Saturday, August 8

राजनीति

जाँचबुझ आयोगले बयानका लागि लेखकलाई पठायो पत्र
राजनीति, समाचार

जाँचबुझ आयोगले बयानका लागि लेखकलाई पठायो पत्र

नेपालअखबार, काठमाडौँ । जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । लेखकलाई आज मंगलबार पत्र काटिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने पत्र नकाटिएको उनको भनाइ छ ।...
कस्तो अवस्थामा अयोग्य हुन्छन् समानुपातिक सूचीमा रहेका उम्मेदवार ?
राजनीति, समाचार

कस्तो अवस्थामा अयोग्य हुन्छन् समानुपातिक सूचीमा रहेका उम्मेदवार ?

नेपालअखबार,काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ । निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको भए पनि उम्मेदवार अयोग्य हुनेछन् । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय गरेको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् । यस्तै, ११० जना भने समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने व्यवस्था छ । पछिल्लो पटक आयोगले समानुपातिक निर्वाचन प्रणालीका सम्बन्धमा एक समिति गठनगरी आवश्यक अध्ययनसमेत गराएर जनसङ्ख्याका आधारमा प्रतिशत निर्धारण गरिसकेको छ । प्रतिनिधिसभा सदस्...
नेपाल रिटर्नी एशोसिएसन र रिटर्नी सेन्टर नेपालबीच संयुक्त संगठनको नाम र झण्डा टुंगो
राजनीति, समाचार

नेपाल रिटर्नी एशोसिएसन र रिटर्नी सेन्टर नेपालबीच संयुक्त संगठनको नाम र झण्डा टुंगो

नेपालअखबार,काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट जनवर्गीय संगठन नेपाल रिटर्नी एशोसिएसन (समाजवादी) र नेकपा माओवादी केन्द्र निकट रिटर्नी सेन्टर नेपाल बीच संयुक्त संगठन निर्माणका लागि भएको सहमतिअनुसार दुवै संगठनका अध्यक्षबीच आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा, काठमाडौंमा बैठक सम्पन्न भएको छ। वार्ता समितिको संयुक्त बैठकले दिएको म्यान्डेटअनुसार सम्पन्न उक्त बैठकमा नेपाल रिटर्नी एशोसिएसन (समाजवादी) का अध्यक्ष प्रवीण पौडेल र रिटर्नी सेन्टर नेपालका अध्यक्ष देवेन्द्र सम्बाहाम्फे सहभागी रहनुभएको थियो। बैठकले संयुक्त संगठनको आगामी दिनमा प्रयोग हुने नाम र झण्डा औपचारिक रूपमा टुंगो लगाएको छ। बैठकको निर्णयअनुसार संयुक्त संगठनको नाम “नेपाल रिटर्नी एशोसिएसन” रहनेछ। त्यसैगरी संगठनको झण्डामा तत्कालीन रिटर्नी सेन्टर नेपालले प्रयोग गर्दै आएको झण्डाको माथिल्लो भागको केन्द्र...
अन्तरिम सरकारलाई निर्वाचनका कानुन संशोधन गर्ने म्यान्डेट छैन: देव गुरुङ
राजनीति, समाचार

अन्तरिम सरकारलाई निर्वाचनका कानुन संशोधन गर्ने म्यान्डेट छैन: देव गुरुङ

नेपालअखबार, काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता देव गुरुङले वर्तमान अन्तरिम सरकारलाई निर्वाचनसम्बन्धी कानुन संशोधन गर्ने म्यान्डेट नभएको बताएका छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनले सरकारले निरन्तर निर्वाचनसम्बन्धी कानुन संशोधन गर्नुले निष्पक्ष र स्वतन्त्र निर्वाचनप्रति गम्भीर प्रश्न खडा भएको बताए । ‘लोकतन्त्रमा अन्तरिम सरकारको म्यान्डेट भनेको विद्यमान कानुनहरूको आधारमा निर्वाचन गराउनु हो। निर्वाचनका कानुनहरू संशोधन गर्ने म्याण्डेड कतै देखिन्न। विगतको अभ्यास पनि देखिन्न। आवश्यकताको सिद्धान्तलाई मान्ने हो भने संघीय संसदको अभिन्न अंगको रूपमा राष्ट्रिय सभा यथावत् छ।राष्ट्रिय सभाबाट अध्यादेशहरूको छलफल र सहमति लिन के ले छेक्यो ? यस्तो स्थितिमा अन्तरिम सरकारले निरन्तर निर्वाचनका कानुनहरू संशोधन गरिरहनुले निर्वाचन प्रतिको प्रतिबद्धतामा विचलन मात्र होइन निर्वाचन...
ट्रम्पले नियुक्त गरे ग्रिनल्याण्डका लागि विशेष दूत
राजनीति, समाचार

