प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्रीको लिखित जवाफ : यो सरकार नियमितभन्दा फरक हो
नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै आफू संविधान अनुसार नै प्रधानमन्त्री भएको दाबी गरेकी छन् । प्रधानमन्त्री र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट कानुनसचिव फडिन्द्र गौतमले एउटै बेहोराको लिखित जवाफ सर्वोच्चमा पेस गरेका छन् ।
दुवै लिखित जवाफमा २७ भदौमा प्रधानमन्त्रीका रूपमा नियुक्त भएको कार्की सरकार नियमित रूपमा गठन हुने सरकारभन्दा फरक भएको दाबी गरिएको छ । लिखित जवाफमा कार्की नेतृत्वमा बनेको सरकारको बचाउ गर्दै प्रतिनिधिसभा विघटन गलत नभएको तर्क गरिएको छ । सरकार निर्वाचनका प्रक्रियामा अगाडि बढिसकेको अवस्थामा यसलाई रोक्नु अर्को विद्रोह र खतरालाई आमन्त्रण गर्नु जस्तै भएको दाबी जवाफमा गरिएको छ ।
‘अन्तिम निर्णयकर्ता सार्वभौम जनता नै हुन्। जनताले आफूमा अन्तर्निहित सार्वभौमसत्ता र राजकीयसत्ताको प्रयोग गर्ने प्रत्यक्ष विधि न...










