपरिवार समर्थित समूहले हिंसा भड्काउने प्रयास गरिरहेको आशंका गरिएको छ।  तत्कालीन पूर्व जर्मनीमा शासन गरेको राजा हेनरिच १३ औं समर्थित समूहले रूसका प्रतिनिधिहरूसँग सम्पर्क बढाउँदै यस्तो योजना बनाएको आशंका रहेको रोयटर्सले लेखेको छ। तर रूसले यो आशंकामा कुनै सत्यता नरहेको बताएको छ भने जर्मनीको अनुसन्धानबाट पनि रूसको समर्थन रहेको कुन...
एकीकृत समाजवादीका अध्यक्ष नेपाल सँग अमेरिकाका नवनियुक्त राजदूतको भेट
राजनीति, समाचार

एकीकृत समाजवादीका अध्यक्ष नेपाल सँग अमेरिकाका नवनियुक्त राजदूतको भेट

नेपालअखबार,काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूतले शिष्टाचार भेटघाट गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगमा आज महामहिम डिन थम्पसनले  अध्यक्ष नेपाललाई  शिष्टाचार भेट गर्नुभएको हो । भेटघाटमा अध्यक्ष नेपालले राजदूतलाई  पार्टी केन्द्रीय कार्यालयमा हार्दिक स्वागत गर्दै   कार्यकाल सफलताको कामना सहित नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ  ।...