Friday, June 26

विश्व

काँकडभिट्टा नाकाबाट एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात
विश्व, समाचार

काँकडभिट्टा नाकाबाट एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

नेपालअखबार,काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आर्थिक वर्षको २०८१/८२ को सोही अवधिको तुलनामा पाँच करोड २२ लाख अर्थात् ३.६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ। आयातमा सामान्य वृद्धि भएसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि ११.८० प्रतिशत अर्थात् ७ करोड ९१ लाख ५३ हजारले बढेको उनले बताए। पेट्रोलियम पदार्थ आयातबाट ७४ करोड ८३ लाख ३२ हजार राजस्व संकलन भएको छ। उक्त अवधिमा ७७ करोड तीन लाखको आठ हजार ९०४ किलोलिटर पेट्रोल आयात भएको थियो भने ४४ करोड ११ लाखको चार हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ। त्यसैगरी २० करोड तीन लाखको एक हजार ९३३ मेट्रिक टन एलपी ग्यास, रु सात करोड तीन लाखको सात सय ९२ किलोलिटर एटीएफ र ...
इसराइली सेनाले अस्पतालमा गर्‍यो हवाई हमला, पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु
राजनीति, विश्व, समाचार

इसराइली सेनाले अस्पतालमा गर्‍यो हवाई हमला, पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । गजाको दक्षिणी सहर खान युनिसमा रहेको नासेर अस्पतालमा सोमबार साँझ इसराइलले गरेको हवाई हमलामा परी पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु भएको छ। प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरू र अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले सो आक्रमण र मृत्युको पुष्टि गरेका छन्। सो आक्रमणको व्यापक निन्दा भएको छ। र, अस्पताल तथा सञ्चारकर्मीहरूलाई लक्षित गरिएको आक्रमणमाथि छानबिनको माग गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार यो हमलामा अस्पताल परिसरको त्यो भागलाई निशाना बनाइएको थियो जहाँ धेरै विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिइरहेका थिए। मृतकहरूमा समाचार संकलनमा संलग्न रहेका स्थानीय र अन्तर्राष्ट्रिय समाचार संस्थामा काम गर्ने पाँच प्यालेस्टिनी पत्रकार पनि छन्। रोयटर्सका फोटोग्राफर होसम अल-मसरी, अल जजिराका फोटो पत्रकार मोहम्मद सलामा, स्वतन्त्र पत्रकारहरू मरियम अबु दक्का र मोआज अबु ताहा...
गाजामा बालबालिकाको दुर्दशाको मुद्दा उठाउँदै एमिनको पत्र मेलानिया ट्रम्पलाई
राजनीति, विश्व, समाचार

गाजामा बालबालिकाको दुर्दशाको मुद्दा उठाउँदै एमिनको पत्र मेलानिया ट्रम्पलाई

नेपालअखबार ,काठमाडौं । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानकी पत्नी तथा देशकी प्रथम महिला एमिन एर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पलाई पत्र लेखेकी छिन् । यस पत्रमा उनले मेलानिया ट्रम्पलाई इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूसँग सम्पर्क गरी गाजामा रहेका बालबालिकाको दुर्दशाको मुद्दा उठाउन आग्रह गरेकी छिन् । बीबीसीका अनुसार, अंकारास्थित अधिकारीहरूले शनिबार एमिनको पत्रबारे जानकारी दिएका हुन् । एमिन एर्दोगानले आफ्नो पत्रमा मेलानिया ट्रम्पले यसै महिनाको सुरुवातमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन र रूसका बालबालिकाबारे पठाएको पत्रबाट आफूलाई प्रेरणा प्राप्त भएको उल्लेख गरेकी छन् । उनले भनिन्, ‘मलाई विश्वास छ, तपाईंले ६४८ युक्रेनी बालबालिकाको लागि देखाउनुभएको संवेदनशीलता गाजाका लागि पनि देखाउनुहुनेछ ।’ टर्कीको राष्ट्रपति कार्यालयबाट सा...
हामी भारतको साथमा छौँ :  राजदूत शु फेइहोङ
राजनीति, विश्व, समाचार

