Saturday, July 11

राजनीति

प्रतिनिधि सभाका लागि ४८ दलका २ हजार ४३६ उम्मेदवार समानुपातिक बन्दसूचीमा
राजनीति, समाचार

प्रतिनिधि सभाका लागि ४८ दलका २ हजार ४३६ उम्मेदवार समानुपातिक बन्दसूचीमा

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । आयोगका सचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा आज बेलुका १२ बजेसम्म सो बन्दसूची प्रकाशन गर्ने काम भइरहेको आयोगले जनाएको छ । आयोगले शनिवार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दिएको जानकारी अनुसार समानुपातिक तर्फ प्रतिनिधि सभा तर्फ ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ । प्रदेश नम्बर १ मा ३६ वटा दलका ६ सय ६१ जनाको उम्मेदवारी परेको छ भने मधेस प्रदेशमा ३६ दलका ९ सय ४८ उम्मेदवारी परेको छ । बागमती प्रदेशमा ४१ दलका ८ सय २५ जनाको उम्मेदवारी परेको छ भने गण्डकी प्रदेशमा ३१ दलका ३ सय ६८ जनाको उम्मेदवारी परेको छ । यस्तै लुम्बिनी प्रदेशमा ३२ वटा दलबाट ६ सय ५७ जनाको उम्मेदवारी परेको छ भने कर्णाली प्रदेशमा २८ वटा दलबाट २ सय २२ जनाको उम्...
भीम रावलले टिकट पाएनन्
राजनीति, समाचार

भीम रावलले टिकट पाएनन्

नेपालअखबार।  एमालेका पूर्व उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाउने भएका छन्। उनी अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका थिए। सो क्षेत्रमा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाउने भएका छन्। अछाम-१ बाट बोहोरा र अछाम-२ बाट यज्ञ बोगटीले उम्मेदवारी दिने तय भएको एमालेका एक नेताले बताए। २०५१ सालदेखि २०७४ सम्म चार निर्वाचन लडेका रावल यसपटक भने उम्मेदवार बन्नबाट बञ्चित भएका छन् उनले २०५६ सालमा मात्र निर्वाचन हारेका थिए। २०६४ सालमा भने उनी समानुपातिक तर्फको सांसद बनेका थिए।...
कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक अनिश्चित
राजनीति, समाचार

कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक अनिश्चित

नेपालअखबार, काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक अनिश्चित बनेको छ । बैठकका लागि बालुवाटार पुगेका कांग्रेस नेताहरू गठबन्धनको बैठकको कारण प्रतिक्षामा बसिरहेका छन् । बिहीबार गठबन्धनको बैठककै कारण कार्य सम्पादन समितिको बैठक बस्न सकेको थिएन । हिजो बस्न नसकेको बैठक आजका लागि सारिएको थियो । अपरान्ह १२ बजेका लागि बोलाइएको बैठक साँझ ५ बजेसम्म सुरु हुन सकेको छैन । ‘तालमेलको निर्णय गर्न गठबन्धनको बैठक बसिरहेको छ’ सहमहामन्त्री भीष्मराज आङ्देम्बेले भने, ‘हामी पर्खिरहेका छौं ।’ संघ र प्रदेशका उम्मेदवार छनोट गर्नका लागि कार्यसम्पादन समितिको बैठक डाकिएको हो । ३७ सदस्यीय कांग्रेसको कार्यसम्पादन समितिमा प्रदेशगत छलफल गरेर संसदीय समिति मार्फत उम्मेदवारको चयन गरिने नेताहरूले बताएका छन् ।संघ र प्रदेशका लागि निर्वाचन आयोगले आइतबार (असोज २३) गतेका लागि उम्मेदवार मनोनयनको समय त...
कांग्रेसका समानुपातिक संशोधित उम्मेदवार यी हुन्
राजनीति, समाचार

कांग्रेसका समानुपातिक संशोधित उम्मेदवार यी हुन्

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम खसआर्यको महिला तर्फको तेस्रो नम्बरमा राखिएको छ । यस्तै गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुको नाम छैटौं नम्बरमा छ । महिला तर्फ पहिलो नम्बरमा काठमाडौंकी अम्बिका बस्नेत र दोस्रो नम्बरमा झापाकी सरीता प्रसाईं छिन् । यसैगरी पुरुषतर्फ पहिलो नम्बरमा कांग्रेस प्रवक्ता प्रकाशरण महतको नाम राखिएको छ । दोस्रोमा बसन्त भट्टराई र तेस्रोमा आनन्द प्रसाद ढुंगाना छन् । असोज १६ गते कांग्रेसले संशोधित सूची निर्वाचन आयोगमा बुझाएको थियो । त्यसअघि नेपाली कांग्रेसले लगातार २४ घण्टासम्म छलफल गरेर समानुपातिकका उम्मेदवारहरुमा सहमति जुटाएको थियो ।...
झलनाथ खनालको पुस्तक : ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ विमोचन
राजनीति, समाचार

झलनाथ खनालको पुस्तक : ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ विमोचन

