Monday, May 4

राजनीति

पोखरा महानगरको मनोमानीमा काँग्रेस नगर समितिको ज्ञापनपत्र
राजनीति, समाचार

पोखरा महानगरको मनोमानीमा काँग्रेस नगर समितिको ज्ञापनपत्र

नेपाल अखबार, पोखरा । पोखरा महानगरपालिकामा भएको आर्थिक प्रशासन, कर्मचारी व्यवस्थापन र सुशासनप्रति चिन्ता व्यक्त गर्दै नेपाली काँग्रेस पोखरा महानगर नगर समितिले मेयरलाई ज्ञापनपत्र बुझाएको छ । नगर समितितर्फबाट सभापति बजिरमान श्रेष्ठले मेयर मानबहादुर जिसीलाई ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । यसअघि पनि प्रतिपक्ष दलका सुझाव र काँगे्रेसबाट निर्वाचित वडाध्यक्षहरुले गरेको ध्यानाकर्षणप्रति महानगर मौन बसेको भन्दै पुनः ज्ञापनपत्र बुझाइएको श्रेष्ठले जानकारी दिए । ज्ञापनपत्रमा राजस्व शाखाका तत्कालीन प्रमुखबाट आर्थिक अनियमितता भएको विषय उजागर गर्ने स्पष्ट र इमानदार लेखाप्रमुखलाई उल्टै स्पष्टीकरण सोधिएकोमा आपत्ति जनाउँदै आर्थिक अनियमितताको पनि उजागर हुने डरले अहिले लेखाप्रमुखलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिनु निन्दनीय भएको उल्लेख छ । यसैगरी, महानगरपालिकामा कर्मचारीहरुको व्यवस्थापन, योग्यता र क्षमत...
पौडेलसहित काँग्रेसका २७ केन्द्रीय सदस्यले बुझाए देउवालाई विरोधपत्र
राजनीति, समाचार

पौडेलसहित काँग्रेसका २७ केन्द्रीय सदस्यले बुझाए देउवालाई विरोधपत्र

नेपाल अखबार, काठमाडौं । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलमहामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहितका २७ केन्द्रीय सदस्यले सोमबार सभापति शेरबहादुर देउवालाई विरोधपत्र बुझाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर नेताहरुले देउवालाई हस्तान्तरण गर्नेगरी सो विरोधपत्र दर्ता गराएका हुन् । विरोधपत्रमा पार्टी विधानसम्मत सञ्चारन गरी १४ औं महाधिवेशन स्वच्छ र निष्पक्ष ढंगले गर्न माग गरिएको छ । ‘नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ । विधानतः चार बर्षको कार्यकालभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था छ । तर चार वर्षको कार्यकाल भित्र महाधिवेशनको कुनै तयारी भएन । हामीले समयावधि भित्रै महाधिवेशनको लागि निरन्तर आवाज उठायौं, तर सभापतिज्यूले यसबारे कुरै सुन्न चाहनु भएन’, पत्रमा भनिएको छ, ‘त्यसैले ती प्रयास निरर्थक भए । जब चार वर्षको वैधानिक कार्यकाल सकियो, अनि कुनै त्यस्त...
मन्त्रीमण्डल पुनर्गठनबारे ओली–प्रचण्डबीच अझै जुटेन सहमति
राजनीति, समाचार

मन्त्रीमण्डल पुनर्गठनबारे ओली–प्रचण्डबीच अझै जुटेन सहमति

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सोमबार भएको भेटवार्तामा पनि सहमति जुट्न सकेन । मन्त्रिपरिषद् पुनगर्ठनबारे समझदारी बनाउन दुई अध्यक्षबीच बिहीबारयता लगातार छलफल भइरहेको छ । सोमबार साढे १ घण्टा दुई अध्यक्षबीच भएको भेटवार्तामा पनि ठोस सहमति बन्न नसकेको हो । छलफल जारी राख्ने सहमति भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । मन्त्रीमण्डल पुनर्गठनका लागि अपनाइने मापदण्डका बारेमा अध्यक्षद्वयबीच सहमति बन्न नसक्दा मन्त्रिमण्डल गठनमा ढिलाइ भएको हो । मन्त्रिमण्डल पुनर्गठन गर्दा पुराना केही मन्त्रीहरुलाई निरन्तरता दिने मनस्थितिमा ओली छन् भने प्रचण्ड दुई वर्ष पूरा भएकालाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा छन् ।...
राष्ट्रसंघ महासभा : ६ वर्षदेखि भारत–पाकिस्तानबीच निरन्तर आरोप–प्रत्यारोप
राजनीति, विश्व, समाचार

