Tuesday, May 5

राजनीति

प्रचण्ड-बामदेव वार्ता: एउटै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्न तयार
राजनीति, समाचार

प्रचण्ड-बामदेव वार्ता: एउटै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्न तयार

नेपालअखबार,  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका अधयक्ष बामदेब गौतमबीच भेटबार्ता भएको छ । आइतबार बहिान पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीको टोली सँग भेट गरेका माओवादी अध्यक्ष प्रचण्डले गौतम सँग भेटबार्ता गरेका हुन् ।  भट्टराई र यादव नेतृत्वको नेसपा तथा गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले आगामी मंसिर ४ को प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचन नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा लड्ने तयारी गरीरहेको अवस्थामा माओवादी केन्द्र अध्यक्ष प्रचण्८ सँग भे६ गरेका हुन् । डा. बाबुरामसँग एउटै चिह्न, एउटै घोषणापत्रमा चुनाव लड्ने गरी  दुई पार्टीका बीचमा सहमति जुटिसकेको भए पनि यसलार्य औपचारीकता दिन भने बाँकी रहेको नेताहरुले बताएका छन् । निर्वाचन अगाडी नै समाजवादी केन्द्र बनाउने रणनीतिमा रहे...
आम निर्वाचनबारे सिंहदरवारमा केन्द्रीय सुरक्षा समितिमा छलफल
राजनीति, समाचार

आम निर्वाचनबारे सिंहदरवारमा केन्द्रीय सुरक्षा समितिमा छलफल

३० साउन, काठमाडौं । सरकारले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे प्रारम्भिक छलफल सुरू गरेको छ । सोमबार सिंहदरवारमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे आवश्यक छलफल सुरु भएको हो ।चार वटै सुरक्षा निकायका प्रमुखहरुसहित बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सो निर्वाचनको सुरक्षा तयारीबारे प्रारम्भिक छलफल सुरु गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । उनले सो निर्वाचनमा जनशक्ति कति चाहिन्छ ? त्यसका चुनौतिहरु के–के हुन ? त्यसलाई आँकलन गरेर निर्वाचन सुरक्षा योजना बनाउनुपर्ने भएकाले बैठक सोही विषयमा केन्द्रित रहेको पनि बताए ।केन्द्रीय सुरक्षा समितिले चार वटै सुरक्षा निकायका प्रतिनिधिहरु रहने गरी निर्वाचन सुरक्षा योजना बनाउने गर्दछ । ...
राष्ट्रपति भण्डारी पोखरा आउँदै, दुई दिन पोखरामा रहने
राजनीति, समाचार, समाज, हाइलाइट-समाचार

राष्ट्रपति भण्डारी पोखरा आउँदै, दुई दिन पोखरामा रहने

नेपाल अखबार, पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे पोखरा आइपुग्ने छिन् ।पोखरा झरेलगत्तै भण्डारी पोखरा ग्राण्डमा लन्चका लागि पुग्नेछिन् । आज उनी ग्राण्डमै बस्ने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।...
मेयर बालेनले भने–असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ?
राजनीति, समाचार, समाज

मेयर बालेनले भने–असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ?

नेपाल अखबार, काठमाडौं ।काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग गरेको भन्दै आक्रोश पोखेका छन् । आइतबार ल्याण्डफिल साइट रहेको धादिङको धुनिवेशी नगरपालिकाका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले फोहोर फाल्न नदिने भन्दै विज्ञप्ति जारी गरेकामा उनले आपत्ति जनाएका हुन् । उनले भनेका छन्, सँगसँगै, हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ । यसका विपरित एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ । हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ । फोहोरको रास लगाएर त्योभित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ । राजनीति त्यस्तो हुँदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढ...
राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता
राजनीति, समाचार

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

नेपालअखबार, काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन्। नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा पुनर्विचार हुन आवश्यक देखिएकाले उक्त विधेयक फिर्ता गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्। 
साउदी र मलेसिया दूतावासका समस्याबारे श्रममन्त्रीलाई जानकारी
राजनीति, समाचार

साउदी र मलेसिया दूतावासका समस्याबारे श्रममन्त्रीलाई जानकारी

नेपालअखबार, काठमाडाैं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले साउदीस्थित नेपाली दूतावासका समस्याबारे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई जानकारी गराएको छ ।  आइतबार मन्त्रालयमा मन्त्री कुँवरलाई भेटेर ८ वटा समस्याबारे जानकारी गराएको हो । कागजात प्रमाणित, कोटा प्रणाली, प्रमाणपत्र, एजेन्सी निलम्बन, भिसा रद्द, साउदी अरबस्थित कम्पनीहरूले गर्ने काम, राहदानी पेश र सुचना प्रणाली लगायतका विषयमा मन्त्री कुँवरलाई जानकारी गराइएको हो । त्यस्तै मञ्चले मलेशियाको समस्याका बारेमा पनि मन्त्री कुँवरलाई ४ बुँदे माग अघि सारेको छ । वैदेशिक रोजगारमा जाने नेपालीको संख्या उल्लेख्य मात्रामा भएपनि उनीहरूले विभिन्न समस्या भोग्नुपरेको भन्दै ति समस्याका लागि पहल गर्न मन्त्री कुँवरलाई आग्रह गरेका हुन् । मञ्चका अध्यक्ष राजेन्द्र भण्डारीले साउदी र मलेसिया दूतावासमा धेरै समस्या रहेको र ...
संघ र प्रदेशसभा निर्वाचनमा सम्पत्ति विवरण बुझाएपछि उम्मेदवारी दर्ता
राजनीति, समाचार

