Saturday, November 15

विचार

प्रचण्ड–माधवहरुको एकता अराजनीतिक हो, आफ्नै भारले बर्बाद हुनेछ : घनश्याम भुसाल
राजनीति, विचार, समाचार

प्रचण्ड–माधवहरुको एकता अराजनीतिक हो, आफ्नै भारले बर्बाद हुनेछ : घनश्याम भुसाल

नेपालअखबार,काठमाडौँ । यतिबेला कम्युनिष्ट पार्टीका नेताहरु एकता र टुटफुटको अभियानमा व्यस्त छन् । कोही नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध भएका छन् त कोही नेकपा एमालेमा सामाहित भएका छन् । कोही भने नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले गरेको निर्णय लतारेर आफ्नै अभियान सञ्चालनमा लागेका छन् । माओवादीबाट जनार्दन शर्मा, समाजवादीबाट घनश्याम भुसाल लगायतका नेताहरु आफ्नै अभियानमा लागेका छन् । पुराना राजनीतिक दल र नेतृत्वसँग एकता गर्ने पक्षमा उनीहरु देखिँदैनन् । यसै मध्येका एक नेता हुन् भुसाल । भुसाल पार्टीले गरेको निर्णय बहिष्कार गर्दै आफ्नै अभियान चलाउन थालेका छन् । उनकाअनुसार जेनजी पुस्ताको आन्दोलनका मागहरु पूरा गर्नुको विकल्प छैन । तर पुरानो राजनीतिक दलको नेतृत्व अझै आलटाल र धोका दिने पक्षमा छ । यसै सन्दर्भमा रहेर न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश यस्तो छ ।...
नेपालले ओलीलाई लक्षित गर्दै भने- सातो गएको हुनसक्छ, होस् नगुमाउनू
राजनीति, विचार, समाचार

नेपालले ओलीलाई लक्षित गर्दै भने- सातो गएको हुनसक्छ, होस् नगुमाउनू

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरूको एकताका कारण केहीको सातो गएको टिप्पणी गरेका छन् । बुधबार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले एकताको प्रक्रिया निरन्तर अघि बढिरहेको बताउँदै एकता अभियानले राजनीतिमा नयाँ तरंग पैदा गरेको बताए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले कम्युनिस्ट आन्दोलनका कतिपय घटकहरूको सातो गएको टिप्पणी गरे । आफूहरूको एकता अभियानले ओलीको होस हवास उडेको टिप्पणी गर्दै गालीगलौजमा उत्रिन आवश्यक नरहेको बताए । आफूहरूलाई धन्यवाद दिन प्रश्ताव पारित गरे घाउमा मल्हम लाग्ने उनको भनाइ छ । ‘एकताको प्रक्रिया अघि बढिरहेको छ । एकताको यो अभियान अघि बढिरहेको छ । एकताको यो अभियानले नेपालको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । कम्युनिस्ट आन्दोल...
सङ्कटको बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ : प्रवक्ता महत
राजनीति, विचार, समाचार

सङ्कटको बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ : प्रवक्ता महत

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व सङ्कटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति सङ्घर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह गरेका छन् । नेपाल कांग्रेस केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै उनले भने, 'आज देश सङ्कटमा छ, हाम्रो पार्टी सङ्कटमा छ, लोकतन्त्र सङ्कटमा छ, हामी व्यक्तिगत रूपमा पनि सङ्कटमा छौँ।’ पार्टी बहस अधिवेशनमै सीमित, राष्ट्रिय मुद्दा ओझेलमा डा. महतले महासमितिको बैठकमा हाम्रो सम्पूर्ण बहस ८४ को निर्वाचनमा गठबन्धन गर्ने नगर्ने भन्ने विषयमा केन्द्रित भयो अहिले केन्द्रीय समितिको छलफल विशेष महाधिवेशन की महाधिवेशन भन्नेमै सीमित भएको बताएका छन् । राष्ट्रिय मुद्दामा छलफल नै भएन, यो दुर्भाग्यपूर्ण हो,’ उनले भने। उनले सङ्कटको कारण, समाधान र पार्टीको नेतृत्वदायी भूमिकाबारे छलफल हुनुपर्नेमा त्यो हुन नसके...
कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुनर्गठनमा अघि बढौँ : झलनाथ खनाल
राजनीति, विचार, समाचार

कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुनर्गठनमा अघि बढौँ : झलनाथ खनाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनःगठनको घोषणा गरेका छन् । पार्टीका अध्यक्ष माधवकुमार नेपालका कारणले पार्टी विभाजित भएपनि पार्टी विलय नहुने उनले जिकिर गरे । नेता खनालले सम्पूर्ण नेता, कार्यकर्ताहरूलाई अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुनर्गठनमा लाग्न आग्रह गरे । सम्पूर्ण नेपालीको चाहना नेपाली विशेषता सहितको सुन्दर, स्वतन्त्र नेपाल निर्माण गर्ने भएकाले अबका दिनमा त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । सम्मानित नेता खनालले इतिहासमा मालेबाट एमाले बनाएको अवस्थालाई स्मरण गर्दै अबका दिनमा एकीकृत समाजवादीको क्रान्तिकारी धारको लिगेसीलाई पुनः जागृत गर्दै नयाँ पार्टी निर्माण गर्ने बताए। कुनै अर्को पार्टीमा गएर विलय हुने कुरा गलत भएको बताउँदै पार्टी पुनः गठनमा जुट्न आह्वान गरे । अब आफूहरू नयाँ कार्यद...
माओवादी-समाजवादी एकतामा गोपाल किराती पनि जोडिए
राजनीति, विचार, समाचार

माओवादी-समाजवादी एकतामा गोपाल किराती पनि जोडिए

नेपालअखबार, काठमाडौं । देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती पनि माओवादी-समाजवादी एकतामा जोडिएका छन् । आज सोमबार माओवादी केन्द्रका संयोजक प्रचण्ड र किरातीबीच एकता पत्रमा हस्ताक्षर भएको छ । हाल नेपाली राजनीतिमा अभूतपूर्व जोखिम उत्पन्न भइरहेकोले परिस्थितिलाई सही दिशातर्फ व्यवस्थित पार्न एकताबद्ध हुनुपरेको पत्रमा उल्लेख छ । पत्रमा भनिएको छ, ‘जनयुद्वका बेला भन्ने गरिएको हरेक प्रतिकुलतालाई अनुकुलतामा बदल्ने नीति अन्तर्गत देशका क्रान्तिकारीहरुवीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य हुन आउँछ।’ १० वर्षे सशस्त्र युद्धको पहलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, नेपाली समाजको प्रकृति अनुरुप विकास र अग्रगामी कार्यान्वयनमा दृढ प्रतिबद्वता व्यक्त गरिएको छ । विगतमा भए गरेका वैचारिक राजनीतिक एवं सांगठानिक गल्ती कमजोरीहरुका सम्बन्धमा कार्यटोली बनाई वस्तुनिष्ठ समिक्षाको दस्तावेजीकरण ग...
एकीकृत समाजवादीसँगको पार्टी एकताबारे हानिकारक हुन सक्छ  :  जनार्दन
राजनीति, विचार, समाचार

एकीकृत समाजवादीसँगको पार्टी एकताबारे हानिकारक हुन सक्छ : जनार्दन

नेपालअखबार,काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुन सक्ने बताएका छन् । पार्टीको महाभिवेशन आयोजन समितिको सचिवालय बैठकमा उनले यस्तो बताएका हुन् । सचिवालय बैठक पार्टीको मुख्यालय पेरिसडाँडामा जारी छ । सचिवालय बैठकमा नेता शर्माले भनेका छन्, ‘हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्न सक्छ, तर आम कम्युनिष्ट आन्दोलनका लागि प्रतिकूल परिणाम ल्याउनेछ । त्यसैले उपयुक्त गृहकार्य वैचारिक स्पष्टता र एकता बिना गरिएको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुनेछ ।’ उक्त बैठकमा प्रचण्डले भने एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको ब्रिफिङ गरेका छन् । प्रचण्डले संगठनात्मक विषय समेत नेतृत्व तहमा करिब–करिब टुंगिएको बताएका छन ।...
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले अर्को पार्टी बनाउने
राजनीति, विचार, समाचार

