Saturday, August 8

राजनीति

मधेशमा शान्ति, सद्‌भाव र एकता कायम राख्न मुख्यमन्त्री यादवको अपिल
राजनीति, समाचार

मधेशमा शान्ति, सद्‌भाव र एकता कायम राख्न मुख्यमन्त्री यादवको अपिल

नेपालअखबार, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि सदियौंदेखि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र एकताको बाटो रोज्न सबैलाई आग्रह गरेका छन् । धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदाय बीचको विवादले उग्र रुप लिन थालेपछि मुख्यमन्त्री यादवले शान्ति, सदभाव र एकताको लागि अपिल गरेका हुन् । मुख्यमन्त्री यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको सन्देशमा मधेशको विविधता नै यसको सामर्थ्य र शक्ति भएको बताएका छन् । ‘मधेशको शक्ति एकतामा छ, विभाजनमा होइन,’ भन्दै उनले पछिल्लो समय केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाले सबैलाई मर्माहत बनाएको उल्लेख गरेका छन् । हिंसाले कहिल्यै समाधान नदिने स्पष्ट पार्दै उनले धर्मका नाममा भइरहेको घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको बताए । ‘हिंसाको बाटोले व्यक्ति, समाज र राज...
नयाँदिल्ली पुगे प्रचण्ड
राजनीति, समाचार

नयाँदिल्ली पुगे प्रचण्ड

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँदिल्ली पुगेका छन् । जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दलहरु समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि प्रचण्डको यो पहिलो दिल्ली यात्रा हो । तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादी लगायत दल निकट प्रवासी संगठनहरुको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड दिल्ली गएको उनको सचिवालयले जनाएको छ । सन्देश सभालाई सम्बोधन गरेर प्रचण्ड सोमबार नै स्वदेश फर्किने बताइएको छ । फागुन २१ गते हुन लागेको चुनाव अगाडि प्रचण्डको दिल्ली यात्रालाई कतिपयले चासोका साथ हेरेका छन् । दिल्ली बसाइका क्रममा उनका थप कार्यक्रम भने सार्वजनिक भने भएका छैनन् । प्रचण्डको सचिवालयले पनि दिल्लीमा सन्देश सभालाई सम्बोधन गर्ने बाहेक अन्य राजनीतिक भेटघाटका कार्यक्रम नरहेको जनाएको छ ।...
भेनेजुएला घटनाप्रति तीन युवा सङ्गठनको भर्त्सना
राजनीति, समाचार

भेनेजुएला घटनाप्रति तीन युवा सङ्गठनको भर्त्सना

नेपालअखबार,काठमाडौँ । वाईसीएल लगायत तीन वटा युवा सङ्गठनले  अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण र त्यहाँका राष्ट्रपति मादुरो दम्पती नियन्त्रणमा लिएको घटनाप्रति भर्त्सना गरेका छन् । योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल ),युवा सङ्घ नेपाल र नेपाल समाजवादी युवा सङ्घले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त आपराधिक घटनाको भर्त्सना गरेका हुन् । उनीहरुले अमेरिकी साम्राज्यवादद्वारा भेनेजुएलाको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनतामाथि गरिएको नाङ्गो सैन्य आक्रमण तथा निर्वाचित राष्ट्रपति दम्पतीलाई अपहरण गरी अमेरिका लगिएको आपराधिक घटनाप्रति नेपाली युवा सङ्गठनहरू घोर आपत्ति जनाउँदै कडा भर्त्सना गरेका हुन् । ‘यो घटनाले अमेरिकी साम्राज्यवादको दादागिरी पूर्ण चरित्र र अन्तर्राष्ट्रिय कानुनप्रतिको तिरस्कारलाई स्पष्ट रूपमा उजागर गरेको छ’, संयुक्त विज्ञप्तिमा भनिएको छ । ‘यस्ता एकपक्षीय र ...
मस्जिद तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र
राजनीति, समाचार

