Saturday, July 11

राजनीति

समानुपातिक उमेदवार छान्न माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
राजनीति, समाचार

समानुपातिक उमेदवार छान्न माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

नेपालअखबार, काठमाडाैं । समानुपातिक तर्फका उमेदवारको नाम चयनका लागि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ। पार्टी मुख्यालय पेरिसडाँडाँमा बसेको बैठकले संघ र प्रदेशसभाका लागि समानुपातिक तर्फका उम्मेदवारको नाम तय गर्ने बताइएको छ। निर्वाचन आयोगले भोलिसम्म समानुपातिकतर्फको सूचि बुझाइसक्नुपर्ने समय तोकेको छ। संघीय संसदको प्रतिनिधिसभाका लागि १ सय १० र सातै प्रदेश सभाका लागि २ सय २० जनाको नाम भोलिसम्म दलहरूले निर्वाचन आयोगलाई बुझाइसक्नुपर्छ।...
कांग्रेसकाे बैठक समानुपातिक सूची तयार पार्न बालुवाटारमा
राजनीति, समाचार

कांग्रेसकाे बैठक समानुपातिक सूची तयार पार्न बालुवाटारमा

नेपालअखबार, काठमाडाैं । समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची तय गर्न नेपाली कांग्रेसको संसदीय समितिको बैठक चलिरहेको छ । प्रतिनिधि र प्रदेशसभामा समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची तय प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि समिति बैठक चलिरहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । कांग्रेस सहमहामन्त्रीले मातहतका समितिबाट केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारको नाम क्लस्टर अनुसार सूचीकृत गरेर शुक्रबार प्रतिवेदन बुझाएका थिए । उक्त प्रतिवेदनबाट उम्मेदवार छनोटका लागि कांग्रेस संसदीय समितिमा गृहकार्य भइरहेको पौडेलको भनाइ छ । समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची असोज २ र ३ मा बुझाउने निर्वाचन आयोगको कार्यतालिका छ । प्रतिनिधिसभाका लागि दलहरूले समानुपातिक बढीमा १ सय १० र कम्तीमा ११ उम्मेदवारको नाम बुझाउन सक्छन् । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्द...
समानुपातिक उम्मेदवार छान्न एकीकृत समाजवादीले बनायो ६ बुँदे मापदण्ड
राजनीति, समाचार

समानुपातिक उम्मेदवार छान्न एकीकृत समाजवादीले बनायो ६ बुँदे मापदण्ड

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले समानुपातिक निर्वाचन पद्धतितर्फको उम्मेदवार चयनका लागि ६ बुँदे मापदण्ड बनाएको छ । महासचिव बेदुराम भुसालले शनिबार एक विज्ञप्ति जारी गरी ६ बुँदे मापदण्ड सार्वजनिक गरेको हो । हाल समानुपातिक तर्फका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई नदोहोर्‍याउने, स्थानीय तह निर्वाचनका उम्मेदवारलाई समानुपातिकको बन्दसूचीमा नराख्ने, विगतमा दुई पटक वा सो भन्दा बढी समानुपातिक सांसद वा राष्ट्रियसभा सदस्य भएकालाई बन्दसूचीमा नराख्ने एकीकृत समाजवादीको मापदण्ड छ । त्यस्तै विगतमा अवसर नपाएकालाई प्राथमिकता दिने, सम्बन्धित क्लस्टरको वरिष्ठ व्यक्तिलाई समानुपातिक बन्द सूचीमा प्राथमिकता दिने पनि एकीकृत समाजवादीले बताएको छ । महासचिव भुसालले समानुपातिक निर्वाचन पद्धतिको उम्मेदवार चयनका लागि कार्यक्षमता राम्रो भएको र सक्रिय, पार्टी निर्माणमा राम्रो योगदान गरेको, स्वच्छ...
ओलीलाई झलनाथको कटाक्ष : टाउकोमा हिउँ राखेर सोच्ने गर्नुस्
राजनीति, समाचार

