Sunday, August 9

राजनीति

द्वन्द्वग्रस्त पूर्वमा शान्ति र स्थिरता पुनःस्थापित गर्न चाहन्छौँः कंगो
राजनीति, विदेश, समाचार

द्वन्द्वग्रस्त पूर्वमा शान्ति र स्थिरता पुनःस्थापित गर्न चाहन्छौँः कंगो

नेपालअखबार,काठमाडाैँ । लोकतान्त्रिक गणतन्त्र कंगोका राष्ट्रपति फेलिक्स शिसेकेदीले द्वन्द्वग्रस्त पूर्वी क्षेत्रमा शान्ति सुदृढीकरणका लागि प्रमुख प्राथमिकताहरू रेखांकित गरेका छन् । दिगो स्थिरताको लागि सुरक्षा उपायहरू र दीर्घकालीन समुदाय पुनप्र्राप्ति दुवै आवश्यक रहेको उनको भनाइ छ । राष्ट्रिय सभा र सिनेट समक्ष राजधानी किन्शासामा एक राष्ट्रिय सम्बोधनमा शिसेकेदीले सरकारको प्रमुख उद्देश्य कंगोली क्षेत्रबाट सबै विदेशी सशस्त्र सेनाहरूको पूर्ण र प्रमाणित फिर्ता रहेको बताए । यस्तो फिर्ता राष्ट्रिय सार्वभौमसत्ता पुनस्र्थापित गर्न र तनाव कम गर्न अवस्था सिर्जना गर्न आवश्यक रहेको बताए । राष्ट्रपतिले नागरिकहरूको सुरक्षा र नवीकरण गरिएको लडाईंबाट प्रभावित क्षेत्रहरूमा निर्बाध मानवीय पहुँच सुनिश्चित गर्ने आवश्यकतालाई पनि जोड दिए । संयुक्त राष्ट्र संघकाअनुसार जनवरी २०२५ देखि २.४ मिलियन भन्दा बढी मानिस...
पोखरेल समूहको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टीमा बुझाइँदै
राजनीति, समाचार

पोखरेल समूहको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टीमा बुझाइँदै

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउने भएका छन् । आजै दिउँसो पार्टी केन्द्रीय कार्यालयमा अवधारणापत्र बुझाउने एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । पोखरेलको अगुवाइमा बनेको अवधारणापत्र सार्वजनिक पनि गरिने उपाध्यक्ष पाण्डेले बताए । ‘आजै हामी हाम्रो समूहको तर्फबाट कमरेड ईश्वर पोखरेलको अगुवाइमा अवधारणापत्र सार्वजनिक गर्दैछौं । त्यो हामी पार्टी कार्यालय वा अध्यक्षलाई दिएर पत्रकार सम्मेलन गर्दैछौं,’ उनले भने ।नेतृत्व परिवर्तनको निष्कर्षसहितको तयार पारिएको उक्त दस्तावेज पार्टी कार्यालयमा बुझाइन लागेको हो ।...
थाइल्याण्ड र कम्बोडियाले फेरि गरे एक अर्कामाथि हमला
राजनीति, विश्व, समाचार

थाइल्याण्ड र कम्बोडियाले फेरि गरे एक अर्कामाथि हमला

नेपालअखबार,थाइल्याण्ड ।  थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको मध्यस्थतामा युद्धविराम भएको थियो। सोमबार दुवै देशले एक अर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाउँदै हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। यसले दुई देशबीच पुनः संकट उत्पन्न हुने संकेत गरेको छ। सोमबार बिहान दुवै देशले एक अर्कामाथि सीमानामा पहिले हमला गरेको आरोप लगाएका छन्। थाइ सेनाले कम्बोडियाली सेनाबाट भएको गोलाबारीमा परी आफ्नो एक सैनिकको मृत्यु र दुई जना घाइते भएपछि जबाफस्वरू हवाई आक्रमण गरेको बताएको छ। थाइ सेनाका मेजर जनरल विन्थाइ सुवारीले चोङ आन मा पास क्षेत्रमा रहेका कम्बोडियाका सैन्य समर्थन केन्द्रहरूलाई लक्ष्य बनाएर आक्रमण...
आगलागीको छाया, हङकङ निर्वाचनमा न्यून मतदान
राजनीति, विदेश, समाचार

