Wednesday, July 8

राजनीति

प्रतिनिधिसभा बैठक : डोट्याली भाषामा गेटा मेडिकल कलेज सञ्चालन गर्न माग
राजनीति, समाचार

प्रतिनिधिसभा बैठक : डोट्याली भाषामा गेटा मेडिकल कलेज सञ्चालन गर्न माग

नेपालअखबार, काठमाडाैं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले राष्ट्रिय, स्थानीय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा सांसदहरूले मूल्यवृद्धिको मारमा जनता पिल्सिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद दीपप्रकाश भट्टले सुदूरपश्चिम प्रदेशमा चलनचल्तीमा रहेको डोट्याली भाषामा गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालनमा ल्याउन माग गरे । उनले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयमा परिवर्तन गर्न स्थानीय भाषामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनले सुदूरपश्चिम प्रदेशबाट पटकपटक प्रधानमन्त्री  भएकामा  शेरबहादुर देउवाप्रति स्थानीयवासीको ठूलो अपेक्षा रहेको बताए । सांसदद्वय देवप्रसाद तिमिल्सिना र धर्मशीला चापागाईँले नागरिकताको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । त्यस्तै सांसद देवप्रसाद गुरुङले पेट्रोलियम पदार्थमा गरिएको म...
संघीय संसदका दुवै सदनकाे बैठक आज १ बजे
राजनीति, समाचार

संघीय संसदका दुवै सदनकाे बैठक आज १ बजे

नेपालअखबार, काठमाडाैं । संघीय संसदको दुवै सदनका बैठक आज सोमबार बस्दैछ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न विधेयकहरु दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यसूची छ। कार्यसूची अनुसार बेठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेश गर्नेछन्। यस्तै आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ। यस्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस भनि प्रस्ताप पेश गर्नेछन्।  मन्त्री शर्माले  ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ। यस्तै राट्रियसभाको बैठक पनि आज दिउसो १ बजे बैठक बस्नेछ।...
सैन्य गठबन्धनसँग जोडिएको कुनै सम्झौतामा हस्ताक्षर हुँदैन – अध्यक्ष नेपाल
राजनीति, समाचार, हाइलाइट-समाचार

सैन्य गठबन्धनसँग जोडिएको कुनै सम्झौतामा हस्ताक्षर हुँदैन – अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं  । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले सैन्य गठबन्धनसँग जोडिएको कुनै सम्झौतामा नेपालले हस्ताक्षर नगर्ने बताउनु भएको छ । आइतबार समाजवादी प्रेस संगठनले आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एसपिपी फिर्ता लिनुपर्छ भन्ने कुरा उठेपनि त्यसबारे सहमति भने बनि नसकेका बताउनु भएको छ । सेनाको पत्रले प्रश्न उठाएको छ । विगतको समीक्षा गर्नुपर्छ । सैन्य गठबन्धनसँग जोडिएको कुनै सम्झौतामा हस्ताक्षर हुँदैन नेपालले भन्नुभयो । अध्यक्ष नेपालले अर्को प्रसंगमा समयमै चुनावी तालमेलको मोडालिटी र सिट बाँडफाँड गर्नुपर्ने भन्दै  चुनावको मिति घोषणा नभएपनि सत्ता गठबन्धनभित्र आगामी कात्तिक मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको  विषयलाई लिएर चुनावी तालमेलको मोडालिटी र सिट बाँडफाँट गर्नुपर्ने आवाज उठेको बताउनु भएको हो  । गत स्था...
अध्यक्ष नेपालको प्रश्न- एसपिपीबारे तत्कालीन प्रधानमन्त्रीलाई जानकारी नभए हामीलाई झन् कसरी थाहा हुने
राजनीति, समाचार

अध्यक्ष नेपालको प्रश्न- एसपिपीबारे तत्कालीन प्रधानमन्त्रीलाई जानकारी नभए हामीलाई झन् कसरी थाहा हुने