ओलीलाई झलनाथको कटाक्ष : टाउकोमा हिउँ राखेर सोच्ने गर्नुस्

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टाउको हिउँ राखेर सोच्न सुझाव दिएका छन् । शनिबार बसेको प्रतिनिधिसभाको एघारौं अधिवेशनको अन्तिम बैठकमा संशोधनका क्रममा उनले ओलीमा अझै बुद्धि नआएको दावी गरे । ओलीले आफूले संविधानअनुसार नै संसद विघटन गरेर चुनाव घोषणा गरेको दावीप्रति खनालले प्रश्न गरे–‘संविधान नबुझेको हो कि, कहिल्यै बुद्धि नआएको हो कि ? मंसिर ४ को चुनावपछि पो बुद्धि आउने हो कि ?’ उनले अध्यक्ष ओलीलाई नेपालको १५ प्रतिशत भूभागमा हिउँ पाइने बताउँदै टाउकोमा हिउँ राखेर सोचेर बोल्न आग्रह गरे ।  आफूभन्दा अगाडि नै बोलेका ओलीले आफूले गरेको प्रतिनिधिसभा विघटन र चुनावको घोषणा संविधानअनुसार भएको दावीको खण्डन गर्दै नेता खनालले संविधानको धारा ७६ को उपधारा १ देखि ६ सम्मको व्यवस्था कुनै हालतमा संसद विघटन गर्न नसक्ने व्यवस्था रहेको बताए ।...
संसदको पाँचवर्षे कार्यकाल अत्यन्तै कमजोर : माधव नेपाल
राजनीति, समाचार

संसदको पाँचवर्षे कार्यकाल अत्यन्तै कमजोर : माधव नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विकास र सुशासनको दृष्टिले संसदको पाँचवर्षे कार्यकाल राम्रो नभएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसदको पाँचवर्षे कार्यकाल अघिल्लो निर्वाचनपछि अनुमान गरिए अनुरुप नभएको बताए । केही नेताको चरम व्यक्तिवाद र अहंकारका कारण मुलुक अन्योलको दिशातर्फ गएको भन्दै उनले भने, ‘विकास र सुशासनको हिसाबले यो पाँच वर्षको कार्यकाल अत्यन्तै कमजोर । अत्यन्तै नराम्रो भन्न सकिन्छ ।’ गठबन्धनमा ६० प्रतिशतभन्दा बढी सिटमा सहमति भइसकेको समेत अध्यक्ष नेपालले जानकारी दिए ।...
आज पनि संघीय संसद् प्रतिनिधि सभाको बैठक बस्दै
राजनीति, समाचार

आज पनि संघीय संसद् प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने छ । आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजै राष्ट्रिय सभाको बैठक पनि बस्ने भएको छ । अपराह्न ३ बजे बस्‍ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।   #सदन...
आज चिनियाँ नेता ली चान्सु  स्वदेश फर्किँदै
राजनीति, समाचार

आज चिनियाँ नेता ली चान्सु स्वदेश फर्किँदै

नेपालअखबार, काठमाडाैं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सु आज स्वदेश फर्कने कार्यक्रम छ । सोमबार नेपाल आए लगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय भएका थिए । नेपाल भ्रमणको क्रममा लीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । निर्वाचन नजिकिएको बेला चीनबाट भएको यो उच्चस्तरीय भ्रमणलाई नेपाली राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।...
एकीकृत समाजवादी निकट समाजवादी सहकारी संगठन गठनको राष्ट्रिय समिति गठन
राजनीति, समाचार