आगलागीको छाया, हङकङ निर्वाचनमा न्यून मतदान

नेपालअखबार,हङकङ । हङकङमा आइतबार भएको व्यवस्थापिका परिषद्को निर्वाचनमा लगभग कीर्तिमानी न्यून मतदान भएको छ। सहरमा करिब आठ दशकयताकै सबैभन्दा खराब आगलागीको घटनाले 'देशभक्त' लाई मात्र चुनावमा भाग लिन दिने सरकारी प्रयासमाथि छाया पारेको छ। सरकारी तथ्याङ्क अनुसार, आइतबारको व्यवस्थापिका परिषद् निर्वाचनमा ३१.९ प्रतिशत मात्रै मतदान भएको छ। सन् २०२१ मा ३०.२ प्रतिशतको कीर्तिमानी न्यून मतदान भएको थियो। बेइजिङले प्रणाली परिवर्तन गरेर बेइजिङप्रति वफादार व्यक्तिहरूलाई मात्र उम्मेदवार बन्न दिने व्यवस्था लागू गरेपछि यो दोस्रो निर्वाचन हो। स्वायत्त चिनियाँ सहरमा ९० विधायक छान्नका लागि चुनाव भएको थियो, जसमा २० सिट मात्र प्रत्यक्ष निर्वाचित हुन्छन्। नोभेम्बरको अन्त्यमा उत्तरी हङकङको वाङ फुक कोर्टमा रहेको आवास भवनमा आगलागी हुँदा कम्तीमा १५९ जनाको मृत्यु भएपछि निर्वाचनका लागि राजनीतिक प्रचार अभियान अचानक...
नेपाली कांग्रेसलाई गौरवशाली इतिहास जोगाउने अवसर
राजनीति, विचार, समाचार

नेपाली कांग्रेसलाई गौरवशाली इतिहास जोगाउने अवसर

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको नेतृत्व गरेको यो पार्टी जेनजी आन्दोलनपछि अनिर्णयको बन्दी बनेको छ । पार्टीभित्र रुपान्तरण र उथास्थितिवादको द्वन्द्वले यसको राजनीतिक भविष्यमाथि पनि प्रश्न उठिरहेको छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि संघर्ष गरेको पार्टी आज आफैं लोकतान्त्रिक अभ्याससंग कताकता तर्सिएको आभाष हुन्छ । कांग्रेस यतिबेला संवेदनशील, निर्णायक र दिशानिर्धारण गर्नैपर्ने मोडमा उभिएको छ । यो मोड केवल नेतृत्व परिवर्तनको सतही बहसमा सीमित छैन यो पार्टीको संगठनात्मक अस्तित्व, वैचारिक निरन्तरता, राजनीतिक विश्वसनीयता र आगामी पुस्ताले खोजेको नयाँ शासन–संस्कृति अपनाउने वा नअपनाउने प्रश्नसँग पनि जोडिएको छ । बितेका सात दशकको राजनीतिक यात्रामा अनेक आन्दोलन, उपलब्धि, उतार–चढाव र सत्ता व्यवस्थाप...
कांग्रेसका ७ निवर्तमान सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्चमा
राजनीति, समाचार

कांग्रेसका ७ निवर्तमान सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्चमा

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका ७ सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतमा गएका छन् । विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ, सांसदहरू दीपक खड्का, नागिना यादव, शान्ति विक र जाबेदा खातुन जागा रिट लिएर सर्वोच्च गएका हुन् । उनीहरूले संसद् पुनर्स्थापनाको मागको वारेस लिएर पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई सर्वोच्च अदालतमा पठाएका छन् । सचेतक थिङले ७ जनाले सर्वोच्चमा पुनर्स्थापना माग गर्ने तयारी आफूहरूको रहेको जानकारी दिइन् । रिट सर्वोच्च अदालतमा पेस गरिएको र सोमबार दर्ता हुने जानकारी अदालत प्रशासनबाट आएको पूर्वमहान्यायाधिवक्ता खातीले बताए । निवेदन संवैधानिक इजलासमा दर्ताका लागि पेस भएको र अध्ययनपछि सोमबार दर्ताबारे निर्णय हुने अदालतले जनाएको छ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी नेकपा एमाले तथा सार्वजनिक सरोकारअन्त...
गृहमन्त्री अर्यालद्वारा संसद् भवनको निरीक्षण
राजनीति, समाचार