ट्रम्पले नियुक्त गरे ग्रिनल्याण्डका लागि विशेष दूत

नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लुइसियानाका गभर्नर जेफ ल्यान्ड्रीलाई ग्रिनल्याण्डका लागि अमेरिकी विशेष दूत नियुक्त गरेका छन् । उनको यस घोषणाले ग्रीनल्यान्ड र डेनमार्क सशङ्कित भएका छन् । यो वर्ष सुरु भएयता ट्रम्पले बारम्बार ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने कुरा गरेका छन् । विशेष दूत नियुक्तिपछि अमेरिकासहित सबैले डेनमार्कको क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने डेनमार्कका विदेश मन्त्रीले भनेका थिए । डेनमार्कका विदेश मन्त्री लार्स लोके रासमुसेनले सोमबार कोपेनहेगनका लागि अमेरिकी राजदूतलाई बोलाएर ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउने ट्रम्पको उद्देश्यलाई ल्यान्ड्रीले गरेको समर्थनबाट आफू विशेषगरी दुःखी भएको बताए। ग्रिनल्याण्डका प्रधानमन्त्रीले पनि टापु राष्ट्रले आफ्नो भविष्य आफैँ निर्णय गर्ने कुरा दोहोर्‍याए । डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुर...
जनमत र जनता समाजवादी पार्टीका पूर्वसांसदले पनि गरे प्रतिनिधिसभा पुनर्स्थापना पक्षमा हस्ताक्षर
राजनीति, समाचार

जनमत र जनता समाजवादी पार्टीका पूर्वसांसदले पनि गरे प्रतिनिधिसभा पुनर्स्थापना पक्षमा हस्ताक्षर

नेपालअखबार,काठमाडौं ।  प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा जनमत पार्टी र जनता समाजवादी पार्टीका निवर्तमान सांसदहरूले पनि हस्ताक्षर गरेका छन्। उनीहरूले सर्वोच्च अदालतमा बुझाउन लागिएको पूरक निवेदनमा मुद्दाको पक्ष कायम गर्न माग गरिएको कागजमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी सांसद हसिना खान, जनतम पार्टीकी सांसद गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल थपिएका हुन्। विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार कांग्रेसका अहिलेसम्म ६५ सांसदले हस्ताक्षर गरेका छन्। 'हामीले ६५ जनाको हस्ताक्षर जुटाएपछि अब अदालतमा बहुमत सांसदको हस्ताक्षर पुग्ने भएको छ,' घिमिरेले भने, 'हामी अब कानुन व्यवसायीमार्फत हस्ताक्षर अदालत पठाउँछौं।' नेकपा एमालेले यसअघि नै ७५ सांसदको हस्ताक्षर बुझाएका थिए। कांग्रेस र एमालेको हस्ताक्षरपछि बहुमत सांसद...
मन्त्रीहरूकै बोलीले निर्वाचन भाँडिदै छ : राजेन्द्र पाण्डे
राजनीति, समाचार

मन्त्रीहरूकै बोलीले निर्वाचन भाँडिदै छ : राजेन्द्र पाण्डे

नेपालअखबार,काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले असोज २ गते नै निर्वाचनमा जाने निर्णय गरेको भन्दै आफूहरू निर्वाचनको पक्षमा रहेको प्रस्ट पारेका छन् । सोमबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय छलफलमा नेता पाण्डेले आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्ने र सोहीमार्फत नै निकास खोज्नुपर्ने बताए । नेता पाण्डेले सबै राजनीतिक दल उक्त निर्वाचनमा सहभागी हुने वातावरण बन्नुपर्नेमा जोड दिए । ‘निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण हुनुपर्छ । त्यो वातावरण बनाउने काम सरकारको हो’, नेता पाण्डेले भने, ‘माननीय मन्त्रीहरूका बोलीले निर्वाचन भाँडिदै छ ।’ उनले मन्त्री भनेको बलेनीको ढुङ्गाजस्तै भएकाले मन्त्रीहरूलाई मुख बन्द गर्न सुझाव दिए ।...
सर्वपक्षीय बैठकमा एमालेले भन्यो- चुनावको विश्वसनीय आधार पाएनौं
राजनीति, समाचार

