इजिप्टमा इसराइल-हमास वार्ताः सहमति जुटाउन ट्रम्पले पठाए दूत, कतारी प्रधानमन्त्री पनि जाँदै
नेपालअखबार, काठमाडौं । इसराइल र हमासबीच इजिप्टमा सोमबारदेखि जारी शान्ति वार्ता निष्कर्षमा पुगेको छैन।
इजिप्टको शार्म एल शेखमा सोमबारदेखि अमेरिका, कतार, इजिप्ट र टर्कीको मध्यस्थतामा इसराइल र हमासबीच अप्रत्यक्ष वार्ता भइरहेको छ।
मंगलबारसम्म सहमति हुन नसकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना मध्यपूर्व हेर्ने दूत स्टिभ विटकोफ र आफ्नो ज्वाइँसमेत रहेका यसअघिका मध्यपूर्व सल्लाहकार जारेड कुश्नरलाई इजिप्ट पठाउने भएका छन्।
अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सका अनुसार ह्वाइट हाउसका अधिकारी र इजिप्टका विदेशमन्त्री बद्र अब्देलतीले विटकोफ र कुश्नर वार्तामा सहभागी हुने पक्कापक्की भएको बताएका छन्।
इसराइल र हमासबीच शान्ति वार्ताका लागि ट्रम्पले २० बुँदे प्रस्ताव तयार पारेका थिए। सेप्टेम्बर २९ मा ह्वाइट हाउस पुगेका इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई ट्रम्पले आफूले तयार पारेको प्र...