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)बारे तत्कालीन प्रधानमन्त्रीलाई जानकारी हुनुपर्ने बताएका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जानकारी नदिईकन सेनाले पत्राचार गरेको अभिव्यक्ति दिएका थिए। ओली प्रधानमन्त्री हुँदा सेनाले पठाएको पत्र हालै सार्वजनिक भएको थियो। ‘तत्कालीन प्रधानमन्त्रीले पत्र पठाउँदा थाहै दिइएन भन्नुभएको छ। यो कुरा सही वा गलत थाहा छैन,’ आज सम्पादकहरूसँग अन्तर्क्रियामा उनले भने, ‘तत्कालीन प्रधानमन्त्रीलाई थाहा नभए हामी पूर्व प्रधानमन्त्रीलाई कसरी थाहा हुने? कि अन्यरयामी हुनुपर्‍यो कि ज्योतिषी!’ उनले राष्ट्रिय मुद्दामा संवेदनशील रहेको बताउँदै अनुचित सम्झौता नहोस् भनेर सरकारलाई आफूहरूले बताइरहेको पनि जानकारी गराएका थिए। सत्ता गठबन्धनका शीर्ष नेतासँग प्रधानमन्त्री शेरबहादुर देउवाले ने...
धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता हो :  मन्त्री आले
राजनीति, समाचार

धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता हो : मन्त्री आले

विमल विष्ट,  डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताउनु भएको छ । सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रशिद्ध शक्तिपीठ बडिकेदार पदमार्गको शिलान्यास गर्नु हुँदै मन्त्री आलेले धर्म र संस्कृति बिना मानिस अन्धो हुने भएकाले आफ्ना धर्म र संस्कृतिको सबैले जगेर्ना गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पुराना कला, संस्कृति तथा धर्म भनेका नेपालीका पहिचान हुन, भावी पुस्ताका लागि भएपनि तिनीहरुको संरक्षण तथा सम्बद्धन गर्न जरुरी भएको छ ।” सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले नेपाली कला, धर्म र संस्कृतिले हाम्रो पहिचान झल्काउने काम गरेकाले आम नेपाली दाजु भाइले आफ्ना कला, संस्कृति र धर्मको संरक्षणमा जुट्नु पर्ने बताउनुभयो । उहाँले थप भन्नुभयो, “हाम्रा कला, संस्कृति हेर्नको लागि विदेशी पर्यटक हरेक वर्ष नेपाल भ्रमण...
सरकारले एसपिपी खारेज गर्नुपर्छ- अध्यक्ष नेपाल
राजनीति, समाचार, हाइलाइट-समाचार

सरकारले एसपिपी खारेज गर्नुपर्छ- अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) खारेज गर्नुपर्ने बताएका छन्। पार्टी निकट युवा संघ नेपालको उपत्यका युवा विशेष जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा एसपिपीका विषयमा विवाद उत्पन्न भएको भन्दै सरकारले यसलाई खारेज गर्नुपर्ने बताए। एसपिपीको विषयमा आफू, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवका बीचमा आजै छलफल भएको बताउँदै उनले यसलाई अस्वीकार गरिने प्रष्ट पारे। यो अन्यौलको अवस्था चिर्न आफूहरूले छलफल जारी राखेको भन्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग फेरि कुराकानी गर्ने समझदारी भएको बताए। अध्यक्ष नेपालले सन् २०१५ मा नेपाली सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भ...
कुनै पनि कर्मचारीलाई दुव्र्यवहार गरिएको छैन : मन्त्री आले
राजनीति, समाचार

कुनै पनि कर्मचारीलाई दुव्र्यवहार गरिएको छैन : मन्त्री आले

विमल विष्ट काठमाडौँ  ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुव्र्यवहार नभएको स्पष्ट गर्नुभएको छ । उहाँले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण भएको पनि बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘समाचारमा उल्लेख भएजस्तो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बोलाइ मातहतका कुनै पनि कर्मचारीलाई दुव्र्यवहार तथा हातपात गरिएको छैन र यस विषयलाई जोडेर आएको समाचार सत्य होइन । यसबारेमा हाम्रो मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सिसीटिभी क्यामेरा हेर्दा पनि प्रष्ट हुन्छ । आवश्यक परे मन्त्रालय र प्रशासनले सिसीटिभीका फुटेज उपलब्ध गराउन सक्नेछ ।’ कतिपय कामहरुमा निर्देशन दिनुपर्ने, ...
वामदेव गौतमले भने : एसपीपी ओलीले अघि बढाएका हुन्
राजनीति, समाचार

