Monday, September 14

राजनीति

डा भट्टराईको प्रधानमन्त्रीलाई प्रश्न : म चोर भए त पनि चोर होस् भन्न मिल्छ ?
राजनीति, समाचार, हाइलाइट-समाचार

डा भट्टराईको प्रधानमन्त्रीलाई प्रश्न : म चोर भए त पनि चोर होस् भन्न मिल्छ ?

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले मातातीर्थ जग्गा प्रकरणमा आफूले जानिबुझिकनै निर्णय गरेको स्पष्टिकरण दिएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा मातातीर्थ लगायतका स्थानका जग्गा व्यक्तिको नाममा दर्ता गर्ने आफ्नो प्रधानमन्त्रीत्व कालमा निर्णय भएको विषयमा बारे स्पष्टिकरण दिँदै डा भट्टराईले विभिन्न समयमा आएका रायहरुको आधारमा स्वीकृति दिएको दाबी गरे ।उनले सबै प्रकृया पूरा गरेर आफूले निर्णय गरेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले मातातीर्थ लगायतका स्थानका जग्गा प्रकणबारे प्रश्न गरेर राम्रै गरेको डा भट्टराईको भनाइ थियो । ‘नेपाल ट्रष्टमा गएको जमिन निजी क्षेत्रमा वा भूमाफियाले चलखेल गरेको र लाभ लिएको देखिँदैन’ डा भट्टराईले भने । ‘मोहीको नाममा दर्ता हुनु राजनीतिक रुपमा सही छ र कानूनी रुपमा त्रुटी छैन’ पूर्व प्रधानमन्त्री डा भट्टराईले ...
वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाकाे निर्णय
राजनीति, समाचार, हाइलाइट-समाचार

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाकाे निर्णय

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । गौतम गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया-१ मा कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए। ...
नयाँ दल खोल्दै रमेश खरेल
राजनीति, समाज, हाइलाइट-समाचार

नयाँ दल खोल्दै रमेश खरेल

नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले नयाँ दल खोल्‍ने भएका छन् । पार्टी स्थापनाको उद्देश्यले उनले 'हाम्रो नेपाल हामी नेपाली' अभियान आफ्नै संयोजकत्वमा स्थापना गरेका हुन् । अभियानको औपचारिक घोषणा भने बिहीबार एक कार्यक्रमबीच गरिने खरेलले बताए ।  भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने खरेलले बताए। खरेल संयोजक रहेको अभियानमा रक्षा मन्त्रालयका पूर्वकायममुकायम सचिव देवेन्द्र सिटौला पनि आबद्ध छन् ।...
संसदमा गगन थापाले भने : ओलीकाे जन्मदिनले ज्ञानेन्द्रको न्यास्रो मेटायो
राजनीति, समाचार, हाइलाइट-समाचार

संसदमा गगन थापाले भने : ओलीकाे जन्मदिनले ज्ञानेन्द्रको न्यास्रो मेटायो

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीले हेलिकप्टर चार्टर्ड गरी तामझामका साथ जन्मदिन मनाएको दृश्यले तत्कालिन राजा ज्ञानेन्द्र शाहको न्यास्रो मेटाएको बताएका छन् । मंगलबार संसद बैठकमा विशेष समय लिएर बोल्दै नेता थापाले भने, ‘जन्मदिन मनाउनुमा आपत्ति छैन, मेरो पनि शुभकामना छ । तर उहाँ जुन ओहोदामा हुनुहुन्छ, यस्तो तामझाम गरेर जन्मोत्सव मनाउँदा ०६१ सालका राजा ज्ञानेन्द्रको न्यास्रो मेटाएको छ ।’ प्रधानमन्त्रीले शक्तिको दुरुपयोग गर्दै व्यक्तिगत चाहना पूरा गरेकोमा नागरिकले व्यापक आलोचना गरेको थापाले स्मरण गराएका थिए । निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे पनि थापाले टिप्पणी गरेका थिए । ‘गोकुल बाँस्कोटा र विजय मिश्रको वार्तालाप हामीले सुन्यौँ । यो अडियो प्रधानमन्त्रीले पहिले नै सुन्नुभएको थियो भन्ने हामीले थाहा पायौँ । तर यसबारे संसदमा आएर आँखा जुधाए...
ओली र प्रचण्डबीच बालुवाटारमा छलफल
राजनीति, समाचार, हाइलाइट-समाचार

ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बिहान झन्डै १ घण्टा छलफल भएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओली र प्रचण्डबीच देशको समसामयिक विषयवस्तुमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनका अनुसार भेटवार्ता सोमबार बिहान करिब १० बजेदेखि ११ बजेसम्म भएको हो। दुई अध्यक्षबीच देशको समसामयिक राजनीतिक परिस्थिति र पार्टी सञ्चालनका विषयमा छलफल भएको प्रेस सल्लाहकार थापाले जानकारी दिए।...
संविधान संशोधनका लागि नेकपाले बनायो नेपालको नेतृत्वमा कार्यदल
राजनीति, समाचार, हाइलाइट-समाचार