संघ र प्रदेशसभा निर्वाचनमा सम्पत्ति विवरण बुझाएपछि उम्मेदवारी दर्ता

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगले आगामी संघ र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिँदा उम्मेदवारको सम्पत्ति विवरण लिने भएको छ । आइतबार आयोगले मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो बताएका हुन् । उनका अनुसार उम्मेदवारले आवश्यक कागजातका साथमा सम्पत्ति विवरण बुझाउनु पर्ने भएको हो । उन भने, ‘उम्मेदवारी दर्ताकै क्रममा सम्पत्ति विवरण लिने, निर्वाचित भएपछि विवरण सार्वजनिक गर्ने र उम्मेदवारी दिएका व्यक्ति निर्वाचित नभए विवरण सार्वजनिक नगरी नष्ट गर्नेबारे आयोगले सोचेको छ ।’ यसबारे राजनीतिक दलहरूसँग छलफल भइरहेको आयोगको जनाएको छ ।...
सबै मिल्दा मात्र विकास सम्भव: मन्त्री मेटमणि चौधरी
राजनीति, समाचार

सबै मिल्दा मात्र विकास सम्भव: मन्त्री मेटमणि चौधरी

नेपालअखबार, काठमाडौं। सहरी विकास मन्त्री मेटमणि चौधरीले विकास, निर्माण र सम्वृद्धि चाहने हो भने सबै मिल्नुपर्ने धारणा राख्नुभएको छ । शनिबार लमहीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भन्नुभयो, ‘साँचो अर्थमा विकास चाहने हो भने समाजका सबै पक्ष, सबै वर्ग र सबै जनता मिल्न जरुरी छ । कसैले म एक्लै गर्न सक्छु भन्छ भने त्यो मूर्खता मात्र हो ।’ ‘विपि स्मृति भवनलाई बजेट छुट्याएको छु । अब जनमोर्चा समेतलाई छुट्याउँछु । हिन्दु, गुम्बा देखि क्रिश्चियनसम्मलाई बजेट छुट्याइनेछ । सबै जनताले राज्य मेरो हो भन्ने महसुस गर्नुपर्छ ।’ मन्त्री चौधरीले भन्नुभयो । दाङ देउखुरीले अब मुहार फेर्ने धारणा राख्नुभएका सहरी मन्त्री चौधरीले देउखुरीबाट स्वर्गद्धारी जोड्ने केवुलकार, माइक्रो ट्रेन, बबई नदीदेखि मुसोटसम्म सुरुङ मार्ग, राप्ती नदीमा बृहत तटबन्धसहित राप्ती कोरिडोर निर्माण जस्ता महत्वपूर्ण परियोजना सु...
नवनियुक्त पर्यटन मन्त्री शाहीले लिए पद तथा गोपनीयताको शपथ
प्रदेश ६, राजनीति, समाचार

नवनियुक्त पर्यटन मन्त्री शाहीले लिए पद तथा गोपनीयताको शपथ

नेपालअखबार, कर्णाली । कर्णाली सरकारका नवनियुक्त उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले प्रदेश प्रमुख तिलक परियारले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शाही गत बिहीबार मन्त्रीमा नियुक्त भएका थिए ।  यद्यपी उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् गठन गर्दा समावेशी सिद्धान्तलाई ध्यान नपुर्याएको भन्दै पत्र लेखेपछि शपथ रोकिएको थियो । नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका गैर सांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद वीरबहादुर शाही मन्त्रीमा नियुक्त भएका हुन् ।  मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको धारा १५८ को उपधारा (९) बमोजिम नियुक्ती, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् । यद्यपी मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिमण्डल समावेशी नबनाएर नै नवनियुक्त शाहीले शपथ लिएका हुन्...
ओलीले भने- मसँग उपचार गर्ने पनि पैसा छैन
राजनीति, समाचार

ओलीले भने- मसँग उपचार गर्ने पनि पैसा छैन

नेपालअखबार,  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् । आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार गर्न नपुग्ने बताए । आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको बताउँदै उनले भने, ‘तपाईंहरुले उपचार गर्दिनुभयो भने हुन्छ । मैले मेरो घरजग्गा बेच्न पनि पाउँदिनँ । किनभने दान गरिसकेको छु ।’...