नेपाली कांग्रेस कास्कीद्वारा विभिन्न समिति तथा उपसमिति गठन
नेपालअखबार, पोखरा । आसन्न मंसिर ४ गते हुन लागेको निर्वाचनलाई लाक्षित गरि नेपाली कांग्रेस कास्कीद्वारा आज आफ्नै कार्यालय चिप्लेढुंगामा विभिन्न समिति तथा उपसमिति गठन गरेको छ ।
नेपाली कांग्रेस तथा गठबन्धनबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरुलाई विजयी गराउनको लागि नेपाली कांग्रेस कास्कीका उपसभापति रामबावु भण्डारीको अध्यक्षतामा समिति तथा उपसमिति गठन भएको हो ।
जिल्ला निर्वाचन परिचालन समितिमा युवराज कुँबरको संयोजकत्वमा धनमाया गुरुङ सहसंयोजक, शंकर ढुंगाना सचिव, विश्व शंकर पालिखे र देवी गुरुङ सदस्य रहेका छन् ।
त्यसैगरी सचिवालय व्यवस्थापन उपसमितिमा संयोजक देवेन्द्र भाट, सहसंयोजकमा विष्णु कार्की, सचिवमा सुदिपमोहन भट्टराई, सदस्यहरुमा ऋषिराम सुवेदी र मानेन्द्र कुमाल, अनुगमन तथा सहजीकरण उपसमितिमा संयोजक युवक लामिछाने, सहसंयोजक कमला विन्दु बराल, सचिवमा अर्पण कोइराला, सदस्यहरुमा ज...