एकीकृत समाजवादी निकट समाजवादी सहकारी संगठन गठनको राष्ट्रिय समिति गठन

नेपालअखबार, काठमाडौँ  । नेकपा ( एकीकृत समाजवादी ) को निकट सहकारी संगठन समाजवादी सहकारी संगठन नेपाल घोषणा भएको छ । बिहीबार काठमाण्डौमा भएको घोषणा कार्यक्रम नवराज अर्यालको अध्यक्षतामा ७३ सदस्यीय केन्द्रीय समिति घोषणा भएको हो । नवगठित समितिका उपाध्यक्षहरूमा केशव दंगाल, बटुक कृष्ण थापा, एम प्रसाद जोशी, बिरबहादुर भोटे ,टीपी अधिकारी , विरेन्द्र यादव, धरणीधर अधिकारी रहनु भएको छ भने समितिको महासचिवमा देवराज न्यौपाने सचिवहरू हरी शर्मा सुदर्शन मिश्र ,किरण मोक्तान ,टापबहादुर श्रेष्ठ र राधा कडरिया  हरनु भएको छ । कार्यक्रममा नवगठित समितिलाई सपथ ग्रहण गराउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवगठित समाजवादी सहकारी संगठनका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै सहकारी अभियानले जनजिविकाका सवालहरुलाइ सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका...
प्रधानमन्त्री र मन्त्रीलाई चुनाव प्रचारका लागि छुट दिन प्रमुख निर्वाचन आयुक्त सकारात्मक
राजनीति, समाचार

प्रधानमन्त्री र मन्त्रीलाई चुनाव प्रचारका लागि छुट दिन प्रमुख निर्वाचन आयुक्त सकारात्मक

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री र मन्त्रीले निर्वाचन प्रचार प्रसार गर्न नपाउने निर्वाचन आयोगको आचारसंहिताप्रति प्रमुख राजनीतिक दलहरुले विरोध गरेपछि उक्त व्यवस्था संशोधन गर्न निर्वाचन आयोग सकारात्मक बनेको छ । बुधबार निर्वाचन आयोग र १२ राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलमा त्यसबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया सकारात्मक भएका हुन् । आयोगले प्रधानमन्त्री,मन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरु अर्को निर्वाचन क्षेत्रमा चुनाव प्रचार–प्रसार गर्न नपाउनेगरी आचारसंहिता प्रकाशन गरेको थियो । त्यसमा दलहरुले अधिकार हनन भएको भन्दै त्यस्तो प्रावधान संशोधन गर्नुपर्ने बताउँदै आएका थिए । बुधबार आयोग र दलका प्रतिनिधिबीच भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरूको चासोलाई सकारात्मक रुपमा लिँदै सल्लाह गरेर मिलाउने आश्वासन दिएका हुन् । ‘उक्त प्रावधानबारे प्रमुख निर्वाचन आयुक्...
संसदबाट धमाधम सांसदले बिदा लिँदै
राजनीति, समाचार

संसदबाट धमाधम सांसदले बिदा लिँदै

नेपालअखबार, काठमाडाैं । मौजुदा प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा सांसदहरुले औपचारिक रुपमा धमाधम बिदा लिन थालेका छन् । प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउन खोजेको भन्दै १९ भदौमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएको बताएका थिए । १९ भदौमा बसेको बैठकमा उनले यस मौजुदा संसद बैठकमा सहभागी नहुने भन्दै आफूले पाउने तलबभत्ता र सुविधा नपठाउन सभामुख र सचिवालयका कर्मचारीलाई आग्रह गरेका थिए । उनले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । लिङ्देनले सांसद पदबाट राजीनामा दिएको १२औँँ दिन बुधबार (२९ भदौ) मा बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सबैलाई धन्यवाद दिँदै अब यस मौजुदा संसदमा सांसदमा रुपमा उपस्थित नहुने बताएका हुन् । बुधबार बसेको बैठकको शून्य समयमा कांग्रेसकी रंगमती शाहीले शून्य समयमा बोल्ने आफ्नो अन्तिम रहेको भन्दै सबैलाई आगामी निर्वाचनमा जितेर आउन शुभकामना दिँदै ब...