ट्रम्पले छलफल नै नगरी शान्ति योजना बनाए, जेलेन्स्कीले भने- इमानदारीपूर्वक सहभागी हुन्छु
नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनामा 'रचनात्मक, इमानदारीपूर्वक र कार्यात्मक रूपमा' संलग्न हुने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।
ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी रूससँग मात्रै परामर्श गरेर २८ बुँदे शान्ति योजना बनाएको छ।
सो योजना बारे छलफल गर्न युक्रेन पुगेका अमेरिकी सेना सचिव डेनियल ड्रिस्कोलसँग बिहिबार भेटेपछि जेलेन्स्कीको सो टिप्पणी गरेका हुन्।अमेरिकी र युक्रेनी टोलीहरूले युद्ध समाप्त गर्ने योजनाका बुँदाहरूमा काम सुरू गर्ने जेलेन्स्कीले बताए।
पश्चिमा मिडियाका अनुसार २८ बुँदे योजनामा मुख्यतः लामो समयदेखि रूसले राख्दै आएका मागहरू छन्।
युक्रेनले आफ्नो भूभाग रूसलाई सुम्पने, आफ्ना सेनाको आकार सीमित गर्ने र युद्धविराम पछि पश्चिमी शान्ति सेनाको लागि कुनै पनि भूमिका नहुने कुराहरू त्यसमा समावेश छन्।
युद्ध अन्त्यका लागि...










