नागरिकता विधेयक ‘अध्ययन गर्दै’ राष्ट्रपति भण्डारी
नेपालअखबार ।संसद्का दुवै सदनबाट बहुमतले पारित भएको नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन) प्रमाणीकरण प्रक्रिया लम्बिएको छ ।
विधेयक फिर्ता गर्न साना पार्टी र नागरिक समाजसम्बद्ध कतिपय अगुवाको दबाब र सुझावपछि राष्ट्रपति विद्या भण्डारीले गहिरो अध्ययनबाट मात्र टुंगोमा पुग्ने गरी गृहकार्य बढाएकी छिन् । संसद्मा एमालेको ‘प्रक्रियागत असहमति’बीच नागरिकता विधेयक पारित भएको थियो ।
६ साउनमा प्रतिनिधिसभा र १३ साउनमा राष्ट्रिय सभाबाट पारित विधेयक सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पठाएका थिए । प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक रोकिएपछि निर्वाचनको मुखमा राजनीतिक मुद्दा बन्ने जोखिम छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि संघीय संसद्को दुवै सदनले पारित गरेको विधेयकले कानुनी रूप लिन्छ ।
संविधानअनुसार संसद् सचिवालयले पठाएको विधेयक राष्ट्रपतिलाई १५दिनभित्र प्रमा...