संविधान संशोधनका लागि नेकपाले बनायो नेपालको नेतृत्वमा कार्यदल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि कार्यदल बनाएको छ। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सचिवालय सदस्य माधवकुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो। कार्यदलमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य छन्। कार्यदलले राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउनेगरी संविधान संशोधनको तयारी गर्ने बताइएको छ। नेपालको नयाँ संविधानअनुसार राष्ट्रियसभाका सदस्य प्रधानमन्त्री हुन नपाउने व्यवस्था छ। यसकाविरुद्ध नेकपाका उपाध्यक्ष वामदेव गौतमले निरन्तर रुपमा आवाज उठाउँदै आएका थिए। राष्ट्रियसभाको सदस्य प्रधानमन्त्री बन्न नपाउने भएपछि गत माघमा भएको राष्ट्रियसभाको रिक्त निर्वाचनमा गौतम पार्टीले आग्रह गर्दा पनि उम्मेदवार हुन मानेका थिएनन्।...
एमसिसी बारे निर्णय नभइ सकियाे नेकपा सचिवालय बैठक
राजनीति, समाचार, हाइलाइट-समाचार

एमसिसी बारे निर्णय नभइ सकियाे नेकपा सचिवालय बैठक

काठमाडौं- शनिबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का विषयमा आवश्यक छलफल गरेर अगाडी बढ्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकले अर्को सचिवालय बैठकबाट आवश्यक निर्णय गरेर अगाडी बढ्ने निर्णय गरेको हो। नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले एमसिसी पारित गर्ने/नगर्ने विषयमा अर्को सचिवालय बैठकले टुंगो लगाउने बताए। शनिबारको सचिवालय बैठकमा प्रतिवेदनलाई भाषिक रुपमा अन्तिम सम्पादन गरेर कार्यान्वयनका सम्बन्धमा अगाडी बढ्ने विषयमा पनि छलफल भएको उनले बताए। संशोधन गर्नुपर्ने विषयमा आवश्यक परे अमेरिकी सरकारसँग कुराकानी गर्न कार्यदलले सुझाव दिएको छ। अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनको विवरण पेश गरेका थिए।...
विवादमा परेर  दाेस्राे जनआन्दाेलनपछि काे कसले गुमाए पद ? (लिष्ट सहित)
राजनीति, समाचार, हाइलाइट-समाचार

विवादमा परेर दाेस्राे जनआन्दाेलनपछि काे कसले गुमाए पद ? (लिष्ट सहित)

काठमाडौं – २०६२/६३ को जनआन्दोलनपछि विभिन्न विवादमा परी पद गुमाउने मन्त्रीमा गोकुलप्रसाद बाँस्कोटा नवौं हुन्। पछिल्लो प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि आफ्नै अभिव्यक्तिका कारण पद गुमाउने उनी दोस्रा मन्त्री हुन् । २०७४ फागुनमा केपी शर्मा ओली दोस्रोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेपछि कानुन मन्त्रालयको जिम्मेवारी पाएका शेरबहादुर तामाङले यसअघि पदबाट राजीनामा गरेका थिए। २०७४ को चैत २ गते मन्त्रीको जिम्मेवारी सम्हालेका उनले २०७५ को साउन ४ मा बंगलादेशमा पढ्ने छात्राबारे दिएको अभिव्यक्ति विवादमा आएपछि ६ गते पदबाट राजीनामा दिएका थिए। शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता दिलनाथ गिरी प्रधानमन्त्रीसँग विवाद गरेपछि २०७४ पुस १७ गते सहरी विकासमन्त्रीको जिम्मेवारीबाट मुक्त भए। सुशील कोइराला नेतृत्वको सरकारमा कृषिमन्त्रीको जिम्मेवारी पा...
एमसीसी परिमार्जनसहित पास हुन्छ : प्रचण्ड
प्रदेश ३, राजनीति, समाचार, हाइलाइट-समाचार

एमसीसी परिमार्जनसहित पास हुन्छ : प्रचण्ड

चितवन – नेकपा अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गराउने बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारसँग कुरा गरेको खुलाशा गरेका छन् । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले एमसीसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने समेत बताएका छन् । शुक्रबार एमसीसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै उनले यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास व्यक्त गरे । अध्यक्ष दाहालले सरकारको कामका विषयमा आजदेखि शुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने जानकारी दिए ।...
७० करोड कमिसनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले यसरी गरे सेटीङ (अडियो सहित)
राजनीति, समाचार, हाइलाइट-समाचार

७० करोड कमिसनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले यसरी गरे सेटीङ (अडियो सहित)

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियाे बाहिरिएकाे छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो बाहिरिएकाे हो। स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन्। नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझाव समेत एजेन्ट मिश्रको छ। ७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेका थिए।  उनलाई मन्त्रीले २७ अर्वको लागत लाग्ने देखिए त्यसलाई २८ अर्व बनाउन सुझाव दिएर थप ए...