Sunday, July 5

राजनीति

दिल्लीले किन रोज्यो मोदीलाई छाडेर केजरीवाललाई ?
राजनीति, विदेश, समाचार

दिल्लीले किन रोज्यो मोदीलाई छाडेर केजरीवाललाई ?

गत वर्ष भएको आम चुनावमा दिल्लीको सात वटै लोकसभा सिट जितेको सत्तारुढ भारतीय जनता पार्टीले विधानसभा चुनावमा भने पराजय बेहोर्ने देखिएको छ। शनिबार भएको विधानसभा निर्वाचनको एक्जिट पोलअनुसार दिल्लीमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) पुनः सत्तामा आउने छ। आपले ७० मध्ये ५२ सिट जित्ने नौ वटा एक्जिट पोलको औसतले देखाउँछ। सन् २०१५ मा सो पार्टीले ६७ सिट जितेको थियो। भाजपाले दिल्लीमा २२ वर्षदेखि शासन गर्न पाएको छैन। उसले यस पटक १५ सिट मात्र जित्ने देखिएको छ। मुख्य प्रतिपक्षी कंग्रेस पार्टीले एकाध सिट मात्र हात पार्ने अनुमान गरिएको छ। सन् २०१२ मा भ्रष्टाचार विरोधी अभियानबाट उदाएको आपले २०१३ मा सरकार बनाएर विश्वलाई चकित तुल्याएको थियो। तर, आफूले लगेको विधेयक पारित नहुने देखेपछि सत्ता सम्हालेको ४९ औँ दिनमा केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। यो चुनावलाई नागरिकता संशोधन क...
जनयुद्ध दिवशका दिन सामाजिक सञ्जालमा भट्टराईले लेखे : क्रान्ति जारी राखौँ
राजनीति, समाचार

जनयुद्ध दिवशका दिन सामाजिक सञ्जालमा भट्टराईले लेखे : क्रान्ति जारी राखौँ

समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्धका उपलब्धिहरुको रक्षा गर्दै क्रान्ति जारी राख्नुपर्ने बताएका छन्। २५ औँ जनयुद्ध दिवसको अवसरमा जनयुद्धको स्मरण गर्दै पूर्व माओवादीका शीर्ष नेता समेत रहेका भट्टराईले यस्तो बताएका हुन्। उनले जनयुद्धको २५ औँ वर्ष प्रवेशको अवसरमा सहिद, बेपत्ताजन, घाइतेप्रति उच्च सम्मान व्यक्त गर्दै जनयुद्धमा सहभागी सबैलाई शुभकामना समेत दिएका छन्। ‘ऐतिहासिक जनयुद्ध प्रारम्भको २५औं वर्ष प्रवेशको सन्दर्भमा सम्पूर्ण महान् सहिदहरू,बेपत्ताजन, घाइतेप्रति उच्च सम्मान व्यक्त गर्दै १० वर्षसम्मको जनयुद्धको प्रक्रियामा सहभागी सम्पूर्ण क्रान्तिकारी सहयोद्धाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। उपलब्धिहरूको रक्षा गर्दै क्रान्तिलाई जारी राखौं’, सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष भट्टराईले भनेका छन् ! ऐतिहासिक जनयुद्ध प्रारम्भको२५औं बर्ष प्रवेशको सन...
विप्लवका स्याङ्जा इन्चार्ज गोरखाबाट नेकपामा प्रवेश
प्रदेश ४, राजनीति, समाचार, हाइलाइट-समाचार