राष्ट्रसंघ महासभा : ६ वर्षदेखि भारत–पाकिस्तानबीच निरन्तर आरोप–प्रत्यारोप

नेपाल अखबार,एजेन्सि । केही वर्षयता भारत र पाकिस्तान दुवैका लागि संयुक्त राष्ट्रसंघको महासभा जम्मु–कश्मीरको विषयमा आ–आफ्नो अडान अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र आफ्नो पक्षमा समर्थन जुटाउन प्रयास गर्ने ‘प्लेटफर्म’ बनेको छ । अघिल्ला वर्षहरुझैं यस वर्ष भारत र पाकिस्तानले राष्ट्रसंघको जारी ७५ औं महासभामा एक अर्काप्रति निकै आरोप–प्रत्यारोप गरे । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रबार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार महासभालाई सम्बोधन गरेका छन् । हरेक वर्ष भारत र पाकिस्तानका प्रधानमन्त्रीले गर्ने सम्बोधनले संसारको ध्यान खिच्ने गर्दछ ।महासभालाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री खानले भारतले राज्यस्तरबाट नै इस्लामप्रति घृणा फैलाएको र मस्जिदहरु भत्काउने काम गरेको संगिन आरोप लगाए । साथै, उनले मुस्लिमहरु मारिएको र उनीहरुको राष्ट्रियता नै संकटमा पर्न लागेको भन्दै राष...
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
राजनीति, समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

नेपाल अखबार, काठमाडाैं। आज अपराह्न १२ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । सोमबार मन्त्रिपरिषदको नियमित बैठक हुने गरेपनि आइतबार आकस्मिक बैठक बस्न लागेको हो । आजको बैठकमा एसिड आक्रमण कसुरसम्बन्धी विधेयक मन्त्रिपरिषदले जारी गर्ने एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषदबाट जारी भएपछि आजै राष्ट्रपतिबाट प्रमाणिकरण हुनेछ । यस्तै अन्य केही विधेयक बारेपनि बैठकमा छलफल हुने बुझिएको छ । सरकारले पहिलेको कानून संशोधन गरी एसिड आक्रमण कसुरको सजायमा बृद्धि गर्दै नयाँ अध्यादेश सिफारिस गरेको छ । एसिड आक्रमण गरेमा २० वर्ष सजाय र आक्रमणबाट मृत्यु भएमा जन्मकैदको सजायको सिफारिस गरिएको छ । दुई साता अघि प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण कसुरसम्बन्धी कानून छिट्टै संशोधन गरेर कडा व्यवस्था गर्ने बताए...
इतिहासमा आज – हङकङमा बेलायती शासन अन्त्य गर्ने सहमति
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

इतिहासमा आज – हङकङमा बेलायती शासन अन्त्य गर्ने सहमति

नेपाल अखबार, एजन्सि।आज २६ सेप्टेम्बर ।  १९८४ को यही दिन हङकङमाथिको बेलायतको १ सय ५० वर्षे अधिपत्य समाप्त गर्ने विषय सहमतिमार्फत टुुंगोमा पुुगेको थियो । चीन र बेलायतबीचको सहमतिमा दुुई महत्त्वपूर्ण कुरा समावेश थिए – बेलायतले सन् १९९७ मा चीनलाई हङकङ हस्तान्तण गर्ने, कम्युनिष्ट राज्य चीनको अधीनमा भएपनि स्वायत्ततासहितको पुँजीवादी शासन व्यवस्था हङकङमा कायमै रहने । दुुई वर्षसम्म चलेको निरन्तर संवाद र बहसपछि  बेइजिङस्थित द ग्रेट हल अफ पिपुलमा चीनका लागि बेलायती राजदूत रिचर्ड इभान्स र चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख झोउ नानबीच सहमति भएको थियो, त्यसपछि यसलाई औपचारिक मान्यता दिन  बेलायत सरकारसँग माग गरियो । सहमतिअनुसार चिनियाँ अधिकारीहरु हङकङलाई उच्च रुपमा स्थानीय स्वायत्तता दिन तयार थिए । यसको अर्थ हङकङमा चलिआएको सामाजिक, आर्थिक र कानूनी प्रणाली कायम रहने, तर यस शहरको रक्षा र विदेशी मामिला बेइजिङले ...
नागरिकको स्वास्थ्य र अर्थतन्त्रलाई महामारीले सिर्जना गरेको जोखिमबाट जोगाउन पर्याप्त प्रयास : प्रधानमन्त्री
राजनीति, समाचार