हामी भारतको साथमा छौँ : राजदूत शु फेइहोङ

नेपालअखबार,बेइजिङ । भारतबाट आयातित सामानमा अमेरिकी भन्सारमा अतिरिक्त महसुल (ट्यारिफ) लगाइएको कुराको चीनले विरोध गरेको छ । अमेरिकाले लामो समयदेखि स्वतन्त्र व्यापारबाट फाइदा लिइरहेको भारतका लागि चीनका राजदूत शु फेइहोङले भने । तर अब धेरै देशहरूमाथि दबाब सृजना उसले अतिरिक्त भन्सार महसुलको प्रयोग गरिरहेको पनि उनले बताए । बिहीबार, थिंक ट्याङ्क रिसर्च फाउन्डेसन र सेन्टर फर ग्लोबल इन्डिया इनसाइट्सको एक कार्यक्रममा शु फेइहोङले भने, ‘अमेरिकाले भारतमा ५० प्रतिशतसम्म कर लगाएको छ र यसलाई अझ बढाउने धम्की दिएको छ । चीनले यसको कडा विरोध गर्दछ । यस्ता कदमहरूको सामना गर्दा मौन बस्नुले धम्कीलाई बढावा दिन्छ ।’ चीन भारतको साथ दृढतापूर्वक उभिने र बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्ने पनि उनले बताए । शु फेइहोङले भने, ‘भारत र चीन एसियाको विकासको दोहोरो इन्जिन हुन् । दुई देशको मित्रता एशियाको लागि मात्र नभई स...
इसराइलले गजामा युद्धविरामको नयाँ प्रस्तावलाई अस्वीकार
राजनीति, विश्व, समाचार

इसराइलले गजामा युद्धविरामको नयाँ प्रस्तावलाई अस्वीकार

नेपालअखबार,काठमाडौँ । इसराइलले गजामा युद्धविरामको नयाँ प्रस्तावलाई अस्वीकार गरेको छ। गजामा युद्धविरामका लागि लगातार मध्यस्थता गरिरहेको कतार र इजिप्टका मध्यस्थकर्ताहरूले तयार पारेको नयाँ प्रस्तावलाई इसराइलले अस्वीकार गरेको हो। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इसराइलले स्वीकार्ने शर्तहरूमा मात्रै युद्धविराम हुनसक्ने र त्यसका लागि वार्ता गर्न मध्यस्थकर्ताहरूलाई आग्रह गरेका छन्। उनले हमाससँग बाँकी रहेका बन्धकहरु एकैपटक रिहा गर्ने सर्तमा मात्रै गजामा युद्धविरामको प्रस्तावलाई स्वीकार्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मध्यस्थकर्ताहरूले तयार पारेको नयाँ प्रस्तावमा हमास सहमत भइसकेको छ। नयाँ प्रस्तावमा गजामा ६० दिन युद्धविराम गर्ने भनिएको छ। पहिलो चरणमा आधा भन्दा बढी बन्धकहरू रिहा गर्ने, गजाबाट इसराइली सैनिक हट्ने, इसराइलको जेलमा रहेका प्यालेस्टिनी कैद...
११६ वर्षकी भइन् संसारकै सबैभन्दा वृद्ध महिला
विश्व, समाचार, समाज