विप्लवका स्याङ्जा इन्चार्ज गोरखाबाट नेकपामा प्रवेश

गोरखा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्याङ्जा जिल्ला इन्चार्ज गोपाल पाण्डेले पार्टी परित्याग गरेका छन् । २४ औं जनयुद्ध दिवशका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गोरखामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा विप्लव समुह छोडेको घोषणा गर्दै नेकपा प्रवेश गरेका हु्न । उनलाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी प्रवेश गराएका हुन् । गण्डकी गाउँपालिका ४ फुजेल घर भएका पाण्डे विप्लव समुहमा केहि समयअघि गोरखाका सेक्रेटरी समेत थिए । वर्तमान अवस्थामा हतियारको राजनीति र क्रान्ति आवस्यकता नभएको भन्दै आफुले विप्लव समुह छोडेर कम्युनिष्ट मोर्चामा आएको पाण्डेले बताए । हाल आर्थिक क्रान्तिको आवस्यकता रहेको उनको ठहर छ । पार्टी प्रवेशपछि कार्यक्रममा मन्तब्य राख्दै उनले हतियारको राजनीति छोडेर वार्ता र छलफल मार्फत समझदारीमा अघि बढन विप्लवलाई अनुरोध समेत गरेका ...
बाबुराम र माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै न्यौपानेले हाले सर्वाेच्चमा रिट
राजनीति, समाचार, हाइलाइट-समाचार

बाबुराम र माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै न्यौपानेले हाले सर्वाेच्चमा रिट

काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको छ।  बुधवार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा व्यक्तिको नाममा पुर्‍याउने विषयमा मन्त्रिपरिषद्‍बाट भएका निर्णयमा प्रधानमन्त्रीहरू अध्यक्षहरूको भूमिका हुने भन्दै सर्वाेच्चमा रिट दायर गरेका हुन् ।   १७५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै पूर्वप्रधानमन्त्रीलाइ भने मुद्दा चलाएको थिएन ।...
विप्लव समूहका तनहुँ इञ्चार्ज पुन पक्राउ
प्रदेश ४, राजनीति, समाज, हाइलाइट-समाचार

विप्लव समूहका तनहुँ इञ्चार्ज पुन पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) समूहका तनहुँ इञ्चार्ज पक्राउ परेका छन् ।  रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्णजित पुनलाइ प्रहरीले पक्राउ गरेकाे हाे । उनलाई म्याग्दे गाउँपालिका–३ जामुनेबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएकाे छ ।
ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के भयाे कुराकानी !
राजनीति, समाचार, हाइलाइट-समाचार

ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के भयाे कुराकानी !

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुुसार दुई अध्यक्षबीच मंगलबार बिहान साढे १० बजेतिर बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता भएको हो। ‘उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो,’ प्रेस सल्लाहकार थापाले नेपालखबरसँग भने, ‘अहिले उहाँहरू निस्किनुभएको छ।’ भेटवार्ता के विषयमा भएको हो भन्ने विषयमा उनले खासै खुलाएनन्। तर स्रोतका अनुसार ओलीको स्वास्थ्यमा समस्या आएपछि अवरुद्ध नेकपा सचिवालयको बैठक पुनः राख्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको हो। साथै भेटवार्तामा पार्टी एकता प्रक्रिया टुंग्याउने, जनयुद्ध तथा जनआन्दोलनका सहिदका शहीदरुको स्मृति दिवसलगायत विषयमा छलफल भएको बताइएको छ। माघ १५–१९ मा भएको नेकपा केन्द्रीय कमिटी बैठकले १...
माधव नेपाल, विष्णु पौडेलहरु निर्दोष भए गच्छादार कसरी दाेषी ? : कांग्रेस नेता सत्तार
राजनीति, विचार, हाइलाइट-समाचार

माधव नेपाल, विष्णु पौडेलहरु निर्दोष भए गच्छादार कसरी दाेषी ? : कांग्रेस नेता सत्तार