मस्जिद तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

नेपालअखबार,काठमाडौँ । नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी नेतृत्वको सङ्घीय गणतान्त्रिक गठबन्धनले तराई मधेसमा बढ्दै गएको धार्मिक तथा जातीय द्वन्द्व नियन्त्रण गर्न माग गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापन पत्र बुझाएको छ । आज सिंहदरबार पुगेर गठबन्धनका प्रतिनिधिहरुले गृहमन्त्री अर्याललाई ज्ञापन पत्र बुझाएका हुन् । मधेसमा पछिल्लो समय केही उग्र, असामाजिक तथा आपराधिक तत्त्वहरूले योजनाबद्ध रूपमा धार्मिक अल्पसङ्ख्यक समुदायमाथि आक्रमण गर्दै सामाजिक सद्भाव विखण्डन गर्न खोजिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यस्ता गतिविधि केवल आपराधिक नभई राजनीतिक अस्थिरता सिर्जना गर्ने, गणतान्त्रिक व्यवस्था कमजोर बनाउने र देशलाई अराजकतर्फ धकेल्ने षड्यन्त्रको अंश भएको ज्ञापन पत्रमा उल्लेख छ । पुस २० गते धनुषाको कमला नगरपालिका–६ स्थित एक मस्जिदमा तोडफोड भएको थियो । सो मस्जिदमा जबरजस्ती प्...
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
राजनीति, समाचार

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ। आइतबार दिउँसो १ बजे ‍पार्टी केन्द्रीय कार्यालय चःमतिमा केन्द्रीय समिति बैठक बस्न लागेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बैठकमा केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा पार्टी समायोजन, विस्तार तथा सुदृढीकरण सम्बन्धी छलफल हुने बताइएको छ। ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपाबीच पुस १४ गते एकता भएको थियो त्यसयता पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो।...
अमेरिकाको आक्रमणमा भेनेजुएलामा ४० जनाको मृत्यु
राजनीति, विश्व, समाचार

अमेरिकाको आक्रमणमा भेनेजुएलामा ४० जनाको मृत्यु

नेपालअखबार,काठमाडाैँ । भेनेजुएलामा शनिबार भएको अमेरिकी हमलामा कम्तिमा ४० जनाको मृत्यु भएको छ। भेनेजुएलाका एक अधिकारीले शनिबारको हमलामा कम्तिमा ४० जनाको मृत्यु भएको प्रारम्भिक आकलन रहेको भनेर बताएको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले लेखेको छ। मारिनेहरू नागरिक र भेनेजुएली सेना रहेको पनि ती अधिकारीले बताएका छन्। अरू क्षतिबारे विवरण सार्वजनिक भएको छैन। अमेरिकी सेनाले शनिबार बिहान भेनेजुएलाको राजधानी कराकस सहित चार ठाउँमा आक्रमण गरी राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर अमेरिका ल्याएको छ। सैन्य कारबाहीमा १५० भन्दा बढी लडाकू विमान प्रयोग गरिएको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी सेनाले खासगरी प्रमुख सैन्य संरचनाहरू नजिक शक्तिशाली विस्फोट गराएका थिए। काराकासको आकाशमा सैन्य विमानहरू उडिरहेको देखिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। अम...
प्रचण्ड आज साँझ भारत जाँदै
राजनीति, समाचार

प्रचण्ड आज साँझ भारत जाँदै

नेपालअखबार, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ भारत प्रस्थान गर्ने भएका छन् । नेपाली समाज भारतको आयोजनामा राजधानी नयाँ दिल्लीमा हुने नेकपा एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन उनी भारत जान लागेका हुन् । कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुने नेता प्रचण्डले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसरहरूका बारेमा विशेष सम्बोधन गर्नेछन् । नेपाली समाज भारतका महासचिव आरबी खड्काका अनुसार, भारतमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै उनीहरूमा सामाजिक–राजनीतिक चेतना अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको छ। प्रचण्ड भोलि साँझ मात्र स्वदेश फर्किने कार्यक्रम छ । भारत उनको अन्य राजनीतिक भेटघाटको कार्यक्रम नरहेको सचिवालयको भनाइ छ...
भेनेजुएला प्रकरणमा पूर्वप्रधानमन्त्री झलनाथले गरे अमेरिकाको निन्दा
राजनीति, समाचार