११६ वर्षकी भइन् संसारकै सबैभन्दा वृद्ध महिला

नेपालअखबार,काठमाडाैँ । एथेल क्याटरह्याम संसारकै सबैभन्दा वृद्ध जीवित महिला बनेकी छिन्। इङ्गल्याण्डको सरेमा बस्ने क्याटरह्याम अहिले ११६ वर्षकी छिन्।यसअघि यो रेकर्ड ब्राजिलियन नन सिस्टर इना क्यानबेरा लुकासको नाममा थियो। उनको निधनपछि अब क्याटरह्यामलाई संसारकै सबैभन्दा वृद्ध जीवित व्यक्तिका रूपमा मान्यता दिइएको हो। क्याटरह्यामको जन्म २१ अगस्ट १९०९ मा भएको थियो। उनको जन्म टाइटानिक दुर्घटनाभन्दा तीन वर्ष अगाडि र रुसी क्रान्तिभन्दा आठ वर्ष अगाडि भएको हो। जीवनयात्रामा उनले दुवै विश्वयुद्धका कठिन क्षणहरू प्रत्यक्ष देखेकी छिन्। ११६ वर्ष पार गरेकी क्याटरह्याम अहिले स्वस्थ्य अवस्थामै जीवन बिताइरहेकी छिन्। उनको लामो आयु र जीवनअनुभवलाई सम्मान गर्न विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले रिपोर्ट प्रकाशित गरेका छन्।...
गाजा शहर नियन्त्रणमा लिने योजनासाथ आक्रमण गर्न  थाल्यो इजरायलले
राजनीति, विश्व, समाचार

गाजा शहर नियन्त्रणमा लिने योजनासाथ आक्रमण गर्न थाल्यो इजरायलले

नेपालअखबार,काठमाडौं । विश्वभरबाट आलोचनाका बाबजुद इजरायली सेनाले गाजा क्षेत्रमा हमला सुरु गरेको छ । इजरायली सेनाले गाजा शहर कब्जा गर्ने योजना अनुसार कारबाही सुरु गरेको जनाएको छ । इजरायली सेनाका अनुसार गाजा शहरको बाहिरी क्षेत्र उसले नियन्त्रणमा लिइसकेको छ । एक सैन्य कमाण्डरका अनुसार कब्जाको तयारी गर्नका लागि जैतुन र जबालिया क्षेत्रमा इजरायली सैनिक पहिल्यैदेखि तैनाथ छन् । यस सैन्य अभियानलाई मंगलबार रक्षामन्त्री इजरायल काट्जले मन्जुरी दिइसकेका थिए । अब त्यसलाई यसै हप्ताको अन्तिमतिर सुरक्षा क्याबिनेटमा पेस गरिनेछ । प्यालेस्टिनी नागरिकमा हुने असरलाई लिएर इजरायलको सैन्य कारबाहीको अन्तर्राष्ट्रिय स्तरबाट कडा विरोध भइरहेको छ । तर इजरायलले हमास लडाकुहरुलाई निमिट्यान्न नपारेसम्म आफ्नो अभियान नरोकिने जनाउँदै आएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार हमासले इजरायलमाथि युद्ध विराम सम्झौता पालना नगरेको...
विश्व स्वास्थ्य संगठनले भन्यो– नेपालबाट रुबेला पूर्ण उन्मूलन
विश्व, समाचार, स्वास्थ्य