नागरिकको स्वास्थ्य र अर्थतन्त्रलाई महामारीले सिर्जना गरेको जोखिमबाट जोगाउन पर्याप्त प्रयास : प्रधानमन्त्री

नेपाल अखबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आधारभूत स्वास्थ्य रक्षाका साथै शिक्षा र स्वास्थ्य सेवालाई जारी राख्न राष्ट्रहरुले आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारण अविलम्ब गर्नुपर्ने औँल्याउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभाका अवसरमा राष्ट्रसङ्घीय विकास कार्यक्रम र बहुआयमिक गरीबी मित्रसमूह सञ्जालसँगको साझेदारीमा चिली र पाकिस्तान सरकारको सहआयोजनामा ‘गरीबीको दोसाँधः श्रेष्ठतम पुनर्निर्माणका लागि नेतृत्व र बहुआयमिक गरीबी सूचकाङ्कहरुको उपयोग’ विषयमा बिहीबार भएको उच्चस्तरीय पाश्र्व बैठकलाई पूर्वअभिलेखित ‘भिडियो’ सम्बोधन गर्दै उहाँले कोभिडका कारण उत्पन्न परिस्थितिबाट पार पाउन तथा अर्थतन्त्रलाई पूर्ववत् फर्काउँदै द्रुत विकासको पथमा अग्रसर हुन बेलैमा साधनस्रोत पुनः छुट्याउन अपरिहार्य भएको बताउनुभयो । यथाशक्य चाँडो निरपेक्ष गरीबीको अन्त्य र सबै किसि...
एकताको टुंगो लगाउने ठोस प्रस्ताव ल्याउन नेकपा अध्यक्ष र महासचिवलाई १० दिनको समय
राजनीति, समाचार

एकताको टुंगो लगाउने ठोस प्रस्ताव ल्याउन नेकपा अध्यक्ष र महासचिवलाई १० दिनको समय

नेपाल अखबार, काठमाडाैं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सांगठनिक एकताका बाँकी कामलाई पूरा गर्न ठोस प्रस्ताव ल्याउन पार्टी अध्यक्ष र महासचिवलाई १० दिनको समय दिएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेका सचिवालय बैठकले एकताको बाँकी काम पुरा गर्नकालागि सचिवालयमा ठोस प्रस्ताव ल्याउन अध्यक्षद्वय र महासचिवलाई १० दिनको समय दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। ‘सांगठनिक एकताका बाँकी काम पूरा गर्ने सन्दर्भमा १० दिनभित्र अध्यक्ष कमरेड र महासचिव कमरेडले ठोस प्रस्तात सचिवालयको बैठकमा प्रस्तुत गर्ने र त्यसका आधारमा छलफल गरेर सचिवालयले टुंगो लगाउने निर्णय भएको छ’, बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने। प्रवक्ता श्रेष्ठले अन्य विविध कार्यसूची अन्तर्गत रहेका अन्य विषयलाई दुई÷तीन दिनभित्रै अर्को बैठक बसेर निर्णय लिने बताए। उनले आजको सचिवालय बैठक स्थ...
नेकपा बैठकमा  संवैधानिक आयोगमा छिटो पदपूर्ति गर्न सरकारलाई आग्रह
राजनीति, समाचार

नेकपा बैठकमा संवैधानिक आयोगमा छिटो पदपूर्ति गर्न सरकारलाई आग्रह

नेपाल अखबार, काठमाडाैं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तत्काल संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले संवैधानिक आयोगमा तत्काल पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको उनको भनाइ छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन नसकेको आरोप लगाइरहँदा सत्तारुढ दलले पनि पदपूर्तिका लागि आग्रह गरेको हो । १३ वटा संवैधानिक आयोगमध्ये अहिले १० वटा आयोगमा ३९ पद रिक्त रहेका छन् । प्रतिपक्षी दलसँगको भागबण्डा नमिलेकै कारण नियुक्तिमा ढिलाइ भएको बताइन्छ ।...
नेकपा सचिवालय बैठक , मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुँदै
राजनीति, समाचार

नेकपा सचिवालय बैठक , मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुँदै

नेपाल अखबार, काठमाडाैं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार सचिवालय बैठक बस्दैछ ।बैठक सोमबार नै बस्ने भनिए पनि अन्तिम समयमा स्थगित भएको थियो । सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक मंगलबार दिउँसो १२: ३० बजे बस्ने गरी स्थगित भएको हो । आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको छ । आइतबार पेरिसडाँडामा बैठक बसे पनि मंगलबारको बैठक बालुवाटारमा बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।...