Friday, June 26

विश्व

पानीको लाइनमा बसिरहेकामाथि इजरायलको हवाई आक्रमण, छ बालबालिकाको मृत्यु
विश्व, समाचार, हाइलाइट-समाचार

पानीको लाइनमा बसिरहेकामाथि इजरायलको हवाई आक्रमण, छ बालबालिकाको मृत्यु

नेपालअखबार,गाजा । इजरायली सेनाले गाजामा पानी लिन गएका बेला इजरायली हवाई आक्रमणमा छ बालबालिकासहित दश जनाको मृत्यु भएको सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ। यस कारबाहीमा एक ‘आतङ्कवादी’ लाई निशाना बनाएको तर गोला बारुद धेरै मिटर टाढा खसेको इजरायली सेनाले भनेको छ । इजरायली सेनाले यसलाई ‘प्राविधिक गल्ती’ बताउँदै सर्वसाधारणलाई भएको कुनै पनि क्षतिप्रति क्षमाप्रार्थी रहेको बताएको छ। गाजाका आपत्कालीन सेवा अधिकारीहरूका अनुसार आइतबार मध्य गाजामा पानी सङ्कलन गर्ने क्रममा इजरायली हवाई आक्रमणमा उनीहरुको मृत्यु भएको थियो । मृतकहरूको शव नुसेरतको अल-अवदा अस्पताल पठाइएको थियो, जसलाई अस्पतालका एक डाक्टरले पुष्टि गरेका थिए। डाक्टरका अनुसार अस्पतालमा १६ जना घाइतेको पनि उपचार गरिएको छ, जसमा सात बालबालिका पनि छन्। प्रत्यक्षदर्शीहरूले अल-नुसेरत शरणार्थी शिविरमा पानीको ट्याङ्कर नजिकै मानिसहरू पानी भर्न लाइ...
युक्रेनसँगको युद्धमा रूसलाई बिनासर्त समर्थन गर्ने उत्तर कोरियाको प्रतिबद्धता
विश्व, समाचार

युक्रेनसँगको युद्धमा रूसलाई बिनासर्त समर्थन गर्ने उत्तर कोरियाको प्रतिबद्धता

नेपालअखबार,काठमाडौँ । उत्तर कोरियाले रूसलाई युक्रेनसँगको युद्धमा विनासर्त समर्थन गर्ने प्रतिबद्धता जनाएको छ। उत्तर कोरियाका नेता किम जोङ उनले रूसी विदेशमन्त्री सर्गेइ ल्याव्रोवसहितको कुटनीतिक टोलीसँगको भेटमा युक्रेनविरूद्धको लडाइँमा आफ्नो देशले विनासर्त मस्कोलाई विनासर्त समर्थन गर्ने बताएको हो। उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएका अनुसार नेता किमले युक्रेनसँगको लडाइँमा रूसले चाल्ने सबै कदमलाई समर्थन र प्रोत्साहन गर्ने बताएका छन्। 'युक्रेन संकटको मूल कारण समाधान गर्न रुसले चालेका सबै कदमहरूलाई अहिले र भविष्यमा पनि बिना सर्त समर्थन र प्रोत्साहन गर्न उत्तर कोरिया तयार छ। यो समर्थन उत्तर कोरिया र रुसबीचको अन्तर-राष्ट्रिय सन्धिको भावना अनुरूप हुनेछ,' किमको भनाइ उद्धृत गर्दै केसिएनएले लेखेको छ। नेता किम र रूसी विदेशमन्त्रीबीचको भेटवार्तामा उनीहरूले दुवै देशको हितमा द्वीपक्षी...
इजरायली आक्रमणमा एकैदिन ११० प्यालेस्टिनी मारिए
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