विश्व स्वास्थ्य संगठनले भन्यो– नेपालबाट रुबेला पूर्ण उन्मूलन

नेपालअखबार,काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाल रुबेला रोगको जोखिमबाट पूर्ण मुक्त भएको घोषणा गरेको छ । खोपमार्फत रोकथाम गर्न सकिने रुबेला उन्मुलनका लागि नेपालले निरन्तर प्रयास गरेको भन्दै डब्लुएचओले यसलाई उल्लेखनीय उपलब्धी भनेको छ । सन् २०२५ जुलाई २२ देखि २४ सम्म बसेको डब्लुएचओको दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोग (एसईए–आरभीसी) को वार्षिक बैठकले खस्रा–रुबेला निगरानी र खोप वितरणबारे नेपालले पेस गरेको तथ्याङ्क र जानकारी समीक्षा गरी रुबेला उन्मूलन प्रमाणिकरण गर्न सिफारिस गरेको थियो । नेपाललाई रुबेला उन्मूलन भएको घोषणा गर्न गरिएको सिफारिसलाई डब्लुएचओका दक्षिण–पूर्वी एशियाका कार्यवाहक प्रमुख डा. क्याथरिना बोएमेले अनुमोदन गरेकी हुन् । रुबेला (जर्मन खस्रा) अत्यन्तै संक्रामक भाइरल संक्रमण हो । गर्भवती महिलामा यो संक्रमण गम्भीर मानिन्छ । गर्भपतन, जन्म पूर्व नै शिशुको...
गाजा युद्ध अन्त्य गर्न माग गर्दै इजरायलमा विशाल प्रदर्शन, प्रधानमन्त्री नेतन्याहु रुष्ट
राजनीति, विश्व, समाचार

गाजा युद्ध अन्त्य गर्न माग गर्दै इजरायलमा विशाल प्रदर्शन, प्रधानमन्त्री नेतन्याहु रुष्ट

नेपालअखबार,तेल अभिभ । गाजा युद्ध अन्त्य गर्न र हमासले बन्धक बनाएकाहरूको रिहाइका लागि इजरायलमा हजारौँ मानिसहरूले प्रदर्शन गरेका छन्।आइतबार तेल अभिभको ‘होस्टेजेस स्क्वायर’ मा सबैभन्दा ठुलो भीड देखिएको थियो। प्रदर्शनका आयोजकहरूका अनुसार सरकारले गाजा सहरमाथि नियन्त्रण गर्ने योजना बनाएकाले हमासको कब्जामा रहेका करिब २० जना बन्धकहरूको जीवन जोखिममा परेको छ।बृहत् प्रदर्शनको एक भागको रूपमा एक दिने राष्ट्रिय हडताल पनि गरिएको थियो, जसका कारण केही क्षेत्रमा सडक, कार्यालय र विश्वविद्यालयहरू बन्द रहे। दिनभरको प्रदर्शनका क्रममा करिब ४० जनालाई पक्राउ गरिएको थियो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्रदर्शनको आलोचना गर्दै यसले ‘हमासको अडानलाई अझ कठोर बनाउने’ र बन्धकहरूको रिहाइलाई ढिलो मात्र गर्ने बताएका छन्। यसैगरी, इजरायलका दक्षिणपन्थी मन्त्री बेजालेल स्मोट्रिचले पनि प्रदर्शनको निन्दा गर्दै यस...
पुटिनका चार अडानले ट्रम्पसँगको वार्ता निष्कर्षविहीन
राजनीति, विश्व, समाचार

पुटिनका चार अडानले ट्रम्पसँगको वार्ता निष्कर्षविहीन

नेपालअखबार,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटवार्ता ठोस सम्झौताबिना सकिएको छ । शुक्रबार अलास्काको एन्करेजस्थित संयुक्त सैन्य अड्डामा दुई राष्ट्रपतिबीच स्थानीय समयअनुसार साढे ११ बजे सुरु भएको बैठक साढे २ बजेसम्म चलेको थियो ।   उनीहरुको वार्तामा युद्धविरामबारे सहमति हुने अपेक्षा गरिएको थियो । तर कुनै सम्झौता नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि छलफलपछिको पत्रकार सम्मेलनमा ट्रम्प र पुटिन दुवैले वार्ता सकारात्मक भएको बताएका छन् । 'केही प्रगति भएको छ, धेरै बुँदामा सहमति भएको छ, केही मात्रै बाँकी छन्,' ट्रम्पले भने । तर के-के बुदाँमा सहमति भयो उनले खुलाएनन् । त्यस्तै पुटिनले पनि केही बुँदामा सहमति भएको बताए तर त्यो सहमति के हो भन्नेबारे बोलेनन् । पुटिनले भने, 'हामी अपेक्षा गर्छौं कि कीभ र युरोपेल...