नेपालअखबार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) कहिल्यै पनि मार्गदर्शक नभएको टिप्पणी गरेका छन् । खनालको शुक्रबार राजधानीमा विमोचित पुस्तक ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’मा जबज एउटा पुँजीवादी जनवादी कार्यक्रममात्रै भएको उल्लेख गरिएको छ । ‘नेपाली जनवादी क्रान्तिका कार्यक्रमहरु विभिन्न रुपमा आए–नयाँ जनवाद, राष्ट्रिय जनवाद वा जनताको बहुदलीय जनवाद,’ पुस्तकमा भनिएको छ, ‘जे नाम दिए पनि यी सबै पुँजीवादी जनवादी कार्यक्रम नै हुन् । जबज भनेको यसको सम्पूर्ण सामाजिक आर्थिक संरचनाका दृष्टिले एउटा पुँजीवादी जनवादी कार्यक्रम नै हो ।’ खनालले पुस्तक विमोचन कार्यक्रममा समेत जबज र यसलाई मार्गदर्शक सिद्धान्त मानिरहेको एमालेप्रति टिप्पणी गरेका थिए । ‘नेपालमा पनि समाजवादी क्रान्तिको युगमा प्रवेश गरेको कुरालाई केही कम्युनिष्टहरु मान्...
आज पनि सत्ता गठबन्धनको बैठक बस्ने
राजनीति, समाचार

आज पनि सत्ता गठबन्धनको बैठक बस्ने

नेपालअखबार, काठमाडाैं । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन् । आजको बैठकले दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए । साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निर्णय लिने बताइएको छ । एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ ।...
राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने
राजनीति, समाचार

राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

नेपालअखबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई दशैंको टीका लगाइदिने भएकी छन् । राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार दशमीको दिन १९ गते दिउँसो २ देखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टहरुलाई समय छुट्याइएको छ ।३ देखि ५ बजे इच्छुक सर्वसाधारणले राष्ट्रपतिबाट दशैंको टीका लगाउन सक्ने छन् ।...
राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति छ,नेताहरुले विश्वास गुमाउँदैछन् : माधव नेपाल
राजनीति, समाचार

राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति छ,नेताहरुले विश्वास गुमाउँदैछन् : माधव नेपाल

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति र समाजमा चरम भ्रष्टाचारी प्रवृत्ति रहेकाले त्यसलाई हटाउन जरुरी रहेको बताएका छन् । बिहीबार पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले  अवसर नपाउने बित्तिकै अन्तै हामफाल्ने प्रवृत्तिबाट होसियार हुनुपर्ने बताएका हुन् । ‘आफुले अवसर पाएको छैन भने अनुहार अँध्यारो बनाउने, पटक पटक पाए ठीक, अरुले एकचोटी पाउँदा सकारात्मक नलिने हाम्रो समाजमा रोग छ’, अध्यक्ष नेपालको भनाइ छ । उनले नेपालको राजनीतिमा फैलिएको यस्तो रोग कम्युनिस्ट आन्दोलन र आफ्नो पार्टीमा पनि देखापरेको बताए । ‘अवसर पाइन्न भन्ने लाग्यो भने तुरुन्तै अन्तै हाम फल्ने प्रवृति देखिएको छ । यी सबै चिजबाट होसियार हुनुपर्छ’, नेपालले पार्टी परिवर्तनतर्फ संकेत गर्दै भने । उनले अहिलेको ...
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने, कहाँ–कहाँ टुंगियो ?
राजनीति, समाचार

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने, कहाँ–कहाँ टुंगियो ?

नेपालअखबार, काठमाडाैं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ।  सत्ता गठबन्धनको बुधबार बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने सहमति हुनुका साथै तीमध्ये अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको हो । जसअनुसार काँग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर- ३, कञ्चनपुर-२, डडेलधुरा, दार्चुला, कैलाली- १, ४, ५, अछाम -२, बाजुरा, सुर्खेत- १ र २, दैलेख - २, मुगु, नवलपरासी पश्चिम -२, बर्दिया- १ रहेको छ । दैलेख-१ मा भने एकीकृत समाजवादीको पनि दाबी छ । यसैगरी चितवन -  १ र २, गोरखा - १, मनाङ, कास्की- १, तनहुँ- १ र २, स्याङ्जा- १ र २, नवलपरासी पूर्व- १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी- १, पाल्पा- १, अर्घाखाँची, रुपन्देही - ३,४ र ५, कपिलबस्तु - २, ३, दाङ- ३ र बाँके - ३ निर्वाचन क्षेत्रबाट पनि काँग्रेसले उम्मेदवारी दिने सहमति भएको छ । यसैगरी पाँचथर, इलाम-२, झापा - १,३ र ४, संखुव...
बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक  जारी
राजनीति, समाचार

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

नेपालअखबार, काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक बसिरहेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय सत्ता गठबन्धनबीच आपसी सिट बाँडफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बिहान ९ बजेबाट सुरु भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र जनमोर्चाका शीर्ष नेताको सहभागिता छ । यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमै पार्टीको आन्तरिक छलफलका लागि कांग्रेसका पदाधिकारीको छुट्टै बैठक बसिरहेको सो पार्टीले जनाएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि बन्दसूची सच्याउने अन्तिम म्याद र प्रत्यक...