इजरायली आक्रमणमा एकैदिन ११० प्यालेस्टिनी मारिए

नेपालअखबार,काठमाडौं । गाजामा इजरायली सेनाको आक्रमणमा शनिबार कम्तीमा ११० जना प्यालेस्टिनी मारिएका छन् । अलजजिराका अनुसार मारिनेमा दक्षिणी राफाहस्थित अमेरिकी समर्थन प्राप्त गाजा ह्युम्यानिटेरियन फाउण्डेसन (जीएचएफ) को राहत केन्द्रमा खाना लिन लाइन बसेका ३४ जना नागरिक समेत रहेका छन् । यो नरसंहार कतारमा जारी युद्धविराम वार्ता अवरुद्ध समयमा भएको हो। इजरायलले गाजाका सबै जनतालाई बलपूर्वक विस्थापित गर्ने योजना सार्वजनिक गरेपछि अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् । बीबीसीले भने इजरायली हमलामा परी राहत सामग्री केन्द्र नजिकै २४ प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ । दक्षिणी गाजास्थित नासेर अस्पतालले दिएको जानकारी अनुसार शनिबार खाना लिन राहत केन्द्र पुगेका प्यालेस्टिनी सर्वसाधारणको इजरायली सेनाले चलाएको गोली लागी मृत्यु भएको हो । यता, इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले आफ्नोतर्फबा...
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता

नेपालअखबार,तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायलसँगको द्वन्द्व सुरु भएपछि पहिलो पटक सार्वजनिक रूपमा देखापरेका छन्। यो जानकारी सरकारद्वारा सञ्चालित सञ्चारमाध्यमले दिएका हुन्। सरकारी टेलिभिजनमा शनिबार प्रसारित फुटेजमा खामेनी शिया पर्व आशुराको एक दिन अगाडि एक मस्जिदमा अभिवादन गर्दै देखिएका थिए। खामेनीको पछिल्लो उपस्थिति इजरायलसँगको द्वन्द्वका क्रममा रेकर्ड गरिएको सम्बोधनमा थियो । इजरायलको आक्रमणमा इरानी उच्च कमान्डर तथा आणविक वैज्ञानिकहरू मारिएका थिए। इजरायलले इरानका आणविक र सैन्य स्थलहरूमा हमला गरेपछि इरानले इजरायललाई लक्षित गरी हवाई हमलाहरू गरेर जवाफ फर्काएको थियो। इजरायलसँगको १२ दिने युद्धका क्रममा खामेनी तीनवटा भिडियो सन्देशमार्फत टेलिभिजनमा देखा परेका थिए । त्यतिबेला उनी बंकरमा लुकेको हुनसक्ने अनुमान गरिएको थियो। शनिबार इरानी सञ्चारमाध्यममा खामेनीको उपस्थितिल...
अमेरिकाको टेक्सासमा भीषण बाढी, कम्तिमा ४० जनाको मृत्यु
विश्व, समाचार, समाज

अमेरिकाको टेक्सासमा भीषण बाढी, कम्तिमा ४० जनाको मृत्यु

नेपालअखबार,काठमाडौँ । अमेरिकाको टेक्सासमा बाढी आएको छ। शुक्रबार भीषण वर्षासँगै आएको बाढीमा परी अहिलेसम्म ४० जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। उद्धार कार्य चलिरहेका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। वर्षापछिको बाढीले टेक्सासको केर काउन्टी क्षेत्र तहसनहस बनाएको छ। बाढीमा अझै कम्तिमा २५ जना बेपत्ता भएका छन्। उनीहरूको खोजी भइरहेको टेक्सासका गभर्नर ग्रेग अब्बटलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। बाढीग्रस्त क्षेत्रमा विभिन्न विद्यालयहरूले गर्मी याममा सञ्चालन गर्ने मिस्टिका क्याम्पमा ७०० छात्राहरू सहभागी  थिए। बाढीमा परेका २३७ जनाको उद्धार भइसकेको बिबिसीले जनाएको छ। सो क्षेत्र भएर बग्ने ग्वाडलुप नदीको जलसतह बढेर ७.९ मिटर पुगेको थियो। बाढी आएपछि उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ। टेक्सासका गभर्नर अब्बटले रातिको समयमा पनि उद्धार...
गजामा ६० दिने युद्धविरामका लागि तयार भयो हमास, पठायो सहमति पत्र
राजनीति, विश्व, समाचार

