फिफा विश्वकप २०२२ कतार र नेपाली श्रमिकको भूमिका
नेपालअखबार । कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब देश बन्न सफल भएको छ ।
जम्मा उनन्तीस लाख जनसङ्ख्या भएको कतार विश्वका अति सम्पन्न देशमा पर्छ । भौगोलिक दृष्टिकोणले सानो तर विकासको गतिमा विश्वलाई नै चकित पर्दै विश्वसामु हिरा जस्तै चम्किदै छ । मुख्य आर्य स्रोतका रुपमा तेल तथा ग्यास निर्यातलाई नै उसको सम्पन्न्ताको कारण मानिएको छ ।
कतारका महामहिम राजदूत युसुफ मोहम्मदको नेपालमा सफल कुटनितिक तथा कुशल कार्यशैलिका कारण नेपाल र कतार विचको सुम्धुर सम्बन्ध घनिष्ठ हुदै गएको छ । अर्धविकसित देश नेपालले आफ्नो नागरिकका श्रम विभिन्न राष्ट्रहरुमा श्रमिकका रुपमा पठाउने क्रममा औपचारिक रुपमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत सरकारले गर्ने गर्दछ ।
नेपालको आय स्रोतहरु मध्य बैदेशिक रोजगार पनि एक हो । श्रमलाई विभिन्न राष्ट्रमा श्रमिका रुपमा जाने नेपालीहरुको सिप, क्षमता, अनुशासन र इमान्दारीत...










