इरानले २० वटा पाकिस्तानी जहाजलाई हर्मुज प्रयोग गर्न दिने!
नेपालअखबार, काठमाडौं । इरानले थप २० वटा पाकिस्तानी झण्डा बाहक जहाजलाई ‘स्ट्रेट अफ हर्मुज’ प्रयोग गर्न दिने भएको छ।
पाकिस्तानी विदेश मन्त्री इसाक दारले सामाजिक संजाल एक्समा शनिबार राति पोस्ट गर्दै २० वटा पाकिस्तानी जहाजलाई हर्मुज प्रयोग गर्न दिन इरान सरकार सहमत भएको जानकारी दिएका छन्।
उनका अनुसार हरेक दिन दुई वटा पाकिस्तानी जहाजले हर्मुज पार गर्ने छन्।
इरानले तेल र ग्यास बोक्ने चीन र भारतका केही जहाजलाई पनि हर्मुजको प्रयोग गर्न दिइरहेको छ।
इरानले आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग 'स्ट्रेट अफ हर्मुज' बन्द गरेको छ। यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ।
त्यो बन्द हुँदा तेल आपूर्ति कम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ। फलस्वरूप विश्व अर्थतन्त्रमा नै नराम्रो प्रभाव परेको छ।
युद्ध अन्त्य गर्न अमेरिका र इर...