सर्वपक्षीय बैठकमा एमालेले भन्यो- चुनावको विश्वसनीय आधार पाएनौं

नेपालअखबार,काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताएको छ । सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन सम्बन्धि सर्वपक्षीय बैठकमा बोल्दै एमालेका सचिव महेश बस्नेतले आफ्नो पार्टीको तर्फबाट बोल्दै यस्तो बताएका हुन् । दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको उनले बताए । ‘निर्वाचन भयरहित हुनुपर्‍यो । निष्पक्ष हुनुपर्‍यो, धाँधलीरहित हुनुपर्‍यो । दलका नेतामाथि अहिले पनि स्थानहद लगाइएको छ । म नै हुँ–५/७ जिल्ला जाँदा ढुंगा खाएर आएको मान्छे । हामीले ढुंगा खाएबापत खुशीयाली मनाएकै छ । त्यसकारण चुनाव २१ गते हुन्छ भन्ने कुरामा हामी विश्वस्त छैनौं,’ उनले भने । बस्नेतले निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउने काममा सरकार केन्द्रित नभएको आरोप समेत लगाए । ‘नो...
समानुपातिकतर्फ सूची बुझाउने समय सार्न कांग्रेस सहमहामन्त्री यादवको प्रस्ताव
राजनीति, समाचार

समानुपातिकतर्फ सूची बुझाउने समय सार्न कांग्रेस सहमहामन्त्री यादवको प्रस्ताव

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले प्रतिनिधि सभा समानुपातिक बन्द सूची बुझाउने कार्यतालिका हेरफेर गर्न प्रस्ताव गरेका छन्। बालुवाटारमा आज प्रधानमन्त्री र निर्वाचन आयोगसहित सरोकारवालाहरूको छलफलमा सहमहामन्त्री यादवले समानुपातिक उम्मदेवारको बन्द सूची पेस गर्ने समय केही दिन पर सार्न आग्रह गरेका हुन्। ‘समानुपातिकको समय पुस १३ र १४ गतेका लागि छ, यो समय अपुग भयो। त्यसलाई दुई चार दिन पर सार्नुपर्छ,’ उनले भने, ‘तर फागुन २१ को निर्वाचन सोही मितिमा हुनुपर्छ।’् उनले बहुदलीय व्यवस्थामा राजनीतिक दल महत्वपूर्ण हुने र दलका प्रमुख शीर्ष नेताहरूसँग प्रधानमन्त्रीले संवाद गर्नुपर्ने पनि बताए।...
फागुन २१ मा चुनाव भएन भने हामी एउटा ठुलो अनिश्चयमा जान सक्छौँ :गगनकुमार थापा
राजनीति, विचार, समाचार

फागुन २१ मा चुनाव भएन भने हामी एउटा ठुलो अनिश्चयमा जान सक्छौँ :गगनकुमार थापा

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन अनिवार्य रहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अहिले समयमै निर्वाचन हुन्छ की हुँदैन भन्ने अनिश्चय पैदा भएको भन्दै निर्वाचन समयमै हुनुपर्ने बताएका हुन् । उनले परिणाम खोज्ने भन्दा पनि निर्वाचन गराएर नयाँ जनादेशसहित सरकार बनाउने कुरा प्रमुख रहेको बताए । अहिले संविधान ट्रयाक भन्दा बाहिर गएको उल्लेख गर्दै थापाले समयमै निर्वाचन गराएर संविधानलाई सही मार्गमा ल्याउनुपर्ने अवस्था रहेको बताए । हरेक पाँच वर्षमा निर्वाचन हुनुपर्ने कुरा २०१५ सालदेखि नै हुनुपर्ने भए पनि हुन नसकेको उनको भनाई छ । महामन्त्री थापाले भने, ‘आज एउटा ठुलो अनिश्चय छ । चुनाव हुन्छ की हुँदैन ? होला की नहोला । चुनाव भएन भने के होला ? चुनाव हुँदै गर्दा शान्तिपूर्ण हुन्छ की हुँदै...