वामदेव गौतमले भने : एसपीपी ओलीले अघि बढाएका हुन्

नेपालअखबार, काठमाडाै । राष्ट्रियसभा सांसद वामदेव गौतमले अमेरिकी राज्य साझेदार स्टेट पाटर्नसिप प्रोग्राम (एमसपीपी) तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओली नै अगाडि बढाएको ठोकुवा गरेका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले अहिले तत्कालीन काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेलामा एसपीपी सुरु भएको प्रसंग आएकाले आफुले त्यसबारे अध्ययन गर्दा ओली प्रधानमन्त्री भएको समयमा नै अघि बढेको पाएको बताएका हुन् । ‘अहिले जब एमालेका अध्यक्ष केपी ओलीले यो एसपीपी सम्झौता सुरु गर्नुभयो भन्ने विषय उठेपछि सुशील कोइरालाले हो भनियो’, गौतमले भने, ‘त्यसो भनेपछि म पनि त्यसमा संलग्न हुन्छु । म फेरि प्रधानमन्त्रीले गरेको हो, म छैन भनेर म भन्दिनँ ।’ गौतमले सरकारमा सामेल भएपछि प्रधानमन्त्रीले गरेको काम र विचारसँग सहमत हुनुपर्दछ भन्दै त्यसो भएर न...
डडेलधुरामा मेडिकल कलेज स्थापना गर्न गुरुयोजना निर्माण हुँदैछ : प्रधानमन्त्री देउवा
राजनीति, समाचार

डडेलधुरामा मेडिकल कलेज स्थापना गर्न गुरुयोजना निर्माण हुँदैछ : प्रधानमन्त्री देउवा

नेपाल अखबार, महेन्द्रनगर  । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन सुरुआत गर्ने र डडेलधुरामा मेडिकल कलेज स्थापनाको सम्भाव्यता अध्ययन तथा गुरुयोजना निर्माण गर्ने कार्य अगाडि बढाएको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयद्वारा शुक्रबार आयोजित दोस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेटसमेत विनियोजन गरेको बताए । विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिकमात्र नभएर व्यवहारिक, जीवनपयोगी तथा समाजको विकास र रुपान्तरणमा सहयोगी हुनुपर्नेमा उनको जोड थियो । 'लोकतान्त्रिक प्रणालीलाई थप सबल र सुदृढ बनाउन र अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न, युग सुहाउँदो, वैज्ञानिक एवम् प्राविधिक जनशक्तिको आवश्यकता पर्दछ,' प्रधानमन्त्री देउवाले भने, 'आजको प्रतिस्पर्धी व...
एसपीपीमा संलग्न नहुने बारे अमेरिकीलाई औपचारिक रूपमा जानकारी दिन निर्देशन
राजनीति, समाचार

एसपीपीमा संलग्न नहुने बारे अमेरिकीलाई औपचारिक रूपमा जानकारी दिन निर्देशन

नेपालअखबार, काठमाडौँ ।  प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्न नहुनेबारे औपचारिक रूपमा अमेरिकी सरकारलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ । समितिले परराष्ट्रमन्त्री नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र र रक्षा सचिवहरूसँगको छलफलपछि शुक्रबार उक्त निर्देशन दिएको हो । एसपीपी अमेरिकी सैन्य रणनीतिको हिस्सा रहेको तथ्यहरूले देखाएको भन्दै संसदीय समितिले उक्त कार्यक्रममा नेपाल नरहने जानकारी अमेरिकालाई लिखित रूपमा गर्न भनेको हो । 'नेपालको संविकानद्वारा निर्दिष्ट संयुक्त राष्ट्रसंघको वडापत्र, पञ्चशील र असंलग्नताका सिद्धान्त अनुरुप स्वतन्त्र परराष्ट्र नीति प्रतिकूल नहुनेगरी नेपाल सरकारले परराष्ट्र नीतिको सञ्चालन गर्नुपर्छ । यस सन्दर्भमा हालै अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा नेपालको संलग्नता सम्बन्धमा सार्वजनिक भएका...