गजामा ६० दिने युद्धविरामका लागि तयार भयो हमास, पठायो सहमति पत्र

नेपालअखबार,काठमाडौँ । गजामा युद्धविराम गर्न हमास सहमत भएको छ। शुक्रबार हमासले इसराइलसँग ६० दिने युद्धविरामका लागि तयार भएको भनेर हमासले मध्यस्तकर्ताहरूलाई पत्राचार गरेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ। इसराइलले यसअघि नै युद्धविरामका लागि सहमति जनाइसकेको छ। दुवै पक्ष तयार भएपछि गजामा लामो समयदेखि आक्रमण रोकिने बाटो खुलेको छ। यसका लागि अमेरिकासहित मध्यपूर्वका देशहरूले लामो समयदेखि प्रयत्न गर्दै आएका थिए। हमासले शुक्रबार विज्ञप्ती जारी गरेर तत्काल युद्धविरामका लागि आफ्नो समूह तयार भएको भनेको छ। ‘मध्यस्थकर्ताहरूलाई युद्धविराम सन्दर्भमा सकारात्मक प्रतिक्रिया पेस गरेका छौं। यसको ढाँचा कार्यान्वयन गर्नका लागि तत्काल वार्तामा बस्न हमास तयार छ,’ हमासले जारी गरेको वक्तव्यमा भनिएको छ। युद्धविरामका लागि हमाससँग प्रत्यक्ष छलफल गर्दै आएका प्यालेस्टिनी-अमेरिकी वार्ताकार विशारा बाहबाले...
ट्रम्पले मागे अमेरिकी केन्द्रीय बैंक प्रमुखको राजीनामा
विश्व, समाचार

ट्रम्पले मागे अमेरिकी केन्द्रीय बैंक प्रमुखको राजीनामा

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पावेललाई तत्काल पदबाट राजीनामा दिन भनेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेख्दै भनेका छन्, ‘धेरै ढिला भयो, उनलाई तुरुन्तै राजीनामा दिनुपर्छ !’ ट्रम्पले आफ्नै पहिलो कार्यकालमा जेरोम पावेललाई फेडरल रिजर्भका अध्यक्षको जिम्मेवारी दिएका थिए । तर ब्याजदर नघटाएको भन्दै ट्रम्पले पावेलको पटक–पटक आलोचना गर्दै आएका छन्। यद्यपि राष्ट्रपति ट्रम्पसँग पावेललाई पदबाट हटाउने अधिकार छ वा छैन भन्ने अझै प्रष्ट छैन। यसै वर्षको सुरुवातमा ट्रम्पले भनेका थिए, ‘पावेललाई बर्खास्त गर्ने मेरो कुनै योजना छैन।’ तर उनले आलोचना भने निरन्तर गरिरहेका थिए। ट्रम्प आर्थिक विकासलाई प्रोत्साहन दिन फेडरल रिजर्भले ब्याजदर घटाओस् भन्ने चाहन्छन् । तर पावेलले मंगलबार भने, ‘यदि ट्रम्पका भन्सार नी...
इजरायल ६० दिने युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी
राजनीति, विश्व, समाचार