नेपाली कांग्रेसको आन्दोलन आफ्ना नेता बचाउन नभई भ्रष्ट्राचारीलाई कारबाहीका लागि भएको कांग्रेस नेता अब्दुल सत्तारले बताएका छन् । ललिता निवास जग्गा प्रकरणमा मुख्य दोषीलाई उन्मुक्ति दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारको दुरुपयोग गरेको भन्दै उनले आक्रोश ब्यक्त गरे । ‘वालुवाटार जग्गा विवादमा हाम्रो आन्दोलन गच्छदारलाई बचाउन हुदैहोइन, हाम्रो माग त दोषीलाई उन्मुक्ति दिएको बिरोधमा हो’ सिभिलखबरसंगको कुराकानीमा नेता सत्तारले भने ‘एउटै केश र एउटै प्रकृयामा संलग्न हुने माधव नेपाल, विष्णु पौडेलहरु निर्दोष हुने अनि विजयकुमार गच्छादार कसरी भ्रष्ट्राचारी ? वालुवाटारमा ५० हजार रुपैयामा जग्गा खरिद गरेको देखाएर विष्णु पौडेलले सरकारलाई कर समेत छली गरेकाले उनलाई दोहोरो कारबाही गर्नुपर्ने उनको माग छ । ‘वालुवाटारमा ५० हजारमा जग्गा पाइन्छ ? सस्तो मुल्य राखेर विष्णु पौडेलले सरकारलाई कर छलेका छन्’ उ...
समाजवादी युवा संघको बैठक सम्पन्न
प्रदेश ४, राजनीति, समाचार

समाजवादी युवा संघको बैठक सम्पन्न

गोरखा । समाजवादी युवा संघ गोरखाको पूर्ण बैठक सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष मनबहादुर तमाङको अध्यक्षता तथा केन्द्रिय सदस्य रमेश पोखरेलको प्रमुख आतिथ्यता भएको बैठकले बिसु अभियानलाई प्रभावकारी बनाउने, संगठन बिस्तार एवं सुदृढीकरणको लागि युवाहरु परिचालन गर्ने लगायतका निर्णय गरेको सचिव कैलाश पोखरेलले जानकारी दिए । युवा संघका केन्द्रिय सचिवालय सदस्य बासु भट्ट, समाजी पार्टीका जिल्ला अध्यक्ष नारायण खत्री, सचिव बिपिनचन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।...
भवानी क्याम्पसमा नेविसंघको इकाई
प्रदेश ४, राजनीति, समाचार

भवानी क्याम्पसमा नेविसंघको इकाई

गोरखा । पालुङटारमा रहेको भवानी बहुमुखी क्याम्पसमा सुनिता थापा अधिकारीको अध्यक्षतामा नेपाल विद्यार्थी संघ इकाई गठन भएको छ । नेविसंघ पालुङटार नगरसंयोजक अनिल थापलियाको अध्यक्षतामा भएको विद्यार्थी भेलाले अधिकारीलाई अध्यक्ष चयन गरेको हो । जसको उपाध्यक्षमा सुदप देवकोटा, सचिव विजय विक, सहसचिव सिमा विक, सुजता गिरी, कोषाध्यक्ष भरत गिरी चयन भएका छन् । नेविसंघका गोरखा अध्यक्ष सुवास अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले विष्णु गिरी, सुष्मा थापा, सुजन विक, संगिता श्रेष्ठ, रोशिला गुरुङ, सुष्मा थापा मगर, विनुसा श्रेष्ठ, पूजा गिरी र अस्मिता देवकोटा सदस्यमा निर्विरोध चयन गरेको हो । कार्यक्रममा नेपाली काँग्रेस पालुङटार नगर सचिव सरोज देवकोटा, नेविसंघका पूर्व जिल्ला उपसभापति रमेश बस्ताकोटी, जिल्ला सचिव मिलनसिं बस्नेत लगायतले बोलेका थिए ।...
कांग्रेसको निश्कर्ष : गच्छदारलाई फसाइयाे
राजनीति, समाचार, हाइलाइट-समाचार

कांग्रेसको निश्कर्ष : गच्छदारलाई फसाइयाे

काठमाडौं– बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेपछि आज कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । कांगेस केन्द्रीय कार्यालय सानेपामा अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्दै कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्न लागेको एक कांग्रेस नेताले जानकारी दिए । आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले सरकारले बदनियतपूर्ण र प्रतिशोध लिने सोचका साथ यो अभियान चालेको निष्कर्ष निकाल्दै सशक्त प्रतिकार गर्ने कांग्रेसले जनाएको छ ।...