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले अर्को पार्टी बनाउने

नेपालअखबार,काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्को पार्टी बनाउने बताएका छन्। केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसहित समाजवादी मोर्चा घटक दलसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता खनालले समयले एकीकृत समाजवादी पुनः गठनको माग गरेको बताएका हुन्। 'अब हामी अर्को पार्टी बनाउँछौं। यसको स्वरूप कस्तो हुन्छ, त्यो अहिले नै तय भएको छैन। तर पार्टी पुनः गठन गर्छौं नै,' उनले भने। क्रान्तिकारी चेतना र जागरणसहितको पार्टी बनाउने पनि उनले बताए। अध्यक्ष माधवकुमार नेपालले एकता प्रस्ताव अनुमोदनका लागि आग्रह गरेलगत्तै आफूले बोल्न खोज्दा समय उपलब्ध नगराइएको उनले बताए। 'यस्तो तानाशाही तरिकाले पार्टी चल्दैन। क्रान्तिकारी पार्टी निर्माण गर्ने अवसर आएको छ। हामी त्यो कार्यभार पूरा गर्छौं,' उनले भने। शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्र, महिन्द्रराय ...
नेकपा एकीकृत समाजवादीले एकताको गर्ने : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

नेकपा एकीकृत समाजवादीले एकताको गर्ने : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेसपासँगको एकतालाई अनुमोदन गरेको छ । बुधवारदेखि धुम्बाराहीमा जारी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको निष्कर्ष सुनाउँदै पार्टी अध्यक्ष नेपालले एकता प्रस्ताव सर्वसम्मतले अनुमोदन भएको सुनाएका हुन् । यद्यपि, बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीसहित ६० भन्दा बढी नेताले पार्टी पुनर्गठन र एकताविरुद्ध धारणा राखेका थिए ।...
प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डा लिएर चुनावमा जान्छौं: पुन
राजनीति, विचार, समाचार

प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डा लिएर चुनावमा जान्छौं: पुन

नेपालअखबार,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डा लिएर चुनावमा जाने धारणा राखेका छन्। बुधबार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको जेनजीसहितको छलफलमा नेता पुनले जेनजीको मागमा माओवादी केन्द्रले आन्दोलनपूर्व र पछि पनि समर्थन जनाएको बताएका थिए। ‘अहिले पनि हामी जेनजी युवाको मागमा समर्थन गर्न चाहन्छौं,’ उनले भने। माओवादी केन्द्र सरकारमा वा प्रतिपक्षमा हुँदा सुशासन र भ्रष्टाचार नियन्त्रणमा काम गरेको पनि नेता पुनले बताएका थिजए। ‘त्यस कारण भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने एजेण्डामा हामी र जेनजीबीच निकटता छ। त्यही कारण हाम्रो आन्दोलनमा र पछि पनि समर्थन रहेको हो,’ उनले भने। भदौ २३ र २४ पछिको अवस्थामा माओवादी केन्द्रले राजनीतिक र संवैधानिक प्रक्रिया सँगै जानुपर्छ भनेको पनि पुनले बताए। ...
प्रतिवेदनमा सैद्धान्तिक सहमति भएकासँग एकता गर्न ढिलाइ गर्नुहुन्‍न : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

प्रतिवेदनमा सैद्धान्तिक सहमति भएकासँग एकता गर्न ढिलाइ गर्नुहुन्‍न : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी एकताको पहल भइरहेका बेला एकता सम्बन्धी अवधारणा सहितको राजनीतिक प्रतिवेदन पार्टी बैठकमा पेश गरेका छन् । उनले ल्याएको राजनीतिक प्रतिवेदनमा सिद्धान्त र विचार मिल्ने जो–कोहीसँग एकता हुने उल्लेख गरेका छन् । अहिले नेकपा माओवादी केन्द्रसँग नेकपा एसले एकता गर्न प्रक्रिया अघि बढाइरहेको छ । त्यसका लागि दुई दलको वार्ता समितिले काम गरिरहेको छ । तर दुवै दलभित्र एकताको विषयलाई लिएर फरक मतहरू पनि प्रकट भइरहेका छन् । बैठकमा माधव नेपालले पेश गरेको समाजवादी मोर्चा र वाम एकता बारे धारणाको सम्पादित अंश : समाजवादी मोर्चा र वाम एकता हामीले पार्टी पुनर्गठन गर्दा कायम गरिएको केन्द्रीय कमिटीको प्रथम बैठकबाट नै वामपन्थी शक्तिहरूबिच सहकार्यको भावना विकास गर्नु र मोर्चा बनाएर काम गर्दै गई पार्टी एकताका आधारहरू निर्माण गर्नु पनि आजको...