इजरायल ६० दिने युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक शर्तहरूमा सहमति जनाएको बताएका छन्। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘हामी युद्ध अन्त्य गर्न सबै पक्षसँग मिलेर काम गर्नेछौं ।’ तर ट्रम्पले ती शर्तहरू के हुन् भन्ने बारे केही खुलाएका छैनन् । ‘कतार र इजिप्टले शान्ति स्थापनाका लागि निकै मिहिनेत गरेका छन् र उनीहरू नै अन्तिम प्रस्ताव प्रस्तुत गर्नेछन्। हमासले यो सम्झौतामा सहमति जनाउनेछ भन्ने मलाई पूर्ण आशा छ किनभने यसभन्दा राम्रो अवस्था केही हुने छैन, बरु झनै बिग्रिनेछ,’ उनले लेखेका छन् । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेको थियो, जसमा करिब १,२०० जनाको मृत्यु भएको थियो। त्यसपछिका दिनहरूमा इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो। हमासको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता गाजाम...
थाइल्याण्डकी प्रधानमन्त्रीलाई संवैधानिक अदालतले गर्‍यो निलम्बन
राजनीति, विश्व, समाचार

थाइल्याण्डकी प्रधानमन्त्रीलाई संवैधानिक अदालतले गर्‍यो निलम्बन

नेपालअखबार, काठमाडौं।थाइल्याण्डको संवैधानिक अदालतले मंगलबार प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट निलम्बन गरेको छ। उनको पद खारेज गर्न माग गरिएको मुद्दाको सुनुवाइ नसकिएसम्म उनी निलम्बनमा रहनेछिन् भनी समाचार संस्था रोएटर्सले लेखेको छ। अदालतले ३६ सिनेटरहरूबाट ३८ वर्षीया पेटोङटार्नविरूद्ध आएको निवेदन उपर सुनुवाइ गर्दै सो आदेश दिएको हो। सो निवेदनमा पेटोङटार्नलाई कम्बोडियाका प्रभावशाली पूर्वनेता हुन सेनसँगको उनको टेलिफोन कुराकानीका आधारमा बेइमानी र संवैधानिक नैतिकताको मापदण्ड उल्लंघन गरेको आरोप लगाइएको छ। जुन १५ मा कम्बोडियासँग बढ्दो सीमा तनाव कम गर्ने उद्देश्यले गरिएको फोन वार्ताका क्रममा पेटोङटार्नले हुन सेनअगाडि झुकेर थाई सेनाका कमाण्डरको आलोचना गरेकी थिइन्। सो फोन कुराकानीपछि चुहावट भएर सार्वजनिक गरिएको थियो। थाइल्याण्डमा राजतन्त्रको आडमा सेना धेरै शक्तिशाली छ। उनको सो ...
इसराइली आक्रमणबाट इरानको इभिन जेलमा ७१ जना मारिएको रिपोर्ट
विश्व, समाचार

इसराइली आक्रमणबाट इरानको इभिन जेलमा ७१ जना मारिएको रिपोर्ट

नेपालअखबार,काठमाडौं । इसराइलले इरानको जेलमा गरेको आक्रमणमा ७१ जना मारिएको खुलेको छ। इसराइल-इरान तनावबीचगत आइतबार इसराइलले इरानको इभिन जेलमा गरेको हवाइ आक्रमणमा परी ७१ जनाको मृत्यु भएको इरानको न्यायपालिकाका प्रवक्ता अस्घर जहांगिरलाई उद्धृत गरेर अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले लेखेको छ। इभिन जेल कुख्यातदेखि राजनीतिक बन्दीसम्म राखिने जेल हो। त्यहाँ बन्दीहरूलाई अत्यन्त कठोर यातना दिने गरिन्थ्यो भनेर न्युयोर्क टाइम्सले जनाएको छ। आइतबारको इसराइली हमलामा मारिनेहरुमा  थुनुवा मात्रै छैनन्, उनीहरूलाई भेट्न आएका आफन्तदेखि कर्मचारीहरू समेत परेका छन्। पारिवारिक संवेदनशीलतालाई मधेनजर राख्दै मृतकको नाम र पहिचान सार्वजनिक गरेको नगरिएको प्रवक्ता जहांगीरले बताएका छन्। इसराइलली रक्षा मन्त्रालय र इसराइली डिफेन्स फोर्सले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ। न्युयोर्क टाइम्सले त्यो ज...