भेनेजुएला प्रकरणमा पूर्वप्रधानमन्त्री झलनाथले गरे अमेरिकाको निन्दा

नेपालअखबार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अमेरिकाले भेनेजुएलामाथि हिंस्रक सैन्य आक्रमण गरेको भन्दै निन्दा गरेका छन् । खनालका अनुसार उक्त कार्य भेनेजुएलाको सार्वभौमसत्तामाथिको ठाडो उल्लंघन, अन्तर्राष्ट्रिय कानुनको अपमान र घोर अपराध हो । ‘यो अमेरिकी प्रभुत्ववादी दादागिरी मात्र होइन, राज्य आतंकवाद पनि हो,’ खनालले आज विज्ञप्ति जारी गरेर भनेका छन् । उनले अमेरिकाले भेनेजुएलामाथि लामो समयदेखि ‘गिद्धे दृष्टि’ राख्दै आएको र विश्वकै ठूलो तेल भण्डार कब्जा गर्ने उद्देश्यले यस्तो कदम चालिएको आरोप लगाएका छन् । मदुरो सरकारलाई हटाउन ‘ड्रग ट्राफिकिङ’को झुटो बहाना बनाइएको उनको भनाइ छ । पूर्वप्रधानमन्त्री खनालले भेनेजुएलाका जनता साम्राज्यवादी आक्रमणविरुद्ध उभिएको दाबी गर्दै विश्वका न्यायप्रेमी देश, तेस्रो विश्वका राष्ट्र र संयुक्त राष्ट्रसंघसमेत अमेर...
आसिफ शाहले लिए रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता
राजनीति, समाचार

आसिफ शाहले लिए रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता

नेपालअखबार,काठमाडाैँ ।  फिल्म निर्माता एमव् टेलिभिजन प्रस्तोता आसिफ शाहले रास्वपाको समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर शाहले आफू राजनीतिमा चासो राख्ने तर सक्रिय राजनीतिमा संलग्न नहुने व्यक्ति भएको बताउँदै समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका हुन्। यद्यपि आफ्नो मनभित्र देश बन्नुपर्छ भन्ने हुटहुटी सँधै जीवित रहेको उनले बताएका छन्। ‘आम जनताको चाहना अनुरूप बालेन–रवि–कुलमानको मिलन सम्भव होस् भनेर गरिएका प्रयासहरूलाई नजिकबाट मूल्याङ्कन गर्ने साथीहरू यसका साक्षी छन्। त्यही मिहिनेतलाई देखेर साथीहरूले मलाई “सांसद बन्नुपर्छ” भन्दै सूचीमा नाम समावेश गर्नुभयो,’ उनले भनेका छन्। शाहले राजनीतिमा आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत जनतासँगै उभिएर उम्मेदवारी दिने चाहना रहेको भनेर यसअघि न...
‘राष्ट्र निर्माण दल’ घोषणा, चुनाव चिन्ह ‘पानीको बोतल’ प्रस्ताव
राजनीति, समाचार

‘राष्ट्र निर्माण दल’ घोषणा, चुनाव चिन्ह ‘पानीको बोतल’ प्रस्ताव

नेपालअखबार, काठमाडाैँ । मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा राष्ट्र निर्माण दल घोषणा गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पार्टीको औपचारिक घोषणा गरिएको हो । पार्टी घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले राष्ट्र निर्माण दल अन्य राजनीतिक दलभन्दा फरक विचार र उद्देश्यका साथ अघि बढ्ने दाबी गरे । पार्टीको मुख्य लक्ष्य जनताको हित र राष्ट्र निर्माणमा केन्द्रित रहने उनको भनाइ छ । उनले पार्टी कुनै व्यक्तिगत स्वार्थ वा फाइदाका लागि गठन नगरिएको स्पष्ट पार्दै सबै भूगोल, जातजाति र समुदायलाई समेटेर समावेशी बनाइएको जिकिर गरे । पार्टीको चुनाव चिन्ह पानीको बोतल प्रस्ताव गरिएको छ । उनले छिमेकी मुलुकहरूसँगको परराष्ट्र सम्बन्धलाई थप सुदृढ बनाउँदै उनीहरूको सहयोगमा देशको विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।...