इरान युद्धमा अमेरिकाको खर्च २५ अर्ब डलर
नेपालअखबार,काठमाडौं । अमेरिकाले इरान विरूद्धको युद्धमा भएको खर्च विवरण सार्वजनिक गरेको छ।
युद्ध सुरू भएको तेस्रो महिना लाग्दा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले पहिलो पटक खर्च विवरण सार्वजनिक गरेको हो।
अमेरिकी अखबार द न्युयोर्क टाइम्सले इरानविरूद्ध युद्धको सुरूवातदेखि अहिलेसम्मको खर्च २५ अर्ब डलर पुगेको भनेर पेन्टागनलाई उद्धृत गरेर लेखेको छ।
अमेरिकी रक्षा मन्त्रालयका उच्च अधिकारी जे हर्स्टले प्रतिनिधिसभाअन्तर्गत सशस्त्र सेवा समितिमा बोल्दै अधिकांश खर्च बम, मिसाइललगायत सैन्य सामग्रीमा गएको जानकारी दिएका छन्।
तर उक्त अनुमानमा मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाको पुनर्निर्माण वा मर्मत खर्च समावेश गरिएको छ कि छैन भन्ने स्पष्ट गरिएको छैन।
समितिका शीर्ष डेमोक्र्याट सदस्य एडम स्मिथले लामो समयदेखिको माग पूरा भएको बताए।
'हामीले अगाडिदेखि नै सोधिरहेका थियौं। तर कसैले पनि ठोस संख्...