गृहमन्त्री अर्यालद्वारा संसद् भवनको निरीक्षण

नेपालअखबार,काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण गरेका छन् । उनले आज संसद् भवन परिसरभित्र ‘जेनजी सहिदका सालिक’ का लागि निर्माण गर्न आवश्यक ठाउँको अवलोकन पनि गरेको मन्त्री अर्यालको सचिवालयल जनाएको छ । जेनजी सहिदका परिवार र मन्त्रालय सम्बद्ध केही कर्मचारी तथा सचिवालय सदस्यहरूसहित सालिक निर्माणका लागि आवश्यक ठाउँको उपलब्धताबारे र त्यहाँको वस्तुस्थिति बुझ्न मन्त्री अर्याल संसद् भवनको निरीक्षण गरेका हुन् । सरकारले गत भदौ ३० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा ‘जेनजी स्मारक पार्क’ बनाउने निर्णय गरेको थियो भने गत कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा मारिएका ४२ जना जेनजी युवा र तीन प्रहरीलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । भवन निरीक्षण गर्दै गृहमन्त्री अर्यालल...
जेनजी आन्दोलनका घटना प्राथमिकताका साथ छानबिन हुँदैछन् : प्रधानमन्त्री कार्की
राजनीति, समाचार

जेनजी आन्दोलनका घटना प्राथमिकताका साथ छानबिन हुँदैछन् : प्रधानमन्त्री कार्की

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घटनालाई सरकारले प्राथमिकताका साथ छानबिन गरिरहेको बताएकी छन् । आइतबार सिंहदबारमा पूर्वराष्ट्रपति   विद्यादेवी भण्डारीसँगको भेटमाप्रधानमन्त्री कार्कीले सरकारले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी हुन् । पूर्व राष्ट्रपति भण्डारीसँगको भेटमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण आफूले जिम्मेवारी सम्हाल्नु परेको कुरा राखेकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीले भदौ २३ र २४ गते भएका घटनाका दोषी पत्ता लगाई सरकारले कारबाहीको दायरामा ल्याउन सक्ने विश्वास व्यक्त गरेकी थिइन् । यस्तै जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पूर्वराष्ट्रपति भण्डारीको निजी निवासमा समेत आगजनी गरेको घटनाप्रति प्रधानमन्त्री कार्कीले दु:ख व्यक्त गरिन् । प्रधानमन्त्री कार...
आयोगले दियो १०७ दललाई चुनाव चिन्ह
राजनीति, समाचार

आयोगले दियो १०७ दललाई चुनाव चिन्ह

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरू निर्वाचन चिन्ह प्रदान गरेको छ । मङ्सिर १ देखि १४ गते सम्म आयोगमा दर्ता भएका दलहरूलाई आइतबार चुनाव चिन्ह प्रदान गरेको हो । आयोगमा दर्ता भएको १४३ दलमध्ये १०७ राजनीतिक दलले चिन्ह प्रदान गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार ११४ दल निर्वाचनमा सहभागी हुनेछन् । तीमध्ये ५ दल एक चिन्ह लिएर संयुक्त निर्वाचनमा भाग लिनेछन् । एक सय २ दल एक्ला एक्लै निर्वाचनमा भाग लिनेछन् ।...
सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि
राजनीति, समाचार

सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि

नेपालअखबार,काठमाडौं ।  सभामुख देवराज घिमिरेले सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार संसद् सेवा दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । आफूहरूले प्रतिनिधिसभा नभए पनि राष्ट्रिय सभालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई सुझाव दिए पनि सो अनुसार काम हुन नसकेकोप्रति सभामुख घिमिरेले गुनासो गरेका हुन् । संसद्का कर्मचारीहरूलाई प्रभावकारी ढंगले परिचालन गर्न आवश्यक कानुन लगायतका व्यवस्था गर्न संसद् एकेडेमी आवश्यक रहेको समेत उनले बताए ।सभामुख घिमिरेले देशको आवश्यकताअनुसार संसद्लाई स्थापित गराउने काममा लाग्न पनि ढिलाइ गर्न नहुने बताए ।...