Saturday, August 8

राजनीति

वैशाख २८-३१ मा कांग्रेस महाधिवेशन गर्ने प्रस्ताव
राजनीति, समाचार

वैशाख २८-३१ मा कांग्रेस महाधिवेशन गर्ने प्रस्ताव

नेपालअखबार,काठमाडौँ ।  नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८-३१ गते गर्ने प्रस्ताव गरिएको छ । सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ मिति प्रस्ताव गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए । ‘कार्यवाहक सभापतिले विशेष महाधिवेशनको औचित्य मंसिर १५ मै सकिएको भन्नुभयो । १५औं महाधिवेशन पुस २६ मा तोकिएको थियो त्यो २०८३ वैशाख २८-३१ गतेको तालिका प्रस्ताव गर्नु भएको छ,’ उनले भने । यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६-२८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेपछि अहिले पुन: नियमित महाधिवेशनको नयाँ मिति प्रस्ताव गरिएको छ । महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन पुसभित्रै गर्नुपर्ने अडानमा छन् । ...
समानुपातिक बन्दसूचीमा अपांगता भएका व्यक्तिलाई पनि समेट्न सर्वोच्चको आदेश
प्रशासन, राजनीति, समाचार

समानुपातिक बन्दसूचीमा अपांगता भएका व्यक्तिलाई पनि समेट्न सर्वोच्चको आदेश

नेपालअखबार, काठमाडौं । सर्वोच्च अदालतले दलहरूले पेश गरेको समानुपातिक बन्दसूचीमा अपांगता भएका व्यक्तिहरूलाई पनि समेट्न निर्वाचन आयोगका नाममा आदेश जारी गरेको छ । न्यायाधीशहरू हरि फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले ‘कुनै दलहरुले बन्दसूचीमा अपांगता भएका व्यक्तिहरुको नाम समावेश नगरेको भए सच्याएर समावेश गरी पेश गर्न लगाउन’ निर्वाचन आयोगका नाममा आदेश दिएको हो ।विभिन्न क्षेत्र र समूदायको प्रतिनिधित्वको व्यवस्था भएपनि अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व नभएको भन्दै माधव प्रसाद चम्लागाईंले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।...
दलहरूलाई समानुपातिक सूची सच्याउने समय एक साता
राजनीति, समाचार

दलहरूलाई समानुपातिक सूची सच्याउने समय एक साता

नेपालअखबार,काठमाडौं । राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूची सच्याउन एक साता समय पाउने भएका छन् । निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन्, ‘कलस्टर नमिलेको अवस्थामा आयोगले यही पुस २० गतेसम्म सम्बन्धित दलहरूलाई सूचित गरिसक्छ । त्यसपछि सम्बन्धित दलको तर्फबाट यही पुसको २१ गतेदेखि २७ गतेसम्म आयोगले बताएअनुसार संशोधन गरेर पेस गर्ने कार्यक्रम हुनेछ ।’ दलहरूले यही पुस १३ र १४ गते समानुपातिक सूची बुझाएका थिए । त्यसउपर आयोगले छानबिन गरिरहेको छ । यही पुस २० गतेसम्म आयोगले कानुन बमोजिमको कलस्टर अनुसार दलहरूको बन्दसूचीमा नाम रहे-नरहेको अध्ययन गर्नेछ । अध्ययन पश्चात २० गते नै दलहरूलाई के के मिलेको छैन भनेर पत्राचार गर्ने तालिका छ । आयोगले कलस्टर मिलाउनुपर्ने भएका सम्बन्धित दलहरूलाई पत्राचार गरेपछि...
आफ्नो स्वास्थ्य र उमेरबारे यसो भन्छन् डोनाल्ड ट्रम्प
राजनीति, विश्व

आफ्नो स्वास्थ्य र उमेरबारे यसो भन्छन् डोनाल्ड ट्रम्प

नेपालअखबार, वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य राम्रो नभएको समाचार बेला–बेला आइरहन्छ । यसैबीच ट्रम्पले एउटा अन्तर्वार्तामा आफ्नो स्वास्थ्यबारे बोलेका छन् । आफूले डाक्टरले सिफारिस गरेको भन्दा बढी एस्पिरिन खाने गरेको र हातमा देखिने नीलो दाग लुकाउन मेकअप प्रयोग गर्ने गरेको उनले बताएका छन् । ‘म थोरै अन्धविश्वासी छु,’ ट्रम्पले भने । मानिसहरूले रगतलाई पातलो बनाउन एस्पिरिन राम्रो हुन्छ भन्ने ठान्ने गरेको उल्लेख गर्दै आफ्नो मुटुमा बाक्लो रगत नजाओस् भन्ने चाहनाले आफूले धेरै एस्पिरिन खाने गरेको उनले बताए । डाक्टरले दिनमा ८१ मिलिग्राम एस्पिरिन लिन सल्लाह दिएको भए पनि ट्रम्पले ३२५ मिलिग्राम खाने गरेका छन् । उनले नियमित रूपमा व्यायाम नगर्ने पनि स्वीकार गरे । व्यायाम गर्न आफूलाई दिक्क लाग्ने उनले बताए । यी सबै कुरा उनले ‘द वाल स्ट्रिट जर्नल’सँगको अन्तर्वार्तामा भनेका ह...
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
राजनीति, समाचार

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तोकेपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते दुई दिन काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरेका छन् । भृकुटीमण्डपको हल समेत बुकिङ गरिसकिएको नेताहरुले बताएका छन् । त्यसको जानकारी पाएपछि सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल समेत गरेका थिए । लगत्तै पार्टीभित्रको परिस्थितिबारे छलफल गर्न देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई बोलाइएको छ ।यसअघि कांग्रेस केन्द्रीय समितिले पुस ...
तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि पत्र काटिँदै
राजनीति, समाचार

तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि पत्र काटिँदै

नेपालअखबार, काठमाडौँ । २३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका अध्यक्ष कार्कीले एमाले अध्यक्षसमेत रहेका ओलीलाई बयानका लागि बोलाउने तयारी भएको जानकारी दिएका हुन् । 'ओलीजीलाई बोलाउने क्रममा छौँ । आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ । उहाँलाई हामी चिठी काट्दैछौँ,' अध्यक्ष कार्कीले भने । त्यस्तै तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएको पनि उनले जानकारी दिए । अध्यक्ष कार्कीले आयोगको कार्यावधि एक महिना थप भएको र एक महिनाभित्र काम सकेर सरकारलाई प्रतिवेदन बुझाउने पनि बताए । आयोगले लेखकसँग सोमबार र बुधबार गरी बयान लिएको हो । अब तत्कालीन प्रधानमन्त्री ओलीको मात्र बयान बाँकी रहेको छ । ओलीलाई करिब एक सात...
भारत र पाकिस्तानले साटे आणविक प्रतिष्ठानको सूची
राजनीति, विश्व, समाचार

भारत र पाकिस्तानले साटे आणविक प्रतिष्ठानको सूची

नेपालअखबार,नयाँ दिल्ली । भारत र पाकिस्तानले कूटनीतिक माध्यमबाट आफ्ना आणविक प्रतिष्ठान र सुविधाहरूको सूची एक अर्कासँग साटासाट गरेका छन् । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यो घोषणा गरेको जानकारी दिएको हो । यो सूची भारत र पाकिस्तानबिचको आणविक प्रतिष्ठान र सुविधाहरूमा आक्रमण निषेध सम्बन्धी सम्झौता अन्तर्गत साटासाट गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ । सन् १९८८ को डिसेम्बर ३१ मा हस्ताक्षर भएको यो सम्झौता सन् १९९१ को जनवरी २७ मा लागू भएको बीबीसी हिन्दीले जनाएको छ । यस अन्तर्गत भारत र पाकिस्तानले प्रत्येक वर्ष जनवरी १ मा उक्त सम्झौताले समेटेका आ–आफ्ना आणविक प्रतिष्ठान र सुविधाहरू बारेमा एक अर्कालाई जानकारी दिने गर्छन् । दुई देशबिच योसहित ३५औँ पटक जानकारी साटासाट भएको छ । पहिलो पटक सन् १९९२ को जनवरी १ मा सूची साटासाट गरिएको थियो ।...
रविसँग ६० लाख धरौटी माग्ने जिल्लाको आदेश उच्चबाट सदर
राजनीति, समाचार

रविसँग ६० लाख धरौटी माग्ने जिल्लाको आदेश उच्चबाट सदर

नेपालअखबार, काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एवं अरु आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको छ । न्यायाधीशहरु खडानन्द तिवारी र दिपककुमार खरेलको इजलासले स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो ।गत २ माघ, २०८१ मा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।...
सुदूरपश्चिम प्रदेशसभा : दलित सशक्तीकरण विधेयकमाथि छलफल
राजनीति, समाचार

सुदूरपश्चिम प्रदेशसभा : दलित सशक्तीकरण विधेयकमाथि छलफल

नेपालअखबार,कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘दलित सशक्तीकरण ऐन २०७८लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल भएको छ । सामाजिक विकासमन्त्री मेघराज खड्काले विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै दलित सशक्तीकरण ऐन २०७८ को कतिपय बुँदामा भाषागत र कानुनी समस्या देखिएर अहिलेसम्म पनि कार्यान्वयन हुन नसकिरहेकाले संशोधन विधेयक ल्याउनु परेको स्पष्ट पारे । यसअघि मन्त्री खड्काले उक्त विधेयकमाथि छलफल गरियोस् भनी बैठकमा प्रस्ताव पेस गरेका थिए । विधेयकमाथिको सामान्य छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य ललिता सुनारले विधेयकमा संशोधित कुरा दलित समुदायको हकहितका साथै सामाजिक न्याय र समानताका लागि महत्वपूर्ण रहेको बताए। अर्का सदस्य लक्ष्मी विकले लोकतन्त्रको अनुभूति र विभेद तथा वञ्चितिकरणमा परेको समुदायलाई अनुभूति हुनेगरी संशोधन गर्नुपर्ने बताइन् । बिहीबारकाे बैठकमा आन्तरिक मामिला तथा कानु...
सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं
राजनीति, समाचार

सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

नेपालअखबार,काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम्मको समय मागेको बताए । ‘प्रधानमन्त्रीले आइतबारसम्म सम्झौता गर्ने र सोमबारको मन्त्रिपरिषद् बैठकबाट सम्झौता कार्यान्वयनको निर्णय गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने, ‘सरकार गम्भीर भएन र आइतबारसम्म सम्झौता भएन भने हामी आन्दोलनमा उत्रन्छौं ।’ उनले आन्दोलनको क्रममा लघुबित्त, सहकारी र बैंकहरूलाई गाउँगाउँबाट लखेट्ने चेतावनी दिए । आगामी २१ फागुनको निर्वाचन बिथोल्नेसमेत उनको भनाइ छ ।‘हामीले हाम्रा मुद्दामा जनमत संग्रह गरेर लोकतन्त्रको अधिक प्रयोग गरौं भनेका छौं । फेरि विद्रोहमा नजाऔं भनेक...