राष्ट्रिय सभामा दिएको अभिव्यक्तिलाई लिएर गृहमन्त्रीले मागे माफी
नेपालअखबार,काठमाडौं । गृहमन्त्री सुधन गुरूङले राष्ट्रिय सभामा दिएको अभिव्यक्तिलाई लिएर माफी मागेका छन्।
बिहीबार राष्ट्रिय सभा बैठकमै उनले माफी मागेका हुन्।
'मेरो तर्फबाट अलिकति ठाडो तरिकाले भयो जस्तो लाग्यो। मेरो तर्फबाट क्षमाप्रार्थी पनि छु। हजुरहरूसँग माफी पनि माग्न चाहन्छु,' उनले भने।
तर उनले सांसदहरूलाई विषयमा केन्द्रित हुन पनि आग्रह गरे। मनुसुनजन्य विपद व्यवस्थापनबारे छलफल र प्रश्नोत्तर गर्ने कार्यक्रममा आफूलाई निर्मला पन्तको बलात्कार पछिको हत्या प्रकरणबारे सोधिएको बताए।
'विषयबाट बाहिर गएर निर्मला पन्तको विषय उठाइयो। मनसुनजन्य विपद व्यवस्थापनक विषय निर्मलाको विषय कसरी सम्बन्धित छ? किन यसरी घुमाइन्छ? विषयमा केन्द्रित होऔं। तपाईंहरूबाट धेरै सिक्न बाँकी छ, सिक्दै जाँदैछौं। हामीभन्दा धेरै जेठोपाको पनि हुनुहुन्छ,' उनले भने।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद विष्णुबहाद...










